काठमाडौं - चितवनमा एक सातामा गम्भीर खालका श्वासप्रश्वास सम्बन्धी संक्रमणका कारण ८ जना बिरामी परेका छन्। नोभेम्बर ३० देखि डिसेम्बर ६ सम्मको अवधिमा गम्भीर खालका श्वासप्रश्वास सम्बन्धी संक्रमणका कारण ८ जना बिरामी परेको जनस्वास्थ्य कार्यालयले जनाएको छ।
गम्भीर खालका श्वासप्रश्वास सम्बन्धी संक्रमण साउनमा १८, भदौमा ४६, असोजमा २५ र कात्तिकमा ५० जनामा संक्रमण देखिएको थियो। जाडो र मनसुनजस्ता मौसममा श्वासप्रश्वासजन्य भाइरस बढी फैलिने भएकाले संक्रमण बढ्ने गरेको कार्यालयले जनाएको छ।
यो संक्रमणका कारण आर्थिक वर्ष २०८०/८१ मा ५१८, ८१/८२ मा ५२८ र यस वर्षको कार्तिकसम्म १३९ जना बिरामी परेका छन्।