सुर्खेत- सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका लेखा अधिकृत हरि क्षत्रीको हृदयघातबाट निधन भएको छ। हाल वीरेन्द्रनगर– ७ इत्राम घर भएका ५२ वर्षीय लेखा अधिकृत क्षत्रीको मंगलबार निधन भएको हो।
वीरेन्द्रनगरका निमित्त प्रमुख प्रशासकीय अधिकृतसमेत रहेका क्षेत्रीको हृदयाघातका कारण निधन भएको कर्णाली प्रदेश अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले बताए। क्षत्री हृदयाघात हुनुपूर्व बुलबुले तालमा डुंगा उद्घाटन कार्यक्रमको उद्घोषण गरेका थिए।