काठमाडौं– वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ।
उपचारका क्रममा मंगलबार दिउँसो नेता नेपालको ७१ वर्षको उमेरमा निधन भएको अस्पताल उच्च स्रोतले जनाएको छ।
थापाथालीस्थित नर्भिक अस्पतालमा भर्ना भएका नेपाललाई आइसीयूमा राखेर उपचार हुँदै थियो।
नेकपा एमालेका नेता तथा पूर्व मन्त्री नेपाल लामो समयदेखि पार्किन्सन रोगबाट पीडित थिए। केही वर्षदेखि उनी राजनीतिक गतिविधिमा निष्क्रिय थिए।