काठमाडौं- पूर्व मुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाह अस्पताल भर्ना भएकी छन्।
पूर्व मुमाबडामहारानी शाहको स्वास्थ्यमा अचानक समस्या आएपछि आइतबार थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो। चिकित्सकहरूका अनुसार ९७ बर्षीया उनको छातीमा संक्रमण देखिए पनि अवस्था सामान्य रहेको छ।
बृद्ध शरीर भएकाले अझ स्वास्थ्य नबिग्रियोस् भनेर ‘अब्जरभेसन’का लागि अस्पताल भर्ना गरिएको बताइएको छ। उनी नारायणहिटी दरवार परिसरमा उनका श्रीमान पूर्वराजा महेन्द्रले बनाएको महेन्द्र मञ्जिलमा बस्दै आएकी छन्।