बर्दिबास- जबरजस्ती करणीबाट गर्भवती बनेकी एक १६ वर्षीया एक किशोरीको गर्भपतन गराएको आरोपमा प्रहरीले एक जना चिकित्सकलाई पक्राउ गरेको छ।
बर्दिबासको डी एन बी मेडिकेयर सेन्टरमा कार्यरत ४१ वर्षीय एक चिकित्सक डा प्रवीण मिश्रलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीले दिएको जानकारी अनुसार डा मिश्र साउन ५ गते सोमबार पक्राउ परेका हुन्।
किशोरीको परिवारले गर्भवती बनाउने युवक विरुघ दिएको जाहेरी पछि गर्भपतन गराउने सेन्टरका चिकित्सकलाई पक्राउ गरिएको हो ।
डा मिश्रले आफू एमडीजीपी चिकित्सक रहेको र सुरक्षित गर्भपतनका लागि तालिम समेत लिएर सूचीकृत प्रमाणपत्र प्राप्त गरेको बताउँछन् ।
डा मिश्र भन्छन् :
१६ वर्षीया किशोरीको गर्भपतन अत्याधिक रक्तस्राव भई अचेत अवस्थामा आएकी थिइन् । डेढ महिनाको गर्भावस्था मेडिकल एबोर्सन गर्न औषधि लिएको उनले बताएकी थिइन्। भिडियो एक्स रे गराउँदा इमर्जेन्सी अवस्था देखियो । भिडियो एक्स-रेमा बच्चाको मृत्यु भएको देखिएको थियो । हामीबाट इमर्जेन्सी पोस्ट एबोर्सन केयर सेवा प्रदान गरियो । त्यसपश्चात बिरामीलाई सुधार आएको थियो । नाबालिग भएको हुनाले किशोरी परिवारका तर्फबाट गर्भवती बनाउने केटालाई प्रहरीमा उजुरी गरिएको रहेछ । त्यही मुद्दामा सोधपुछका लागि बोलाइएको थियो ।
*समाचार शिर्षकमा यसअघि अन्यथा पर्न गएकोले माफी माग्दै सच्याइएको जानकारी गराउन चाहान्छौं । - सम्पादक