काठमाडौं- बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दु बनाउन धरानका उपमहानगरका मेयर हर्क साम्पाङ (राई)ले स्वास्थ्य बीमा बोर्डलाई पत्र लेखेका छन्।
बोर्डले हालसालै प्रथम सेवा विन्दु र रिफरल सूची जारी गरेको छ। प्रतिष्ठान रिफरलमा सूचीकृत छ।
धरानका जनतालाई स्वास्थ्य बीमाबाट बञ्चिन नगराउन प्रतिष्ठानलाई प्रथम सेवा विन्दु तोक्न माग गरेका छन्। उक्त पत्र फेसबुकमा सार्वजनिक गर्ने क्रममा 'अपशब्द'को समेत प्रयोग गरेका छन्।
