काठमाडौं - चितवनस्थित भरतपुर अस्पतालको ओपिडी र ओटी सेवा भोलि दिउँसो १ बजेसम्म मात्र सञ्चालन हुने भएको छ।
उधौली पर्वको सार्वजनिक बिदा भएकाले भोलि दिउँसो १ बजेसम्म मात्र अस्पतालको ओपिडी र ओटी सेवा सञ्चालन हुने भएको हो। इमरजेन्सी र अन्तरङ्ग सवा भने २४ सै घण्टा सञ्चालन हुने अस्पतालले जनाएको छ।