काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको एन्जिओप्लास्टी गरिएको छ।बिहीबार बिहान महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा नेपालको एन्जिओप्लास्टी गरिएको निर्देशक डा रत्नमणि गजुरेलले बताए।
डा गजुरेल नेतृत्वको टाेलीले नै उनकाे एनजीओप्लाष्टि गरेकाे हाे।
डा गजुरेलका अनुसार नेपालीको मुटुको एउटा नसा पहिले पनि साँघुरो थियााे। उक्त नसा खोल्ने सल्लाह पहिले नै दिइएको थियाे तर एन्जिओप्लास्टी यतिबेला गरिएकाे हाे।
उनले भने, `नियमित जाँचमा आउनसभएका बेला उक्त समस्याको समाधान एन्जियोप्लास्टी गरिएको हाे।´