मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, माघ ११, २०८२
Sun, Jan 25, 2026
आइतबार, माघ ११, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
‘नेपालको स्वास्थ्य क्षेत्रमा दूरगामी फाइदा पुग्ने काममा सहयोग गरिरहेका छौं’
नेपालको मायाले भने सँधै तानिनै रहन्छ। मलाई नेपालले धेरै कुरा दिएको छ। नेपालमै पढेँ, बढेँ, हुर्किएँ। नेपालले नै मलाई डाक्टर पढाएको हो। त्यसकारण मलाई सँधै नेपाललाई केही दिनुपर्छ भन्ने लागिरहन्छ। त्यही भएर नै म यो संस्थामा जोडिएको हुँ।
मंगलबार, पुस २३, २०८१
स्वास्थ्य एआईको विषयमा छलफल गर्न काठमाडौँमा सुरु भयो ‘हाइकन’ सम्मेलन
हाइनेटकाे संस्थापक सदस्य डा विशेष खनाल विकासउन्मुख देशहरू स्वास्थ्य एआई प्रविधिकाे उपभाेक्ता मात्र नभइ उत्पादक पनि हुने सम्भावनाकाे प्रवर्द्धन गर्न याे नेटवर्कले काम गर्ने बताउँछन्। याे सम्मेलनमा विकास उन्मुख देशका स्वास्थ्य प्रणालीमा स्वास्थ्य एआइ प्रविधिले कसरी सहयाेग पुराउन सक्छ भन्ने विषयमा पनि छलफल हुनेछ। ' याे कन्फ्रेन्समा स्वास्थ्य एआइमा नेपालबाटै भइरहेका विश्वस्तरिय अध्ययन अन्वेषणहरूकाे पनि प्रस्तुति हुनेछ,' उनले भने।
मंगलबार, पुस २३, २०८१
मन्त्री पौडेलले भने- विशेष परिस्थिति भन्दै ३०० शैय्याको अस्पताल बन्ने बित्तिकै एमबिबिएस पढाउने निर्णय गर्न सकिन्छ
उनले अस्पताल, मेडिकल सञ्चालन नभएको ठाउँमा विश्वविद्यालय बन्न गाह्रो हुने बताए । नियमावली परिवर्तन गर्नुपर्ने भएपनि तत्काल १० जना छात्रवृत्तिका चिकित्सक र २० जनासम्म नर्सिङ कर्मचारी पठाउने उनले जानकारी दिए । 'यसलाई तीन सय शय्याको अस्पताल सञ्चालन गरौँ । यसले विश्वविद्यालयको काम रोकिने होइन्,' उनले भने ।
मंगलबार, पुस २३, २०८१
डा दिपा श्रेष्ठलाई ५ प्रश्न : जाडोमा श्वासप्रश्वाससँग सम्बन्धित समस्या किन बढ्ने गर्छ ?
जाडोमा मात्रै नभई अन्य समयमा पनि गेडागुडी, माछामासु, फलफुल लगायतका खानेकुराको सेवन स्वास्थ्यको दृष्टिकोणबाट अत्यावश्यक हुन्छ। त्यस्तै जाडो समयमा पानी कम पिउने बानी गर्नुहुँदैन। खानपानका साथै लगाउने कपडामा समेत चिसो मौसममा विशेष ध्यान दिनुपर्ने हुन्छ।
मंगलबार, पुस २३, २०८१
मदिराको सेवनले बढाउँछ यी ७ प्रकारका क्यान्सरको जोखिम (नयाँ अध्ययन)
अमेरिकी जनरल सर्जन डा विवेक मूर्थीले शुक्रबार मद्यपानले क्यान्सरको जोखिम बढाउन सक्ने चेतावनी दिएका छन्। साथै, उनले मद्यपेय पदार्थमा अद्यावधिक स्वास्थ्य चेतावनी लेबल राख्नुपर्ने माग पनि गरेका छन्।
मंगलबार, पुस २३, २०८१
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र सामाजिक सुरक्षा कोषबीच सम्झौता
प्रतिष्ठानका रजिष्ट्रार श्याम लम्सालले सामाजिक सुरक्षा कोषमा आवद्ध व्यक्तिहरुको उपचार अबदेखि प्रतिष्ठानमा हुने गरी सम्झौता गरीएको बताए। सम्झौता अनुसार सामाजिक सुरक्षा कोषमा आवद्ध व्यक्तिहरुको सामान्य उपचारदेखि अप्रेसनसम्मको सेवा प्रतिष्ठानबाट उपलब्ध हुनेछ।
सोमबार, पुस २२, २०८१
भारतमा ह्युमन मेटान्युमो भाइरस तीन जनामा पुष्टि
बेंगलुरुको बेप्टिस्ट अस्पतालमा ब्रोंकोन्युमोनिया भएकी तीन महिने बालिकालाई यो भाइरस देखिएको थियो र उनी डिस्चार्ज भइसकेकी छिन्। साथै, आठ महिनाका बालकलाई पनि ब्रोंकोन्युमोनिया भएका कारण अस्पताल भर्ना गरिएको थियो र उनलाई ३ जनवरीमा यो भाइरसको परीक्षणमा पोजिटिभ आएको थियो। उनको अवस्था अहिले सामान्य नै छ।
सोमबार, पुस २२, २०८१
स्वास्थ्यमन्त्री पौडेलले गरे भक्तपुरस्थित नागरिक अस्पतालको आइसियु उद्घाटन
उद्घाटन गर्दै मन्त्री पौडेलले अस्पतालले त्यहाँका नागरिकलाई आफ्नो महशुस गराउने कोशिस गर्नुपर्ने बताए। उनले निजी अस्पतालले आमजनका लागि दिनुपर्ने १० प्रतिशत नि:शुल्क सेवा पारदर्शी रुपमा दिने आग्रह गरेका छन्। पाउनेको नाम र फोटो समेत सार्वजनिक गर्दा दुरुपयोग समेत नहुने उल्लेख गरे।
सोमबार, पुस २२, २०८१
कान्ति अस्पतालले दिने गुणस्तरीय सेवाले नै भीड बढाएको हो: स्वास्थ्यमन्त्री प्रदिप पौडेल
कान्ति बाल अस्पतालको ६३ औं वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री पौडेलले यस्तो बताएका हुन्। कान्ति अस्पतालको क्षमता बढेमा मात्रै बाल उपचारको क्षेत्रमा सकारात्मक सुधार हुन सक्ने उनको धारणा थियो। सरकारी स्तरबाट सञ्चालित एक मात्रै बाल उपचारको रेफरल सेन्टर भएकोले पनि भिडभाड हुनु स्वभाविक भएको उनको धारणा थियो।
सोमबार, पुस २२, २०८१
एक वर्षमा कान्तिमा २ लाखभन्दा बढी बिरामीले लिए सेवा
गत आर्थिक वर्षमा कान्ति बाल अस्पतालमा २ लाखभन्दा बढी बिरामीले सेवा लिएका छन्। सोमबार कान्तिका ६३ औं वार्षिकोत्सव अवसरका निर्देशक डा पंकज रायले गत आर्थिक वर्ष २०८०/०८१ मा २ लाख ४ हजार २ सय ९९ जनाले अस्पतालबाट सेवा लिएको जानकारी दिए।
सोमबार, पुस २२, २०८१
कान्ति बाल अस्पतालका निर्देशक डा पंकज रायलाई तीन प्रश्न
अस्पतालमा पुगेका धेरै बिरामीका आफन्तले भने अस्पतालमा शय्या नभएको भन्दै आकस्मिक कक्षबाट नै अन्यत्र अस्पतालमा रेफर हुनुपरेको, आइसीयू छैन भन्दै अन्यत्र खोज्दै हिँड्नु परेको लगायतका गुनासो गर्दै आइरहेका छन्। बिरामी पक्षका यी गुनासो कहिले समाधान हुन्छ? कान्तिमा पुगेका बिरामीले अन्यत्र रेफर हुनु नपर्ने अवस्थाको अन्त्य कहिले होला?
सोमबार, पुस २२, २०८१
'होलबडी'को हल्लामा नलाग्नुस्, ६० वर्ष वरपरकाले गर्नुहोस् यी १३ जाँच
तपाईं वा तपाईंको अभिभावक यदि जीवनको छैटौं दशकमा प्रवेश गर्दै हुनुहुन्छ वा ६० वर्षभन्दा बढी उमेरको हुनुहुन्छ भने केही जाँच नियमित गराउँदा लाभ पुग्छ। यो उमेरमा निर्धक्क, ऊर्जावान र स्वस्थ रहनका लागि अमेरिकाका विशेषज्ञहरुले अध्ययन गरेर समूहले निश्चित जाँच सिफारिस गरेको छ। स्वस्थ, खुशी र सुरक्षित राख्न सिफारिस गरिएको ती जाँच यहाँ उल्लेख गरिएका छन्।
सोमबार, पुस २२, २०८१
नेपालमा एम-पक्सको सर्तकता तथा निगरानी
मङ्कीपक्स भाइरसका क्लेड एक–दुई गरी दुई प्रजाति छन्, यसमा क्लेड–१ बढी सङ्क्रामक र घातक छ । सन् २०२२ मा क्लेड–२ भेरियन्टको सङ्क्रमण ७० बढी देशमा फैलिदा एम–पक्सलाई जनस्वास्थ्य सङ्कटका रुपमा घोषणा गरेको थियो । अफ्रिकामा देखिएको भेरियन्ट क्लेड–१ हो, जुन समुदायस्तरमै छ तर हाल फैलिएको नयाँ प्रजाति क्लेड–१ बी सङ्क्रमितहरुमध्ये १० प्रतिशत बढीको मृत्यृ हुने गरेको तथ्याङ्क छ ।
आइतबार, पुस २१, २०८१
हृदयाघातबाट पालिका कर्मचारीको निधन
सत्र वर्षअघि उनी राष्ट्रसेवामा प्रवेश गरेका थिए। उनकी श्रीमती, एक छोरा र दुई छोरी छन्। स्वर्गीय सिंहको आजै पादमघाटमा अन्तिम संस्कार गरिने अध्यक्ष सिंहले बताए । उनले प्रशासन सहायक सिंहको निधनप्रति दुःख व्यक्त गर्दै पालिकाले एक कुशल राष्ट्रसेवक गुमाएको बताए।
आइतबार, पुस २१, २०८१
जापानमा बर्डफ्लुको देखिएपछि ५० हजार कुखुरालाई नष्ट
जापानको उत्तरी इवाते क्षेत्रको एक फार्ममा बर्डफ्लु को प्रकोप फैलिएपछि जापानका अधिकारीहरूले आइतबारदेखि करिब ५० हजार कुखुरा नष्ट गर्न सुरु गरेका छन्। जापानमा बर्डफ्लुको यो १९ औँ प्रकोप भएको कृषि मन्त्रालयले जनाएको छ। पछिल्लो फार्ममा कुखुराको मृत्यु दर बढ्दै गएको र आइतबार गरिएको परीक्षणमा फार्मका कुकुरामा बर्डफ्लुको सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। यसले गर्दा त्यहाँ ५० हजार कुखुरालाई नष्ट गरिएको क्षेत्रीय प्रशासनले जनाएको छ।
आइतबार, पुस २१, २०८१
नेप्लिज सोसाइटी फर अकुलोप्लास्टिक सर्जन्समा नयाँ कार्यसमिति
समाजको शनिबार भएको पाँचौं वार्षिक साधारण सभाले डा इलिया श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो। समाजको उपाध्यक्षमा डा पुर्णिमा आर. स्थापित र महासचिवमा डा सुरेश रसाइली चयन भएका छन्।
आइतबार, पुस २१, २०८१
रुपन्देही कञ्चनमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न
रुपन्देहीको कञ्चन गाउँपालिकामा पूर्व विद्यार्थी समाजको ५० औं वार्षिकोल्सवको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको पूर्व विद्यार्थी समाजको अध्यक्ष डा सुमन आचार्यले बताए। त्यसका लागि प्राविधिक सहयोग मनमोहन कार्डियोथोरासिक, भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले गरेको थियो।
आइतबार, पुस २१, २०८१
एमपक्स के हो? कसरी सर्छ, जोगिन के-के गर्ने? [भिडियो]
एमपक्स कस्तो रोग हो? विश्व स्वास्थ्य संगठनले दिएको जानकारी अनुसार एमपक्स भाइरसबाट हुने संक्रमण हो। यो संक्रमण मुख्यतया नजिकको सम्पर्कबाट मानिसहरू बीचमा फैलिन सक्छ । यसको संक्रमण भएमा पीडादायी बिमिरा आउने, लिम्फ नोड्स सुन्निने र ज्वरो आउने हुन्छ ।
आइतबार, पुस २१, २०८१
के हो चीनमा देखिएको 'एचएमपिभी' भाइरस, कति खतरनाक?
चीनमा हाल ह्युमन मेटान्युमोभाइरस (एचएमपिभी) संक्रमणका घटनामा वृद्धि भइरहेको छ। यो स्थितिले कोभिड-१९ महामारीपछिको अर्को स्वास्थ्य संकटको सम्भावना देखाएको छ। एचएमपिभीले फ्लुजस्तै लक्षण देखाउँछ र बालबालिका तथा जोखिमयुक्त समूहमा गम्भीर श्वासप्रश्वास सम्बन्धी समस्या निम्त्याउन सक्छ।
आइतबार, पुस २१, २०८१
नेपाल भिट्रियो रेटिना सोसाइटीमा नयाँ कार्यसमिति, अध्यक्षमा डा वजिमय पुन: चयन
सोसाइटीले नेपालमा रहेका आँखाको पर्दामा विशेषज्ञता हासिल गरेका चिकित्सकहरुको सामुहिक हितका लागि पेशागत र नीतिगत पैरवी गर्छ भने यस क्षेत्रमा विकास भएका नयाँ प्रविधि र पद्धतिका बारेमा विभिन्न कार्यहरु गर्दै आएको छ। आँखा विशेषज्ञहरुको छाता संस्था नेपाल अप्थाल्मिक सोसाइटी अन्तर्गत नेपाल भिट्रियो रेटिना सोआँखाका विभिन्न सात वटा सुपरस्पेश्यालिटी समाजहरु रहेका छन्।
आइतबार, पुस २१, २०८१
नेपालको सामुदायिक फार्मेसीहरू, अस्तित्व संकटमा
यद्दपि नेपाल मा स्वास्थ्य उपचारमा स्थानीय फार्मेसीहरुले कारीब ३५ प्रतिसतसम्म योग्दान दिएपनि सामुदायिक फार्मेसीहरूको अस्तित्व सरकारी निकायहरू, फार्मेसी काउन्सिलहरू र नीति निर्माताहरूको आँखाबाट ओझेल पर्दै गएको छ। फार्मेसीहरूले के गर्न सक्छन् र के गर्न सक्दैनन् भन्ने स्पष्ट दृष्टिकोण निर्माण गर्नु जरुरी छ। यसका लागि निम्न सुधारहरू आवश्यक छन्:
आइतबार, पुस २१, २०८१
मनमोहन सेन्टरमा तीन दिने इन्डो भास्कुलर तालिम सम्पन्न
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर (मनमोहन सेन्टर) महाराजगन्जमा तीन दिने इन्डो भास्कुलर तालिम सम्पन्न भएको छ। उक्त तिन दिने इन्डो भास्कुलर तालिम भारतका विभिन्न संस्थाको सहकार्यमा सम्पन्न भएको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ।
आइतबार, पुस २१, २०८१
आजदेखि जय ट्रफी, बागमती प्रदेशबाट खेल्दै चिकित्साका विद्यार्थी इशान पाण्डे
सो प्रतियोगिताको नाम क्यान इलाइट कपबाट जय ट्रफी पुरुष इलाइट कप नामकरण गरिएको छ। संघका पूर्वअध्यक्ष स्व.जयकुमार नाथ साहको नाममा प्रतियोगिताको नामकरण गरिएको हो। साहले क्रिकेट खेलको विकासमा लामो समयसम्म महत्वपूर्ण योगदान पुर्यातएका थिए।
आइतबार, पुस २१, २०८१
जाडो मौसममा श्वासप्रश्वास तथा फोक्सोसँग सम्बन्धित समस्या किन बढ्ने गर्छ? [भिडियो]
भिडियो कुराकानीमा डा श्रेष्ठसँग जाडो समयमा श्वासप्रश्वास समस्या किन बढ्ने गर्छ? बृद्धबृद्धा किन जाडो मौसममा श्वासप्रश्वासको समस्याबाट बढी पिडित हुन्छन्? बालबालिकामा निमोनियाको समस्या जाडोमा बढ्ने आमधारणा कति सत्य हो? लगायतका जिज्ञासाहरु राखिएको छ।
आइतबार, पुस २१, २०८१
नवजात शिशु कति समय सुत्छन्? यस्ता छन् सुरक्षित र आरामदायी तरिकाले सुताउने १३ टिप्स
शिशुहरू सामान्यतया हरेक केही घण्टामा खानाको लागि अत्यधिक भोक लागेर उठ्छन्। यदि उनीहरू आफैं उठेनन् भने उनीहरूलाई २–३ घण्टामा एक पटक उठाएर खुवाउनुपर्ने हुन्छ, जबसम्म उनीहरू जन्मको तौलभन्दा माथि पुग्दैनन्।
आइतबार, पुस २१, २०८१
डा सन्दुक रुइत पुरस्कृत
पोखरा महानगरपालिका–९ महेन्द्रपुलमा रहेको श्रीपति कोइराला गुठीले स्थापना गरेको सो पुरस्कार स्वास्थ्य तथा मानवीय सेवाका क्षेत्रमा देशको नाम अन्तर्राष्ट्रियस्तरमा चिनाउन सफल रुइतलाई प्रदान गरिएको हो।
आइतबार, पुस २१, २०८१
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवका अवसरमा ७५७ व्यक्तिद्वारा रक्तदान
कार्यक्रममा ७५७ रक्तदाताहरुले रक्तदान गरेका छन् । यसैगरी, ११९ जनाको आँखा जाँच गरिनुका साथै २०० जनाको रक्तचाप तथा मधुमेहको परीक्षण गरी आवश्यक परामर्श प्रदान गरिएको छ।
शनिबार, पुस २०, २०८१
लालबन्दीमा औषधि प्रतिरोधी क्षयरोग उपचार केन्द्रको उद्घाटन
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा प्रज्वल श्रेष्ठ र लालबन्दी नगरपालिकाका नगरप्रमुख बासुदेव अधिकारीले संयुक्त रुपमा केन्द्रको उद्घाटन गरेका हुन्।
शनिबार, पुस २०, २०८१
दार्चुलाका तीन अस्पताल भवन सुस्तगतिमा निर्माण हुँदै
अस्पताल भवन निर्माण नहुँदा, लेकम, दुहुँ र अपि हिमाल गाविसका बासिन्दा बिरामी हुँदा छिमेकी पालिकाका अस्पताल, जिल्ला अस्पताल, भारतीय अस्पताल तथा धनगढी र काठमाडौँसम्म पुग्नुपर्ने बाध्यता छ।
शनिबार, पुस २०, २०८१
समय नपुगी जन्मिएका बच्चाको आँखामा जोखिम उच्च
बाल नेत्ररोग विशेषज्ञ डा सिर्जना अधिकारीका अनुसार ती दुवै बच्चाको आँखामा देखिएको समस्या ‘रेटिनोप्याथी अफ प्रिम्याचुरिटी’ (आरओपी) हो। यो समस्या समय अगावै जन्मिएका नवजात शिशुहरुको आँखामा देखिन सक्छ।
शनिबार, पुस २०, २०८१
Previous
97
98
99
100
101
Next
सर्च गर्नुहोस्
×
Search