मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, माघ ११, २०८२
Mon, Jan 26, 2026
आइतबार, माघ ११, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
मेचीनगरमा अपाङ्गता पहिचान गर्न १५ दिने अभियान
कोशी प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीले मेचीनगर–१ को बाहुनडाँगीमा सोमबार एक कार्यक्रमबीच अभियानको उद्घाटन गरे। उनले अपाङ्गता भएकाहरूको सुविधा र हितका लागि प्रदेश सरकारले स्थानीय पालिका र करुणा फाउन्डेसनसँग सहकार्यमा स्वास्थ्य शिविरसहित विविध कार्यक्रमार्फत अभियान सञ्चालन गरिरहेको बताए।
मंगलबार, पुस २, २०८१
कान्तिपुर डेन्टल कलेज एन्ड टिचिङ्ग हस्पिटल १८ औँ वर्षमा
ब्याचलर इन डेन्टल सर्जरी बीडीएस तर्फ ४०० जना र मास्टर इन डेन्टल सर्जरी (एमडीएस) तर्फ ४४ जनालाई शिक्षा प्रदान गरेको छ। प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषदको सम्वन्धनमा सन् २०१२ देखि संचालित डिप्लोमा इन फार्मेसी तर्फ ३७४ जना तथा सन् २०१३ देखि सञ्चालित सर्टिफिकेट इन डेन्टल साइन्सतर्फ ३०१ जना प्रबिधिकहरु उत्पादन भइसकेका छन्।
मंगलबार, पुस २, २०८१
चिसो मौसममा हृदयवाहिका र मुटु
शारीरिक तौल स्वस्थ्यमय राख्ने, धेरै चिल्लोपिरो या घिउ नखाने। सकेसम्म मौसम अनुसार फलफूल चपाएर खान। पर्याप्त मात्रामा पानी खाने गर्नुपर्छ। ब्यायाम गर्नु जरुरी हुन्छ तर सकेसम्म अनावश्यक रुपमा घर बाहिर या चिसो ठाउँमा काम नगर्ने। मौसम अलि तातो भएको बेला या अलिअलि घाम निस्केको बेला दिउँसोतिर मात्र एक्सरसाइज गर्ने गर्नुपर्छ।
मंगलबार, पुस २, २०८१
गंगालाल अस्पतालको सञ्चालक समिति सदस्यमा डा बराल र सापकोटा मनोनित
सरकारका प्रवक्त पृथ्वी सुब्बा गुरुङले कास्कीका डा बराल र भोजपुरका सापकोटालाई केन्द्र सञ्चालक समिति सदस्यमा मनोनित गरिएको जानकारी दिए।
सोमबार, पुस १, २०८१
अंगदान र प्रत्यारोपण सम्बन्धी जानकारी अब अनलाइनबाटै
नेपालमा अङ्ग प्रत्यारोपण गर्नुपर्ने बिरामी तथा दान गर्ने दाताले अब अनलाइनबाटै जानकारी लिन सक्ने भएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सेवा विभाग टेकु तथा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको संयुक्त नियन्त्रणमा रहने गरी थालेको अनलाइन सेवाको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले आज एक कार्यक्रमबीच उद्घाटन गरेका छन्।
सोमबार, पुस १, २०८१
के हो ब्लू जोन ?
यस क्षेत्रमा दीर्घकालीन रोगहरूको दर पनि कम भएको पाइन्छ। यसको अवधारणा नेसनल जियोग्राफिक फेलो ड्यान ब्युट्नरद्वारा पहिलो पटक पहिचान गरिएको थियो। उनले पाँच वटा त्यस्ता क्षेत्र पहिचान गरे जसलाई ब्लू जोन भनियो। यहाँ बस्ने मानिसहरूको स्वास्थ्य परिणामहरू उत्कृष्ट छन्।
सोमबार, पुस १, २०८१
गुणस्तरमा सम्झौता गरेर मेडिकल कलेजमा सिट थप्न सकिँदैन: डा अञ्जनीकुमार झा
नेपाल चिकित्सक संघको चौथो राष्ट्रिय सम्मेलनमा बोल्दै डा झाले भने, ‘३३ प्रतिशत त विदेशी विद्यार्थीलाई नै सिट छुट्याएका छौं। अझै पनि कति सिट थप्नुपर्ने हो? गुणस्तरमा सम्झौता गरेर पैसा कमाउने उद्देश्यले सिट संख्या थप्न सकिँदैन।’
सोमबार, पुस १, २०८१
स्वास्थ्य प्रणाली प्रचारमुखी र वितरणमुखी हुँदा समस्या भयोः डा अनिल कार्की
नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिल कार्कीले स्वास्थ्य प्रणाली प्रचारमुखी र वितरणमुखी हुँदा समस्या भएको बताएका छन्। स्वास्थ्यका समस्या हल गर्न सबैभन्दा पहिले राम्रा नीति-नियमलाई पछ्याउनु आवश्यक उनको भनाइ छ।
सोमबार, पुस १, २०८१
स्वास्थ्य संस्थाका भवन पुनःनिर्माण गर्दै कर्णाली सरकार
कर्णाली प्रदेश सरकारले दुई जिल्लामा भूकम्पबाट भत्किएका संरचना पुनःनिर्माण गर्ने भएको छ। गत वर्षको कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट भत्किएका स्वास्थ्य संस्था निर्माण गर्न प्रदेश सरकारले नाम र सङ्ख्या टुङ्गो लगाएर अख्तियारी प्रदान गरेको हो।
सोमबार, पुस १, २०८१
नेपालमा स्वास्थ्य सेवाको वर्तमान अवस्था
म एक राम्रो नेपालको सपना देख्छु, जहाँ स्वास्थ्य सेवाहरू देशभरि समान र सुलभ रूपमा उपलब्ध हुनेछन्। यसले केवल जनताका लागि मात्र होइन, हामी जस्ता समर्पित पेसेवरहरूको लागि पनि सेवा गर्न सजिलो बनाउनेछ, जसले साँच्चिकै राष्ट्रको सेवा गर्न चाहन्छौं। दुर्भाग्यवश, जनशक्ति, बजेट, स्रोत र पहुँचको अभावका कारण हामीमध्ये धेरैलाई अरू देशमा सेवा गर्न जानु बाध्य बनिरहेको छ।
सोमबार, पुस १, २०८१
हिमाल डेन्टल सुदूरपश्चिम रोयल्सको हाइजिन पार्टनर
हस्पिटलका तर्फबाट अध्यक्ष तथा प्रबन्ध निर्देशक डा राजेन्द्र भट्ट र रोयल्सका तर्फबाट सीईओ प्रकाश खड्काले हस्ताक्षर गरेका छन्। हस्पिटलले टिमका लागि आवश्यक स्वास्थ्य सहयोग प्रदान गरिरहेको डा भट्टले जानकारी दिए। दन्त चिकित्सा सेवाका लागि अग्रणी मध्ये एक हिमालले दन्त चिकित्सा सेवा पनि दिने गरेको छ।
आइतबार, मंसिर ३०, २०८१
मानसिक स्वास्थ्यले ल्याएको जटिलता
नेपालमा मानसिक तनाव र डिप्रेसनका कारण आफ्नो जीवनको अर्थ नरेहेको अनुभूत गरेर आत्महत्या गर्ने क्रम बढेर गएको छ। आधुनिक जीवनशैली र विकसित समाजका विभिन्न उमेरका सदस्यहरुले राखेका असङ्ख्य चाहनाहरु पूरा नहुनेबित्तिकै निराश हुने र आशा जगाउने खालको परिवेश प्राप्त नगर्ने सम्भावना बढ्दै गएको छ।
आइतबार, मंसिर ३०, २०८१
सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन जनकपुरमा
सम्मेलनका निर्देशक तथा विनयतारा फाउन्डेसनका अध्यक्ष डा विनय शाहले सम्मेलनमा अमेरिका, भारत, बङ्गलादेश, नेपालका क्यान्सर रोग विशेषज्ञ र यसको उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, नर्स र सरोकारवालाहरू सहभागी हुने जानकारी गराए।
आइतबार, मंसिर ३०, २०८१
नसर्ने रोगहरुबाट बच्न १५० जना महिला/गृहणीलाई भान्सा सुधार अभिमुखीकरण तालिम
‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ भन्ने मूल नारा सहित बर्दियाको गेरुवा गाउँपालिकाका सबै वडाका महिला/आमा समूह तथा महिला स्वास्थ्य स्वयंसेविकालाई स्वस्थकर जीवनशैली प्रवर्धनमा भान्सा सुधार अभिमुखीकरण तालिम दिइएको छ।
आइतबार, मंसिर ३०, २०८१
स्वास्थ्य र शिक्षा मन्त्रीले भने- आवासीय चिकित्सकहरुलाई निजी मेडिकल कलेजले सरकारी सरह भत्ता दिनुपर्छ
नेपाल चिकित्सक संघले आयोजना गरेको चौथो राष्ट्रिय स्वास्थ्य सम्मेलनमा मन्त्रीद्वयले निजी मेडिकल कलेजमा एमडी/एमएस गरिरहेका आवासीय चिकित्सकहरुलाई आठौं तहका मेडिकल अधिकृतको तलब भत्ता सरह सेवा सुविधा दिन भनेका हुन्।
आइतबार, मंसिर ३०, २०८१
अङ्ग प्रत्यारोपण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा जारी
शनिबार बिहानदेखि नयाँ बानेश्वरस्थित द एभरेष्ट होटलमा सम्मेलन सुरु भएको हो। औपचारिक उद्घाटन भने बेलुकी ६ बजे गरिएको थियो। स्वास्थ्य सचिव डा रोशन पोखरेलले उद्घाटनका क्रममा बोल्दै उनले अंग प्रत्यारोपण सरकारको प्राथमिकतामा रहेको बताए। उनले भने, नेपाल सरकारले अंग प्रत्यारोपण प्राथमिकतामा राखेको छ । यो सेवा ७ वटै प्रदेशमा कसरी लैजान सकिन्छ भन्नेबारे हामी छलफल गरिरहेका छौं। यो सेवालाई अझै पहुँचयोग्य, सस्तो र सुलभ बनाउन हामी सक्रिय छौं।'
आइतबार, मंसिर ३०, २०८१
नर्भिकमा चिरफार नगरी मेरुदण्डको शल्यक्रिया सुरु
मेरुदण्डको हड्डी फुटेको, ढाडको हड्डी खिइएर कुच्चिएको तथा ढाडको नसा च्यापिएकोजस्ता समस्या समाधानका लागि अस्पतालले नयाँ प्रविधिबाट शल्यक्रिया सुरु गरेको हो। यसमा ढाडको छालामा सानो प्वाल पारेर एक्स–रेमार्फत् शल्यक्रिया गरिन्छ।
आइतबार, मंसिर ३०, २०८१
आईओएमको डीनमा प्राडा मोहनराज शर्मा नियुक्त
डीनका लागि नाम सिफारिस गर्न गठित समितिले सिफारिस गरेका तीन जनामध्ये कार्यकारी बैठकले शनिबार प्राडा शर्मालाई डीनमा नियुक्त गरेको हो। डीनका लागि डा शर्मासहित प्राडा दिव्या सिंह शाह र प्राडा सुधा बस्नेतको नाम सिफारिस गरेको थियो।
आइतबार, मंसिर ३०, २०८१
९ बुँदे घोषणापत्र सार्वजनिक गर्दै सकियो चिकित्सक संघको सम्मेलन
हेल्थ बियोन्ड हेल्थ मुख्य विषयमा केन्द्रित रहेर दुई दिनसम्म विभिन्न सात वटा उपविषयमा छलफल भएको थियो। छलफलमा उठेका विषयलाई समेटेर संघले ९ बुँदे घोषणा जारी गरेको हो।
शनिबार, मंसिर २९, २०८१
नर्सिङ संघमा चन्द्रकला शर्मा नेतृत्वको प्यानल विजयी (कसको मत कति?)
नेपाल नर्सिङ संघमा चन्द्रकला शर्मा नेतृत्वको प्यानल विजयी भएको छ। संघको हिजो भएको निर्वाचनमा अध्यक्षमा शर्माले अर्का दुई उम्मेदवारलाई धेरै मतले पछाडि पार्दै जित हासिल गरेकी हुन्।
शनिबार, मंसिर २९, २०८१
उपचार खर्चका कारणले अफ्रिकाका १५ करोडभन्दा बढी गरिबीमा धकेलिँदै
अफ्रिकाका लागि डब्ल्यूएचओ क्षेत्रीय निर्देशक मात्शिडिसो मोएतीले भने, “आवश्यक औषधि र अन्य स्वास्थ्य खर्च महाद्वीपका कमजोर नागरिकहरूको लागि आर्थिक कठिनाइ र खराब स्वास्थ्य अवस्था निम्त्याउन सक्छ । यस्ता भुक्तानीहरूले धेरै मानिसहरूलाई खाना, आवास र उपयोगिताहरू जस्ता अन्य आधारभूत आवश्यकताहरूमा कम खर्च गर्न बाध्य पार्छ, जसले उनीहरूको अवस्था बिग्रन सक्छ।”
शनिबार, मंसिर २९, २०८१
सरकारी स्वास्थ्य संस्थाका पदाधिकारीले निजी अस्पतालमा काम गर्न मिल्दैन : मन्त्री पौडेल
सरकारी संस्थामै अतिरिक्त स्वास्थ्य सेवा (ईएचएस) सञ्चालन गरेर त्यो आम्दानी जनशक्तिले नै लिने बनाउन सकिने उनले बताए। यी र यस्तै कारणले सरकारी स्वास्थ्य संस्थाका चिकित्सक, नर्स र स्वास्थ्यकर्मीले गरिरहेको योगदानलाई समाजलाई यथोचित सम्मान दिन नसकेको बताए। 'सरकारीले धेरै योगदान गर्नुभएको छ। त्यो योगदानको सम्मान गर्ने अवस्था बन्नुपर्थ्यो तर टिप्पणी गर्ने अवस्था आएको छ,' उनले थपे।
शनिबार, मंसिर २९, २०८१
सुदूरपश्चिमका ७० प्रतिशत मानसिक रोगी स्वास्थ्य सेवाको पहुँच बाहिर
सामाजिक विकास मन्त्रालयका सचिव चक्रपाणि पाण्डेले आवश्यक जनशक्तिको अभावले स्वास्थ्यसम्बन्धी गतिविधि प्रभावकारी ढङ्गले सञ्चालन गर्नमा कठिनाइ भएको बताए। उनले भने, “मानसिक रोग समाजमा गम्भीर समस्याका रुपमा देखिन थालेको छ, प्रदेशमा मनोचिकित्सकको अभाव देखिँदा रोगको रोकथाममा समस्या देखिएको छ ।”
शनिबार, मंसिर २९, २०८१
नेपाल चिकित्सक संघको चौथो हेल्थ समिट २०२४ [दोस्रो दिन- प्रत्यक्ष प्रशारण]
शनिबार, मंसिर २९, २०८१
आठ वर्षमा पनि बनेन बेनी अस्पतालको भवन
नयाँ भवन बनाउन अस्पतालको पुरानो भवन भत्काइएको थियो । बहिरङ्ग कक्षको सेवा अस्थायी भवनबाट सञ्चालन गरिएको छ । आकस्मिक र अन्तरङ्ग कक्ष पुरानो प्रशासनिक भवनबाट सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालयको भवनमा अस्पताल प्रशासन र व्यवस्थापन समितिको कार्यालय राखिएको छ ।
शनिबार, मंसिर २९, २०८१
काठमाडौंमा चिसो २ डिग्रीमा झर्यो, तराईमा हुस्सु र कुहिरो
यसअघि हिजो काठमाडौँको न्यूनतम तापक्रम ३.१ डिग्री थियो । महाशाखाले आज बिहान ८ः४५ बजे सार्वजनिक गरेको तापक्रम विवरणअनुसार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ७.२ डिग्रीमा झरेको छ ।
शनिबार, मंसिर २९, २०८१
नेपाल चिकित्सक संघको चौथो हेल्थ समिट २०२४ को उद्घाटन गर्दै स्वास्थ्य मन्त्री प्रदीप पौडेल [प्रत्यक्ष प्रसारण]
शुक्रबार, मंसिर २८, २०८१
सरकारले तोकेको न्यूनतम तलब निजीमा पनि लागू गर्न स्वास्थ्य मन्त्रालयको पत्र
मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै देशैभरका मेडिकल कलेज तथा स्वास्थ्य संस्थामा सरकारीसरह न्यूनतम पारिश्रमिक सुनिश्चित गर्नका लागि सरकारी प्रतिष्ठान तथा अस्पताल, निजी मेडिकल कलेज तथा सामुदायिक तथा निजी अस्पतालका नाममा पत्राचार गरेको छ।
शुक्रबार, मंसिर २८, २०८१
नेपालको चिकित्सा स्नातकोत्तरलाई विदेशमा आपसी मान्यता दिलाउन स्वास्थ्य मन्त्री पौडेलको पहल
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालको चिकित्सा शिक्षालाई विदेशमा आपसी मान्यता प्रदान गर्नका लागि पहल थालेको छ।
शुक्रबार, मंसिर २८, २०८१
नेपाल चिकित्सक संघको चौथो हेल्थ समिट २०२४ [प्रत्यक्ष प्रसारण]
शुक्रबार, मंसिर २८, २०८१
Previous
104
105
106
107
108
Next
सर्च गर्नुहोस्
×
Search