काठमाडौं - चितवनस्थित भरतपुर अस्पतालमा १५ शय्याको ट्रमा सेन्टर सञ्चालनमा आएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा गौतमले औपचारिक रुपमा आज ट्रमा सेन्टरको उद्घाटन गरेको हो।
१५ शय्या सञ्चालनमा आएको सेन्टरलाई ५० शय्यासम्म पुर्याउने लक्ष्य रहेको अस्पतालले जनाएको छ। ११ करोडको बजेटमा उक्त सेन्टर सञ्चालनमा आएको हो।
यो सँगै मन्त्री शर्माले अस्पतालको कम्पाउन्डिङ फार्मेसी ल्याब एवं औषधि सूचना केन्द्रको पनि उद्घाटन गरेकी छिन्। विशेष बिरामीहरुको आवश्यकता अनुसार औषधिको उपलब्धता र पहुँच सुनिश्चत गरी उपचारका नतिजामा सुधार आउने अस्पतालले जनाएको छ।