काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर घाइते भएका छन्। गएराति शौचालयमा लडेर उनी घाइते भएको उनकी छोरफ गंगा दाहालले जानकारी दिएकी छिन्।
दाहालका अनुसार प्रचण्ड घाइते भएपछि उपचारका लागि मेडिसिटी अस्पतालमा लगिएको थियो। टाउकोमा घाउ भएकाले टाँका लगाइएको छ।
‘गएराती बाथरुममा चिप्लिएर बुवाको निधारमा सामान्य बाहिरी चोट लागेकोले नजिकैको मेडिसिटी अस्पतालमा सामान्य चेकजाँचपछि घर फर्केर नियमित काममा संलग्न हुनुभएको जानकारी गराउँदछु। बुवाको स्वास्थ्यबारे चासो र चिन्ता राख्नुहुने सबैमा धन्यवाद’ उनले भनिन्।
अहिले उनी घरमृै आराम गरिरहेको र अवस्था सामान्य रहेको प्रचण्ड सचिवालयले जनाएको छ।