काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा शर्मा गौतमले कोशी अस्पताल विराटनगर र गजेन्द्र नारायण सिंह अस्पतालको स्थलगत अनुगमन तथा निरीक्षण गरेकी छिन्।
मन्त्री शर्माले दुवै अस्पताललाई सेवाग्राहीलाई उच्च प्राथमिकता दिई कुनै पनि गुनासो नआउने गरी काम गर्न निर्देशन दिएकी छिन्। उनले अस्पतालका विभिन्न विभागहरुको निरीक्षण गर्दै अस्पतालका पदाधिकारीहरुसँग समस्या तथा आवश्यकताका बारेमा समेत छलफल गरेकी छिन्।
अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने, अस्पताल सुधार तथा निर्माणको प्रगति लगायतका विषयमा छलफल भएको थियो।