काठमाडौं - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ कार्यका लागि मन्त्रीहरुलाई जिम्मेवारी तोकेका छन्। मोदी सरकारमा जेपी नड्डा स्वास्थ्य मन्त्रीमै दोहोरिएका छन्।
यसअघि उनी सन् २०१४ देखि सन् २०१९ सम्म स्वास्थ्य मन्त्री नै थिए। त्यही बिचमा भाजपालाई अध्यक्षको आवश्यकता परेपछि उनलाई कार्यकारी अध्यक्ष बनाइएको थियो।
उनीबाहेक अन्य ७ मन्त्रीले पुरानै जिम्मेवारी फेरि सम्हालेका छन्। अमित शाह फेरि गृह मन्त्री, राजनाथ सिंह रक्षा मन्त्री, , नितिन गडकरी सड़क परिवहन मन्त्री र एस जयशंकरले विदेश मन्त्रालय फेरि सम्हालेका छन्।
यसैगरी निर्मला सीतारमण वित्त मन्त्री, अश्विनी वैष्णव रेल मन्त्री र पीयूष गोयल वाणिज्य तथा उद्योग मन्त्री बनेका छन्।