मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, माघ ११, २०८२
Mon, Jan 26, 2026
आइतबार, माघ ११, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
नेपालमा जेनेरिक औषधि लेखनको बाध्यकारी नीति: चुनौती, संभावना र सुधारका उपायहरू
औषधिको लागत घटाउन जेनेरिक नाममा लेखनको नीति प्रभावकारी हुन सक्छ। तर, गुणस्तर सुनिश्चित नगरी यो नीति लागू गर्नुले रोगीको स्वास्थ्यमा गम्भीर असर गर्न सक्छ। नियामक प्रणाली सुधार गर्दै, चिकित्सक र फार्मासिस्टलाई तालिम दिँदै र गुणस्तरीय औषधिको आपूर्ति श्रृंखला तयार गर्दै चरणबद्ध रूपमा यो नीति लागू गर्नु नेपालका लागि उपयुक्त हुनेछ। यस प्रक्रियाले स्वास्थ्य सेवाको गुणस्तर सुधार्न र रोगीप्रतिको विश्वास कायम गर्न मद्दत पुर्याउँछ।
बुधबार, पुस १७, २०८१
दाङमा भेटिए हात्तीपाइलेका बिरामी
घोराही र गढवा गाउँपालिकामा बिरामी भेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ। नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडा तथा स्वास्थ्य कार्यालय दाङको संयुक्त आयोजनामा राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम अन्तर्गत सर्भे गरिएको थियो।
बुधबार, पुस १७, २०८१
रोग नियन्त्रणको नयाँ दृष्टिकोण: रोकथामकै बाटो
आजको समयमा मानव स्वास्थ्यमा गम्भीर असर पार्ने रोगहरूको सूची हेर्दा गैर-संक्रामक रोगहरू अग्रस्थानमा छन्। हृदयाघात, मधुमेह, क्यान्सर, उच्च रक्तचाप र मोटोपन जस्ता रोगहरूको वृद्धिदरले स्वास्थ्य प्रणालीलाई चुनौती दिइरहेको छ। यी रोगहरू एकल कारणबाट उत्पन्न हुँदैनन्। बहुक्रियात्मक सिद्धान्तले यी रोगहरूको उत्पत्तिमा जैविक, सामाजिक, आर्थिक र पर्यावरणीय जोखिम कारकहरूको सँगैको प्रभावलाई देखाउँछ।
बुधबार, पुस १७, २०८१
के एमपक्स यौन सम्पर्कबाट सर्छ?
एमपक्सका लक्षणहरु कहिलेकाहीँ योनाङ्गका साथै मुखमा पनि देखा पर्न सक्दछन्। यही कारणले गर्दा संक्रमितसँग यौनसम्बन्ध राख्दा अर्को व्यक्तिमा सर्ने सम्भावना धेरै हुन्छ। मुख र छालाको सम्पर्कले गर्दा पनि संक्रमण हुन सक्छ।
मंगलबार, पुस १६, २०८१
आगामी माघ २२ गतेदेखि फागुन ५ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन गरिने
टेकुस्थित बाल स्वास्थ्य तथा खोप सेवा शाखा प्रमुख डा अभियान गौतमले पाठेघरको मुखको क्यान्सर तथा एचपीभी खोप सम्बन्धी संचारकर्मीसँगको अभिमुखीकरण कार्यक्रममा बोल्दै उक्त जानकारी दिएका हुन्। स्वास्थ्य पत्रकार मञ्च नेपाल र राष्ट्रिय स्वास्थ्य,शिक्षा ,सुचना तथा सञ्चार केन्द्रको संयुक्त आयोजना उक्त कार्यक्रम भएको हो।
मंगलबार, पुस १६, २०८१
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नेपालमै पहिलो पटक स्तन क्यान्सरको वंशाणुगत परीक्षण सफल
सोहीअनुरुप प्रयोगशालाले सफलतापूर्वक परीक्षण गरे पछि वंशाणुगत परीक्षण सम्भव भएको हो। अब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले देशका कुनै पनि भागबाट प्राप्त हुने स्तन क्यान्सरको वंशाणुगत परीक्षणका लागि प्राप्त नमूना परीक्षण गर्न सक्ने प्रयोगशाला प्रमुख रञ्जनराज भट्टले जानकारी दिए।
मंगलबार, पुस १६, २०८१
ब्रान्ड, जेनेरिक र ब्रान्डेड जेनेरिक औषधि
नेपालमा अहिलेसम्म जेनेरिक औषधी उत्पदन गर्ने कुनैपनी औषधि कम्पनी छैनन्। भारत र अन्य देशहरूबाट पनि विभिन्न ब्रान्डेड जेनेरिक औषधि आयात गरिन्छ। नेपालमा २०२३३ औषधीहरु दर्ता भएकाछ्न्। यसमा प्राएजसो ब्रान्डेड जेनेरिक औषधिनै छन्। तसर्थ चिकित्सकले जेनेरिक औषधि लेखेपनि बिरामीहरुले पाउने भनेको ब्रान्डेड जेनेरिक औषधिनै हो।
मंगलबार, पुस १६, २०८१
जाडोमा छालामा देखिने समस्याबाट कसरी बच्ने ? - डा प्रगति थापा [भिडियो]
जाडो मौसममा छालामा किन धेरै समस्या देखिन्छन्? जाडोमा छालामा देखिने प्रमुख ५ समस्याहरु के-के हुन्? जाडोमा छालाको समस्या बढी देखिनुको कारण के हो? जाडो र गर्मी मौसममा गरिने छालाको हेरचाह फरक छ?
मंगलबार, पुस १६, २०८१
पाठेघरको मुखको ‘क्यान्सर’ जाँच शिविरः एक सय १० जनाको ‘स्क्रिनिङ’ गरिँदा चार जनाको ‘पोजेटिभ’
‘भिजुअल इन्स्पेक्सन विथ एसेटिक एसिड’ (भिआइए) विधिबाट स्क्रिनिङ गरिएकामध्ये चार महिलाको नतिजा पोजेटिभ देखिएको थियो । ती महिलालाई आवश्यक परामर्श दिएर क्यान्सर अस्पताल भक्तपुर एवं भरतपुर ‘रेफर’ गरिएको थियो ।
मंगलबार, पुस १६, २०८१
चितवनमा चिसोका कारण हुने बिरामीको सङ्ख्यामा वृद्धि, सावधानी अपनाउन आग्रह
भरतपुर अस्पतालका बालरोग विशेषज्ञ डा खेमराज पौडेल अस्पतालमा उपचारका लागि आएका बालबालिकामध्ये ७० प्रतिशतमा चिसोको समस्या देखिएको बताउँछन्। चिसोका कारण बालबालिकामा रुघा, खोकी, निमोनिया, छालाको समस्या बढी देखिएको उनले बताए।
मंगलबार, पुस १६, २०८१
‘ग्लोबल ग्याग’ नीतिः नेपालमा परिवार स्वास्थ्य सेवा र सुरक्षित गर्भपतन सेवा अन्योलमा
नेपाल स्वास्थ्य क्षेत्र रणनीति (२०१६–२०२१) ले मातृ मृत्युदरप्रति एक लाख जीवित जन्ममा एक सय २५ मा झार्ने अति महत्वाकाङ्क्षी लक्ष्य राखेको थियो । यसैगरी दीगो विकास लक्ष्यले सन् २०३० सम्म नेपालमा नवजात शिशु र पाँच वर्षमुनिका बालबालिकाको मृत्युदरप्रति एक हजार जीवित जन्ममा क्रमशः १२ र २० मा झार्ने लक्ष्य राखेको छ । यी लक्ष्य हासिल लगभग असम्भव देखिएको छ ।
मंगलबार, पुस १६, २०८१
सोवा रिग्पा अध्ययन गरेका जनशक्ति काउन्सिलमा दर्ता हुने बाटो खुल्दै
सोवा रिग्पा अध्ययन गरेका जनशक्ति काउन्सिलमा दर्ता हुने सम्भावना बढेर गएको छ। लामो समयदेखि अन्यौलमा रहेको उक्त विषय अन्तत: निष्कर्षमा पुग्दै काउन्सिलमा दर्ताको ढोका खुल्ने भएको हो।
मंगलबार, पुस १६, २०८१
चिसो मौसममा आँखामा हुने समस्या र उपचार विधि
उक्त रोग एक आँखाबाट अर्को आँखामा बढी मात्रामा सर्छ भने एक व्यक्तिबाट अर्को व्यक्तिमा पनि सर्ने गर्दछ। यसैगरी, चिसो मौसममा सिजनल एलर्जी (आईँ एलर्जी) आँखा रातो हुने, चिलाउने, विजाउने, पोल्ने, दुख्ने, आँसु आउने, आँखाको डिलहरु सुनिने र कडा किसिमको चिप्रा आउने समेत हुन्छ। चिसो मौसममा मानिस धेरै बाहिर ननिस्किने र घरमै बसेर मोबाइलमा बढी सक्रिय हुँदा (कम्युटर भिजन सिन्ड्रम) देखिन्छ। जसमा आँखा बढी थाक्ने, टाउको दुख्ने, आँखा सुख्खा हुने, आँखाबाट आँसु आउने हुन सक्छ।
मंगलबार, पुस १६, २०८१
किन संकटमा छ एमडीजीपी विशेषज्ञता?
नेपालको शहरी र ग्रामीण दुवै क्षेत्रमा सस्तो र प्रभावकारी सेवाको पर्यायवाची एमडीजीपी वा फेमिली फिजिसियनबाट समग्र, सस्तो र पहुँचयोग्य सेवामार्फत स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउन र नतिजा ल्याउनमा महत्त्वपूर्ण भूमिका खेल्न सकिन्छ। यसलाई थप प्रभावकारी बनाउन स्पष्ट नीतिगत सहयोग, विशेषज्ञहरूसँगको सहकार्य र स्रोत व्यवस्थापन आवश्यक छ।
सोमबार, पुस १५, २०८१
दुई जना क्रिकेटर चिकित्सकलाई एनएमएको सम्मान
हालै सम्पन्न क्रिकेटको एनपिएलमा जनकपुर बोल्ट टोलीमा थिए डा नविन यादव र सुदूरपश्चिम रोयल्स टिममा थिए डा इशान पाण्डे। एनपिएलको विजेता जनकपुर बोल्ट भएको थियो भने सुदूरपश्चिम उपविजेता भएको थियो।
सोमबार, पुस १५, २०८१
सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेसले माग्यो विभिन्न पदमा ९ सय जनशक्ति
नेपालगञ्जमा रहेको सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेसले विभिन्न पदमा जनशक्ति माग गरेको छ। कलेजले तीन सय शय्याको अस्पताल र कलेजका विभिन्न कार्यक्रम सञ्चालनका लागि जनशक्ति माग गरेको हो।
सोमबार, पुस १५, २०८१
एनआरएनए महिला विभागको सहयोगमा बारबर्दिया नगर अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण
आइतबार बारबर्दिया नगर अस्पतालमा आयोजित एक कार्यक्रमका बीच चार लाख रुपैयाँ मूल्य बराबरका बेबी वार्मर, बायोकेमेस्ट्री एनालाइजर, र टेस्ट किटहरू अस्पताललाई हस्तान्तरण गरिएको हो । संघका तर्फबाट पूर्व कोषाध्यक्ष हिक्मत थापाले ती उपकरणहरू हस्तान्तरण गरेका हुन्।
सोमबार, पुस १५, २०८१
आँखा स्वास्थ्यका क्षेत्रमा रणनीति बनाउन ‘इन्साइट लाइभ’ नेपालमा आयोजना हुँदै
सम्मेलनमा विश्वभरका अन्धोपन निवारण तथा आँखा स्वास्थ्य क्षेत्रमा कार्यरत आइएपिबीका सदस्य संस्थाका प्रतिनिधि सहभागिता हुनेछन् । आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय परोपकारी संस्था, आँखा अस्पताल, शैक्षिक संस्थान, व्यावसायिक सङ्घ र कर्पोरेट संस्था मुख्यतया आइएपिबिका सदस्य रहन्छन् ।
सोमबार, पुस १५, २०८१
भरतपुर अस्पतालले न्युट्रिशनल सप्लिमेन्ट प्रेस्क्रिप्सन अडिट गर्ने
अस्पतालले एक भन्दा बढी सिफारिस गर्नु उचित नदेखिएको बताएको छ । त्यस्ता उत्पादन सिफारिस गर्नुपरेमा डब्लुएचओ जीएमपी प्रमाणित कम्पनीको मात्रै गर्न भनिएको छ।
सोमबार, पुस १५, २०८१
मोहन बैद्यको आइसीयुमा उपचार जारी, प्रचण्डले लिए स्वास्थ्य अवस्थाबारे जानकारी
महासचिव वैद्यको सुरेश वाग्ले क्यान्सर सेन्टरमा उपचार भइरहेको छ । अध्यक्ष दाहालले आज साँझ अस्पताल पुगेर उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै परिवारजनसित पनि भेट गरेका थिए। सो क्रममा उपचारमा संलग्न चिकित्सकहरुले महासचिव वैद्यको छातीमा सङ्क्रमण तथा दमको समस्या रहेकाले अझै केही समय उपयुक्त वातावरणमा आराम गर्नुपर्ने अध्यक्ष दाहाललाई जानकारी दिएका थिए ।
सोमबार, पुस १५, २०८१
कुखुराको मासु खाँदा अछाममा एकजनाको मृत्यु, तीन बिरामी
मासु खाँदा विकको घरमा थप तीनजना बिरामी भएका छन् । बिरामीको जिल्ला अस्पताल मङ्गलसेनमा उपचार भइरहेको छ । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल मङ्गलसेनमा राखिएको छ । के कती कारणले मृत्यु भएको तथा बिरामी भएको भन्नेबारे शव परीक्षणपछि मात्र थाहा हुने प्रहरी नायव उपरीक्षक भण्डारीले बताएका छन्।
सोमबार, पुस १५, २०८१
वृद्धावस्थामा देखिने स्वास्थ्य समस्या, यस्ता छन् स्वस्थ रहन अपनाउनुपर्ने नियम
वृद्धावस्था एक यात्रा हो। सही दृष्टिकोण अपनाएर वृद्धावस्थालाई स्वस्थ र सुखमय बनाउन सकिन्छ। स्वास्थ्यप्रति सचेत भएर गरिने आजको निर्णयले भोलि राम्रो बनाउँछ।
सोमबार, पुस १५, २०८१
मधेश प्रदेश सरकारले अध्यादेश ल्याएर अन्याय गर्न खोजेको भन्दै हेल्थ असिस्टेन्टको आन्दोलन
'हामी दुई तहमात्रै बढुवा हुँदा अहेबहरु तीन तहसम्म बढुवा हुन पाउने नियम अध्यादेशबाट ल्याउन खोजिएको छ’, उनले भने, ‘त्यो विभेदपूर्ण छ ,हामीले त्यसको विरोध गरी आन्दोलन गरेका हौं।’
आइतबार, पुस १४, २०८१
साउदीबाट आएका अर्का एक नेपालीमा एमपक्स पुष्टि
जनस्वास्थ्य प्रयोगशाला स्रोतका अनुसार आइतबार उनको पीसीआर जाँच गरिएको हो। उक्त जाँचमा उनलाई एमपक्स पुष्टि भएर उपचार थालिएको बताइएको छ।उनको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ। यसअघि पनि साउदैबाटै एकजनामा एमपक्स देखिएको थियो।
आइतबार, पुस १४, २०८१
एमपक्स के हो? यस्ता छन् रोकथाम र नियन्त्रणका उपाय
यदि रोगलाई केही नमानी लापरबाही गरिएमा रोगले आक्रमण गर्नुको साथै ठूलो रुप लिन सक्छ। त्यसैले स्वास्थ्यका हरेक सूचनालाई महत्वपूर्ण सूचना मानेर आफ्नो दैनिकीलाई चलाउनुको साथसाथै रोगबाट जोगिनको लागि सूचनाका मापदण्डहरुलाई पालना गरेमा जस्ता किसिमका महामारी भए तापनि सजिलोसँग बच्न वा जोगिन सकिन्छ।
आइतबार, पुस १४, २०८१
अटिजम भएका बालबालिकाको हेरचाहका लागि निर्देशिका बनाइने, समिति गठन
अटिजम देखिएका बालबालिकाका पक्षमा स्वास्थ्य संस्थाहरुमा प्रभावकारी काम गर्नका लागि भन्दै मन्त्री पौडेलले सर्वप्रथम रोकथाम, उपचार, हेरविचार तथा सहयोगजस्ता विषय समेटेर निर्देशिका बनाउने निर्णय गरेका हुन्।
आइतबार, पुस १४, २०८१
स्वास्थ्यकर्मीको मृत्युमा पालिकाले दियो एकदिन शोकबिदा
आइतबार, पुस १४, २०८१
निसन्तानपनका कारण के के हुन्? आईभीएफका भ्रम र यथार्थ -डा सविना सिम्खडा [भिडियो]
निसन्तानपनका कारण के के हुन्? आईभीएफका भ्रम र यथार्थ लगायतका विषयमा स्वास्थ्यखबरकी रोमिका न्यौपानेले डा सविना सिम्खडासँग गरेको भिडियो कुराकानी:
आइतबार, पुस १४, २०८१
जसपा नेपालको स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुखमा सुरेन्द्र यादव चयन
जनता समाजवादी पार्टी (जसपा) नेपालको स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुखमा डा सुरेन्द्र यादव चयन भएका छन्। पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आइतबार बसेको विभागको बैठकले डा यादवलाई सर्वसम्मतिले प्रमुखमा चयन गरेको हो।
आइतबार, पुस १४, २०८१
अवैध रुपमा भारतबाट नेपाल ल्याउन लागिएको औषधिसहित एक जना पक्राउ
भारतबाट अवैध रुपमा नेपाल भित्र्याउन लागिएको ७ लाख ७ हजार २३२ रुपैयाँ बराबरको विभिन्न औषधि सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा अर्घाखाँची भूमिकास्थान नगरपालिका- ४ का ४१ वर्षीय प्रेमबहादुर नेपाली छन्।
आइतबार, पुस १४, २०८१
Previous
99
100
101
102
103
Next
सर्च गर्नुहोस्
×
Search