काठमाडौं - नेपाल मेडिकल काउन्सिलको सदस्यमा डा गोपालकुमार चौधरी नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा गौतमले शुक्रबार मन्त्रिस्तरीय निर्णय गर्दै डा चौधरीलाई काउन्सिलको रिक्त रहेको सदस्य पदमा नियुक्त गरेको हो।
उनको कार्यकाल चार वर्षको हुनेछ। फरेन्सिक विज्ञ रहेका डा चौधरी त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) का उपप्राध्यपक हुन्। उनको नियुक्तिसँगै मेडिकल काउन्सिलको १९ सदस्यीय पदाधिकारीको टिम पुरा भएको छ।मंसिरको पहिलो साता मन्त्री शर्माले डा प्रकाश बुढाथोकी र डा इन्द्रकुमार झालाई सदस्यमा मनोनित गरेकी थिईन्।