मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, चैत ७, २०८२
Sun, Mar 22, 2026
शनिबार, चैत ७, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
प्रधानमन्त्री प्रचण्डद्वारा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधान गर्न निर्देशन
स्वाथ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र मुख्यसचिव डा बैकुण्ड अर्याललाई आज प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्री ‘प्रचण्ड’ले स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएका समस्या समाधान गर्न निर्देशन दिएको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।
मंगलबार, माघ २, २०८०
गोकर्णेश्वर नगरपालिकाले चिकित्सकको सिफारिस बिना औषधि बिक्री वितरण गर्ने पसल सिल गर्ने
नगरपालिका भित्र चिकित्सकको सिफारिस बिना मनोदिपक तथा साइक्याट्रिक औषधिहरु लागु औषद्यका रुपमा बिक्री वितरण हुने सुचना प्राप्त भएपछि औषधि पसलहरुलाई कारवाहीको चेतावनी दिएको हो।
मंगलबार, माघ २, २०८०
मुगुमा १४ वर्षीया किशोरीमाथि ९ जनाको सामूहिक बलात्कार, गर्भवती भएपछि घटना सार्वजनिक
मुगुको छायाँनाथ रारा नगरपालिका घर भएकी ती किशोरीमाथि नगर प्रहरीका जवानसहित ९ जनाले सामूहिक बलात्कार गरेका थिए। ती किशोरी गर्भवती भएपछि बल्ल बलात्कारको विषय सार्वजनिक भएको थियो।
मंगलबार, माघ २, २०८०
बाथ रोगबारे व्यापक जनचेतना फैलाउन आवश्यक : उपमेयर डंगोल
बाथ रोगका बारेको सामान्य ज्ञान समेत नभएका मानिसहरुमा समेत यसबारे चेतना फैलाउन सकेमा यसको रोकथाम तथा नियन्त्रणमा सहयोग पुग्ने उपमेयर डंगोलको भनाई थियो। कार्यक्रममा बोल्दै नेशनल बाथ रोग सेन्टरका प्रबन्ध निर्देशक डा रोशन कक्षपतिले संस्थाले गर्ने यस्ता जनचेतना मुलुक कार्यक्रमहरुले आगामी दिनमा बाथ रोग सम्बन्धि सचेतना फैलाउन सहयोगी भूमिका निर्वाह गरोस् भन्ने आफ्नो अपेक्षा रहेको बताए।
मंगलबार, माघ २, २०८०
हर्क साम्पाङले स्वास्थ्यमन्त्रीलाई पत्र लेख्दै भने– बीपी प्रतिष्ठानका कामु उपकुलपतिलाई उपस्थित गराइदिनु
धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कामु उपकुलपति प्राडा प्रल्हाद कार्कीलाई उपस्थित गराइदिन भन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतलाई पत्र लेखेका छन्।
मंगलबार, माघ २, २०८०
नेपाल मेडिकल कलेजले होस्टेल नबसे फेल गरिदिने धम्की दिएको भन्दै विद्यार्थी आन्दोलित
'काठमाडौं विश्वविद्यालयका तफर्बाट उपकूलपतिज्यू, डिनज्यू, बिभिन्न बिध्यार्थी सङगठन, प्राइभेट मेडिकल कलेज र शिक्षा मन्त्रालयको तर्फबाट पदाधिकारीज्यूहरूको उपस्थिति जनाई अब उप्रान्त कुनै पनि मेडिकल कलेजमा होस्टेल र खाना अनिवार्य नगरी बिध्यार्थीको स्वेच्छा गरिने भनि सहमति भएको थियो,' विद्यार्थीले ध्यानाकर्षण गराएका छन्।
मंगलबार, माघ २, २०८०
बागलुङमा प्रभावकारी बन्यो ‘प्रसूति प्रतिक्षा घर’
जैमिनी नगरपालिका–५ बिनामारेकी २२ वर्षीया यामुना नेपाली दुई महिना अघि शिशुलाई जन्म दिन छिमेकी वडाको सर्कुवा स्वास्थ्यचौकी पुग्नुभयो । जैमिनी नगरपालिका–४ सकुवा स्वास्थ्यचौकीमै सुत्केरी हुन उहाँलाई प्रसूति प्रतिक्षा घरले प्रेरित गरेको थियो । सुत्केरी हुने समय आएपछि गर्भवती एक–दुई दिन पहिले नै स्वास्थ्यचौकी पुग्न थालेपछि सम्भावित खतराबाट समेत जोगिन थालेका छन् ।
मंगलबार, माघ २, २०८०
प्रेस्क्रिप्सनबिना साइक्याट्रिक औषधि बिक्रिवितरण गरिएको भन्दै फार्मेसी सिल गर्ने गोकर्णेश्वरको चेतावनी
मंगलबार, माघ २, २०८०
बीपी प्रतिष्ठानमा सेवा प्रभावित भएपछि दलहरुको चेतावनी
पुस २५ गते प्रतिष्ठानका कार्यकारी समिति (कास)को बैठक बोलाइएपनि कामु उपकुलपति प्रा.डा.कार्की अनुपस्थित भएपछि बैठक बस्न सकेन। त्यसपछि आन्दोलनरत कर्मचारी कल्याण समाज र शिक्षक कल्याण समाजले कामु उपकुलपति प्रा.डा.कार्कीलाई प्रतिष्ठानमा प्रवेश गर्न नदिने भन्दै आन्दोलन चर्काएका छन्।
मंगलबार, माघ २, २०८०
प्रशामक हेरचाहको अवधारणालाई देशभरि फैलाउनुपर्छः डा विकास आनन्द
सबै किसिमका जीर्ण रोगहरु वा निको नहुने दीर्घ रोग लागेका बिरामीको व्यवस्थापनमा सहजीकरण गर्न आवश्यक छ। किनकि, यस्ता बिरामीहरुको रोग निको नभए पनि उनीहरुको जीवन विशेष केयर र उपचार नभएमा दैनिकी कष्टकर बन्छ। यस्ता बिरामीहरु शारीरिक र मानसिक दुवै समस्याबाट ग्रसित पनि हुन सक्छन्।
मंगलबार, माघ २, २०८०
गिजामा लेउ लाग्ने समस्या के हो?
जसरी ढुंगामा लेउ लाग्छ, त्यसरी नै हामीले खाएपछि दाँतमा लेउ बस्छ। यसका लागि दिनमा दुई पटक दाँत माझ्नै पर्छ। दाँत ब्रस गर्न पनि सही तरिका जान्नुपर्छ । नत्र ब्रस गर्दा पनि लेउ लाग्ने समस्या भएको पाइएको छ। राम्रोसँग ब्रस गरेन भने दन्त लेउ जम्मा हुँदै गएर पत्थर जस्तो बन्छ। त्यसलाई हामी क्याल्कुलस भन्छौँ।
मंगलबार, माघ २, २०८०
सिभिल अस्पतालका नर्सको आन्दोलनबारे निर्देशक डा पौडेल भन्छन्- माग जायज छैनन्
लोक सेवा आयोगको परीक्षामा नाम निकाल्न नसक्नेहरु स्वत: जागीरका लागि अयोग्य हुने डा पौडेलको भनाइ छ। यद्यपि अस्पतालले काम गर्दै आएका दक्ष जनशक्तिलाई बेरोजगार नबनाउने मनसायले करारका नर्सहरुलाई ज्यालादारीमा राख्ने निर्णय गरेको उनको भनाइ छ। अहिले नर्सहरुको गरिरहेको आन्दोलन तथा माग जायज नभएको उनको भनाइ छ।
सोमबार, माघ १, २०८०
सुस्वास्थ हस्पिटल ९ वर्षमा प्रवेश
औषधिविहीन उपचार पद्दतिहरूलाई एकीकृत रुपमा प्रयोग गरी रोगीको उपचार तथा निरोगीको स्वास्थ्य प्रवर्धन गर्ने उद्देश्यसहित २०७२ साल माघ १ देखि अस्पतालले सेवा सुरु गरेको थियो।
सोमबार, माघ १, २०८०
तरुल, चाकु खानुको फाइदाहरु के–के छन्, कस्ता बिरामीले होसियार रहने?
तरुल र सखरखण्डमा पाइने फाइबर, भिटामिन र मिनरल्सले शरीरलाई फाइदा गर्छ। साथै यसले रोग प्रतिरोधात्मक क्षमता बढाउन समेत मद्दत गर्ने उनले बताइन्। तर यी खानेकुराहरु शरीरको आवश्यकता र मात्रा मिलाएर मात्र खानुपर्ने हुन्छ।
सोमबार, माघ १, २०८०
स्वास्थ्य बीमा बोर्डको को-पेमेन्ट नीति आजदेखि लागु, सेवाको १० प्रतिशत शुल्क आफैंले तिर्नुपर्ने
स्वास्थ्य बीमा बोर्डले गरेको नयाँ व्यवस्था अनुसार १० प्रतिशत रकम बिरामी आफैंले तिर्नुपर्ने सह-भुक्तानी (को-पेमेन्ट) प्रणालीको आज (माघ १ गते)देखि लागु हुने भएको छ। बीमाबाट भुक्तानी हुने स्वास्थ्य सेवाका लागि लाग्ने खर्चको दश प्रतिशत रकम अबदेखि स्वास्थ्य सेवा उपभोग गर्ने व्यक्तिले तिर्नुपर्नेछ।
सोमबार, माघ १, २०८०
चितवनमा स्क्रब टाइफसबाट चार जनाको मृत्यु , २ सय ५४ मा गरिएको परीक्षणमा १ सय ६३ जनामा सङ्क्रमण
कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार चालु आर्थिक वर्षमा तीन हजार दुई सय ५४ जनामा गरिएको परीक्षणमा एक सय ६३ जनामा उक्त सङ्क्रमण देखिएको थियो। सङ्क्रमितमध्ये चार जनाको मृत्यु भएको हो। ती सङ्क्रमितमध्ये ८८ जना चितवनकै र बाँकी अन्य जिल्लाका थिए।
सोमबार, माघ १, २०८०
राष्ट्रिय योग दिवसले यस्तो सन्देश दिन सकोस्
नवौं राष्ट्रिय योग दिवस देशव्यापी रुपमा मनाउन ‘गरौ योग- रहौं निरोग’ भन्ने मुल सन्देशका साथ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै स्थानीय तहलाई परिपत्र गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसको संयोजन गरी योगको सन्देश देशव्यापी बनाउँदै आम नागरिकमा योग सचेतना अभियान दिनु यसको मुख्य उद्देश्य हुनुपर्छ।
सोमबार, माघ १, २०८०
स्वास्थ्य बीमा अन्तर्गत ओपीडी र आकस्मिक शुल्क घटाइयो
'हाल सुविधा थैलीमा भएको ओपीडी प्याकेज कस्ट रु २०० र इमरजेन्सी प्याकेज कस्ट रु ४०० रहेकोमा सो को हालसम्म पनि पूर्ण कार्यान्वयन नभएको पाइएकोले सो प्याकेज कस्टलाई परिमार्जन गरी मिति २०८० माघ ८ गते आइतबारदेखि लागु हुने गरी ओपीडी टिकट शुल्क रु ५० र इमरजेन्सी शुल्क रु १०० निर्धारण गरियो,' बोर्डको निर्णयमा उल्लेख छ।
आइतबार, पुस २९, २०८०
लिमिटेडबाट औषधि उत्पादनको काम तत्काल सुरु गर्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल औषधि लिमिटेडले औषधि उत्पादनका निम्ति गरेको प्रयास महत्त्वपूर्ण रहेको भन्दै २० प्रकारका औषधि उत्पादनको काम तत्काल थाल्न निर्देशन दिएका छन्।
आइतबार, पुस २९, २०८०
घुँडा र जोर्नी दुख्ने समस्या र त्यसको प्राकृतिक समाधान विधि
जाडोमा हाडजोर्नी सञ्चालन हुनका लागि तरल पदार्थको आवश्यकता पर्छ । चिसो मौसममा तरल पदार्थ जम्ने गर्छ । त्यसले गर्दा जोर्नीमा जाम हुन्छ । जोर्नीमा अरअरोपना आउँछ । गर्मीभन्दा चिसोमा जोर्नीहरूमा अररोपन बढी हुन्छ।
आइतबार, पुस २९, २०८०
पारिश्रमिक उपलब्ध गराइदिन चुरेहिल अस्पतालका चिकित्सकले लेखे प्रजिअलाई निवेदन
हेटौंडा, थानाभन्ज्याङस्थित चुरेहिल अस्पताल प्रालिमा कार्यरत चिकित्सकहरुले पारिश्रमिक उपलब्ध गराइदिन मकवानपुरका प्रमुख जिल्ला अधिकारी समक्ष निवेदन दिएका छन्। आफूहरुले पाउनुपर्ने पारिश्रमिक बारम्बार ताकेता गर्दा पनि नपाएकोले प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिएका हुन्।
आइतबार, पुस २९, २०८०
सुहागरातः पहिलो यौनदेखि बुढेसकालसम्म बजारमा
प्राडा दिनेश बाँस्तोलाको पुस्तक ‘सुहागरात : पहिलो यौनदेखि बुढेसकालसम्म’ बजारमा आएको छ। विभिन्न पत्रपत्रिकामा प्रकाशन भएका सङ्कलित लेखहरूको सँगालोका रूपमा पुस्तक पाठकसामु ल्याइएको लेखक डा बाँस्तोलाले जानकारी दिए।
आइतबार, पुस २९, २०८०
Unjust Domination: Medical Education Council Restricts Nepali Medical Physics Qualifications
This is essential for them to effectively engage in the clinical aspects of medicine, leveraging their strong physics background to become qualified medical physicists. Many international organizations, including the International Atomic Energy Agency (IAEA), emphasize the necessity of a robust physics foundation for the study of medical physics.
आइतबार, पुस २९, २०८०
स्वास्थ्य प्रबर्द्धन तथा शिक्षा सङ्घ नेपालको वार्षिक साधारण सभा सम्पन्न
स्वास्थ्य प्रबर्द्धन तथा शिक्षा सङ्घ नेपालको वार्षिक साधारण सभा सम्पन्न भएको छ। केन्द्रीय उपाध्यक्ष हेमराज खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि प्राध्यापक शिवप्रसाद सापकोटाले गरेका थिए।
आइतबार, पुस २९, २०८०
गर्भवतीलाई गाउँमै निःशुल्क भिडियो एक्सरे सेवा
गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले गर्भवती तथा गर्भमा रहेका शिशुको स्वास्थ्य अवस्थाको जाँच गर्न जिल्ला अस्पताल तथा अन्य स्वास्थ्य संस्था धाउनुपर्ने बाध्यताको अन्त्य गर्न गाउँपालिकाले गाउँमै ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम कार्यान्व्यन गरी भिडियो एक्सरेको घुम्ती सेवा सञ्चालन गरिरहेको बताए। कार्यक्रमबाट चालु आर्थिक वर्षको पहिलो चार महिनाको अवधिमा पालिकाभित्रका २९ गर्भवतीले सेवा लिएका छन्।
आइतबार, पुस २९, २०८०
जाडोमा स्वास्थ्यः समस्या र सावधानी, भ्रम र यथार्थ
रुघाखोकी बाह्रमासे हो। राइनो भाइरस सधैं सक्रिय रहन्छ तर यसले जाडो मौसममा बढी संक्रमण गर्ने गरेको पाइन्छ। जसका कारण चिसो मौसममा प्रायःले रुघाखोकीको समस्या भोग्ने गरेको पाइन्छ। विशेषगरी जनवरीको पहिलो हप्तादेखि सुरु भएर फेब्रुअरी अन्तिमसम्म अधिकतम रुघाखोकी हुने गरेको छ।
आइतबार, पुस २९, २०८०
स्वास्थ्य बीमाको दायरा र प्याकेज बढाउने तयारी गरिरहेका छौं : डा गुणराज लोहनी
अहिलेकै चरणमा सम्पूर्ण उपचारका लागि प्याकेज ल्याउँछौं भन्न सक्दिनँ। तर सुरुकै चरणमा क्यान्सर पत्ता लगाउने विधि भने बीमा बोर्डले ल्याउँछ। क्यान्सरका स्क्रिनिङ जाँच गर्ने कुरालाई अनिवार्य गर्न सकिन्छ। वर्षको दुई पल्ट परीक्षण गर्दा क्यान्सर तेस्रो स्टेजमा पुगेपछि मात्रै पत्ता लगाउने अवस्थामा न्यूनीकरण आउँछ। तेस्रो स्टेजमा पुगेन भने १५÷२० हजारले उपचार गराउन सकिन्छ।
आइतबार, पुस २९, २०८०
सडक दुर्घटनामा छोराछोरीसहित अस्ताए डा महेशकुमार गौतम
दुर्घटनामा डा गौतमकी श्रीमती डा सृष्टि तिवारी गौतम घाइते भएकी हुन्। उनी गाडीबाट हामफालेर बाँच्न सफल भएकी हुन्। उनको बयोधा अस्पतालमा उपचार भइरहेको छ। उनी क्यान्सर रोग विशेषज्ञ हुन्।
शनिबार, पुस २८, २०८०
भालुवाङ बस दुर्घटना : यी अस्पतालमा हुँदैछन् घाइतेहरूको उपचार
चौराहा हस्पिटल बुटवलमा चावहिल बस्ने ४४ वर्षीय सुवास साक्य, जुम्लाका १९ वर्षीय विशाल बोहोरा, कलंकी बस्ने ११ वर्षीया आभ्या पाण्डे, कलंकी बस्ने ५० वर्षीया मन्जु शर्मा, काठमाडौं डल्लुचौतारा बस्ने २४ वर्षीया सन्जु बरुवाल, कलङ्की बस्ने ४६ वर्षीया राधा पाण्डे, डोल्पाकी ३६ वर्षीया धनकली बुढाको उपचार भइरहेको छ। त्यसैगरी ३५ को मन ब. रोकाको पनि सोही अस्पतालमा आइसियूमा उपचार भइरहेको छ।
शनिबार, पुस २८, २०८०
किमाथाङ्का: क्यान्सरपीडितको उपचारका लागि आर्थिक सहयोग
फेसबुक अभियानमार्फत अमेरिकामा सङ्कलन गरिएको उक्त रकम क्यान्सरपीडित ३५ वर्षीय उमेश श्रेष्ठलाई प्रदान गरिएको हो। श्रेष्ठको उपचारका लागि ५२ नेपालीबाट सङ्कलन गरिएको सो रकम प्रदान गरिएको खाँदबारी नगरपालिका–११ घर भई हाल अमेरिकास्थित वासिङ्टन बस्ने लीला श्रेष्ठले जानकारी दिए।
शनिबार, पुस २८, २०८०
Previous
243
244
245
246
247
Next
सर्च गर्नुहोस्
×
Search