मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, माघ ११, २०८२
Mon, Jan 26, 2026
आइतबार, माघ ११, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
नेपाल मेडिकल व्यवसायी संघले स्वास्थ्य परीक्षणमा भएको सिन्डिकेट अन्त्यका लागि आवाज उठाउने सबैलाई दियो धन्यवाद
नेपाल मेडिकल व्यवसायी संघले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण प्रणालीमा भएको सिन्डिकेट विरुद्धमा उभिने वैदेशिक रोजगारसँग सम्बन्धित सम्पूर्ण व्यवसायीहरुलाई धन्यवाद दिएको छ।
शुक्रबार, पुस ५, २०८१
भक्तपुर अस्पतालमा ‘सिटी स्क्यान’ र ‘मेमोग्राम’ सेवा सञ्चालनको तयारी
भक्तपुर अस्पतालले ‘सिटी स्क्यान’ मेसिन सञ्चालनमा ल्याउने भएको छ। यसका लागि बागमती प्रदेश, स्वास्थ्य मन्त्रालयले आठ करोड रुपैयाँमा ‘सिटी स्क्यान’ मेसिन खरिद गरेको थियो। अस्पतालले नयाँ भवन निर्माण गरेर यही पुस महिनादेखि सो उपकरण सञ्चालनमा ल्याउने तयारी समेत गरेको छ।
शुक्रबार, पुस ५, २०८१
तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक शीघ्र टुङ्ग्याउन सुझाव
तिलगङ्गा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक डा सुन्दुक रुइतले सम्बन्धन पाए प्रतिष्ठानलाई विश्वविद्यालयको रुपमा लैजान सक्षम हुने बताए। उनले विश्वविद्यालयलाई नमूना र आँखाको उपचारको युनिक केन्द्रका रुपमा स्थापित गरिने विश्वास व्यक्त गरे।
शुक्रबार, पुस ५, २०८१
वैदेशिक रोजगारी: पन्ध्र वर्षमा १४ हजार बढीको मृत्यु
नेपालमा साताव्यापी रूपमा मनाइँदै गरिएको अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसका अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उक्त विवरण सार्वजनिक गरेको हो । बुधबार परेको उक्त दिवसका अवसरमा मन्त्रालयले यही डिसेम्बर १६ देखि २२ तारिखसम्म विभिन्न कार्यक्रम गरी दिवस मनाइरहेको छ ।
शुक्रबार, पुस ५, २०८१
स्थायी पदपुर्ती र स्तरोन्नतिको सूचनासँगै ३२ दिनपछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान
प्रतिष्ठानका शिक्षक र कर्मचारीले आफूहरूको स्तरवृद्धि र तलबभत्ताको विषयमा न्यायका लागि २०८१ साल भदौ २६ गते उच्च अदालत सुर्खेत जुम्ला इजलासबाट कर्मचारीको पक्षमा फैसला भएको थियोे । उक्त फैसला कार्यान्वयन नभएको भन्दै २०८१ साल कात्तिक २६ गतेदेखि विभिन्न दबाबमूलक कार्यक्रम कर्मचारीले सुरू गरेका थिए ।
शुक्रबार, पुस ५, २०८१
बिरामीले कानको पर्दाको शल्यक्रियामा ढिलाइ गर्नुका १० कारण
कानको पर्दा च्यातिने समस्या कुनै पनि उमेर समूहमा हुनसक्छ। यो धेरैजसो कानमा बारम्बार संक्रमणका कारण र चोटपटकका कारणले हुने गर्छ। कम विकसित र ग्रामीण क्षेत्रहरूमा उपचारको अभावले यो समस्या अझै बढी देखिन्छ। समयमै ध्यान नदिँदा यसले सुनाइमा दीर्घकालीन समस्या निम्त्याउन सक्छ।
शुक्रबार, पुस ५, २०८१
यस्तो छ वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण अध्ययन कार्यदलको प्रतिवेदन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा दीपेन्द्ररमण सिंहको संयोजकत्वमा गठित कार्यदलले बनाएको प्रतिवेदनमा वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने धेरै स्वास्थ्य संस्थाले सरकारी मापदण्ड नै पूरा नगरेको, त्यस्ता संस्थाले स्वास्थ्य परीक्षण नै नगरी श्रमिकको मेडिकल रिपोर्ट बनाउने गरेका लगायतका समस्याहरु रहेको उल्लेख छ।
बिहीबार, पुस ४, २०८१
नेपाली औषधि उद्योगलाई 'बाइपास' गर्दै विदेशको प्रचार गर्न प्रदर्शन हुँदै
नेपाल फर्मा एन्ड हेल्थ भनेर प्रदर्शनीको नाम राखिए पनि उक्त प्रदर्शनीमा नेपालका औषधि उत्पादक, रसायन तथा मेडिकल आपूर्तिकर्ताहरु लगायतको सहभागिता भने हुने छैन।
बिहीबार, पुस ४, २०८१
कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडको साधारण सभा सम्पन्न
सभाले सञ्चालक समिति सदस्यहरुको रुपमा सुना सुवेदी, नवराज पौड्याल, अनिश बडाल, दिबेश थापा निर्विरोध निर्वाचित गरेको छ भने स्वतन्त्र सञ्चालकको हकमा निरज कार्कीलाई नियुक्ति गरेको छ।
बिहीबार, पुस ४, २०८१
आविष्कार केन्द्रले बनायो सरकारी अस्पतालमा थन्किएका ३ सय बढी उपकरण
सरकारी अस्पतालमा बिग्रिएर थन्किएकाा ३ सय बढी उपकरण राष्ट्रिय आविष्कार केन्द्रले मर्मत गरी पुन: प्रयोग गर्न योग्य बनाएको छ। गत भदौमा स्वास्थ्य मन्त्रालयले सरकारी अस्पतालमा बिग्रिएका उपकरणहरु बनाउनका लागि राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता गरेको थियो।
बिहीबार, पुस ४, २०८१
पाँचपोखरीमा बृहत स्वास्थ शिविर सम्पन्न
शिविरबाट पाँच हजार तीन सय ५१ जनाले सेवा लिएको चौतारा अस्पतालका सूचना अधिकारी डा अमरदीप शाहले बताए। ग्रामीण भेग र आर्थिक अभावका कारण अस्पताल जान नसकेका बिरामीले शिविरबाट लाभ लिएको गाउँपालिकाका प्रवक्ता नारायण भट्टराईले बताए।
बिहीबार, पुस ४, २०८१
सिंहदरबार वैद्यखानामा स्वास्थ्य मन्त्रीको अनुगमनः ‘औषधिको उत्पादन बढाउनुस्, चाहिने खर्च सरकारले दिन्छ’
मन्त्रालयका उच्च अधिकारीसहित अनुगमनमा गएका मन्त्री पौडेलले वैद्यखानाको काम कारबाहीबारे जानकारी लिंदै आम रुपमा सुनिएका गुनासा समाधान गर्न समेत कर्मचारीहरुको ध्यानाकर्षण गराए। पर्याप्त औषधि उत्पादन नभएकोबारे गुनासो सुनेपछि मन्त्री पौडेलले उत्पादन बढाउन हरसम्भव उपाय लगाउन आग्रह गरे।
बिहीबार, पुस ४, २०८१
चन्द्रागिरि नगर अस्पताललाई भेन्टिलेटर हस्तान्तरण
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले आज यहाँ आयोजित कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीलाई सो उपकरण हस्तान्तरण गरे।
बिहीबार, पुस ४, २०८१
नेपाल नर्सिङ संघको निर्वाचनमा धाँधली भएको भन्दै असन्तुष्ट पक्षबाट उजुरी दर्ता
नेपाल नर्सिङ संघको २०औं केन्द्रीय कार्यसमितिको निर्वाचनमा धाँधली भएको भन्दै असन्तुष्ट पक्षले उजुरी दर्ता गराएको छ। स्वतन्त्र नर्सहरुले नेपाल नर्सिङ संघ तथा निर्वाचन आयुक्तलाई सम्बोधन गर्दै उजुरी दर्ता गराएको नर्स जानकी धाँमीले बताइन्।
बिहीबार, पुस ४, २०८१
बकुलहर रत्ननगर अस्पतालको सञ्चालन तथा व्यवस्थापन समिति अध्यक्षमा कर्माचार्य
बकुलहर रत्ननगर अस्पताल, चितवनको सञ्चालन तथा व्यवस्थापन समितिको अध्यक्षमा गोपाल कर्माचार्यलाई मनोनित गरिएको छ। बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको मन्त्रीस्तरको निर्णयबाट उनलाई सञ्चालन तथा व्यवस्थापन समितिको अध्यक्षमा मनोनित गरिएको हो।
बिहीबार, पुस ४, २०८१
मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्यापन सुरु
पूर्णछात्रवृत्ति नभएका विद्यार्थीको पनि नामांकन सुरु गरिएको उपकुलपति डा साहले बताए । अहिलेसम्म एकजना भारतीय विद्यार्थीको एमबिबीएसमा नामांकन गरिएको छ । यही पुस २४ गतेसम्म नामांकनको समयावधि तोकिएको छ । छात्रवृत्ति नपाएका विद्यार्थीसँग प्रतिष्ठानले रु ४५ लाख शुल्क तोकेको जनाउँदै उनले उक्त रकम तीन पटकमा बुझाउनुपर्ने उल्लेख गरे ।
बिहीबार, पुस ४, २०८१
पहिलो ध्यान दिवस मनाइँदै, विश्वव्यापी प्रवचन दिँदै रविशंकर
संयुक्त राष्ट्र संघले ७ डिसेम्बरमा यसै वर्ष देखि २१ डिसेम्बरको दिनलाई विश्व ध्यान दिवस (वर्ल्ड मेडिटेसन डे) को रुपमा मनाउने निर्णय गरेको थियो। पहिलो दिवसलाई विश्वव्यापी गराउने उद्देश्यसहित विश्वभर एकैपटक प्रत्यक्ष प्रशारण मार्फत ध्यान गर्ने र ध्यानका विषयमा प्रवचन गर्ने कार्यक्रम राखिएको हो।
बिहीबार, पुस ४, २०८१
स्वास्थ्यमा सामाजिक-आर्थिक अवस्थाको गहिरो प्रभाव: वैज्ञानिक अध्ययनका प्रमुख निष्कर्षहरू
सन् १९६७ मा बेलायतको सरकारी कर्मचारीहरूमा सुरु भएको यो अध्ययनले के प्रमाणित गर्यो भने, स्वास्थ्यमा केवल व्यक्तिगत बानी, आहार, र चिकित्सा सेवा मात्र प्रभावकारी हुँदैनन्। यसमा व्यक्तिको आर्थिक स्थिति, कामको स्तर, शैक्षिक योग्यता, र सामाजिक वातावरणले पनि ठूलो भूमिका खेल्छ।
बिहीबार, पुस ४, २०८१
नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ काठमाडौं एकाईंको अध्यक्षमा बानियाँको उमेदवारी
नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (एनएमएसआरए) काठमाडौं एकाईको अध्यक्षमा भोजबहादुर बानियाँ (कबिर)ले अध्यक्ष पदमा उमेद्वारी घोषणा गरेका छन्। काठमाडौंको कमलादीमा यही पुस ६ गते हुने २०औं महाधिवेशनले एकाईमा नयाँ कार्यसमिति चयन गर्ने छ।
बुधबार, पुस ३, २०८१
कान्तिको पूर्वाधार विकासमा सघाउन कतारसँग स्वास्थ्य मन्त्री पौडेलको आग्रह, कतार सकारात्मक
बालबालिकाको उपचार हुने देशकै ठूलो सरकारी अस्पतालमा उपचार विस्तार गर्नका लागि भवनसहितका संरचना र पूर्वाधार विकास गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डिपिआर निर्माण गरेर योजना अघि बढाएको छ। यसमा मित्र राष्ट्र कतारबाट नेपालले सहयोग अपेक्षा गरेको मन्त्री पौडेलले बताए।
बुधबार, पुस ३, २०८१
एचपीभी खोपको पहिलो खेप काठमाडौँ भित्रियो
पहिलो खेपमा ४ लाख ६० हजार ९४० भाइल खोप ल्याइएको छ। ‘ग्लोबल एलायन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसन’ (गाभी) को सहयोगमा चिनियाँ कम्पनी इनोभ्याक्सले उत्पादन गरेको सिकोलिन ब्राण्डको यो खोप मंगलबार राति क्याथे प्यासेफिकको उडानमार्फत चीनबाट हङकङ हुँदै काठमाडौँ ल्याइएको हो।
बुधबार, पुस ३, २०८१
प्रतीक्षा घर सञ्चालनमा आएपछि गर्भवतीलाई सहज
गर्भवती सुत्केरी हुनुपूर्व अनिवार्य रूपमा कम्तीमा आठ पटक गर्भ परीक्षण गराउनुपर्ने र स्वास्थ्य संस्थामा गएर सुत्केरी हुनुपर्ने प्रावधान भएकाले टाढाबाट आउने सेवाग्राहीको सहजताका लागि प्रतीक्षा घर सञ्चालनमा ल्याइएको स्वास्थ्यचौकीकी अनमी ताराकुमारी चन्दले बताइन्।
बुधबार, पुस ३, २०८१
जुम्लाको बड्कीमा पक्की स्वास्थ्य चौकी भवन निर्माण
हिमा गाउँपालिका–१ स्थित बड्की गाउँमा स्वास्थ्य चौकीको पक्की भवन निर्माण गरिएको छ। स्वास्थ्य सेवा प्रभावकारी सञ्चालन गर्न गाउँपालिकाले बड्कीगाउँमा स्वास्थ्य चौकीको पक्की भवन निर्माण गरेको गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले जानकारी दिए।
बुधबार, पुस ३, २०८१
एजीटीले नेपाली ब्रान्डमा ल्यायो १० सेकेन्डमै ज्वरो नाप्ने थर्मोमिटर
जम्मा १० सेकेन्ड सही नतिजा दिने हुनाले थर्मोमिटर चाँडै बजारमा लोकप्रिय बन्ने विश्वास उनले लिएका छन्। त्यसबाहेक यो थर्मोमिटर चाँडै बिग्रिने र भाँचिने समेत हुँदैन । 'टुप्पोपट्टीको भाग लचकदार भएकाले बच्चाले बंग्याउन सक्छन् तर भाँच्न सक्दैनन्। असावधानीवश झर्दा वा पानीमा पर्दा समेत बिग्रिदैन,' उनले थपे।
बुधबार, पुस ३, २०८१
स्वास्थ्य बीमाको क्षेत्र बढाउन मुख्यमन्त्री सिंहको निर्देशन
प्रदेशका बढीभन्दा बढी अस्पतालमा बीमामार्फत प्राप्त हुने स्वास्थ्य सेवा विस्तार गर्नुपर्ने भन्दै मुख्यमन्त्री सिंहले प्रत्येक अस्पतालमा स्वास्थ्य बीमा डेस्क राख्न सुझाव दिए। उनले स्वास्थ्य बीमा प्रक्रियामा महिला स्वास्थ्य स्वयंसेविकालाई एजेन्टका रूपमा जिम्मेवारी दिन सकिने पनि बताए।
बुधबार, पुस ३, २०८१
स्वास्थ्यकर्मीको पारिश्रमिक बैंकिङ प्रणाली मार्फत् उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन
यसैगरी मन्त्रालयले तोकिएको समयभन्दा बढी कार्यका लागि अतिरिक्त भत्ताको व्यवस्था गर्न पनि निर्देशन दिएको उनले जानकारी दिए। स्वास्थ्य तथा शैक्षिक संस्थाले करार (नियुक्ति सम्झौता) गरी राख्नुपर्ने, ज्यालादारी कार्य गराउन नपाइने र सक्कल शैक्षिक लब्धाङ्कपत्र कार्यालयमा राख्न नपाइनेजस्ता कार्य गर्न पनि अस्पतालहरूलाई निर्देशन दिइएको छ ।
बुधबार, पुस ३, २०८१
नेपाली रक्तदाता संघ यूएईको आयोजनामा रक्तदान कार्यक्रम
अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको भगिनी संस्था नेपाली रक्तदाता संघ यूएईले डिसेम्बर १५ मा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। दुबई हेल्थ अथरिटी (डीएचए) सँगको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो।
मंगलबार, पुस २, २०८१
डा भोला रिजाललाई ॐ हस्पिटलको ‘संस्थापक तथा संरक्षक’ विशेष सम्मान
अस्पतालको २८औँ वार्षिक साधारण सभाको अवसरमा उनलाई ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिको ‘संस्थापक तथा संरक्षक’ विशेष सम्मानबाट सम्मानित गरेको हो।
मंगलबार, पुस २, २०८१
थर्पु आधारभूत अस्पतालमा दन्त शिविर
तनहुँको म्याग्दे गाउँपालिका-४ थर्पुस्थित आधारभूत अस्पतालमा दन्त शिविर सुरु भएको छ। १० शय्या क्षमताको उक्त अस्पतालको गत शनिबार मात्रै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले उद्घाटन गरेका थिए। गत सोमबारदेखि अस्पतालमा दन्त शिविर सुरु भएको हो।
मंगलबार, पुस २, २०८१
जलवायु परिवर्तनले बढ्दै स्वास्थ्य समस्या: डा धिमाल
पछिल्लो समय जलवायु परिवर्तनका कारण विभिन्न स्वास्थ्य समस्या बढ्दै गएका छन्। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ अनुसन्धानकर्ता डा मेघनाथ धिमालका अनुसार विश्वव्यापी हुने रोगको भारमध्ये एक चौथाइ अर्थात् २५ प्रतिशत (लगभग १३ मिलियन)को मृत्यु वातावरणीय जोखिमको कारणले हुने अनुमान गरिएको छ।
मंगलबार, पुस २, २०८१
Previous
103
104
105
106
107
Next
सर्च गर्नुहोस्
×
Search