मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, वैशाख २०, २०८३
Sun, May 03, 2026
आइतबार, वैशाख २०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
महाराजगञ्ज चिकित्सा क्याम्पस प्रमुखका लागि आवेदन माग
महाराजगञ्ज चिकित्सा क्याम्पस प्रमुखका लागि आवेदन माग गरिएको छ। चिकित्सा शिक्षा अध्ययन संस्थान डिन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै आवेदन मागेको हो। क्याम्पस प्रमुख छनोट समितका अनुसार आगामी माघ १४ गतेभित्र आवेदन दिन भनिएको छ।
सोमबार, माघ ७, २०८१
म्याग्दीको विकट गाउँ नामिलामा सामुदायिक स्वास्थ्य एकाइ
भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ नामिलामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको छ। रघुगङ्गा गाउँपालिकाले स्वास्थ्य एकाइ स्थापना गरेपछि स्थानीयवासीलाई आधारभूत स्वास्थ्य सेवा लिन सहज भएको छ।
आइतबार, माघ ६, २०८१
जिल्ला अस्पताल अछाममा कम्बल वितरण
स्कुल अफ डेमोक्रेसी जिल्ला कार्यसमिति अछामले जिल्ला अस्पतालका बिरामीलाई तातो कम्बल र तन्ना वितरण गरेको छ। जिल्ला अस्पतालमा तातो कम्बल ४० थान, तन्ना ५० थान र सिरानी ५० थान उपलब्ध गराइएको स्कुल अफ डेमोक्रेसीका सचिव बम स्वाँरले जानकारी दिए।
आइतबार, माघ ६, २०८१
रामेछाप: दोरम्बा शैलुङ गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
शिविरमा गाउँपालिकाको वडा नम्ब् ३, ४, ५, ६, ७ र सुनपाथी गाउँपालिकाका केही स्थानीयले सेवा लिएका छन्। पिक एन्डेभोर नेपाल ट्रेक प्रालि, अप हिल बोथ वेज एजुकेशन एण्ड रिलीफ फाउन्डेशन क्यानडा, लेथब्रिज रोटरी क्लब क्यानडा र सिद्धी मेमोरियल अस्पताल भक्तपुरको संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको हो।
आइतबार, माघ ६, २०८१
दीर्घकालीन दुखाइ व्यवस्थापन र उपचार सम्बन्धी एक दिने सम्मेलन सम्पन्न
भारत लगायतका देशहरुका चिकित्सकको सहभागितामा शनिबार उक्त सम्मेलन सम्पन्न भएको हो। करिब ७० देखी ८० दुखाइ विशेषज्ञहरु सम्मेलनमा सहभागी थिए। भारतका दुखाइ विशेषज्ञहरुले त्यहाँको उचार प्रविधिका विषयमा जानकारी र अनुभव साटेका थिए।
आइतबार, माघ ६, २०८१
स्वास्थ्य बिमा सुधारको कार्ययोजना प्रस्तुत गर्न स्वास्थ्यमन्त्री पौडेललाई प्रधानमन्त्री ओलीको निर्देशन
सो कार्यदलको प्रतिवेदन र सुझावबारे आज प्रधानमन्त्री निवासमा ब्रिफिङ लिएपछि प्रधानमन्त्री ओलीले निरोगी नेपाल बनाउने लक्ष्यसहित नागरिकलाई सुशिक्षित गराउनुपर्ने र बिरामी भइहालेमा खर्च नभएर उपचार गर्न नपाउने अवस्था हुन नहुने बताउनुुभयो । उहाँले कार्यदलबाट स्वास्थ्य बिमा कार्यक्रमको वस्तुनिष्ठ समीक्षासहित सुझाव दिइएकाले यथास्थितिमा परिवर्तन गरी व्यावहारिक हुनेगरी कार्यक्रमलाई एक साताभित्र कार्ययोजना ल्याउन मन्त्रालयलाई भन्नुभएको हो ।
आइतबार, माघ ६, २०८१
सिसी र चक्की भिटामिनको भ्रम
भिटामिन मानव शरीरको लागि एकदमै नभई नहुने तत्व हो । त्यस शब्दको उत्पत्ति नै ल्याटिनको भाइटल (अत्यन्त आवश्यक) शब्दबाट भएको हो । भिटामिन मानव शरीरलाई अत्यन्त कममात्रामा चाहिन्छ भन्ने त सबैलाई थाहा छ तर यो हामीले दिनदिनै खाने भोजनबाट नै प्राप्त हुन्छ र यसको बढी प्रयोग गरेर ज्यादा फाइदा हुँदैन भन्ने कुराचाहिँ कमैलाई थाहा छ । त्यसैले त उनीहरु त्यसको पूर्ति हेर्दा आकर्षक देखिने तर महँगा र अनावश्यक झोलहरुले हुन सक्दैन भन्ने तथ्यतर्फ कमैको ध्यान गएको पाइन्छ ।
आइतबार, माघ ६, २०८१
नयाँ अध्ययन: महिलामा क्यान्सर बढ्दै, पुरुषमा घट्दै
'१० वर्षअघि हामी क्यान्सर वा त खराब जीनका कारण वा भाग्यको खेल ठान्थ्यौं। तर अहिले हामीलाई थाहा छ कि करिब ५० प्रतिशत क्यान्सर जीवनशैलीसँग सम्बन्धित छन्,' डा कमल भन्छन्, 'मोटोपनसँग सम्बन्धित १३ विभिन्न प्रकारका क्यान्सरहरू छन्। रक्सी सेवनसँग सम्बन्धित ७ विभिन्न प्रकारका क्यान्सरहरू छन्।'
आइतबार, माघ ६, २०८१
विराटनगर -४ मा नि:शुल्क सुगर प्रेसर रोग सम्बन्धी स्वास्थ्य शिविर
विराटनगर ४ स्थित आधारभूत स्वास्थ्य चौकी इकराहिमा एक दिने नि:शुल्क सुगर प्रेसर सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भएको छ। नेप्लिज सोसाइटी फर प्राइमरी तथा विराट हेल्थ कोर्पसको आयोजना तथा चौतारी हेल्थकेयर सर्भिसेज को प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो।
आइतबार, माघ ६, २०८१
गुणस्तरीय ल्याब परीक्षण तथा स्वास्थ्यजन्य फोहोर व्यवस्थापनबारे दिइयो तालिम
प्रशिक्षकको रुपमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सुशील पण्डितले ल्याब परिक्षणमा क्वालिटी कन्ट्रोलका विषयमा जानकारी दिएका थिए। प्रदेश जनस्वास्थ्य प्रयोगशाला धुलिखेलका शंकर शाहीले रि-एजेन्ट/ किटहरुको प्रयोग तथा फाइदा, फोहोर ब्यवस्थापन सम्बन्धी एन एण्ड एन कम्पनीका प्रशिक्षक न्युटन झा/ चन्दा ठाकुर र ल्याब मेसिन उपकरणको क्यालिब्रेसन सम्बन्धी बयोमेडिकल पंकज कुमार झाले तालिम सञ्चालन गरेका थिए।
आइतबार, माघ ६, २०८१
कलकत्ताको अस्पतालमा रेसिडेन्ट डाक्टर बलात्कारको घटनामा रोय दोषी ठहर
रोयलाई जेलको भ्यानले अदालतमा ल्याएको थियो । अदालतमा ल्याउँदै गर्दा प्रदर्शनकारीको भीडले उहाँविरूद्ध नाराबाजी गर्दै आक्रमण प्रयास गरेपछि प्रहरी अधिकारीहरूले रोकेका थिए । रोयप्रति आक्रोश व्यक्त गर्न भेला भएका प्रदर्शनकारीले उनलाई मृत्युदण्ड दिनुपर्ने माग गरेका थिए।
आइतबार, माघ ६, २०८१
निर्देशक दीपेन्द्र लामाले बनाए यौन स्वास्थ्यको विषयमा ‘दुःखी आत्मा’
निर्देशक लामाले विषय केही गम्भीर सुनिए पनि प्रस्तुतीकरण भने मनोरञ्जनात्मक नै रहेको बताए। चलचित्रको सार्वजनिक श्रव्दृश्य (टिजर) र ‘ब्रेकअप कविता’ अहिले चर्चामा छ । अन्य चलचित्रभन्दा यसको प्रचार शैली भिन्न देखिएको छ । चलचित्रको मुख्य पात्र कवि रहेकाले उहाँको प्रस्तुतिकरणलाई साहित्यका हिसाबले तयार गरिएको निर्देशक लामाले बताए।
आइतबार, माघ ६, २०८१
युरिक एसिडका बिरामीले कस्ता खानेकुरा खाने?
युरिक एसिडले विशेषगरी गोडाको बुढीऔंलाको भागलाई दुख दिन्छ। जसले उक्त जोर्नीलाई रातो बनाउने तथा सुन्नाउने गर्छ। यसका कारण करिब १ सातासम्म धेरै नै कठिन गराउँछ, यो क्रम पुनः दोहोरिन्छ। यसका साथै युरिक एसिडले शरीरको सबै भागका जोर्नीहरुलाई दुखाउन सक्दछ। युरिक एसिडले मिर्गौलामा पत्थरी समेत गराउन सक्छ।
आइतबार, माघ ६, २०८१
कलाकार र गर्भावस्था : माधुरीलाई शर्त 'नो प्रेग्नेन्सी', ऐश्यर्या फिल्मबाटै आउट, करिनाको पर्खाइ
फिल्म ‘खलनायक'को सुटिङका क्रममा सुभाष घईलाई लाग्यो- सुटिङकै क्रममा यदि माधुरी दिक्षिले विवाह गरेर गर्भवती भइन् भने ? यदि त्यसो भयो भने माधुरी फिल्म बीचमा छाडेर जानेछिन्।
शनिबार, माघ ५, २०८१
विश्व स्वास्थ्य सङ्गठनद्वारा धुलिखेललाई स्वस्थ सहरको मान्यता
यसैगरी धुलिखेल नगर हाल ‘आरोग्य सहर’ अभियानमै छ । धुलिखेलले सहस्राब्दी दिगो विकास लक्ष्य (एसडिजी)अन्तर्गतका १७ मध्ये शिक्षा, स्वास्थ्य, गरिबी निवारण र सुरक्षित खानेपानी चार लक्ष्य पूरा गरेपछि स्वास्थ्यमा क्षेत्रमा फड्को मारेको हो । नगरले ती चार लक्ष्यको प्रतिवेदन सन् २०२४ अक्टोबर पहिलो साता थाइल्याण्डस्थित संयुक्त राष्ट्रसङ्घमा पेस गरेको थियो । त्यतिबेला उक्त ‘स्वेच्छिक समीक्षा प्रतिवेदन’ सार्वजनिक गर्नेमा दक्षिण एसियामै धुलिखेल पहिलो नगर भएको दाबी गरिएको थियो।
शनिबार, माघ ५, २०८१
लुम्बिनी प्रादेशिक अस्पतालमा तीन महिला तथा प्रसूति शल्यक्रिया कक्ष थप
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज सो प्रसूति शल्यक्रिया कक्षको औपचारिक उद्घाटन गर्नुभयो । उपचार सेवालाई छिटोछरितो बनाउन थप गरिएका शल्यक्रिया कक्ष महत्वपूर्ण हुने उनले बताए। उनले भने, 'अब शल्यक्रियाका लागि बिरामीले पालो पर्खनुपर्ने समस्या समाधान हुन्छ भन्ने लागेको छ।'
शनिबार, माघ ५, २०८१
के दूध तथा क्याल्सियमयुक्त खाद्य पदार्थहरूले कोलोन रेक्टल क्यान्सरको जोखिम घटाउँछन्?
२०२२ मा लगभग १.९ मिलियन व्यक्तिहरूलाई कोलोन रेक्टल क्यान्सरको निदान गरिएको थियो, जसले यसलाई विश्वभरी तेस्रो सबैभन्दा धेरै देखिने क्यान्सरमा उभ्याएको छ। यसलाई आन्द्राको क्यान्सर पनि भनिन्छ। जाँच र जीवनशैली सुधारहरू (जस्तै स्वस्थ तौल कायम राख्नु, धुम्रपान नगर्नु, र स्वस्थ आहार अपनाउनु) मार्फत् रोक्न सकिन्छ।
शनिबार, माघ ५, २०८१
पहिलोपटक एनआरएन चिकित्सकले पाए नेपालमा अभ्यास गर्न लाइसेन्स
काउन्सिलको शुक्रबार बसेको बैठकले एनआरएन चिकित्सकलाई लाइसेन्स दिने निर्णय गरेको काउन्सिलका रजिस्ट्रार डा सतिश देवले जानकारी दिए। डा खड्काले एक वर्षका लागि लाइसेन्स पाउने छन्। डा खड्का अमेरिका नेपाल फाउन्डेसनका पूर्वअध्यक्ष पनि हुन्।
शुक्रबार, माघ ४, २०८१
हमला पछि सैफ अली खानको स्पाइनल फ्लुइड लिकेज: कसरी गरिन्छ यसको उपचार ?
मुख्यगरी, एपिड्यूरल ब्लड प्याच स्पाइनल फ्लुइड लिकेजको उपचारमा प्रयोग गरिन्छ। यस प्रक्रियामा बिरामीको आफ्नै रगतको सानो मात्रा एपिड्यूरल स्थानमा लिकेजको नजिकै इन्जेक्ट गरिन्छ। रगतले थक्का क्लट बनाउँछ, जसले च्यातेको ठाउँ छोप्दछ र सिरेब्रोंस्पाइनल फ्लुइडको दबावलाई पुनर्स्थापित गर्छ। यदि एपिड्यूरल ब्लड प्याच प्रभावकारी हुँदैन वा लिकेज पत्ता लगाउन गाह्रो छ भने, शल्यक्रिया गर्न सकिन्छ। तर यो ब्लड प्याच प्रक्रियाभन्दा कम सामान्य हो।
शुक्रबार, माघ ४, २०८१
आमाको दूधलाई प्रतिस्थापन गर्ने आहार नबेच्न जनस्वास्थ्य कार्यालय काठमाडौंको निर्देशन
कार्यालयकी जनस्वास्थ्य अधिकृत अनिता खनालले बजारमा आमाको दूध प्रतिस्थापन गर्न विभिन्न आहार र खाद्यपदार्थ बिक्री वितरण गरिएको पाइकाले सो कार्य रोक्न निर्देशन दिएको जानकारी दिइन्। आमाको दूधमा शिशुका लागि आवश्यक सबै प्रकारका पोषण तत्व पाइने तथा पोसिलो र रोग प्रतिरोधी क्षमता बढाउने महत्वपूर्ण आहार भएकाले त्यसको विकल्पमा कुनै पनि खाद्य, आहार तथा बजारमा पाइने दूध हुन नसक्ने अधिकृत खनालले बताइन्।
शुक्रबार, माघ ४, २०८१
केयु र धुलिखेल अस्पतालबीचको विवाद समाधानउन्मुख, उपकुलपति छनोटको कार्यविधि संशोधनसहित पुन: सूचना जारी गर्ने
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार समितिमा विश्वविद्यालयबाट प्रा डा ऋषिकेश वाग्ले र प्रा डा मनोज हुमागाईँ तथा अस्पतालका तर्फबाट डा विराजमान कर्माचार्य र प्रा डा राजीव श्रेष्ठ रहेका छन्। समितिले नयाँ सम्झौताको मस्यौदा आगामी सिनेटमा प्रस्तुत गर्नेछ । सम्झौता नहुन्जेल दुवै संस्थाको दैनिक सञ्चालन सम्बन्धित सङ्कायका डीन र प्रशासकीय निर्देशक रहेको तीन सदस्यीय अन्तरिम सहजीकरण समिति पनि गठन भएको छ।
शुक्रबार, माघ ४, २०८१
सैफको शरीरबाट निकालियो साढे दुई ईन्चको चक्कुको टुक्रा, आइसियुबाट स्पेशल वार्डमा सारियो
उनी दुई मिलिमिटरले गम्भीर घाइते हुनुबाट जोगिएको चिकित्सकले बताएका छन्। यदि थप दुई मिलिमिटर चक्कु भित्र पसेको भए उनकझो स्पाइनल कर्डमै समस्या आउने चिकित्सकले बताएका छन्। उनलाई बुधबार राति घरमा घुसेर एक व्यक्तिले उनीमाथि चक्कु प्रहार गरेका थिए।
शुक्रबार, माघ ४, २०८१
अमेरिकामा एफडीएले जारी गर्यो अण्डामा सल्मोनेला जोखिमबारे आपतकालीन चेतावनी
एफडीएका अनुसार यी अण्डा खाँदा 'गम्भीर स्वास्थ्य जोखिम वा मृत्युसम्मको सम्भावना' हुन सक्ने बताइएको छ। कोस्टकोमा राखिएका उक्त अण्डामा जोखिम रहेको उल्लेख छ ।
शुक्रबार, माघ ४, २०८१
धरानमा सुर्तीजन्य वस्तु किनबेचमा प्रतिबन्ध
उपमहानगरपालिका क्षेत्रभित्र कुनै पनि खैनी, गुट्खा, चुरोटलगायत सुर्तीजन्य वस्तु भण्डारण, किनबेच तथा प्रयोगमा रोक लगाइएको धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले जानकारी दिएका छन् । कार्यपालिका बैठकले गरेको निर्णयानुसार एक महिनाभित्र सार्वजनिकस्थलबाट सुर्तीजन्य वस्तु पूर्ण रूपमा नहटाए जफत गरेर कानुनबमोजिम जरिवाना गरिने उनले बताए।
शुक्रबार, माघ ४, २०८१
छालामा निरन्तर दबाब र घर्षणले गराउनसक्छ 'पेटिकोट क्यान्सर'
सारी नेपाल जस्तो देशमा लोकप्रिय पहिरन हो। धेरै महिलाहरूले सारीलाई सुरक्षित राख्न पेटीकोटको डोरी प्रयोग गर्छन्। अक्सर, सारी स्थिर रहोस् र बारम्बार मिलाउन नपरोस् भनेर डोरी कस्सिएर बाँधिन्छ। तर, यो बानीले कम्मर वरिपरि छालामा निरन्तर दबाब र घर्षण सिर्जना गरेर 'फ्रिक्शन डर्माटाइटिस' सिर्जना गर्छ। पछि यसले मार्जोलिन्स अल्सर (पुरानो घाउ, जलेको ठाउँ, वा दीर्घकालीन चोट भएको क्षेत्रमा देखिने अल्सर) को रूप लिन्छ र छालाको क्यान्सरमा परिणत हुन सक्छ। जसलाई बोलिचालीको भाषामा 'पेटिकोट क्यान्सर' वा 'सारी क्यान्सर' पनि भनिन्छ।
शुक्रबार, माघ ४, २०८१
भारतका एक डाक्टरले गरे ३२ किमि टाढा बसेर टेलिरोबोटिक्स प्रबिधिबाट मुटुको शल्यक्रिया
केही मिनेट लामो शल्यक्रियामा डा पटेलले टेलिरोबोटिक्स प्रविधिको उपयोग गरे। रोबोटिक सिस्टम अपरेशन थिएटरमा राखिएको थियो र उनले उच्च गतिको इन्टरनेटको माध्यमबाट मन्दिरबाट उक्त प्रणालीलाई सञ्चालन गरे। मन्दिरबाट बटन चलाउँदै बिरामीको धमनी सफा गरी एक स्टेन्ट राखियो। शल्यक्रियाको दौरान, कुनै आपत्ति हुन सक्छ भनेर सो अस्पतालमा चिकित्सक र प्यारामेडिकल टिम उपस्थित थिए।
बिहीबार, माघ ३, २०८१
बन्द भएको ९ महिनापछि फेरि खुल्यो निदान अस्पताल
'२०६८ देखि बिरामीलाई सस्तो छिटो र गुणस्तरीय सेवा प्रदान गर्दै आएको यस अस्पताल केही महिना आन्तरिक कारणले बन्द हुन पुग्दा त्यसले बिरामीहरुलाई पुगेको असुविधाका लागि क्षमा माग्दै पुन सञ्चालनमा आएको जानकारी गराउँछु', अस्पतालका मेडिकल डाइरेक्टर प्राडा ऋषिकेश नारायण श्रेष्ठले भने।
बिहीबार, माघ ३, २०८१
एक मात्राको डेढ लाख पर्ने पक्षघातको औषधि नि:शुल्क उपलब्ध गराउने स्वास्थ्य मन्त्रालयको निर्णय
थ्रोम्बोलाइटिक ड्रग्स नामक औषधीको एक मात्रा सेवन गरेमा धेरैको ज्यान गैरहेको पक्षघातको सफल निदान हुने चिकित्सकले बताउने गरेका छन्। जुन औषधीको एउटा मात्राको मुल्य नेपालमा झण्डै एक लाख ३८ हजार पर्छ । र, सहजै उपलब्ध नहुने भएकाले औषधी नपाएकै कारण धेरैको ज्यान गैरहेकाले मन्त्रालयले यस औषधीको प्राप्ति र सहज उपलब्ध गराउन पहल मन्त्री पौडेलको सचिवालयले जनाएको छ।
बिहीबार, माघ ३, २०८१
एबटको आधुनिक र एकीकृत प्रयोगशाला निदान प्रणाली ‘एलिनिटी सिआई’ नेपालमा
प्रयोगशाला निदानका क्षेत्रमा विश्वमै प्रख्यात कम्पनी एबटको एलिनिटी सिआई सिरिज नेपाली बजारमा आएको छ। एबटको आधिकारिक ब्रिक्रेता नेपाली कम्पनी ल्याबलाइन ट्रेडर्स प्रालीले एलिनिटी सिआई सिरिज नेपाली बजारमा ल्याएको हो।
बिहीबार, माघ ३, २०८१
बलिउड अभिनेता सैफ अली खानमाथि छुरा प्रहार, खतरामुक्त रहेको चिकित्सकको भनाइ
अमर उजालामा छापिएको समाचारका अनुसार अबेर राति एक अज्ञात व्यक्ति सैफको घरमा छिरेको थिए। उनले अभिनेतामाथि छुराले आक्रमण गरे। आक्रमणमा सैफ अली खान घाइते भएको र उनलाई मुम्बईको लीलावती अस्पतालमा भर्ना गरिएको बताइएको छ। उनको उपचार भइरहेको प्रहरीले बताएको छ।
बिहीबार, माघ ३, २०८१
Previous
118
119
120
121
122
Next
सर्च गर्नुहोस्
×
Search