मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असोज ८, २०८३
Thu, Sep 24, 2026
बिहीबार, असोज ८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
सकारात्मक अभिभावकत्व: कस्तो हुनुपर्छ १ वर्ष मुनिका शिशुको हेरचाह?
जीवनको पहिलो वर्षमा शिशुहरूले आफ्नो दृष्टि केन्द्रित गर्न, हात फैलाएर वस्तुहरू समात्न, वरिपरिको वातावरण नियाल्न र नयाँ कुराहरू सिक्न थाल्छन्। संज्ञानात्मक अर्थात् मस्तिष्कको विकास भन्नाले स्मरणशक्ति, भाषा, सोच्ने र तर्क गर्ने क्षमताको सिकाई प्रक्रियालाई बुझाउँछ। भाषा सिक्नु भनेको केवल अस्पष्ट आवाज निकाल्नु वा 'मा-मा', 'बा-बा' भन्नु मात्र होइन। वरपरका मानिसहरू र सामानहरूको नाम सुन्नु, बुझ्नु र चिन्नु पनि भाषा विकासकै महत्त्वपूर्ण पाटो हो।
सोमबार, असार १५, २०८३
चेतना पौडेल पक्राउ घटना: भएको के हो? विवाद र वास्तविकता के हो?
सिआइबी र नेपाल मेडिकल काउन्सिलका अनुसार पौडेलका विषयमा डिग्रीको विवाद भन्दा पनि उनले एउटा शैक्षिक योग्यता प्राप्त गरेर आधुनिक चिकित्सा निदान, उपचार र औषधि प्रेस्काइब गरेको विषय मुख्य समस्या हो।
आइतबार, असार १४, २०८३
चिकित्सकमाथि अभद्र व्यवहार गर्ने एक जना पक्राउ
गत असार १० गते दिउँसो अन्दाजी १२:०० बजेको समयमा प्रतिष्ठानको आकस्मिक कक्ष भित्र आफ्नो जिम्मेवारी निवाइरहेका चिकित्सकहरूमाथि सेजुवालले मादक पदार्थ सेवन गरी होहल्ला गर्दै अभद्र व्यवहार गरेको प्रहरीले जनाएको छ। उनलाई घटनालगत्तै प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रहरीका अनुसार निज सेजुवालले यसभन्दा पहिले पनि प्रतिष्ठानभित्र अनाधिकृत रूपमा प्रवेश गरी अभद्र व्यवहार गर्ने गरेको बुझिएको छ।
आइतबार, असार १४, २०८३
अण्डकोषबारे हरेक पुरुषले बुझ्नैपर्ने कुरा: एक युरोलोजिष्टको अनुभव र सुझाव
शुक्रकीट उत्पादन हुनका लागि शरीरको भित्री तापक्रमभन्दा केही चिसो तापक्रम आवश्यक पर्छ। अण्डकोशको थैलीले थर्मोस्टेट (तापक्रम नियन्त्रक) जस्तै काम गर्छ- चिसो हुँदा यसले अण्डकोषलाई शरीरको नजिक तान्छ र तातो हुँदा तलतिर झुण्ड्याउँछ। त्यसैले त, चिसो पोखरीमा पस्दा र तातो पानीले नुहाउँदा यसको आकार र अवस्था फरक देखिन्छ।
आइतबार, असार १४, २०८३
शिक्षण अस्पतालमा असार १५ देखि स्वास्थ्य बीमा अन्तर्गतको ओपिडी सेवा पुनः सञ्चालन हुने
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको ओपिडी सेवा पुनः सञ्चालनमा आउने भएको छ। अस्पताल प्रशासनले एक सूचना जारी गर्दै आगामी २०८३ असार १५ गतेदेखि बीमा अन्तर्गतको ओपिडी सेवा मात्र पुनः सुरु हुन लागेको जानकारी दिएको हो।
आइतबार, असार १४, २०८३
इन्टरनेसनल इनर ह्विल डिस्ट्रिक्ट ३५० को अध्यक्षमा डाक्टर श्रृष्टी
महिलाहरूको विश्वकै सबैभन्दा ठूलो सामाजिक संस्थाका रूपमा परिचित इनर ह्विलको उद्देश्य महिला सशक्तिकरण, आपसी मित्रता र सामाजिक सेवा गर्नु हो। सन् १९२५ मा बेलायतको म्यान्चेस्टरबाट सुरु भएको यो संस्था हाल विश्वभर १०० भन्दा बढी राष्ट्रमा फैलिएको छ भने नेपालमा इनर ह्विल डिस्ट्रिक्ट ३५० अन्तर्गत ४४ वटा इनर ह्विल क्लबहरू सक्रिय रहेका छन्।
आइतबार, असार १४, २०८३
अन्तर्राष्ट्रिय न्युरो-अन्कोलोजी सम्मेलन ‘न्युरोअन २०२६’ सम्पन्न
सम्मेलनका अवसरमा न्युरोसर्जरी तथा न्युरो–अन्कोलोजी क्षेत्रमा पुर्याएको विशिष्ट योगदानको कदर गर्दै भारतका प्रा.डा. वी. राजशेखर, प्रा.डा. सुरेश नायर तथा नेपालका प्रा.डा. गोपालरमण शर्मा, प्रा.डा. प्रकाश बिष्ट, प्रा.डा. बसन्त पन्त, प्रा.डा. पवनकुमार सुल्तानिया र स्व. प्रा.डा. उपेन्द्रप्रसाद देवकोटालाई विशेष सम्मान प्रदान गरिएको थियो।
आइतबार, असार १४, २०८३
बीपी प्रतिष्ठानमा अत्याधुनिक सिबिसिटी सेवा सञ्चालनमा
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको दन्त सेवालाई थप प्रभावकारी, गुणस्तरीय तथा विशिष्टीकृत बनाउने उद्देश्यका साथ कलेज अफ डेन्टल सर्जरीमा अत्याधुनिक 'सिएस ९६०० फूल एफओभी' मोडलको कोन बिम कम्प्युटेड टोमोग्राफी (सिबिसिटी) सेवा सञ्चालनमा ल्याइएको छ।
आइतबार, असार १४, २०८३
डा. योगेश न्यौपानेको अध्यक्षतामा ‘नेप्लिज सोसाइटी फर इक्विलिब्रियम एण्ड व्यालेन्स’ स्थापना
चक्कर आउने, घुमिरहेको महसुस हुने (भर्टिगो) तथा सन्तुलनसम्बन्धी समस्याको प्रभावकारी व्यवस्थापन, उपचार तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित ‘नेप्लिज सोसाइटी फर इक्विलिब्रियम एण्ड व्यालेन्स’ स्थापना गरिएको छ।
आइतबार, असार १४, २०८३
स्वास्थ्य पत्रकार सरोज ढुंगेल सहित सात जनालाई रोटरी जोर्नो अवार्ड
ढुंगेल गोरखापत्र दैनिकमा कार्यरत छन्। रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ (नेपाल–भुटान) ले शुक्रबार काठमाडौंमा आयोजित विशेष समारोहमा ढुंगेललाई ‘रोग रोकथाम तथा उपचार’ विधामा उत्कृष्ट पत्रकार घोषणा गर्दै नगद ५१ हजार रुपैयाँ, सम्मानपत्र तथा अवार्ड प्रदान गरेको हो। उनलाई रोटरी इन्टरनेसनलका निर्देशक वासुदेव गोल्यान तथा डिस्ट्रिक्ट गर्भनर बिनोद कोइरालाले संयुक्त रूपमा सम्मान गरेका थिए।
आइतबार, असार १४, २०८३
स्वास्थ्य प्रतिष्ठानको विश्वविद्यालय रूपान्तरण : खाँचो अब मार्गचित्रको
सरकारले घोषणा गरेको यस लक्ष्यलाई सफल बनाउन पर्याप्त तयारी, आवश्यक लगानी, कानुनी स्पष्टता तथा संस्थागत समन्वयका साथ अघि बढ्न सकिए नेपालले छोटो समयमै दक्षिण एसियामा चिकित्सा शिक्षा, अनुसन्धान तथा स्वास्थ्य सेवाको महत्त्वपूर्ण केन्द्रका रूपमा आफ्नो पहिचान स्थापित गर्न सक्छ। त्यसैले आजको आवश्यकता आलोचना होइन, सकारात्मक सोच हो; असहयोग होइन, सहकार्य हो; शङ्का होइन, साझा लक्ष्यप्रतिको प्रतिबद्धता हो।
आइतबार, असार १४, २०८३
'द लास्ट माइल: डिजिटल हेल्थ समिट’ बाजुराको गाउँबाट सुरु
समिटअन्तर्गत पहिलो चरण असार १३ गते बुढीगंगा नगरपालिकामा सम्पन्न भएको छ भने दोस्रो दिन असार १४ गते बाजुराको सदरमुकाम मार्तडीमा कार्यक्रम हुनेछ। प्रदेशस्तरीय सम्मेलन असार २० गते धनगढीमा र राष्ट्रिय सम्मेलन साउन ३ गते काठमाडौंमा आयोजना गरिनेछ।
आइतबार, असार १४, २०८३
लम्कीचुहा अस्पताल विवाद: सामाजिक सञ्जालमा अनावश्यक टिप्पणी नगर्ने सहमति
शनिबार, असार १३, २०८३
गर्मीमा प्रतिरक्षा बढाउन यी पेय पदार्थ सेवन गर्नुहोस्
प्रतिरक्षा प्रणाली (इम्युनिटी पावर) बलियो बनाउन भिटामिन 'सी' र एन्टिअक्सिडेन्टयुक्त पेय पदार्थहरू अत्यधिक लाभदायक हुन्छन्। बिहान मनतातो पानीमा कागतीको रस वा अमलाको जुस पिउनु सबैभन्दा उत्तम मानिन्छ। यसका साथै ग्रिन टी, अदुवा-तुलसीको चिया र चुकन्दरको जुसले शरीरको रोग प्रतिरोधी क्षमता छिटो बढाउन मद्दत गर्छन्।
शनिबार, असार १३, २०८३
डाक्साप, अब हमार शरीर ब्याट्रीके भर चली?
यी सबै प्रश्नोत्तर गर्दागर्दै म अचेल नास्तिक भएको छु। कर्ममा बढी विश्वास गर्न पुगेको छु। तर, एउटा कुरा भने मलाई पनि अचम्म लाग्छ। हुम्लामा हृदयघात भएको एउटा व्यक्ति काठमाडौँ वीर अस्पतालसम्म तीन दिन लगाएर आइपुग्दा पनि जीवित नै हुन्छ, मुटु सग्लो र बलियो नै हुन्छ र सफल उपचार गरेर जान्छ। तर वीर अस्पताल नजिकै असनमा घर भएको व्यक्ति लक्षण देखिएको १० मिनेटमा अस्पताल आउँदा पनि मुटु एकाएक बन्द भएर जति छाती थिचे पनि, जति औषधि दिए पनि सफल हुन सकिन्न।
शनिबार, असार १३, २०८३
चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्ति ढिलाइ, सिफारिसमा परेकाको नाम गोप्य
डा केसी थप भन्छन्, 'राजनीतिक र निजी संस्था लगायत अन्य स्वार्थपरक समूहसँग आबद्ध उम्मेदवारहरू (स्वार्थ बाझिने) हामीलाई स्वीकार्य हुने छैन। तसर्थ सो पदमा निष्पक्ष रूपमा योग्यता, दक्षता, अनुभव र स्वच्छ छविका आधारमा मात्र छनोट भएका व्यक्तिलाई अविलम्ब नियुक्त गर्न सरकारको पुन: गम्भीर ध्यानाकर्षण गराउँदछु। अन्यथा सत्याग्रह सहितका आन्दोलन गर्न बाध्य हुने कुरा पुन: जानकारी गराइन्छ।'
शुक्रबार, असार १२, २०८३
हतार-हतार खाना खाने बानी छ? हुन सक्छ यस्तो गम्भीर असर
बिस्तारै-बिस्तारै आरामसित बसेर खाना खानाले सम्पूर्ण स्वास्थ्य ठीक रहनुका साथै अधिक मात्रामा खाने इच्छा समेत कम भएर जान्छ। बिस्तारै खानाले खाएको खाना राम्ररी पच्ने हुँदा शरीरले पर्याप्त मात्रामा पौष्टिक तत्व समेत प्राप्त गर्ने गर्छ।
शुक्रबार, असार १२, २०८३
आत्महत्या रोकथाम सम्बन्धी जान्नुपर्ने कुराहरू
आत्महत्या सम्बन्धी जान्नुपर्ने तथ्यहरूमा यसको अर्थ, यस समस्याको व्यापकता, कारणहरू, मनोरोगहरूसँगको सम्बन्ध, खतरासूचक लक्षणहरू, यसको उपचार व्यवस्थापन र यसको रोकथाममा हाम्रो भूमिकाबारे चर्चा गरिएको छ।
शुक्रबार, असार १२, २०८३
लम्कीचुहा घटनामा चिकित्सक संघको कडा चेतावनी, कारबाहीको माग
संघले शुक्रबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य क्षेत्रमा निरन्तर सेवामा खटिएका चिकित्सकमाथि भएको यस्तो अमर्यादित र निन्दनीय व्यवहारको घोर भर्त्सना गरेको छ। नगरप्रमुखजस्तो जिम्मेवार सार्वजनिक पदमा रहेको व्यक्तिबाट पदीय मर्यादाविपरीत गरिएको व्यवहारले चिकित्सक मात्र नभई समग्र स्वास्थ्य क्षेत्रकै सम्मानमाथि आघात पुगेको संघको ठहर छ।
शुक्रबार, असार १२, २०८३
सरुवा रोग अस्पताललाई महानगरले दियो १८ सय भाइल रेबिज खोप
देशभर रेबिजविरुद्धको एन्टिरेबिज खोपको अभाव भइरहेको समयमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई काठमाडौं महानगरपालिकाले खोप उपलब्ध गराएको छ। खरिद प्रक्रियामा भएको ढिलाइका कारण समस्या उत्पन्न भएको समयमा काठमाडौँ महानगरपालिकाले शुक्रबार अस्पताललाई १८ सय भाइल एन्टिरेबिज खोप उपलब्ध गराएको हो।
शुक्रबार, असार १२, २०८३
स्वास्थ्यखबर हेल्थ अवार्डको लागि आवेदन खुला, असार ३२ गतेसम्म आवेदन दिन सकिने
स्वास्थ्य क्षेत्रमा सक्रिय रुपमा काम गर्ने, सेवा प्रवाह, नीतिगत सुधार, अध्ययन अनुसन्धान वा स्वयंसेवा गर्दै आएका डाक्टर, नर्स, पारामेडिक्स, जनस्वाथ्यकर्मी, नीतिगत वकालतकर्ता, स्थानीय तह अभियानकर्ता तथा स्वास्थ्य क्षेत्रका संघसंस्थाहरुले समेत यस अवार्डमा सहभागिता जनाउन सक्नेछन्। प्राप्त आवेदन तथा मनोनयनहरुको मूल्यांकन स्वास्थ्य मन्त्रालयको सुपरिवेक्षणमा विज्ञहरु सम्मिलित स्वतन्त्र छनोट समिति मार्फत गरिने छ।
शुक्रबार, असार १२, २०८३
‘अस्पताल आए ज्यान जान सक्छ’ भन्दै मेयरबाट धम्की आएको भन्दै चिकित्सकले दिए निवेदन
लम्कीचुहा प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट तथा एमडीजीपी विशेषज्ञ डा. कमलेश प्रसाद यादवले लम्कीचुहा नगरपालिकाकी नगरप्रमुख सुशिला शाहीबाट ज्यान मार्ने धम्की र अभद्र व्यवहार भएको आरोप लगाउँदै आफूलाई सुरक्षित वातावरणमा काम गर्न पाउने व्यवस्था मिलाइदिन नेपाल मेडिकल एसोसिएसन धनगढी शाखासँग आग्रह गरेका छन्।
शुक्रबार, असार १२, २०८३
अर्जेन्टिनाको फ्यान डा सरोजः जसले फुटबल खेलेर मेडल जितेका थिए
‘सन् १९८६ देखि नै विश्वकपमा म त अर्जेन्टिनाको फ्यान हुँ। त्यतिबेला अर्जेन्टिनाका खेलाडीहरू म्याराडोना, बाटिस्टुटा लगायतका खेलाडी मन पर्थे,’ उनले सुनाए। ‘पहिला जुन टिमको सपोर्ट गरियो, त्यहीको सपोर्ट गर्न मन लाग्ने रहेछ, टिम चेन्ज गर्न मन नलाग्ने रहेछ। अहिले त मेस्सी नै मनपर्छ।’
शुक्रबार, असार १२, २०८३
न्यूट्रास्युटिकल्स: औषधि कि सप्लिमेन्ट? कानुनी अन्योल, महँगो बजार र बिरामीको बढ्दो बोझ
नेपालमा मुख्य समस्या उत्पादनको वैज्ञानिक मूल्याङ्कनभन्दा बढी नियामकीय अस्पष्टता, दर्ता प्रक्रिया, चिकित्सकीय सिफारिस र महँगो बजार प्रणालीसँग जोडिएको देखिन्छ। जबसम्म औषधि व्यवस्था विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबीच स्पष्ट कानुनी वर्गीकरण हुँदैन, न्यूट्रास्युटिकल्सको विवाद जारी रहने सम्भावना छ।
शुक्रबार, असार १२, २०८३
सेतो दुबीको समस्या दागमात्र होइन, समाजका गलत धारणा पनि हुन्
वर्ल्ड भिटिलिगो डे हरेक वर्ष २५ जुनका दिन मनाइन्छ। यस वर्षको नारा ‘फ्रम स्टिग्मा टु स्ट्रेन्थ’ रहेको छ। त्यसैले सेतो दुबीको समस्या सेतो दागमात्र होइन, समाजमा रहेका गलत धारणा पनि हुन्। यस्ता धारणालाई बदल्नु आवश्यक छ। भिटिलिगो भएका व्यक्तिहरूलाई अरू सबै जस्तै सामान्य जीवन जिउने अधिकार छ। र, उनीहरूको व्यक्तित्व र क्षमतालाई चिन्दै समान अवसर उपलब्ध गराउनु महत्वपूर्ण हुन्छ।
बिहीबार, असार ११, २०८३
हेलो एनएमसी सञ्चालनमा, घरमै बसेर उजुरी दर्ता र मोबाइलमै लाइभ ट्र्याकिङ
यो प्रविधिमैत्री व्यवस्थासँगै अब सेवाग्राहीहरू काउन्सिलको कार्यालयमा भौतिक रूपमा उपस्थित भइरहनुपर्ने बाध्यता अन्त्य भएको काउन्सिलका निमित्त रजिस्ट्रार डा. दिपेन्द्र पाण्डेले जानकारी दिए। काउन्सिलका दैनिक कामकाज, प्रशासनिक सेवा वा समग्र चिकित्सा क्षेत्रसँग सम्बन्धित विषयमा आफ्ना कुराहरू सिधै अनलाइन माध्यमबाट काउन्सिल समक्ष पुर्याउन सकिने व्यवस्था मिलाइएको छ।
बिहीबार, असार ११, २०८३
छाता ऐन कि स्वास्थ्य विज्ञान विश्वविद्यालय?
आजको बहस कुनै संस्था वा सरकारको विरोधका लागि होइन, यो त नेपालको स्वास्थ्य शिक्षा प्रणालीको भविष्यसँग सम्बन्धित विषय हो। प्रश्न सरल छ- ३३ वर्षदेखि राष्ट्रलाई चिकित्सक, विशेषज्ञ, अनुसन्धान र स्वास्थ्य सेवा प्रदान गरिरहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई छाता ऐनभित्र सीमित गर्ने कि विश्वस्तरीय स्वास्थ्य विज्ञान विश्वविद्यालयका रूपमा विकास गर्ने?
बिहीबार, असार ११, २०८३
प्रसूतिमा नभएका सेवा र एनआइसीयू अभाव हुँदा सरकारी शुल्कमै किओचले उपचार गर्ने
प्रसूति गृहमा नवजात शिशुको चाप उच्च भई बेड नपाउँदा बिरामीहरूलाई कान्ति बाल तथा त्रिवि शिक्षण अस्पतालमा रेफर गर्ने गरेको थियो। ती अस्पतालमा पनि शय्या नहुँदा बिरामीहरु महँगो शुल्कमा निजी अस्पताल जानुपर्ने बाध्यता रहेको थियो। सोही बाध्यतालाई हटाउन अस्पतालले हालै सञ्चालनमा आएको काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) सँग सरकारी शुल्कमा नै सेवा उपलब्ध गराउने गरी विशेष सहकार्य गरेको डा अधिकारीले जानकारी दिए।
बिहीबार, असार ११, २०८३
'म' मेरो डाक्टर [कविता]
जीवनमा कुन ऊर्जा छनोट गर्छौ, छ तिम्रै हातमा। आनन्द उत्सव मनाउँदै जोडियौँ है अध्यात्मको साथमा।।
बिहीबार, असार ११, २०८३
बच्चैदेखि ब्राजिलको फ्यान डा. बद्री रिजाल
खेलकुद स्वास्थ्यका हिसाबले पनि निकै राम्रो मानिन्छ। यही विश्वकपको खेलमय माहोललाई लक्षित गर्दै हामीले चिकित्सा क्षेत्रमा कार्यरत चिकित्सकहरूको खेलप्रतिको रुचि, चासो र समर्थन तथा उनीहरूले बाल्यकालमा फुटबल खेलेका दिनहरूलाई कसरी स्मरण गर्छन् भनेर कुराकानीको शृङ्खला (सिरिज) सुरु गरेका छौँ। यसै शृङ्खला अन्तर्गत यस पटक हामीले नेपाल चिकित्सक संघका अध्यक्ष एवं अर्थोपेडिक सर्जन डाक्टर बद्री रिजालसँग स्वास्थ्यखबरका लागि रिता लम्सालले कुराकानी गरेकी छिन्। प्रस्तुत छ डा. रिजालसँग गरिएको कुराकानी :
बिहीबार, असार ११, २०८३
Previous
26
27
28
29
30
Next
सर्च गर्नुहोस्
×
Search