मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, साउन २४, २०८३
Sun, Aug 09, 2026
आइतबार, साउन २४, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
फर्मासिष्टहरुको विशेषज्ञता विवरण अध्यावधिक गर्दै फार्मेसी काउन्सिल
काउन्सिलले सूचना जारी गर्दै परिषदमा दर्ता भएका फर्मासिष्टहरुले विशेषज्ञता (स्नाकोत्तर) को प्रमाण- पत्र सहितको कागजात सहितको विवरण अध्यावधिक गर्न भनेको छ।
बिहीबार, चैत २१, २०८१
आहारपुरक पदार्थ 'औषधि हो वा खाद्य पदार्थ?' तीन महिनाभित्र निष्कर्षमा पुग्न सर्वोच्चको परमादेश
पूर्णपाठ अनुसार सर्वोच्च अदालतले औषधि व्यवस्था विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबीचमा समन्वय अभाव रहेको उल्लेख गर्दै आहारपुरक खाद्य पदार्थहरु औषधि वा आहारपुरक खाद्य पदार्थ के हुन्? भन्ने सम्बन्धमा तीन महिनाभित्र उचित निष्कर्षमा पुग्न र आवश्यकतानुसार कानुनबमोजिमको सूचना प्रकाशन गर्न औषधि व्यवस्था विभागको नाममा परमादेशको आदेश जारी हुने ठहर गरेको छ।
बिहीबार, चैत २१, २०८१
Mental Health Challenges among Nepali Youth
Mental health challenges among Nepali youth are a growing concern that requires immediate attention. Factors such as social stigma, academic pressure, economic stress, unsupportive families, and gender disparities contribute to deteriorating mental well-being. However, with increased awareness, improved support systems, and effective policies, Nepal can foster a healthier future for its youth.
बिहीबार, चैत २१, २०८१
प्रदूषण बढेपछि स्वास्थ्य मन्त्रालयद्वारा सतर्कता अपनाउन आग्रह
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकामा वायु प्रदूषण बढेसँगै उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ। मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै विश्वको वायु गुणस्तर मापन गर्ने एयर क्वालिटी इन्डेक्स (एक्यूआई) सूचकाङ्क अनुसार केही दिनदेखि नेपाल अत्यधिक प्रदूषित देशको सूचीमा परेकाले सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको हो।
बिहीबार, चैत २१, २०८१
नेपाल नेत्रज्योति संघ र महिडोल युनिभर्सिटीबीच समझदारी
थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डकी प्रधानमन्त्री पाइतोङतार्न सिनावात्राको समुपस्थितिमा आज ती दुई संस्थाहरुबीच बैंककमा आपसी सहकार्य गर्नेसम्बन्धी समझदारी भएको यहाँस्थित नेपाल नेत्रज्योति संघले जनाएको छ।
बिहीबार, चैत २१, २०८१
जडीबुटी कम्पनीः क्षणभरमै २८ करोड बराबरको क्षति, अब कसरी अगाडि बढ्दैछ?
मुलुककै गर्वका रुपमा रहेको उक्त कम्पनीमा गत शुक्रबार राजावादी समर्थकहरुले तोडफोड तथा आगजनी गर्दा करिब २८ करोड बराबरको क्षति भएको प्रारम्भिक विवरण निकालिएको छ।
बिहीबार, चैत २१, २०८१
मधेश प्रदेश अन्तर्गतका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प
उनले चेतावनीस्वरुप दुई दिनका लागि आकस्मिक बाहेकका सेवा बन्द गर्ने बताएका छन्। उनले भने, 'संघले यसअघि नै ७२ घन्टा भित्र स्वास्थ्यकर्मीले ६ महिनादेखि तलब नपाएको विषयलाई सम्बोधन गर्न अनुरोध गरेको थियो। तर, सम्बोधन भएन। केन्द्र सरकारलाई दोष लगाएर पन्छिने काम भयो।'
बिहीबार, चैत २१, २०८१
विश्वकै प्रदूषित शहरको सूचीमा दोस्रो स्थानमा काठमाडौं, वायुको गुणस्तर खतराको तहमा
काठमाडौं उपत्यकाको वायु प्रदूषण एकदमै खतराको तहमा पुगेको छ। आइक्यु एअरका अनुसार आज काठमाडौंको वायु गुणस्तर ३५२ एक्युआइ पुगेको हो। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले निर्धारण गरेको मापदण्डअनुसार अनुसार ५१ देखि १०० सम्मको एक्युआइलाई सामान्य मानिन्छ भने एक्युआइ २०१ भन्दा माथि पुगे धेरै अस्वस्थकर हुन्छ।
बिहीबार, चैत २१, २०८१
नर्वेले युएसएड कटौतिबाट प्रभावित संस्थालाई सहयोग उपलब्ध गराउने
नर्वेले अमेरिकी सहायता रोक्काबाट प्रभावित गैरसरकारी संस्थाहरूलाई सहयोग गर्न आपतकालीन कोषका रूपमा ३० करोड क्रोनर (करिब दुई करोड ८७ लाख अमेरिकी डलर) उपलब्ध गराउने भएको छ।
बिहीबार, चैत २१, २०८१
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबीच सम्झौता
थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबीच सम्झौता भएको छ। अस्पतालमा आएका बिरामीको आवश्यक परीक्षणका लागि दुई संस्थाबीच सम्झौता भएको हो। सम्झौता पत्रमा अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारी र प्रयोगशालाका निर्देशक डा रञ्जनराज भट्टले हस्ताक्षर गरेका छन्।
बुधबार, चैत २०, २०८१
यी हुन् १२औं तहको अतिरिक्त सचिवका लागि आवेदन दिनेहरु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा १२औं तहको अतिरिक्त सचिवका लागि हाल दुई वटा पद रिक्त रहेका छन्। रिक्त रहेका पदका लागि २२ जनाले आवेदन दिएका छन्। मन्त्रालयको बढुवा समितिले चैत ६ गते सार्वजनिक सूचना जारी गर्दै आवेदन माग गरेको थियो। १५ दिनको समय दिएर आवेदन माग भएको थियो। आवेदन दिने आज बुधबार अन्तिम दिन हो।
बुधबार, चैत २०, २०८१
डा संगीता मिश्राको पक्षमा आएन अन्तरिमा आदेश, सचिवमा डा विकास यथावत
सर्वोच्चको यो फैसलासँगै स्वास्थ्य सचिव नियुक्तिमा सरकारले गरेको निर्णय अनुसार नै काम अगाडि बढ्ने भएको छ। सरकारले फागुन २१ गते स्वास्थ्य सचिवमा डा विकास देवकोटालाई नियुक्त गरेको थियो।
बुधबार, चैत २०, २०८१
मधेश प्रदेशमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने चिकित्सक संघ मधेस प्रदेश कमिटीको घोषणा
मधेश प्रदेशका अस्पताल र स्थानीय तह अन्तर्गतका अस्पतालहरुमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीले ६ महिनादेखि तलब नपाएपछि संघ मधेस प्रदेश कमिटीले मधेस सरकारलाई ७२ घण्टाभित्र तलब उपलब्ध गराउन समय दिएको थियो।
बुधबार, चैत २०, २०८१
डा संगीताको रिटमाथि अन्तरिम आदेशको बहस सकियो, आजै आदेश आउने सम्भावना
न्यायाधीशद्वय डा मनोजकुमार शर्मा र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासमा दुवै पक्षबाट बहस भएको थियो। अन्तरिम आदेशका सम्बन्धमा आज भएको सुनुवाई सकिएपछि उक्त रिटमाथि आज नै आदेश आउने सम्भावना रहेको छ।
बुधबार, चैत २०, २०८१
ट्रम्प प्रशासनद्वारा अमेरिकी स्वास्थ्य एजेन्सीहरूमा कार्यरत हजारौं कर्मचारी कटौती
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले मंगलबार अमेरिकी स्वास्थ्य एजेन्सीहरूमा कार्यरत दश हजारभन्दा बढी कर्मचारीलाई हटाउन सुरु गरेको छ। विभिन्न स्रोतहरूका अनुसार केही कर्मचारीहरूलाई बर्खास्तको सूचना प्राप्त गरेको केही घण्टामै सुरक्षा गार्डहरूले कार्यालय प्रवेश गर्न रोक लगाएका छन्।
बुधबार, चैत २०, २०८१
आज विश्व ‘अटिजम’ जागरुकता दिवस मनाइँदै
विश्व ‘अटिजम’ जागरुकता दिवस आज विश्वभर यो रोगप्रति सचेतना फैलाउने विविधि कार्यक्रमका साथ मनाइँदै छ।संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००७ देखि यो दिवस मनाउन थालिएको हो।
बुधबार, चैत २०, २०८१
सचिव नियुक्तिका विषयमा डा मिश्राको रिटमाथि सर्वोच्चमा आज सुनुवाई हुने
स्वास्थ्य सचिव नियुक्तिको विरोधमा डा संगीता मिश्रले सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाई आज बुधबार हुने भएको छ। न्यायाधीशद्वय डा मनोजकुमार शर्मा र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासमा पेशी परेको छ।
बुधबार, चैत २०, २०८१
काठमाडौँमा वायु प्रदूषण उच्च, देशभरको मौसम सामान्यतया सफा रहने
अहिले देशभर पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जानकारी दिए।
बुधबार, चैत २०, २०८१
AI-Sarosh: Leveraging Artificial Intelligence for Improved Sexual and Reproductive Health in South Asia
Healthcare systems in the region struggle to provide comprehensive sexual and reproductive health services.
मंगलबार, चैत १९, २०८१
स्वास्थ्य बजेट कार्यान्वयनमा मन्त्री पौडेलको सक्रियता
मन्त्रालयअन्तर्गतका विभिन्न महाशाखा तथा केन्द्रहरुलाई मन्त्रालयमा बोलाएर मन्त्री पौडेलले समय बाँकी छँदै अधिकतम प्रगति देखिने गरी काम गर्न भनेका हुन्।
मंगलबार, चैत १९, २०८१
रोटरीको अगुवाइमा रुपन्देहीको तिलोत्तमा नि:शुल्क स्वास्थ्य शिविर
गत १४ देखि १६ चैतसम्म चलेको उक्त शिविरमा एक हजार ३९५ जनाको स्वास्थ्य परीक्षण तथा उपचार भएको थियो। रोटरी क्लव अफ काठमाडौँ नर्थ आरआई डिस्ट्रिक ३२९२ आयोजक बनेको उक्त शिविरमा कान्तिपुर डेन्टल कलेज (केडीसी) टिचिङ हस्पिटल सहआयोजक थियो।
मंगलबार, चैत १९, २०८१
राप्ती प्रतिष्ठानको एमआरआई सेवा किन बन्द भयो?
मेसिन आपूर्तिकर्ता लुम्बिनी हेल्थ केयर प्रालीका अध्यक्ष पोष्टराज ज्ञवालीले प्रतिष्ठानले तीन वर्षदेखि दिनुपर्ने २० प्रतिशत रकमको भुक्तानी नगरेका कारण सफ्टवेयर अपडेट नभएको जानकारी दिए। उनले प्रतिष्ठानले रकम उपलब्ध गराएको भोलिपल्टनै सफ्टवेयर अपडेट हुने पनि बताए।
मंगलबार, चैत १९, २०८१
मेडिकल र राहत सामग्री सहित म्यानमार जाँदै नेपाली सेनाको टोली
मन्त्रिपरिषद्को सोमवार राति बसेको बैठकले राहत सामग्री तथा औषधी र मेडिकल उपकरणसहित नेपाल वायुसेवा निगमको जहाज पठाउने निर्णय गरेको हो। गत चैत १५ गते म्यानमारमा ७ दशमलव ७ रेक्टर स्केलको भूकम्पले ठूलो जनधनको क्षति पुर्याएको छ। भूकम्पमा परी अहिले सम्म झण्डै २ हजार भन्दा बढि मानिसहरुले ज्यान गुमाएका छन् भने हजारौं घाइते अवस्थामा छन्।
मंगलबार, चैत १९, २०८१
सांसद तथा पूर्व स्वास्थ्य मन्त्री दीपक बोहराको निधन
सांसद दीपक बोहराको निधन भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता बोहराको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा निधन भएको हो। उनी रुपन्देही क्षेत्र नम्बर – ३ बाट निर्वाचित सांसद हुन्।
मंगलबार, चैत १९, २०८१
नेपाल रेडक्रस नारायणगढ उपशाखाद्वारा निशुल्क पाठेघर जाँच तथा सारी वितरण
डा निर्मला श्रेष्ठ नेतृत्वको चिकित्सकको टोलीले ४८ जना महिलाको पाठेघर जाँच गरेका हुन्। सभापति भण्डारीका अनुसार सामान्य समस्या रहेकाहरुलाई त्यहीँ औषधि वितरण तथा उपचार गरिएको थियो। तर, गम्भीर समस्या रहेका ५ जना महिलाको थप उपचारका लागि अस्पताल जान सिफारिस गरिएको छ।
मंगलबार, चैत १९, २०८१
मधेश प्रदेशका चिकित्सक र स्वास्थ्यकर्मीले ६ महिनादेखि तलब पाएनन्, चिकित्सक संघको ध्यानाकर्षण
प्रदेशका धेरै चिकित्सक तथा स्वास्थ्यकर्मीले तलब नपाएपछि नेपाल चिकित्सक संघले प्रदेश मुख्यमन्त्री कार्यालयदेखि संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ध्यानकर्षण पत्र बुझाएका छन्।
सोमबार, चैत १८, २०८१
पिजीको म्याचिङ प्रक्रियामा आयोगले अगाडि बढाएको कदमप्रति परीक्षार्थीहरुको असहमति
चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहमा निजी मेडिकल कलेजहरुको सिट घटाएर निकालेको म्याचिङको सूचनाप्रति परीक्षार्थीहरुले असहमति जनाएका छन्। परीक्षार्थीहरुले सोमबार पत्रकार सम्मेलन गर्दै अहिलेको म्याचिङ प्रक्रियालाई अविलम्ब रोकी पूर्वनिर्धारित सिट संख्या अनुसार म्याचिङको सूचना निकाल्न आयोगसँग माग गरेका छन्।
सोमबार, चैत १८, २०८१
राकम कर्णालीमा ५० शय्याको स्याटेलाइट अस्पताल सञ्चालनको कार्ययोजना स्वीकृत
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको बैठकबाट उक्त स्थानमा विगतमा १५ श्यैयाको अस्पताल रहेकामा त्यसलाई स्तरोन्नति गर्ने नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाउन कार्ययोजना अनुमोदन गरेको हो। सो अस्पतालको पूर्वाधा, जनशसक्ति र स्रोत सुनिश्चितताका लागि प्रतिष्ठानले नेपाल सरकार र अन्य पक्षसँग प्रस्ताव गर्नेछ।
सोमबार, चैत १८, २०८१
पिजीको हालको म्याचिङ प्रक्रिया रोकी पूर्वनिर्धारित सिट अनुसार गर्न चिकित्सक संघको माग
नेपाल चिकित्सक संघले निजी मेडिकल कलेजहरुको प्रकाशित सिट संख्या घटाई चिकित्सा शिक्षा आयोगले निकालेको म्याचिङको सूचना प्रति गम्भीर ध्यानाकर्षण गरेको छ। संघले सोमबार विज्ञप्ति जारी गर्दै अहिलेको म्याचिङ प्रक्रियालाई अविलम्ब रोकी पूर्वनिर्धारित सिट संख्या अनुसार म्याचिङको सूचना निकाल्न आयोगसँग माग गरेको छ।
सोमबार, चैत १८, २०८१
नेपालको पहिलो संस्थागत विष सूचना केन्द्रले पायो बिएमजे साउथ एसिया अवार्ड
भारतको नयाँ दिल्लीमा मार्च २९ मा आयोजित एक समारोहमा केन्द्रका प्रतिनिधिलाई उक्त अवार्ड प्रदान गरिएको हो। समारोहमा दक्षिण एसियाका विभिन्न देशका स्वास्थ्य सेवा नेतृत्वकर्ताहरूले आफ्ना परियोजनाहरू निर्णायक मण्डल समक्ष प्रस्तुत गरेका थिए।
सोमबार, चैत १८, २०८१
Previous
127
128
129
130
131
Next
सर्च गर्नुहोस्
×
Search