तिहार नेपालका प्रमुख चाडहरूमध्ये एक हो। यो उज्यालो, प्रेम, र मिठासको पर्व हो, जहाँ घर-परिवार, आफन्त, र साथीहरू सँगै जम्मा भएर उत्सव मनाइन्छ। तिहारमा विशेषगरी मिठाइ र परिकारहरू जस्तै सेलरोटी, अनरसा, फेनी, लड्डु, पेड़ा, काजुकतली आदिको तयारी र सेवन गरिन्छ। साथै, बादाम, काजु, पिस्ता, र ओखर जस्ता नटहरूको पनि अत्यधिक सेवन गरिन्छ। तर मिठाइ र तेलीय परिकारहरूको अत्यधिक सेवन गर्दा स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ। यस समयमा मिठा परिकारको आनन्द लिँदै स्वास्थ्यलाई सन्तुलनमा राख्न, खानामा आवश्यक सर्तकता अपनाउन र व्यायामलाई पनि दैनिकीमा समावेश गर्न सकिन्छ।
तिहारको खानामा प्राथमिकता दिने खानेकुरा
तिहारको रमाइलोमा मिठाइ र तेलीय परिकारको स्थान महत्त्वपूर्ण भए पनि, स्वस्थ रहन सन्तुलित आहार आवश्यक हुन्छ। तिहारको उत्सवका बीचमा शरीरलाई आवश्यक पोषण दिने हरियो तरकारी, फलफूल, र प्रोटिनयुक्त खानेकुरा (जस्तै: दाल, मास, अण्डा) नियमित खानुपर्छ। यसले मिठा परिकारहरूका साथै शरीरलाई आवश्यक पोषण दिन मद्दत गर्छ। नटहरू (बादाम, काजु, पिस्ता, ओखर) सन्तुलित मात्रामा खाँदा प्रोटिन र स्वस्थ बोसो पाइन्छ, जसले शरीरलाई ऊर्जा र पोषण दिन्छ।
मिठाइको अत्यधिक सेवनका असरहरू
तिहारमा बनेका मिठाइहरू स्वादिला र आकर्षक हुन्छन्। तर यी परिकारहरूमा हुने चिनीको उच्च मात्रा स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ। अत्यधिक चिनीको सेवनले रक्तचाप, मधुमेह, मोटोपन, र हृदय सम्बन्धी समस्याहरू निम्त्याउन सक्छ। विशेषगरी सेलरोटी, लड्डु, अनरसा, पेड़ा, र काजुकतलीजस्ता परिकारहरूले शरीरमा बोसोको मात्रा बढाउँछ, जसले मोटोपनलाई थप प्रोत्साहन दिन सक्छ।
मिठाइको सेवनमा अपनाउनुपर्ने केही सावधानीहरू
१. सन्तुलन कायम गर्नुहोस्: मिठाइ र परिकार खाँदा उचित मात्रामा खाने बानी राख्दा स्वास्थ्यलाई कम असर गर्छ।
२. घरमै बनाउनुहोस्: घरमा बनेका मिठाइ र परिकारमा चिनी र तेलको मात्रा नियन्त्रण गर्न सकिन्छ, जसले स्वास्थ्यलाई फाइदा पुर्याउँछ।
३. पानी प्रशस्त पिउनुहोस्: चिनी सेवन गरेपछि शरीरमा पानीको सन्तुलन कायम राख्न अधिक पानी पिउनु जरूरी हुन्छ। यसले शरीरलाई शुद्ध राख्छ।
तेलका प्रकार र तिनको प्रभाव
तिहारको परिकारहरू प्राय: तेलमा तलेर बनाइने हुँदा, तेलको सही प्रयोगले स्वस्थ रहन मद्दत पुर्याोउँछ। तोरीको तेल र जैतुन तेल स्वास्थ्यका लागि फाइदाजनक मानिन्छन्। यी तेलहरूमा शरीरलाई आवश्यक स्वस्थ बोसो पाइन्छ, जसले शरीरलाई ऊर्जा दिन्छ र हानिकारक कोलेस्ट्रोल घटाउन मद्दत गर्छ। सकेसम्म यस्ता तेलहरूको प्रयोग गर्दा स्वास्थ्यलाई फाइदा पुग्छ भने वनस्पति घ्यूजस्ता तेलको अत्यधिक प्रयोगले शरीरमा हानि पुर्या्उन सक्छ।
तेलको प्रयोगमा ध्यान दिनुपर्ने केही कुराहरू
१ कम तेलमा पकाउने प्रयास गर्नुहोस्: सकेसम्म खाना तल्नभन्दा कम तेल प्रयोग गरेर पकाउने बानी राख्नु राम्रो हुन्छ।
२ स्वस्थ तेलको प्रयोग गर्नुहोस्: जैतुन तेल वा तोरीको तेल प्रयोग गर्दा स्वास्थ्यलाई राम्रो असर गर्छ।
तिहारको समयमा व्यायामको महत्त्व
तिहारमा खानपानलाई सन्तुलित राख्न नियमित व्यायाम पनि सहायक हुन सक्छ। तिहारले निष्क्रियता र अतिरिक्त खानपानलाई हल्का व्यायामले शरीरलाई सन्तुलनमा राख्न मद्दत पुर्यााउँछ। तेलीय र चिनीयुक्त खाना खाएपछि थोरै व्यायाम गर्दा शरीरमा रक्तसञ्चार राम्रो हुन्छ, पाचन प्रणालीमा सुधार आउँछ र शारीरिक सक्रियता कायम रहन्छ।
तिहारमा व्यायामका केही सुझावहरू
१. बिहान हल्का तातो पानी पिउने र योगा गर्ने: योगाले शरीरलाई ताजगी दिन्छ र बिहानको थकानलाई हटाउँछ।
२. १०-१५ मिनेटको हल्का व्यायाम: बिहान वा साँझ १०-१५ मिनेटको हल्का व्यायामले पाचनमा सुधार ल्याउँछ र शरीरमा ऊर्जा कायम रहन्छ।
३. तिहारको झिलिमिलीमा टहलिनुहोस्: साँझको समयमा साथीहरूसँग टहल्नु रमाइलो र स्वस्थ दुवै हुन्छ। यसले शरीरलाई सक्रिय राख्न र मिठाइ परिकार पचाउन मद्दत पुर्याउँछ।
तिहारमा खानपानको योजना र नियन्त्रण
तिहारको रमाइलोमा खानपानलाई सन्तुलित राख्न निम्न सुझावहरू अपनाउन सकिन्छ:
१. मात्रामा नियन्त्रण गर्नुहोस्: मिठाइ परिकारहरू स्वादिला भए पनि सानो मात्रामा प्रत्येकको स्वाद लिनु उत्तम हुन्छ।
२. अगाडि नै योजना बनाउनुहोस्: खानेकुराको सूचीमा सन्त १०-१५ मिनेटको हल्का व्यायामले शरीरलाई सक्रिय राख्न मद्दत पुर्याउँछ र पाचनमा फाइदा पुर्याउँछ।
तसर्थ, तिहारको आनन्दसँगै सन्तुलित र स्वस्थ खानपानलाई कायम राख्दै पर्वको रमाइलो मनाउन सकिन्छ। स्वास्थ्यलाई प्राथमिकतामा राख्दै खानेकुरा, मिठाइ र तेलको सन्तुलित सेवन गर्दा तिहारको मिठास र स्वास्थ्य दुबैलाई सन्तुलनमा राख्न सकिन्छ।
(डा गुरागाईं विराट मेडिकल कलेज सामुदायिक चिकित्सा विभागमा कार्यरत छन्।)