नेपालगञ्ज- भेरी अस्पताल नेपालगञ्जमा जलन वार्ड स्थापना गरिएको छ । वार्डको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले उद्घाटन गरेका छन्।
अस्पतालमा मन्त्रालयको वैशाख महिनाको तालिका अनुसार १४ शैय्याको सर्जिकल युनिटसमेत सञ्चालनमा ल्याएको जनाएको छ।
मन्त्रालयको कार्यक्रमअनुसार बिरामीलाई निःशुल्क उपलब्ध गराउन सिकलसेल तथा थालेसेमियाको खोपसमेत हस्तान्तरण गरिएको छ।
अस्पतालमार्फत बिरामीहरुले निःशुल्क खोप प्राप्त गर्ने बताइएको छ।