मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज २१, २०८३
Wed, Oct 07, 2026
बुधबार, असोज २१, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
हरेक बालबालिकाले समयमै क्यान्सरको गुणस्तरीय उपचार पाउनुपर्छ: स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपालमा हरेक बालबालिकाले समयमै क्यान्सरको गुणस्तरीय उपचार सुनिश्चित हुनु पर्ने बताएका छन्।
बिहीबार, असार १४, २०८०
सुर्तीजन्य पदार्थमा कर वृद्धि गरी स्वास्थ्य उपचारमा खर्च गर्न निर्देशन
दिगो विकास तथा सुशासन समितिले सूर्तिजन्य पदार्थमा लगाइने कर वृद्धि गरी त्यसबाट संकलित रकम स्वास्थ्य उपचार, जनस्वास्थ्य सेवाका कार्यक्रममा खर्च गर्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ।
बिहीबार, असार १४, २०८०
यस वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार डा मिङ्मार शेर्पालाई
पुरस्कार छनोट समितिले मदन भण्डारी राष्ट्रिय पुरस्कार स्वास्थ्यतर्फ डा शेर्पालाई दिने निर्णय गरेको हो। मदन भण्डारी फाउण्डेसनका अध्यक्ष महेन्द्रबहादुर पाण्डेले मदन स्मृति दिवसको अवसरमा १४ असारमा उक्त पुरस्कार प्रदान गरिने जानकारी दिए।
बिहीबार, असार १४, २०८०
बेथानचोक गाउँपालिकामा नसर्ने रोगको स्क्रिनिङ क्याम्प सुरु
बेथानचोक गाउँपालिकाले सबै वडामा नसर्ने रोगको स्क्रिनिङ क्याम्प सेवा सुरु गरेको छ। असार महिनाभित्र समुदायमा रहेका ४० वर्ष माथिका नागरिकहरुको मधुमेह, उच्च रक्तचाप लगायत नसर्ने रोगको पहिचान गर्ने उद्देश्यले तालिका बनाएरै गाउँपालिकाले क्याम्प सञ्चालन गरिरहेको छ।
बिहीबार, असार १४, २०८०
छालासम्बन्धी समस्या: आत्मबल जरुरी
छालासम्बन्धी समस्याले मृत्यु हुने बिरामीको संख्या कम छ। त्यस कारण पनि हाम्रो समाजमा यस्ता समस्यालाई लुकाएर राख्ने गरेको पाइन्छ। दुख्दैन, घोच्दैन, पोल्दैन भने त्यस्ता समस्यालाई लुकाएर नै राखेको पाइन्छ। छालाको धेरैजसो रोगलाई समाजमा अझै कलंकको दृष्टिले हेर्ने गरिन्छ।
बिहीबार, असार १४, २०८०
नयाँ औषधि उद्योगहरुले भोगेका समस्या र समाधानका उपायहरु
नेपालमा १३० वटा औषधि उधोगहरु दर्ता छन्, जसमध्ये ८० जती उधोग सचालनमा छन र केही अन्य संचालनको तयारीमा छन्। यसरी देशको अर्थतन्त्र एवं शैक्षिक रोजगारी उकास्न लागि परेको उधोग वर्तमान आर्थिक तरलता एवं बिगतका कोभिड जस्ता घटनाहरुले गर्दा आफै आर्थिक स्खलनमा पर्दै गईरहेको छ। साना ठुला सबैको स्थिति कुनै न कुनै रुपमा उस्तै छ।
बिहीबार, असार १४, २०८०
'कान्तिमा डाक्टर हुँदाहुँदै किन अन्यत्र रेफर' भन्दै प्रश्न गर्ने डाक्टरलाई डाक्टरले नै दिए पिट्ने धम्की!
कान्ति अस्पतालमा कार्यरत डा राकेश घिसिङले अस्पतालमा नै कार्यरत अर्का डाक्टर टेकेन्द्र चौलागाईंले आफूलाई पिट्ने धम्की दिएको भन्दै कारबाहीको माग गर्दै निवेदन दिएका हुन्।
बुधबार, असार १३, २०८०
अस्पताल फार्मेसीबाट बिक्री हुने औषधिको परीक्षण गरी गुणस्तर यकिन गर्न विभागको सूचना
औषधि व्यवस्था विभागले विभिन्न अस्पतालमा सञ्चालित अस्पताल फार्मेसीबाट बिक्रीवितरण हुने औषधिको गुणस्तर परीक्षण गरी गुणस्तर यकिन गर्न अनुरोध गरेको छ।
बुधबार, असार १३, २०८०
प्रतिनिधि सभाबाट बहुमतले बजेट पारित
आर्थिक वर्ष २०८०/८१ को बजेट (विनियोजन विधेयक, २०८०) प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ। बुधबार प्रतिनिधि सभामा भएको मतदानमा विनियोजन विधेयक, २०८० लाई पारित गरियोस् पक्षमा १४७ मत परेको हो।
बुधबार, असार १३, २०८०
बङ्गलादेशमा डेंगुबाट जुनमा मात्र ३४ जनाको मृत्यु
स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महानिर्देशनालय (डीजीएचएस) ले मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार पाँच हजार ७३२ जनामा डेंगुको सङ्क्रमण देखिएको छ भने ३४ जनाको मृत्यु भएको छ।
बुधबार, असार १३, २०८०
स्वास्थ्य बीमाका नीतिगत र व्यवस्थापकीय समस्या समाधान गर्न संसदीय समितिको निर्देशन
समितिको आज बसेको बैठकमा समिति सभापति प्रकाश पन्थले कार्यक्रम कार्यान्वयनमा देखिएका नीतिगत र व्यवस्थापकीय समस्या समाधान गर्दै पहुँच बिस्तार गर्न निर्देशन दिए। साथै समितिले स्वास्थ्य बीमा कार्यक्रम सबै स्थानीय तहमा पुर्याउन निर्देशन दिएको छ।
बुधबार, असार १३, २०८०
राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज
मुटुको चाल कम हुने समस्या देखिएपछि असार २ गते महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारत राष्ट्रपति पौडेल बुधबार अस्पतालबाट डिस्चार्ज भएका हुन्।
बुधबार, असार १३, २०८०
हेटौँडा अस्पतालमा मिर्गौला प्रत्यारोपणको तयारी
आगामी छ महिनाभित्र हेटौँडा अस्पतालमा मिर्गौला प्रत्यारोपण हुने भएको छ। हेटौँडा अस्पतालले सहिद धर्मभक्त प्रत्यारोपण केन्द्र भक्तपुरको सहयोगमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने तयारी गरेको हो।
बुधबार, असार १३, २०८०
निर्वाह भत्तासम्बन्धी सुझावका लागि बीपी प्रतिष्ठानले गठन गर्यो समिति
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले निर्वाह भत्तासम्बन्धी सुझावका लागि एक समिति गठन गरेको छ। विद्यार्थी कल्याण समाज तथा प्रतिष्ठानका इर्न्टनहरुले निर्वाह भत्ता वृद्धि गर्न माग गरेपछि प्रतिष्ठानले समिति गठन गरेको हो।
बुधबार, असार १३, २०८०
नर्भिक अस्पतालमा कार्डियोलोजीको निःशुल्क ओपिडी हुने
निःशुल्क ओपिडीमा सहभागिताका लागि अस्पतालको ल्याण्डलाइन नम्बर ०१५९७००३२ र मोवाइल नम्बर ९८८०८८८००० मा सम्पर्क गरी आफ्नो नाम टिपाउन सकिनेछ।
बुधबार, असार १३, २०८०
जहाँ घरघरमै पुगेर सेवा दिन्छन् स्वास्थ्यकर्मी
दक्ष चिकित्सक तथा गुणस्तरीय स्वास्थ्य संस्थाको अभाव रहेको हाम्रो जस्तो क्षेत्रमा स्थानीय रुपमा उपलब्ध हुन सक्ने र क्षमताअनुसारको स्वास्थ्य सेवा सहज रुपमा प्रवाह गर्ने प्रयास भएको उनको भनाइ छ। वडा कार्यालयको पहल तथा प्रयासमा उपलब्ध भएको घुम्ती शिविर सेवाले वडाबासीमा स्थानीय सरकार र जनप्रतिनिधिप्रति सकारात्मक भावना जगाएको छ।
बुधबार, असार १३, २०८०
यी सात अस्पतालका २०२८ शय्या अबदेखि नि:शुल्क [कुन अस्पतालका कति?]
मन्त्री बस्नेतका अनुसार वीर अस्पतालमा ७००, कान्ति बाल अस्पतालमा २४८, टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतमामा ६०, प्रसूति गृह थापाथली ४५०, शहिद गंगालाल हृदय केन्द्र ९०, ट्रमा सेन्टरमा १५० र कोशी अस्पतालमा ३३० शय्या नि:शुल्क उपलव्ध हुने छ।
बुधबार, असार १३, २०८०
नारायणी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुँदै
अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने विषयमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक वरिष्ठ मिर्गौला तथा कलेजो प्रत्यारोपण विशेषज्ञ डा पुकारचन्द्र श्रेष्ठसहितको टोलीसँग छलफल गर्दै नारायणी अस्पतालमै यस्तो सेवा सुरु गर्ने सहमति भएको छ।
बुधबार, असार १३, २०८०
शारीरिक रूपमा पूर्ण अशक्त सन्तोषीले घरमै पाइन् नागरिकता
नुवाकोटको तारकेश्वर गाउँपालिका–६ की शारीरिक रूपमा पूर्ण अशक्त सन्तोषी रिमालले आफ्नै घरमा नेपाली नागरिकताको प्रमाणपत्र पाएकी छन्। जन्मजात नै शारीरिक रूपमा पूर्ण अशक्त भएका कारण हिँडडुल गर्न नसक्ने २१ वर्षीया रिमाललाई प्रमुख जिल्ला अधिकारी (सीडीओ) किरण थापाले मंगलवार घरमै पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गरे।
बुधबार, असार १३, २०८०
इमरजेन्सी मेडिसिनमा समर्पित डा शिल्पकार, जसले पाइन् अमेरिकामा अवार्ड
अमेरिकामा रहेको सोसाइटी फर एकेडेमिक इमरजेन्सी मेडिसिन अन्तर्गतको एकेडेमिक फर वुमन इन एकेडेमिक इमरजेन्सी मेडिसिन र ग्लोबल इमरजेन्सी मेडिसिन एकेडेमीले डा शिल्पकारलाई अवार्ड प्रदान गरेको हो। अवार्ड कार्यक्रमसहित ४ दिनसम्म चलेको सम्मेलनमा उनले आफ्नो प्रस्तुति समेत दिएकी थिइन्।
बुधबार, असार १३, २०८०
वीर अस्पतालपछि कोशी अस्पतालमा पनि ३ सय ३० शय्या नि:शुल्क
वीर अस्पतालमा ७ सय शय्या विपन्न बिरामीका लागि नि:शुल्क गराएको एक हप्ता नपुग्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले विराटनगरस्थित कोशी अस्पतालमा पनि विपन्नका लागि ३ सय ३० शय्या नि:शुल्क उपचार गर्ने निर्णय गरेका छन्।
बुधबार, असार १३, २०८०
सौन्दर्य दुनियाँकी प्रेरणा- विनी हार्लो
यी बाहेक पनि सेतो दुबीको विषयमा जनचेतना फैलाएको भनेर उनलाई थुप्रै अवार्डले सम्मानित गरिएको छ। उनले थुप्रै टिभी शो र म्युजिक भिडियोहरूमा समेत काम गरेकी छन्। साथै, उनले लण्डन फेसन विक, भिक्टोरियाको सिक्रेट फेसन शो लगायत अन्तर्राष्ट्रिय स्तरका फेसन शोहरूमा सहभागिता जनाएकी छन्।
बुधबार, असार १३, २०८०
संघीयता, बजेट र काम गर्दाका अप्ठ्याराहरु
स्थ्य चौकीमा उपलब्ध सबै सेवाहरु निशुल्क छन भने,कार्य संचालन गर्न छुट्टै बजेट छैन। स्थानीय तहले निश्चित बजेट स्वास्थ्य क्षेत्रलाई छुट्याउन पर्ने भएपनी प्राय स्वास्थ्य चौकीले आफ्नो तहबाट खर्च गर्ने गरि छुट्याइएको पाइँदैन,जसका कारण सानातिना अभाव तत्काल पूरा गर्न सक्ने क्षमता वडाको स्वास्थ्य हेर्ने सस्थाले हल गर्न सकिरहेको हुँदैन।
बुधबार, असार १३, २०८०
एमबीबीएस र बीडीएसका इन्टर्न डाक्टरको निर्वाह भत्ता ६ हजारदेखि २१ हजारसम्म (कुन कलेजमा कति?)
चिकित्सा शिक्षाको स्नातक तहको एमबीबीएस र बीडीएस कार्यक्रम चलाइरहेका २२ मेडिकल कलेजबाट हामीले इन्टर्न डाक्टरको मासिक जीवन निर्वाह भत्ता कति छ भनेर विवरण संकलन गरेका छौं। इन्टर्न डाक्टरहरुले दिएको विवरण अनुसार मेडिकल कलेज तथा प्रतिष्ठानमा जीवन निर्वाह भत्ता मासिक रुपमा ६ हजारदेखि बढीमा २१ हजार ५०० सम्म मात्र दिने गरेको पाइएको छ।
मंगलबार, असार १२, २०८०
जन्मजात मोतियाबिन्दु भएका १० वर्षिय सागरको निःशुल्क शल्यक्रियापछि फेरियो दैनिकी
रतुवामाई नगरपालिका मोरङका १० वर्षिय सागर श्रेष्ठको जीवन र दैनिकी अहिले फेरिएको छ। आँखामा जन्मजात मोतियाबिन्दको समस्या भएका कारण टाढाको बस्तु देख्न र पढ्न नसक्ने सागरले अहिले सबै कुरा प्रष्ट देख्न थालेका छन्।
मंगलबार, असार १२, २०८०
रसुवामा पहिलो पटक शल्यक्रियाबाट बच्चा जन्माइयो
जिल्ला अस्पतालमा शल्यक्रियाका लागि ‘निक साइमन्स इन्स्टिच्युट’ नामक संस्थाले दक्ष चिकित्सकसहित केही महत्वपूर्ण उपकरणसमेत सहयोग उपलब्ध गराएको थियो। दाता एवं जिल्ला अस्पतालको अथक प्रयासबाट शल्यक्रियामार्फत बच्चा जन्माउन सफल भइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अमितकुमार शाहले बताए।
मंगलबार, असार १२, २०८०
अवैधरुपमा औषधि पसल सञ्चालन, ११ भारतीय पक्राउ
कञ्चनपुरका विभिन्न पालिकामा लामो समयदेखि अवैधरुपमा औषधि पसल सञ्चालन गर्दै आएका ११ भारतीय नागरिकलाई कञ्चनपुर प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो।
मंगलबार, असार १२, २०८०
हरेक किसिमले ‘स्मार्ट’ देखिने सहरवासी परिवार नियोजनका आधुनिक साधन प्रयोग गर्नमा पछाडि
विवाहिता महिलामध्ये ६१ प्रतिशतले अरु बच्चा जन्माउन चाहँदैनन् र १७ प्रतिशतले कम्तीमा दुई वर्षसम्म बच्चा जन्माउन ढिलाइ गर्न चाहन्छन्। बच्चा जन्माउन रोक्न अथवा ढिलो गर्न चाहने महिलामा परिवार नियोजनको माग ७८ प्रतिशत रहेको सर्वेक्षणले देखाएको छ। सन् २०१६ मा यस्तो माग ७६ प्रतिशत थियो।
मंगलबार, असार १२, २०८०
१४ गते सार्वजनिक विदा
गृह मन्त्रालयले सूचना जारी गरी असार १४ गते बिहीबारको दिन सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएको हो।
मंगलबार, असार १२, २०८०
अकूत सम्पति कमाएको आरोपमा जनस्वास्थ्य निरीक्षक कौशलेन्द्र मिश्रविरुद्ध मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बलरा नगरपालिका, सर्लाहीका तत्कालीन जनस्वास्थ्य निरीक्षक (अधिकृत छैठौं) हाल जनस्वास्थ्य निरीक्षक )अधिकृत सातौं) तहका कौशलेन्द्र मिश्रविरुद्द विशेष अदालतमा मुद्दा दायर गरेको छ।
मंगलबार, असार १२, २०८०
Previous
381
382
383
384
385
Next
सर्च गर्नुहोस्
×
Search