काठमाडौं- चिकित्सा शिक्षा आयोगले एमबीबीएस र बीडीएसको सीट संख्या बढाउने निर्णय गरेको छ।
सिंहदरबारमा बिहीबार बसेको बैठकले हालसम्म एक सय सिट रहेको एमबीबीएसको सिलिङलाई बढाएर एक सय ३० सम्म र ५० सिट रहेको बिडिएसलाई ६० दिने निर्णय गरेको हो। समग्रमा ४९५ सिट बढेको हो।
सिट बढ्नुलाई आफूले १० वर्ष पूर्वाधार र जनशक्तिमा गरेको लगानीको प्रतिफल रहेको अध्यक्ष, एशोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेण्डल कलेजका अध्यक्ष प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले बताएका छन्। उनी सिट बढ्दै जाने विश्वास व्यक्त गर्छन्।
उनले भने, ‘हामी यो भन्दा धेरै पढाउन सक्षम छौं। अहिले जुन संख्यामा सिट पाएका छौं, यसलाई सकारात्मक सुरुवातका रुपमा लिएका छौं।‘
भिडियोमा हेर्नुहोस् उनको ताजा प्रतिक्रिया