देश संघीयतामा गएसँगै तीन तहको सरकार क्रियाशिल रहेको छ। गाउँगाउँमा सिंहदरबार आएको चर्चा यत्रतत्र सुनिन्छ। तर, स्वास्थ्यमा यो अनुभुती हालसम्म स्थानीय तहको स्वास्थ्य चौकीमा कार्यरत कर्मचारी भएको नाताले व्यक्तिगत रुपमा गर्न पाएको छैन। स्वास्थ्य चौकीमा उपलब्ध सबै सेवाहरु निशुल्क छन भने,कार्य संचालन गर्न छुट्टै बजेट छैन। स्थानीय तहले निश्चित बजेट स्वास्थ्य क्षेत्रलाई छुट्याउन पर्ने भएपनी प्राय स्वास्थ्य चौकीले आफ्नो तहबाट खर्च गर्ने गरि छुट्याइएको पाइँदैन,जसका कारण सानातिना अभाव तत्काल पूरा गर्न सक्ने क्षमता वडाको स्वास्थ्य हेर्ने सस्थाले हल गर्न सकिरहेको हुँदैन। सानो बजेट अभावको कारण हाल भोग्नु परेको समस्याहरुको केही उदाहरणहरु यहाँ प्रस्तुत गर्न चाहान्छु,जसलाई सानोतिनो बजेट ब्यबस्थापन भयमा हल गर्न सकिन्छ ।
१ औषधिको खरिद प्रक्रिया लगायतका समस्याका कारण कहिलेकाही खुद्रा मूल्य नै प्रतिचक्की रु १ पर्ने सिटामोल,प्रति पुरिया रु १० पर्ने जिवनजल,आँखामा प्रयोग हुने प्रतिगोटा रु १२ पर्ने सिप्रोफ्लोक्सासिन ड्रप आदि अभाव हुनेगर्छ।
२ चोटपटक लाग्दा सिलाउनको लागी उपयुक्त आकारको सियो नहुँदा रिफर गर्नुपर्छ प्राय अनुहारको टाका लगाउन सानो आकारको सियो उपलब्ध हुँदैन।
३ कहिलेकाही प्रतिगोटा रु ५० को हाराहारीमा पाइने छाला लठ्याउन प्रयोग हुने लिग्नोकेन नहुँदा टाका लगाउने बिरामी रिफर हुने गर्छन।
४ बच्चा र दमका बिरामी लाई आवश्यक पर्दा बाफ लगाउने मेसिन हुन्छ तर प्रतिट्युब रु १० पर्ने सालबुटामोल रेस्फुल हुँदैन।
५ सर्जिकल काम गर्दा लगाउने उपयुुक्त साइजको पन्जाहरु नहुँदा सजिलोसँग काम गर्न अप्ठ्यारो हुन्छ।
माथी उल्लेखित समस्या प्रतिनिधिमुलक मात्र हुन यसैको बिचमा विगतमा ग्रामीण क्षेत्रमा काम गर्दा यस्तै समस्या हल गर्न समुदाय सङको सहकार्य गरेको सानो प्रयासलाई यहाँ उल्लेख्य गर्न चाहे।
पहिलो नियुक्ति लियर स्याङ्जाको हाल बिरुवा ८ साविक मनकामनामा रहेको भिर्कोट स्वास्थ्य चौकी स्याङ्जामा कार्यरत हुँदा यस्तै समस्याहरु आय,स्वास्थ्यको अन्य विकल्प सहज नहुँदा समस्या समाधानको लागि समुदाय परिचालन गर्ने सोच बनायौं र स्थानीय २६ घरका सदस्यहरुको भेला गर्यौं। भेलाबाट प्रति घर रु २५० उठाउने र त्यसमा आमा समूह र युवा क्लबले थप गरि रु २५ हजारको कोष बनायौ। त्यो कोषबाट प्राय आकस्मिक सेवामा आवश्यक पर्ने इन्जेक्सनहरु पेन्टाप्राजोल, हायोस्पान, हाइड्रोकोर्टिसोन,,ओडान्सेट्रान,अनुहारको घाउ सिलाउने साना आकारका सियोहरु,बाफ लगाउन प्रयोग हुने औषधिहरु,पिसाब बन्द हुँदा निकाल्ने सामाग्रीहरु,डाइक्लोफेनाक आदि खरिद गर्यौ जसले करिब ८ महिना समस्या हल गर्यो र समुदायले पनि त्यसलाई निरन्तरता दिदै गयो। समस्या हल गर्न सधै सकारात्मक तत्कालीन व्यवस्थापन समिति र सहयोगी समुदायलाई आजपनी स्मरण गर्न चाहान्छु।
अन्तमा स्थानीय तहले कर्मचारीको क्षमतालाई भरपुर प्रयोग गर्ने र सानातिना समस्या हल गर्न स्वास्थ्य सस्था स्तरमा आवश्यकता अनुसारको कोष स्थापना गर्ने हो भने समुदायको धेरै भन्दा धेरै स्वास्थ्य समस्याहरु स्थानीय स्तरमै हल गर्न सकिन्छ र बिरामीको यातायातमा हुने खर्छ र अस्पतालमा लाग्ने भिडलाइ कम गर्न सकिन्थ्यो ।
(लेखक भरतपुर स्वास्थ्य चौकी,चितवनका सिअहेव हुन्।)