मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, वैशाख २२, २०८३
Tue, May 05, 2026
मंगलबार, वैशाख २२, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
एमपक्सको नयाँ भेरिएन्ट तीव्र रुपमा फैलिनु चिन्ताजनक : डब्लुएचओ
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक टेड्रोस अदानाम गेब्रेएसेसले एमपक्कको नयाँ भेरिएन्ट तीव्र रुपमा फैलिनु चिन्ताजनक रहेको बताएका छन्। एमपक्सलाई विश्व जनस्वास्थ्य आपतकालका रुपमा घोषणा गरेको केही दिनपछि बोल्दै यस्तो बताएका हुन्।
मंगलबार, भदौ ४, २०८१
विश्वकै सबैभन्दा वृद्ध व्यक्ति ब्रान्यासको निधन, बिगत दुई दशकदेखि थिइन् नर्सिङ होममा
'मारिया ब्रान्यासले हामीलाई छोडेर जानुभयो', उनको परिवारले सामाजिक सञ्जाल एक्समार्फत जानकारी गराएका हुन्, 'हामी उनको सम्झना सधै रहनेछ ।' क्याटालोनियाको उत्तरपूर्वी क्षेत्रको ओलोट सहरमा रहेको ‘सान्ता मारिया डेल तुरा नर्सिङ होम’मा विगत दुई दशकदेखि बस्दै आएकी ब्रान्यासले सोमबार एक पोस्टमा आफू कमजोर महसुस गरिरहेको बताएकी थिइन् ।
मंगलबार, भदौ ४, २०८१
दमौली अस्पताललाई ५० शय्यामा स्तरवृद्धिको प्रक्रिया अघि बढाउने छु : स्वास्थ्यमन्त्री पौडेल
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले प्रदेशबाट जग्गा प्राप्तिका लागि स्वीकृति आउना साथ दमौली अस्पताललाई ५० शय्यामा स्तरवृद्धिको प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
मंगलबार, भदौ ४, २०८१
स्वास्थ्य बीमाबाट भरतपुर अस्पतालले लियो हालसम्म १ अर्ब ८९ करोडको भुक्तानी
सेवा दिएबापत अस्पतालले बीमा बोर्डबाट सो रकम प्राप्त गरेको हो । अस्पतालको स्वास्थ्य बीमा कार्यक्रमका इञ्चार्ज लीलाधर पौडेलका अनुसार विसं २०७४ भदौ १ गतेदेखि भरतपुर अस्पतालमा बीमा कार्यक्रम लागू भएको हो ।
मंगलबार, भदौ ४, २०८१
डा खड्कालाई प्रदेश स्थापना दिवसको उपलक्ष्यमा उत्कृष्ट निजामति पुरस्कार
खड्का।ले प्रदेशको स्वास्थ्य सेवा निर्देशनालयमा बसेर गरेको कार्यको मूल्यांकन गर्दै पुरस्कार प्रदान गरिएको हो। पुरस्कारबाट आफूलाई हौसला मिलेको डा खड्काले बताएका छन्। क्लिनिकल दक्षता थाती राखेर समग्रे स्वास्थ्य सेवाका लागि दिएको योगदानको मूल्याकंनका रुपमा यसलाई लिएको उनले उल्लेख गरेका हुन्।
मंगलबार, भदौ ४, २०८१
स्वास्थ्य बीमाबाट भरतपुर अस्पतालले पायो एक अर्ब ८९ करोड
स्वास्थ्य बीमाको व्यवस्थापनमा अग्रणी रहेको भरतपुर अस्पतालले बीमा कार्यक्रम लागू भएयता रु एक अर्ब ८८ करोड ९६ लाख ७८ हजार एक सय ५८ प्राप्त गरेको छ। यो अवधिमा बिमितले १० लाख ३५ हजार एक सय १५ पटक सेवा पाएका छन्।
मंगलबार, भदौ ४, २०८१
स्थानीय तहको स्वास्थ्य शाखाः स्रोत छ, साधन छैन
सम्पुर्ण स्थानीय तहहरुलाई नीतिगत रुपमै आधारभुत स्वास्थ्य सेवा प्रवाह, सेवा व्यवस्थापन गर्ने, स्वास्थ्य नीति र कार्ययोजना(आवधिक र कानुनी प्रबन्ध) तयार गर्ने र लागु गर्ने सन्दर्भमा संबैधानिक रुपमै स्पष्ट प्रबन्ध रहेको छ। संविधानको यस ऐतिहासिक निर्णयले स्वास्थ्य सेवामा व्यापक परिवर्तन ल्याएको छ, जसले नयाँ अवसरहरूसँगै धेरै चुनौतीहरु समेत खडा गरेको छ।
मंगलबार, भदौ ४, २०८१
सङ्खुवासभामा स्वास्थ्यकर्मीमाथि कुटपिट
घटनालगत्तै पीडित शाहले स्थानीय प्रहरी पोष्टमा उजुरी गरेकामा प्रहरीले आरोपित जिमीलाई सम्झाइबुझाइ छाडेको थियो । जिमीले सोही दिन राति पुनः शाहको कोठामा पुगेर धम्क्याएको पीडितको आरोप छ । शाहले फेरि इलाका प्रहरी कार्यालयमा उजुरी दिएका छन्।
मंगलबार, भदौ ४, २०८१
युद्धको समयमा युक्रेनी दुई हजार स्वास्थ्य सेवाहरूमा आक्रमण
डब्लुएचओले आक्रमणहरू तीव्र रूपमा खतरनाक भएको बताएको छ । 'गत वर्ष २४ जना स्वास्थ्यकर्मी र बिरामीको मृत्यु दर्ता गरिएको थियो तर सन् २०२४ को पहिलो साढे सात महिनामा कूल ३४ जनाको स्वास्थ्य सेवामा भएको आक्रमणमा मृत्यु भएको छ', सङ्गठनले भनेको छ
मंगलबार, भदौ ४, २०८१
भारतमा महिला चिकित्सक बलात्कारपछि हत्या : आन्दोलन झन् सशक्त, भारतमा एक वर्षमा ३१ हजार भन्दा बढी बलात्कार घटना
अस्पतालमा कार्यरत एक प्रहरी स्वयंसेवकलाई पक्राउ गरी अपराधको आरोप लगाइएको छ तर पीडितको परिवारले यो सामूहिक बलात्कार भएको र यसमा थप व्यक्ति संलग्न रहेको बताएको छ । सङ्घीय अनुसन्धानकर्ताहरूले घटनाको अनुसन्धान गरिरहेका छन् ।
मंगलबार, भदौ ४, २०८१
दुर्घटनामा घाइते सर्केगाड गाउँपालिकाका उपाध्यक्ष कार्कीको उपचारका क्रममा मृत्यु
नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा उपाध्यक्ष कार्कीको गए राति निधन भएको अस्पतालले जनाएको छ । उनी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को तर्फबाट गत स्थानीय तह निर्वाचनमा उपाध्यक्ष पदमा निर्वाचत भएका थिए।
मंगलबार, भदौ ४, २०८१
बालबालिकामा पोषणको महत्व
मंगलबार, भदौ ४, २०८१
मनसुनी विपद्: पछिल्लो २४ घण्टामा आठले ज्यान गुमाएसँगै आजसम्म एक सय ९० जनाको मृत्यु
भारी वर्षाका कारण आएको बाढी, पहिरो डुवानलगायत मनसुनी विपद्मा परेर आजसम्म एक सय ९० जनाको मृत्यु भएको छ।
सोमबार, भदौ ३, २०८१
टेक्नोवायोमेडले भित्र्याएको अटोइम्युन रोग स्क्रिनिङमा गोल्ड स्टैण्डर्ड भ्यालिडिटेड ‘आईएफए’ प्रविधि के हो?
वाथ तथा अटोइम्युन रोग स्क्रिनिङका लागि नेपालमा भ्यालिडिटेड ‘आईएफए’ प्रविधिको शुरुवात भएको छ।
सोमबार, भदौ ३, २०८१
जुम्लामा कैदीबन्दीलाई निःशुल्क स्वास्थ्य परीक्षण
जुम्ला कारागारामा रहेका कैदीबन्दीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ। स्वास्थ्य शिविर सञ्चालन गरी यहाँका कैदीबन्दीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्साबाट स्वास्थ्य जाँच गरिएको हो।
सोमबार, भदौ ३, २०८१
कोरोना संक्रमित राख्न बनाइएको ‘होल्डिङ सेन्टर’ जीर्ण
कोरोना महामारीका बेला संघीय सरकारले भारतबाट स्वदेश फर्किने कोरोना संक्रमित राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ। २ वर्षअघि धनगढी उपमहानगरपालिका–३, बडहरामा निर्माण गरिएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन भएको हो।
सोमबार, भदौ ३, २०८१
फ्रन्टलाइन हस्पिटलमा प्राडा विमलकुमार पाण्डेको टिम प्रवेश
प्राडा विमलकुमार पाण्डे र उनको टिम ख्यातिप्राप्त हाडजोर्नी र स्पाइन सर्जन हुन्, जसले अत्याधुनिक हाडजोर्नी र ट्रमा शल्यक्रिया, जोर्नी प्रतिस्थापन, स्पाइन सर्जरी, आर्थोस्कोपी र खेलकुद चोट व्यवस्थापन सेवा प्रदान गर्नेछन्।
सोमबार, भदौ ३, २०८१
भूकम्प पीडितको अस्थायी टहरोमा पहिरो खस्दा एकै परिवारका तीन जनाको मृत्यु
जाजरकोटको नलगाड नगरपालिका–२ डाँडागाउँमा पहिरो खस्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।
सोमबार, भदौ ३, २०८१
मंकीपक्स संक्रमणको जोखिममा नेपाल, रोकथामका लागि सातवटै प्रदेशमा तयारी सुरु
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मंकीपक्स संक्रमणको जोखिममा नेपाल रहेको जनाएको छ।
सोमबार, भदौ ३, २०८१
भारतमा महिला चिकित्सक बलात्कारपछि हत्या प्रकरण : उत्तर नपाइएका यी ४ प्रश्न
यो घटनाको अर्को अहम् सवाल यो पनि हो कि प्रहरी यस विषयमा के गरिरहेको छ? जसले हमला गर्यो भनेर पक्रिएको व्यक्ति को हुन्? किन बताउन खोजिरहेको छैन? यसबाहेको अर्को प्रश्न हो- त्यो हमला गर्ने भीड कहाँबाट कसरी आयो ? त्यसबार अझै प्रस्ट जानकारी दिन प्रहरीले आनाकानी गरिरहेको छ। यो भीडले प्रदर्शनस्थल मात्रै ध्वस्त गरेन, त्यहाँ राखिएको कुर्सी समेत तोडफोड गर्यो । उसको निशानामा अस्पतालको इमर्जेन्सी वार्ड समेत पर्योी। जुन पूरै क्षतिग्रस्त बनाइएको छ। प्रत्यक्षदर्शीका अनुसार सवै एक घन्टाभित्र भयो र १५ भन्दा बढी प्रहरी घाइते भएको बताइएको छ।
सोमबार, भदौ ३, २०८१
पोस्टपार्टमबाट चिकित्सकको बलात्कारपछि हत्या भएको पुष्टि, शरीरका १४ ठाउँमा चोट
रिपोर्टका अनुसार उनको हत्या भने घाँटी थिचेर गरिएको पाइएको छ। शरीरका विभिन्न ठाउँमा चोट देखिएपनि कुनैपनि फ्याक्चर भने नभेटक्किएको बताइएको छ। उनको टाउको, दुवै गाला, नाक, चिउडो, बायाँ हाथ र यौनांगमा चोट दखिएको छ। फोक्सोमा समेत रक्तश्राव पाइएको छ।
सोमबार, भदौ ३, २०८१
क्यान्सर अस्पतालमा अतिरिक्त सेवा सञ्चालन : ‘सिटीस्क्यान’ सेवालिन पालो कुर्नु नपर्ने
यससँगै बिहान ८ः०० बाट साँझ ८ः०० वजेसम्म १२ घण्टा सेवा दिन थालिएको विभागीय प्रमुख डा शर्माले बताए। विभागमा सातजना रेडियोलोजिष्टको दरबन्दी छ । यसअघि पाँचजना रेडियोलोजिष्टले मात्र कार्यालय समयमा सेवा दिनुपर्दा समस्या भएको थियो । अस्पतालमा एमआरआई दुई दिनमा पालो आउने गरेका छ । विभागीय प्रमुख डा शर्माका अनुसार पहिले एमआरआई सेवा लिन दुई सातासम्म पालो कुर्नुपर्ने हुन्थ्यो ।
सोमबार, भदौ ३, २०८१
खोटाङमा झाडापखालाका कारण चार वर्षीय बालकको मृत्यु
बालकलाई धेरै पटक झाडापखाला भएको र सिकिस्त बनेको खबर पाएपछि थप उपचारका लागि स्थानीयको सहयोगमा जिल्ला अस्पताल लगिएको थियो । भुजेल परिवारमा अन्य दुई जनालाई पनि झाडापखालाको समस्या देखिएको स्वास्थ्य चौकी याम्खाका प्रमुख सिनियर अहेव सौजन राईले जानकारी दिए। बिरामीलाई घरैमा राखेर गाउँपालिकाको ‘हेल्लो डाक्टर’ कार्यक्रममार्फत उपचार भइरहेको उनले बताए।
सोमबार, भदौ ३, २०८१
जानकी मेडिकल कलेजमा स्वास्थ्य बीमा कार्यक्रम सुरु
उनले कार्यक्रममा उपस्थित क्षिरेश्वरनाथ नगरपालिकाका जनप्रतिनिधिलाई पालिकाबाटै बीमा प्याकेजको घोषणा गरी कार्यक्रम सुरु गर्न आग्रह गरे। गत जेठ २२ गते भएको सम्झौताअनुसार कलेजमा बीमा कार्यक्रम लागू भएको कलेजका अस्पताल निर्देशक डा धर्मदत्त सुवेदीले जानकारी दिए। उनकानुसार यस कलेजमा स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि यस क्षेत्रका विपन्न नागरिक लाभान्वित हुने विश्वास व्यक्त गरे ।
सोमबार, भदौ ३, २०८१
अस्पताल व्यवस्थापनका आयामहरू
अस्पतालको मुख्य सेवा भनेकै उपचार सेवा हो।कोहि पनि व्यक्ति रहरले बिरामी हुदैन त्यसैले अस्पतालले बिरामीको उपचारलाई जहिले पनि केन्द्र भागमा राखेर योजना बनाउनुपर्दछ। अस्पताल छ तर त्यहाँका योजनाहरु बिरामीको उपचार सहजीकरणको लागि वस्तुगत रुपमा उद्दत छैनन् भने त्यहाँको सेवा गुणस्तरमा पनि प्रशस्त शंका गर्ने ठाउँ रहन्छ।
सोमबार, भदौ ३, २०८१
राप्ती र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययनका लागि बाटो खुल्यो
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा अब चिकित्सा शिक्षा अध्ययनअन्र्तगत एमबीबीएस अध्ययन सुरु गर्न बाटो खुलेको छ।
आइतबार, भदौ २, २०८१
कान्ति बाल अस्पतालमा विस्तारित सेवा सुरु
अस्पतालका निर्देशक डा पंकज रायका अनुसार अस्पतालमा दिउसो साढे ३ बजेपछि ईएचएस सेवा सुरु हुने छ। ईएचएस सेवाका लागि टिकट भने दिउसो ३ बजेदेखि ४ बजेसम्म लिन सकिनेछ।
आइतबार, भदौ २, २०८१
टीकापुरमा दुई हजार चार सय ९७ पिन्ट रगत वितरण
नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखाद्वारा सञ्चालित रक्तसञ्चार केन्द्रले गत आर्थिक वर्षमा दुई हजार चार ९७ पिन्ट रगत वितरण गरेको छ। केन्द्रले दुई हजार पाँच सय ५९ पिन्ट रगत सङ्कलन गरेको थियो।
आइतबार, भदौ २, २०८१
विराटनगरमा जेष्ठ नागरिकको निःशुल्क सुगर परीक्षण हुने
चौतारी हेल्थकेयर सर्भिसेज र नेपलिज सोसाइटी फर प्राइमरी केयरले जेष्ठ नागरिकको निःशुल्क सुगर परीक्षणको लागि समझदारी गरेका छन्।
आइतबार, भदौ २, २०८१
नसर्ने रोगविरुद्धको अभियानलाई थप प्रभावकारी बनाउन नेपाल एनसीडी एलायन्सले गठन गर्यो विषयगत उपसमिति
नसर्ने रोगविरुद्ध क्रियाशिल व्यक्ति तथा संस्थाहरुकोे राष्ट्रिय सञ्जाल नेपाल एनसीडी एलायन्सले आफ्ना गतिविधिलाई थप प्रभावकारी बनाउन विभिन्न ८ समूहमा विषयगत उपसमिति गठन गरेको छ।
आइतबार, भदौ २, २०८१
Previous
172
173
174
175
176
Next
सर्च गर्नुहोस्
×
Search