काठमाडौं - मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले थप दुई सय शय्याको विशेषज्ञ अस्पताल निर्माण गर्दैछ।
बागमति प्रदेश सरकार मातहत रहेको प्रतिष्ठानले आफ्नो सेवा सुविधालाई थप विस्तार गर्दै दुई सय शय्याको विशेषज्ञ अस्पताल निर्माण गर्न लागेको हो। एक महिनाभित्र हस्तान्तरण हुने गरी काम भइरहेको प्रतिष्ठानका उपकुलपति डा प्रदीप ज्ञवालीले जानकारी दिए।
ल्याबको विशेषज्ञ सेवा, कार्डियाक ल्याथ ल्याब, नेफ्रो, हाडजोर्नी लगायतका विशेषज्ञ सेवा सुरु गर्ने योजनाका साथ अघि बढेको उनले बताए।
उनले भने, ‘एक महिनाभित्रमा यो अस्पताल हस्तान्तरण हुन्छ। यसपछि यही आर्थिक वर्षमा थुप्रै सेवाहरु यहाँ थप हुन्छन्। ल्याबको विशेषज्ञ सेवा, कार्डियाक ल्याथ ल्याब सेवा, नेफ्रो, हाडजोर्नी लगायतका विशेषज्ञ सेवा सुरु गर्ने योजना छ।’
हाल प्रतिष्ठानले ३ सय १३ शय्यामा सेवा दिइरहेको छ। नयाँ विशेषज्ञ भवन निर्माणपछि अस्पतालको शय्या क्षमता ५१३ पुग्ने उनले बताए। हाल यहाँ दैनिक करिब १५ सय बिरामी उपचारका लागि आउने गर्छन्।