काठमाडौं - संसद भवनलाई केन्द्रमा राखेर भएको जेनजी आन्दोलनस्थलबाट नजिकैको दुरीमा रहेकोले बानेश्वरस्थित एभेष्ट अस्पताल घाइतेको उपचारका लागि तयारी अवस्थामा थियो।
यद्यपि प्रदर्शन हुने थाहा भएपनि त्यति गम्भीर भएर बिरामी आउँछन् भन्ने अपेक्षा भने नगरिएको अस्पतालका निर्देशक दिपक चन्द्र बराल बताउँछन्। गम्भीर प्रकारमा बिरामी आएपछि डिजास्टर घोषणा गरेर अस्पतालले उपचार सुरु गरेको थियो।
सुरुवातमा अस्पताल आइपुगेका घाइतेको केही मिनेटमा मृत्यु भएपश्चात् गम्भीर तथा सोचे भन्दा धेरै घाइतेको चाप बढ्ने आंकलनसहित बरालले ड्युटीमा नभएका स्वास्थ्यकर्मीलाई पनि अस्पताल बोलाएर उपचार सहज बनाएका थिए।
त्यतिबेला सानो तथा निजी अस्पतालले पनि घाइतेहरुको उपचार व्यवस्थित रुपमा दिन सकेकोमा आफू सन्तुष्ट रहेको उनी बताउँछन् । ‘कतिपय बचाउन नसक्ने अवस्था हुनुहुन्थ्यो। ३ वटा केश रेफर गरिएको थियो,’ बरालले भने ‘ट्रमामा नपुग्दै उहाँहरुको मृत्यु भइसकेको थियो। उहाँहरुको मृत्युप्रति दुखी छु ।’
अस्पतालमा पहिलो केश १२:३० मा पुगेको थियो। जुन गोली लागेको केश थियो। उक्त बिरामी सिपिआर चाहिने अवस्थामा अस्पताल पुगेको उनले बताए । पहिलो दिनमा नै अस्पतालमा १ शय ४ घाइतेहरु उपचारका लागि पुगेका थिए । ३ जनाको अस्पतालमा मृत्यु भएको थियो। गम्भीर प्रकारका १२ बिरामीहरुलाई भने अस्पतालले त्रिवि शिक्षण अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा रेफर गरेको थियो । ४०/४५ जना भने एभरेष्ट अस्पतालबाट उपचार गराएर घर फर्किसकेका छन्।
आकस्मिक रुपमा अपेक्षा भन्दा गम्भीर तथा धेरै घाइते आउँदा अस्पतालले कसरी उपचार व्यवस्थापन गरेको थियो भन्ने विषयमा केन्द्रित भएर एभरेष्ट अस्पतालका प्रशासनिक निर्देशक दिपक चन्द्र बराल, नर्सिङ प्रमुख मिरा पोखरेल तथा सिनियर कन्सल्टेन्ट डा सरोज गौडेलसँग गरिएको कुराकानी :