काठमाडौं- विश्व मधुमेह दिवसको अवसरमा नयाँ बानेश्वरस्थित एभरेस्ट अस्पतालले स्वास्थ्य सेवालाई आम नागरिकको पहुँचमा पुर्याउने सामाजिक उत्तरदायित्वअन्तर्गत मधुमेह स्वास्थ्य सम्बन्धी निःशुल्क शिविर आयोजना गर्ने भएको छ।
'स्वस्थ नागरिक, स्वस्थ समाज' निर्माण गर्ने उद्देश्यसहित सञ्चालन हुन लागेको यस शिविरको मुख्य ध्येय मधुमेहको समयमै पहिचान, नियमित परीक्षण र उचित उपचारप्रति जनचेतना अभिवृद्धि गर्नु रहेको छ।
आज शनिवार दिउसो १:०० देखि साँझ ७:०० बजेसम्म सञ्चालन हुने उक्त शिविरमा सेवाग्राहीहरूका लागि निःशुल्क फास्टिङ ब्लड सुगर परीक्षणको व्यवस्था गरिनुका साथै औषधिमा विशेष सुविधा र अन्य प्रयोगशाला परीक्षणहरूमा समेत विशेष छुट प्रदान गरिने अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
शिविरमा सहभागी हुन चाहनेले अस्पतालमै उपस्थित भएर वा एडमिनको मोबाइल नम्बर ९८५१४२३५८२, क्यासियर इन्चार्जको नम्बर ९७४३९३९००० तथा अपरेसनको नम्बर ९८५१४५३२६५ मा फोन वा ह्वाट्सएप मार्फत नाम दर्ता तथा बुकिङ गर्न सक्नेछन्।
'स्वास्थ्य सेवा हाम्रो जिम्मेवारी, सामाजिक सेवा हाम्रो प्रतिबद्धता' भन्ने मूल नारासहित एभरेस्ट अस्पतालले यस निःशुल्क शिविरबाट लाभ लिन सम्पूर्ण सर्वसाधारणलाई हार्दिक अनुरोध गरेको छ।