मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, चैत २, २०८२
Tue, Mar 17, 2026
सोमबार, चैत २, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
नेपाल मेडिकल कलेजद्वारा विशेषज्ञ चिकित्सक, नर्ससहित विभिन्न कर्मचारी माग
सूचना अनुसार कलेजले कार्डियोलोजी,न्यूरोलोजी, ग्यास्ट्रोइन्ट्रोलोजी, नेफ्रोलोजी, न्यूरो सर्जरी लगायतका विषयमा विशेषज्ञ चिकित्सक माग गरेको छ। सम्बन्धित विषयमा एमडी, एमएस, डिएम, एमसिएच, एमडिएस पुरा गरेकाहरुले माघ ३० गतेभित्र दरखास्त दिन सक्नेछन्।
सोमबार, माघ २८, २०८१
यी हुन् सरकारी संयन्त्र अन्तर्गत युएसएआडीको सहयोग रहेका स्वास्थ्यका कार्यक्रम
नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले युएसएआइडीका कार्यक्रम रोक्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मातहतका ५२ करोड २४ लाख ४० हजार रुपैयाँ र प्रदेशको १५ करोड र स्थानीय तहको ५ करोड रकम रोकिन पुगेको हो।
सोमबार, माघ २८, २०८१
दिनभर ऊर्जावान बन्न बिहान यी ७ काम गरौं
यदि तपाईं दिनभर काममा ध्यान केन्द्रित गर्न सक्नुभएको छैन, शरीरमा आलस्य र दिमागमा तनाव हावी भएको महसुस गर्नुहुन्छ भने, तपाईंको उत्पादकता घट्न सक्छ। यस्तो अवस्थामा, तपाईंको बिहानको दिनचर्या सुधार गर्नाले तपाईंलाई उत्पादक र स्वस्थ रहन मद्दत गर्न सक्छ। यहाँ केही महत्वपूर्ण टिप्स दिइएको छ:
सोमबार, माघ २८, २०८१
नेपालगञ्जमा हाडजोर्नी डाक्टरहरुको क्याडाबरिक स्पाइन कार्यशाला
एसोसिएसन अफ स्पाइन सर्जन अफ नेपाल लुम्बिनी प्रदेश संयोजक नेपालगंज मेडिकल कलेज शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा प्रतिक कार्कीको संयोजकत्वमा कार्यशाला गोष्ठी सम्पन्न भएको हो।
आइतबार, माघ २७, २०८१
कीर्तिपुर अस्पताल पुगेर स्वास्थ्य मन्त्री पौडेलले लिए जलनपीडित बिरामीको उपचारबारे जानकारी
उनले जलन प्रभावितहरुको उपचारका क्रममा अस्पतालले भोग्नु परेका समस्याहरु तथा बिरामीका गुनासा दुवै सुने । उनले जलनको समस्या बढिरहेको भन्दै उपचार प्रभावकारी र सबैको पहुँचमा पुर्याउनुका अलावा समस्या बढ्न नदिन सचेतनाका लागि सरोकारवालाबीच सहकार्य गर्ने समेत बताए ।
आइतबार, माघ २७, २०८१
क्षयरोग, मलेरिया र नवजात शिशु स्वास्थ्य जस्ता सेवा पुन: सुरु गर्नुपर्छ: युएसएआइडी ज्ञापनपत्र
राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना पदभार ग्रहण गरे लगत्तै ९० दिनका लागि अन्तर्राष्ट्रिय सहायता रोक्ने निर्णय गरेका थिए। त्यसको केही दिनपछि राज्य सचिव मार्को रुबियोले ‘जीवनरक्षक’ कार्यक्रमहरूलाई छूट दिने स्पष्ट पार्दै एउटा आदेश जारी गरेका थिए, तर कार्यरत संस्थाहरू भने अन्योलमै छन्।
आइतबार, माघ २७, २०८१
नेपाल हेल्थ कर्प्सले गर्यो सुर्तीजन्य पदार्थ विरुद्ध अभियानको सुरुवात
संस्थाले एम्बासडरमार्फत् स्वास्थ्य क्षेत्रमा अध्ययनरत युवायुवतीहरूलाई सार्वजनिक स्वास्थ्य बारे पैरवी, शिक्षा र सचेतनामा सहभागी गराउनेछ। 'हामीले विभिन्न स्वास्थ्य संस्थाहरुबाट एक-एक एम्बासेडर (स्वास्थ्य दूत)हरू चुनेका छौं । उहाँहरुलाई स्वास्थ्य अभियान सञ्चालन गर्ने, चेतना फैलाउने र विभिन्न कार्यक्रम गर्न परिचालन गर्नेछौं,' डा विष्टले अभियानबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा भने।
आइतबार, माघ २७, २०८१
आगामी फागुन १७ गते काठमाडौंमा अन्तर्राष्ट्रिय डायबिटिज कन्फरेन्स हुने
सम्मेनलमा विश्वमा मधुमेहको उपचार र रोकथामका लागि भइरहेका प्रयास, अनुसन्धान र त्यसका निष्कर्षका साथै प्रविधि र प्रयोगका विषयमा समेत छलफल हुने आयोजक संस्थाले पत्रकार सम्मेलनमार्फत् जानकारी दिएको छ। सम्मेलनमा हुने उच्चस्तरीय छलफल र त्यसबाट निस्किएका निष्कर्ष मधुमेहको रोकथाम र उपचारका लागि सरकारले बनाउने नीतिका लागि सहयोगी हुने विश्वास आयोजकको छ।
आइतबार, माघ २७, २०८१
को होला वीर अस्पतालको नयाँ निर्देशक?
अस्पतालका निर्देशक डा पौडेल आफैं पनि दोहोरिने रुचिसहित शक्तिकेन्द्र धाइरहेका छन्। वीरमा दोहोरिने अवस्था नभए कुनै संस्थामा उपकुलपतिसहित जाने चाहना उनले प्रस्तुत गरेका छन्।
आइतबार, माघ २७, २०८१
आवासीय चिकित्सकलाई सरकारी सरह निर्वाह भत्ता दिनुपर्ने सरकारको निर्णय निजी मेडिकल कलेजद्वारा अस्वीकार
गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको १६ औं बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी आठौं तहका मेडिकल अधिकृत सरह निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो ।
आइतबार, माघ २७, २०८१
दर्ताबिना सञ्चालित जनकपुरका अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन
अनुगमनक्रममा उनले अस्पताल सञ्चालकहरूलाई भने, ‘स्वीकृति नलिई मनपरी अस्पताल सञ्चालन गर्न पाइँदैन । स्वीकृति लिनुस्, चलाउनुस् । होइन भने बन्द गर्नुस् । आइतबारसम्म अस्पतालका बिरामी अन्य स्वाथ्य उपचार सेवामा सारेर आफैँले बन्द गर्नुभएन भने हामी सरकारी टोेली परिचालन गरेरै बन्द गराउनेछौँ ।’ मुख्यमन्त्री सिंहले अवैध अस्पताल सञ्चालन गर्ने सञ्चालकसँगै कार्यरत कर्मचारीसमेतलाई कारबाही गरिने बताए ।
आइतबार, माघ २७, २०८१
पूर्वाञ्चल विश्वविद्यालय चिकित्साशास्त्र संकायको अस्पतालका लागि निर्देशक आवश्यकता
पूर्वाञ्चल विश्वविद्यालय कार्यकारी परिषद्ले फागुन ११ गतेसम्म दरखास्त दिन भनेको छ। खुल्ला प्रतिस्पर्धाबाट शिक्षण अस्पतालको रिक्त अस्पताल निर्देशक पदका लागि योग्य उम्मेदवारहरूले सहित
[email protected]
मा दरखास्त पेश गर्न भनको छ।
आइतबार, माघ २७, २०८१
ट्रम्प प्रशासनले गर्यो बायोमेडिकल रिसर्चको ४ अर्ब डलर अनुदान कटौती, चिकित्सा अनुसन्धान प्रभावित हुने
'संयुक्त राज्य अमेरिकाले विश्वको उत्तम चिकित्सा अनुसन्धान गर्नुपर्छ,' एनआईएचले आफ्नो घोषणामा भनेको छ, 'त्यसैले यथासम्भव धेरै रकम प्रत्यक्ष वैज्ञानिक अनुसन्धान लागतमा जानेछ, प्रशासनिक खर्चमा होइन।'
आइतबार, माघ २७, २०८१
प्लास्टिक प्रदूषण र मानव स्वास्थ्य: एक अदृश्य संकट
सन् २०१९ देखि कोभिडको प्रकोपबाट बच्नको लागि प्रयोग भएका सुक्ष्म प्लास्टिक जन्य समानहरु जस्तै मास्क, ग्लोब्स, फेस शिल्ड, स्यानिटाईजरका बोटल, मेडिकल किट आदिले पनि थप असर देखाएको छ ।यस्ता सुक्ष्म प्लास्टिकका कणहरू हावामा घुलमिल तथा खाना मार्फत शरीरका विभिन्न अंगमा पुगेर असर गर्ने गर्दछ।
आइतबार, माघ २७, २०८१
फार्मेसी एसिस्टेन्टको लाइसेन्स परीक्षामा ४४ प्रतिशत उत्तीर्ण (नतिजासहित)
काउन्सिलका रजिष्ट्रार सञ्जीव पाण्डेयका अनुसार परीक्षामा एक हजार एक सय २४ जना विद्यार्थी सहभागी भएका थिए। सहभागीमध्ये जम्मा ४९२ जना मात्र उत्तीर्ण भएका छन्।
शनिबार, माघ २६, २०८१
युएसएआइडीका कर्मचारीलाई बिदामा राख्ने ट्रम्पको निर्णयमा तत्कालका लागि रोक
उनी एजेन्सीका १०,००० कर्मचारीहरू मध्ये ६११ कर्मचारीहरूलाई छोडेर लगभग सबैलाई बिदा दिने योजनामा छन्। करिब ५०० कर्मचारीहरूलाई पहिले नै प्रशासनिक बिदामा राखिएको थियो र अर्को २,२०० कर्मचारीहरूलाई शुक्रवार मध्यरातबाट बिदामा राख्ने तयारी थियो।
शनिबार, माघ २६, २०८१
वीर अस्पतालको अपरेशन कक्षमा डाक्टरमाथि आक्रमण, दोषीलाई कारबाहीको माग
अस्पतालका निर्देशक डा सन्तोष पौडेलले प्रहरीमा पत्र पठाउँदै दोषीमाथि कारबाहीको माग गरेका छन्। प्रहरीमा पठाएको पत्र अनुसार अस्पतालको अप्रेसन कक्षमा शुक्रबार दिउसो साढे ४ बजे प्रमुख कन्सलटेन्ट ग्याष्ट्रो सर्जन प्राडा शरद पोख्रेल र त्यहाँ खटिएकी सानुमाया मगर लगायतमाथि आक्रमण भएको हो।
शनिबार, माघ २६, २०८१
समग्र स्वास्थ्यका लागि आयोडिनको प्रबर्द्धन
त्यसकारण आयोडिन प्रबर्द्धनमा नागरिक समुदाय, शिक्षालय, विभिन्न मन्त्रालय/निकाय मार्फत संघदेखि स्थानीय स्तर (उपभोक्ता) सम्म आयोडिनयुक्त नुन सही किसिमले उपभोग गर्ने तरिकाबारे सूचना, शिक्षा तथा सञ्चार कार्यक्रम/सामग्रीसहित विभिन्न सचेतना कार्यक्रम मार्फत् आयोडिन प्रबर्द्धन गरिनु पर्दछ।
शनिबार, माघ २६, २०८१
प्राणायामले तनाव र डिप्रेसन घटाउन कसरी काम गर्छ?
प्राणायामले परानुकूल तन्त्रिका प्रणालीलाई सक्रिय बनाउँछ, जसले तनाव कम गर्छ र मनलाई शान्त बनाउँछ। उदाहरणका लागि, भ्रामरी प्राणायामले भेगस नर्व लाई सक्रिय बनाउँछ, जसले तनाव र डिप्रेसनका लक्षणहरू कम गर्छ।
शनिबार, माघ २६, २०८१
करिब ४० प्रतिशत किशोरीले ‘एचपिभी’ खोप लगाए
स्वास्थ्य सेवा विभागका बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमका अनुसार खोप सञ्चालन भएको तेस्रो दिन अर्थात् माघ २४ सम्म ३९ दशमलव ४६ प्रतिशत किशोरीले खोप लगाएका छन् जसअनुसार १६ लाख ८८ हजार ७६८ जनाले किशोरीले खोप लगाएका हुन्। “खोप अभियान उत्साजनक रुपमा चलिरहेको छ। लक्ष्यअनुसार नै सबै किशोरीलाई खोप लगाउँछौँ”, उनले भने।
शुक्रबार, माघ २५, २०८१
नेपाल नेशनल अस्पतालमा डायलाइसिस सेवा सुरु
डायलाइसिस सेवाको शुभारम्भ गर्दै उपप्रधानमन्त्री पौडेलले स्वस्थ खानपानको अभाव र प्रदूषणलगायतका विभिन्न कारणले गर्दा मिर्गौला रोगीहरुको संख्या बढिरहेको बताए। उनले मिर्गौला रोगीहरुको संख्या बढ्नुले स्वास्थ्य व्यवस्थापनमा चुनौती थपिएको पनि बताए।
शुक्रबार, माघ २५, २०८१
डब्लुएचओको नेतृत्व अमेरिकालाई दिनेगरी पुनर्संरचना गर्ने ट्रम्प प्रशासनको प्रस्ताव
अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले दुई स्रोतबाट प्राप्त जानकारी र एक दस्तावेजको अध्ययनपछि ट्रम्प प्रशासनले संगठनको नेतृत्वमा एक अमेरिकी नागरिकलाई राख्ने प्रस्तावसहित पुनर्संरचना गर्ने चाहेको समाचार बाहिर ल्याएको छ। यी सर्त अनुसार जाने भएमा अमेरिका डब्लुएचओको सदस्य रहिरहने प्रस्ताव उक्त दस्तावेजमा गरिएको रोयटर्सले जनाएको छ।
शुक्रबार, माघ २५, २०८१
आवासीय चिकित्सकलाई सरकारी सरह सुविधा दिने निर्णयको चिकित्सक संघले गर्यो स्वागत
नेपाल चिकित्सक संघका महासचिव डा सन्जिब तिवारीले एक विज्ञप्ति जारी गर्दै उक्त निणर्यको स्वागत गरेका हुन्। यसले आवासीय चिकित्सकको कार्यसम्पादनलाई थप प्रोत्साहन दिने र स्वास्थ्य सेवाको गुणस्तर बढाउन सहयोग गर्ने संघले जनाएको छ।
शुक्रबार, माघ २५, २०८१
शिक्षकहरुलाई दिइयो स्वास्थ्य जाँच सम्बन्धी तालिम
तालिममा विद्यालय पोषण तथा स्वास्थ्य निर्देशिका अनुसार कक्षा ५ सम्मका विद्यार्थीहरुको प्रारम्भिक स्वास्थ्य जाँच अन्तर्गत आँखा, कान, दाँतको जाँच गर्ने, बालबालिकाको उचाई, वजन आदि समेत कसरी लिने भन्ने विषयमा जानकारी दिइएको थियो।
शुक्रबार, माघ २५, २०८१
निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई आठौं तह बराबर निर्वाह भत्ता दिने निर्णय
आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको १६ औं बैठकले आठौं तह बराबर निर्वाह भत्ता दिने निर्णय गरेको नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिल कार्कीले जानकारी दिए।
शुक्रबार, माघ २५, २०८१
युएसएआइडीका १० हजार कर्मचारीमध्ये जम्मा २९४ जना कायम राख्ने ट्रम्प प्रशासनको तयारी
अमेरिकाको मुख्यगरी मानवीय सहायता निकाय सरकारी पुनःसंरचनाको लक्ष्यमा परेको छ, जसको नेतृत्व व्यापारी एलन मस्कले गरिरहेका छन्। मस्क राष्ट्रपति ट्रम्पका नजिकका सहयोगी मानिन्छन् र ट्रम्पले जनवरी २० मा पदभार ग्रहण गरेपछि यो प्रक्रिया अगाडि बढाइएको हो।
शुक्रबार, माघ २५, २०८१
यी हुन् केयूको उपकुलपतिका लागि आवेदन दिने २० जना
काठमाडौं विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिनेको संख्या २० पुगेको छ। उपकुलपति नियुक्तिका लागि कुलपतिसमक्ष नाम सिफारिस गर्न गठित सिफारिस समितिले कार्यविधि संशोधन गर्दै आवेदनको म्याद थपेपछि थप ४ जनाले आवेदन दिएका छन्।
शुक्रबार, माघ २५, २०८१
बढ्दै गएको चिसो पेयको लत: हरेक घुट्कीले घटाइरहेको छ आयु !
चिसो भनेको सामान्य तरिकाले बुझ्ने हो भने चिनी, पानी अनि सोडा हो, जसमा थप स्वाद र रंग मिसाइन्छ। सोडाका कारण स्वास्थ्यमा थुप्रै असर पर्दछ जस्तै वजन बढ्नु, इन्सुलिन प्रतिरोध हुनु र रगतमा बोसोको अस्वस्थ स्तर बढ्नु। साथै सोडामा रहेको चिनी सजिलै शरीरमा अवशोषित हुने गर्दछ।
शुक्रबार, माघ २५, २०८१
मस्तिष्क मृत्यु सम्बन्धी सत्य, तथ्य र रहस्य
प्रश्न जति उठे पनि, उत्तर अझै स्पष्ट पाउन सकिएको छैन। प्रोफेसर डा डेभिड ग्रियर, बोटसन अनुसार मनमा सनक लागुन्जेल कुनै शरीरलाई मृत घोषित नगर्ने सल्लाह दिएका छन्। विभिन्न समयमा भएका शोधहरु अनुसार मानव शरीर विभिन्न किसिमका रसायन पदार्थले बनेको हुन्छ, मृत्यु पश्चात् ती रसायनहरुको प्रतिक्रिया हुनजान्छ।
शुक्रबार, माघ २५, २०८१
९ विषयमा १८ सिट मागेको मदन भण्डारी स्वास्थ्य प्रतिष्ठानलाई पिजीमा जम्मा १ सिट
प्रतिष्ठानले आयोगले तोकेको मापदण्ड भित्र रहेर विभिन्न ९ वटा विषयमा १८ वटा सिट माग गरेको थियो। आयोगबाट गएको विज्ञ टोलीले पनि प्रतिष्ठानको निरीक्षणपछि प्रतिष्ठानले माग गरेअनुसार सिट दिन सक्ने संकेत गरेको थियो। तर आयोगले भने ९ वटा विषयमध्ये जम्मा एउटा विषयमा एक जना मात्र पढ्न मिल्ने गरी प्रतिष्ठानलाई सिट संख्या तोकेको छ।
बिहीबार, माघ २४, २०८१
Previous
98
99
100
101
102
Next
सर्च गर्नुहोस्
×
Search