मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, वैशाख २०, २०८३
Sun, May 03, 2026
आइतबार, वैशाख २०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
स्वास्थ्य सेवा ऐन यही संसद् अधिवेशनमा ल्याउने प्रयास गरिरहेका छौं : स्वास्थ्यमन्त्री पौडेल
स्वास्थ्य क्षेत्रमा कयौं समस्या रहेको कुरामा आफू जानकार रहेको बताउँदै आफूलाई केही गर्ने हुटहुटी रहेको बताए। उनले भने, 'पेशा सुरक्षित हुन नसकेको, न्युनतम सेवा नपाएको, काम गर्ने वातावरण नबनेको र स्रोतसाधन उपलब्ध हुन नसकेको कुरामा जानकार छु। मन्त्रीको रुपमा केही गर्ने हुटुहुटी छ। अनेक कारणले त्यो सुधार गर्ने अवस्था छैन।'
बिहीबार, माघ १०, २०८१
प्रदूषण अझै केही दिन रहन्छ, दीर्घ रोगीहरु सावधान बनौं : डा धर्मराज उप्रेती
काठमाडौंको केही ठाउँको वायुप्रदुषणको स्तर उच्च रहेको विपद् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीले स्वास्थ्यखबरलाई बताए। जावालाखेल लगायत ललितपुरका केही क्षेत्रमा २०७ एयर क्वालिटी इन्डेक्स पुगेको उनी बताउँछन्। जसलाई घातक तह मानिन्छ।
बिहीबार, माघ १०, २०८१
हिमोफिलियाका बिरामीलाई नि:शुल्क औषधी दिने स्वास्थ्यमन्त्री पौडेलको निर्णय
जटिल किसिमको वंशाणुगत तथा पछिसमेत देखिने यस रोगको उपचारका लागि आवश्यक औषधि अब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका संघीय अस्पताल तथा प्रादेशिक अस्पतालका अलावा अन्य सरकारी अस्पतालबाटसमेत उपलब्ध गराउनेछ।
बिहीबार, माघ १०, २०८१
काठमाडौंको वायु प्रदुषण उच्च तहमा
शखपार्क क्षेत्रमा एक्यूआई १८३ पुगेको छ। त्यहाँको पीएम (पर्टिकुलेट म्याटर) २.५ को मात्रा बढेर ११२.८ माइक्रोग्राम प्रतिघनमिटर पुगेको विभागको भनाइ छ।काठमाडौंको रत्नपर्क र लतिलपुरको खुमलटारमा वायु प्रदूषणको तह क्रमशः १७१ र १५७ एक्यूआई छ।
बिहीबार, माघ १०, २०८१
बढ्न थाल्यो देशभरको तापक्रम
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले पनि अधिकतम तापक्रम बढी नै रहेको र न्यूनतम तापक्रम पनि बढी नै देखिएको बताए। कारणबारे उनले भने, ‘लामो समयसम्म पानी पनि नपरेको र भारतमा उच्च चापीय प्रणाली रहेको छ, त्यसको पनि असरले तापक्रम बढेको छ।’ उनले अब बढ्ने समय पनि हुन लागेको बताए।
बिहीबार, माघ १०, २०८१
अमेरिकाले डब्लुएचओलाई दिने १.२ अर्ब डलर बजेट रोकेपछि विश्वको स्वास्थ्य क्षेत्रमा उत्पन्न हुने संकट
ट्रम्पको आदेशअनुसार, प्रशासनले विश्व स्वास्थ्य संगठनको महामारी सम्झौतासम्बन्धी वार्ताहरू रोक्नेछ। विश्व स्वास्थ्य संगठनसँग कार्यरत अमेरिकी सरकारी कर्मचारीहरू फिर्ता बोलाइनेछन् र आवश्यक विश्व स्वास्थ्य संगठन गतिविधिहरू अन्य साझेदारहरूलाई हस्तान्तरण गर्ने प्रयास गरिनेछ। साथै, अमेरिकी सरकारको २०२४ ग्लोबल हेल्थ सेक्युरिटी रणनीति पुनरावलोकन गरी प्रतिस्थापन गरिनेछ।
बिहीबार, माघ १०, २०८१
डाक्टरको लाइसेन्स परीक्षामा ६९ प्रतिशत अनुत्तीर्ण
नेपाल मेडिकल काउन्सिलले लिएको नाम दर्ता (लाइसेन्स) परीक्षामा ६९ प्रतिशत अनुत्तीर्ण भएका छन्। काउन्सिलले बुधबार राती सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागीमध्ये जम्मा ३१ दशमलव ०४ प्रतिशत मात्र उत्तीर्ण भएका हुन्।
बिहीबार, माघ १०, २०८१
९१ औं वर्षमा शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल : बढ्दै सेवाग्राही, विस्तार हुँदै सेवा
बिगतमा कोभिड-१९ को माहाब्याधिमा यस अस्पतालले दिएको सेवा अति सह्रानीय नै छ। म आजको दिनमा यो सम्झन चाहन्छु कि नेपालमा कोभिड-१९ को महामारीको सुरुवातमा कोरोना संक्रमितको पहिलो बिरामीको उपचार गरेको कुरा यहाँ उपस्थित हुनुहुने सबैलाई अवगत नै छ। हामी भविश्यमा आउने जुनसुकै माहामारीको सामना गर्न समेत तयार छौं।
बिहीबार, माघ १०, २०८१
सिल्भरलाइन अस्पतालमा क्रिकेटर सन्दीप लामिछानेको शल्यक्रिया
लामिछानेको शल्यक्रिया डा दीपक शर्मा नेतृत्वको टोलीले गरेको डा सिंहद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ। ‘यस अस्पतालको शल्यचिकित्सा विभागद्वारा क्रिकेटर सन्दीप लामिछानेको सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको हो। उहाँको शल्यक्रिया शल्यचिकित्सक डा दीपक शर्मा नेतृत्वको टिमद्वारा भएको हो,’ विज्ञप्तिमा भनिएको छ।
बुधबार, माघ ९, २०८१
डाक्टर बिक्रान्तको ‘माया गर्ने मै हो’ भिडियो सार्वजनिक
डाक्टर बिक्रान्त मेहताको स्वर रहेको माया गर्ने मै हो बोलको गीतको भिडियो सार्वजनिक भएको छ। अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा पेशाले चिकित्सक समेत रहेका अर्थोपेडिक सर्जन डा मेहताकै अभिनय रहेको गीतमा मोडल स्मारिका ढकालको अभिनय रहेको छ।
बुधबार, माघ ९, २०८१
लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा सुशासन अभ्यासको सुरुवात, मातहतका गाडी जिपिएस निगरानीमा
सरकारी गाडीहरुको दुरुपयोग भएको व्यापक जनगुनासो पश्चात् लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले मातहतका सरकारी गाडीहरुमा डिजिटल निगरानीको प्रक्रिया अगाडि बढाएको स्वास्थ्य सचिव डा बासुदेव उपाध्यायले स्वास्थ्यखबरलाई बताए।
बुधबार, माघ ९, २०८१
त्रिवि शिक्षण अस्पतालमा रोकिएको स्वास्थ्य बिमा कार्यक्रम पाँच महिनापछि पुन: सञ्चालनमा
डा गुरुङका अनुसार गत भदौदेखि स्वास्थ्य बिमा कार्यक्रम आंशिक रूपमा स्थगित गरिएकोमा पाँच महिनापछि पूर्ण रूपमा सञ्चालनमा आएको हो । स्वास्थ्य बीमा बोर्डले ल्याएको नयाँ प्याकेजप्रतिको असहमति र बोर्डबाट प्राप्त हुनुपर्ने सोधभर्ना रकम नपाएका कारण सेवा आंशिक रूपमा स्थगित गर्नु परेको उनले बताए बताए।
बुधबार, माघ ९, २०८१
नर्भिक इन्टरनेशनल अस्पतालमा दुवै घुँडाको सफल प्रतिस्थापन
अस्पतालका कन्सल्ट्यान्ट अर्थोपेडिक सर्जन डा प्रवीण नेपाल नेतृत्वको टिमले रौतहटको चन्द्रपुर ९ की खिलकुमारी देवकोटाको दुवै घुँडाको प्रतिस्थापन शल्यक्रिया गरेको हो । दुवै घुँडा दुखेर अस्पताल आउनुभएकी देवकोटाको पहिलो घुँडाको शल्यक्रिया गरेको ७ दिनमा अर्को घुँडाको शल्यक्रिया गरिएको हो।
बुधबार, माघ ९, २०८१
के हो स्किनी फ्याट, के कारणले मानिसहरूलाई 'स्किनी फ्याट' मानिन्छ?
मेटाबोलिक रूपमा मोटोपनयुक्त, सामान्य तौल भएका तर ६५ वर्षभन्दा माथिका व्यक्तिहरूमा कुनै पनि कारणले मृत्यु हुने जोखिम बढी हुन्छ, साथै हृदय रोगका कारण मृत्यु हुने सम्भावना उच्च रहन्छ। अनुसन्धानले देखाएको छ कि शरीरमा धेरै फ्याट भईसकेको र मांसपेशीको मात्रा तथा शक्ति कम हुँदा संज्ञानात्मक क्षमतामा कमी आउन सक्छ।
बुधबार, माघ ९, २०८१
‘गर्भावस्था र प्रसूति’पछिको मानसिक स्वास्थ्य समस्या
हाल नेपालमा प्रति १० लाख जनसंख्याको अनुपातमा औसतमा २ भन्दा कम मनोचिकित्सक उपलब्ध छन्। ग्रामीण क्षेत्रमा यो समस्या अझ गम्भीर छ, जहाँ महिलाहरूले मानसिक स्वास्थ्य सेवाको पहुँचसमेत पाउँदैनन्। यस लेख मार्फत् गर्भावस्था र प्रसूतिपछिको मानसिक स्वास्थ्यका चुनौतीहरू, हर्मोनल परिवर्तनका प्रभावहरू र समाधानका उपायहरूबारे प्रकाश पार्दैछु ।
बुधबार, माघ ९, २०८१
ट्रम्पको निर्णयपछि डब्लुएचओले दु:ख व्यक्त गर्दै भन्यो- अमेरिकासँगको सहकार्यको निरन्तरता चाहन्छौं
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले संयुक्त राज्य अमेरिकाले संगठनबाट बाहिरिने निर्णय लिएको घोषणा प्रति गहिरो दुःख व्यक्त गरेको छ। संगठनले मंगलबार सार्वजनिक सूचना निकाल्दै अमेरिकालाई सहकार्यको निरन्तरता चाहेको जानकारी पनि दिएको छ।
मंगलबार, माघ ८, २०८१
ट्रम्पले डब्लुएचओबाट बाहिरिने निर्णय गरेपछि चर्कियो आलोचना
सन् २०२० मा ट्रम्पले पहिलो पटक डब्लुएचओबाट अमेरिका हटाउने निर्णय गर्दा दुबै दलका सांसदहरूले उक्त संस्थाप्रति आलोचना गरेका थिए। तर, विश्वव्यापी महामारीको समयमा यस्तो निर्णय गर्नु 'निरर्थक कार्य' भएको भन्दै धेरैले विरोध जनाएका थिए। त्यतिबेला तत्कालीन सभामुख न्यान्सी पेलोसीले ट्रम्पको निर्णयलाई 'पूर्णत: मूर्खतापूर्ण' भनेकी थिइन्। त्यस्तै, सेवानिवृत्त रिपब्लिकन सिनेटर लामार एलेक्जेन्डरले पनि ट्रम्पको कदम असहमतिपूर्ण रहेको बताएका थिए।
मंगलबार, माघ ८, २०८१
टिचिङको कार्यकारी निर्देशक नियुक्तिका लागि आवेदन माग, यी कागजपत्र पेश गर्नुपर्ने
कार्यकारी निर्देशकका लागि आवेदन दिनेले विभिन्न कागजपत्रहरु पेश गर्न पनि समितिले भनेको छ। जसमा व्यक्तिगत विवरणदेखि कार्यक्षमता प्रदर्शन गर्ने दक्षता र अनुभवका प्रमाणित आधारहरुसम्म पेश गर्नुपर्ने विषय रहेका छन्।
मंगलबार, माघ ८, २०८१
गण्डकी प्रदेश सचिवको जिम्मेवारी डा बगालेलाई
डा बगालेले यसअघि रत्ननगर र भरतपुर अस्पतालको मेसुका रुपमा जिम्मेवारी सम्हालिसकेका छन्। बालरोग विशेषज्ञ डा बगाले स्वास्थ्य सेवा प्रदान गर्नुका साथै त्यसलाज्ञ बलियो बनाउने कार्यमा सक्रियमध्ये एक हुन्। उक्त जिम्मेवारी प्राप्त गरेसँगै उनले गण्डकी प्रदेशको स्वास्थ्य क्षेत्रलाई बलियो बनाउनेगरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
मंगलबार, माघ ८, २०८१
भर्खरै जन्मेको बच्चामा हुन सक्ने समस्या र उपचार
भर्खरै जन्मेका बच्चालाई न्यानो बनाउने साथै आद्रतालाई समेत सन्तुलनमा राखेर उपचार गरिन्छ। उक्त उपकरणलाई (इन्कोभेटर) समेत भन्ने गरिन्छ। महिना र तौल कम भएको बच्चालाई उक्त उपकरणमा राखेर उपचार गरिँदै आएको छ। यसका अलावा रेडियन्ट वार्मर (बच्चालाई न्यानो बनाएर राख्ने मेसिन) मा समेत राखेर उपचार गरिँदै आएका छौँ। जन्डिस भएका बच्चालाई फोटो थेरापी मेसिनमा राखेर उपचार गर्दै आएका छौँ। त्योबाहेक भेन्टिलेटर, सि प्याप, हाइफ्लो नेजल क्यानोलाबाट उपचार गरिन्छ। श्वासप्रश्वासमा गाह्रो भएका बच्चालाई समेत उपचार गछौँ।
मंगलबार, माघ ८, २०८१
सवारी दुर्घटनामा मधेशका स्वास्थ्यमन्त्री सिंह घाइते, छानबिन समिति गठन
सोमबार राति करिब साढे ९ बजे रामानन्द चोकमा मन्त्री सिंह सवार मधेश प्रदेश ०२– ००१ झ ०१६५ नम्बरको गाडीमा प्र ०३–००१ झ ००९६ नम्बरको गाडीले ठक्कर दिएको बताइएको छ। दुर्घटनामा घाइते मन्त्री सिंहको उपचार प्रादेशिक अस्पतालमा भइरहेको छ।
मंगलबार, माघ ८, २०८१
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा डब्ल्युएचओबाट बाहिरिने प्रक्रिया सुरु गर्ने निर्णयमा हस्ताक्षर
यस कार्यकारी आदेशले अमेरिका औपचारिक रूपमा डब्ल्यूएचओबाट बाहिरिने सम्भावनालाई अझ बलियो बनाएको छ। ट्रम्पले अमेरिका डब्ल्यूएचओबाट अमेरिका बाहिरिन निर्देशन गरेको यो दोस्रोपल्ट हो। उनले कोभिड-१९ को व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै कोभिड १९ महामारीको समयमा बाहिरिने प्रक्रिया सुरु गरेका थिए। तर, पछि राष्ट्रपति जो बाइडेनले उक्त निर्णय उल्टाएका थिए।
मंगलबार, माघ ८, २०८१
महाकुम्भ मेलाको अवसरमा त्रिवेणी सङ्गममा स्नान: पापमुक्ति र स्वास्थ्य दृष्टिकोण
गंगाजलको जैविक गुणले पवित्रताको भावना मात्र नभई वैज्ञानिक दृष्टिले स्वास्थ्य र शुद्धता प्रदान गर्दछ। गंगा, यमुना र सरस्वतीको यो पवित्र संगममा स्नान गर्नु धार्मिक दृष्टिकोणले मात्र नभइ बैज्ञानिक दृष्टिकोणबाट समेत महत्वपूर्ण छ।
मंगलबार, माघ ८, २०८१
निजी मेडिकल कलेजको प्रस्ताव: पिजी नि:शुल्क पढाउने, निर्वाह भत्ता ४८ हजार दिने, दुई वर्ष बोन्डिङ
प्रधानमन्त्री केपी शर्मा ओलीसहित गत साता भएको छलफलमा 'एसोसिएसन अफ प्राइभेट मेडिकल तथा डेन्टल कलेज'का अध्यक्ष डा ज्ञानेन्द्र कार्कीले निजी मेडिकल कलेजका तर्फबाट विभिन्न प्रस्तावहरु गरेका थिए। जसमध्ये एउटा प्रस्तावमा भने प्रधानमन्त्रीसहित अन्य सरोकारवालाहरु सकारात्मक देखिएका छन्।
सोमबार, माघ ७, २०८१
स्वास्थ्य बीमा सुधार प्रतिवेदन कार्यान्वयन गर्न कार्यदल गठन, एक साताभित्र कार्ययोजना मन्त्रिपरिषद लगिने
स्वास्थ्य मन्त्री प्रदीप पौडेलले प्रतिवेदन कार्यान्वयनमा लैजान एक कार्यदलले गठन गरेका छन्। मन्त्री पौडेलले मन्त्रालयका अतिरिक्त सचिव डा दिपेन्द्ररमण सिंहको संयोजकत्वमा कार्यदल गठन गरेका हुन्। कार्यदलमा मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा सरोज शर्मा, डा अनुप बास्तोला, कानुन उपसचिव गोपीकृष्ण रेग्मी सदस्य तथा उपसचिव शालिकराम दाहाल सदस्य सचिव छन्।
सोमबार, माघ ७, २०८१
गर्भावस्थामा भिडियो एक्स-रे कहिले र किन ?
ढिलो विवाह गर्ने र आफ्नो वा श्रीमानको उमेर ढल्केपछि गर्भवतीहरुका लागि हुने महिलाहरुका लागि यो भिडियो एक्स-रे एकदमै महत्वपूर्ण हुन्छ । यो भिडियो एक्स-रे र दोहोर मार्कर परीक्षणलाई जोड्दा क्रोमोसोमल असमान्यताको स्थिति जस्तै डाउन सिन्ड्रोम भए/नभएको समेत अनुमान गर्न सकिन्छ ।
सोमबार, माघ ७, २०८१
सहिद गंगालाल : भुइँमान्छेको पनि अस्पताल
तपाईंको आफन्तको मन्जुरी पाउने बित्तिकै क्याथल्याबमा कार्यरत कर्मचारी सबै एकाएक जाग्छन्। यस्तो लाग्छ कि अर्कै उर्जाले दौडाउँछ। रेडियोग्राफर, नर्सिङ स्टाफ, कार्यालय सहयोगी सबैजना सरसामान जुटाएर तम्तयार बसेका हुन्छन्। साथमा चिकित्सकको तीनजनाको टोली पनि एकआपसमा सम्पर्क गरेर तयार भइसकेका हुन्छन्। जसमा जिम्मेवार व्यक्तिको रुपमा त्यस्तो हृदयघातलाई उपचार गर्न एकजना अनुभवी कार्डियोलोजिस्ट चौबिसै घन्टा तैनाथ बसेका हुन्छन् । खबर प्राप्त भएको ५ मिनेट नबित्दै उपचारको लागि हाजिर हुने ती अनुभवी चिकित्सकप्रति विशेष सम्मान गर्नैपर्छ। साथमा दुईजना अरु चिकित्सक पनि क्याथ ल्याबमै हुन्छन्। यो प्रक्रियामा ढिलो हुने कुनै ठाउँ नै छैन। तपाईं सामान्य भुइँमान्छे भएपनि वा कुनै विशिष्ट व्यक्ति भएपनि चिकित्सक, नर्सिङ, कार्यालय सहयोगी सबै त्यसैगरी तुरन्तै खटिने गर्छन् । यो सबैजनाको दैनिकी हो । बानी हो । तर सो कार्यको लागि अतिरिक्त सुविधा भने कसैले पाउँदैनन्।
सोमबार, माघ ७, २०८१
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्षमा डा पण्डित
प्रतिष्ठानका सहकुलपति समेत रहेका मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंहले डा पण्डितलाई शिक्षाध्यक्षमा नियुक्त गरेका हुन्। प्रतिष्ठानमा लामो समयदेखि शिक्षाध्यक्ष पद रिक्त थियो।
सोमबार, माघ ७, २०८१
बच्चाहरूमा कलेजो रोगका प्रारम्भिक संकेतहरू
बच्चाहरूको स्वास्थ्यप्रति सचेत रहनु अभिभावकहरूको जिम्मेवारी हो। कलेजोका प्रारम्भिक समस्याहरूलाई समयमै पहिचान गरी उपचार गरेमा दीर्घकालीन स्वास्थ्य समस्या टार्न सकिन्छ। यदि माथि उल्लेखित लक्षणहरू बच्चामा देखिन्छन् भने तुरुन्त विशेषज्ञसँग सम्पर्क गर्नुहोस्।
सोमबार, माघ ७, २०८१
किन बडी मास इन्डेक्स मोटोपन मापनको लागि पर्याप्त छैन?
नयाँ अध्ययनले बीएमआईका सीमितताहरूलाई हटाउन अन्य उपायहरू पनि समावेश गरेको छ। यसले अतिरिक्त बोसोको मात्रा, व्यक्तिगत स्वास्थ्य लक्षणहरू र अन्य शारीरिक संकेतहरूलाई पनि समावेश गरेको छ। यस विधिले मोटोपनको परिभाषा र निदानमा सुधार ल्याउन मद्दत गर्नेछ। साथै, परम्परागत विधिहरूको समस्याहरू समाधान गर्ने लक्ष्य लिएको छ, जसले गर्दा मोटोपन भएका मानिसहरूले आवश्यक उपचार तथा सहयोग प्राप्त गर्न सकुन्।
सोमबार, माघ ७, २०८१
Previous
117
118
119
120
121
Next
सर्च गर्नुहोस्
×
Search