मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, साउन २२, २०८३
Fri, Aug 07, 2026
शुक्रबार, साउन २२, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
क्यान्सर उपचारसम्बन्धी गैरनाफामूलक संस्था 'बिनायतारा'ले नाइजेरियामा सेवा विस्तार गर्दै
बिनायताराका अध्यक्ष तथा सह–संस्थापक डा. बिनय शाहले भने, 'स्रोत अभाव भएका समुदायहरूमा क्यान्सर उपचारको पहुँच सुधार गर्ने हाम्रो लक्ष्यतर्फ यो सहकार्य अर्को महत्वपूर्ण कदम हो।' नाइजेरिया जस्तो देश, जहाँ स्वास्थ्य सेवा प्रणाली अझै सीमित छ, उक्त ठाउँ बिनायताराका लागि सेवा गर्ने ठूलो अवसर बनेको डा शाहले बताएका छन्। करिब २३० मिलियन जनसंख्या रहेको यस देशमा केवल ८० जना मात्र योग्य क्यान्सर विशेषज्ञ छन्। एक अस्पतालका अनुसार ५१ प्रतिशतभन्दा बढी बिरामीहरू चौथो चरणमा मात्र उपचारका लागि अस्पताल पुग्छन्, जुन अत्यन्त जटिल र जोखिमपूर्ण अवस्था हो।
बिहीबार, वैशाख १७, २०८३
युएसएआईडी बजेट कटौतीले स्वास्थ्य क्षेत्रमा संकट: हजारौं जनस्वास्थ्यकर्मी बेरोजगारीको चुनौती
स्वास्थ्य प्रणाली सुदृढीकरणमा जनस्वास्थ्यकर्मीहरूको केन्द्रीय भूमिका रहेको छ। दिगो, समावेशी, पहुँचयोग्य र प्रभावकारी स्वास्थ्य प्रणाली निर्माणका लागि उनीहरूको भूमिका अपरिहार्य रहेको थियो, रहेको छ र रहनेछ। जनस्वास्थ्यकर्मीहरूले समुदाय र स्वास्थ्य संस्थाबीच सेतुका रूपमा कार्य गर्दै सेवा पहुँच विस्तार, स्वास्थ्य शिक्षा प्रवर्द्धन, व्यवहार परिवर्तन, अध्ययन तथा अनुसन्धान, जोखिम समूह पहिचान तथा सामाजिक उत्तरदायित्व सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएका छन्।
बिहीबार, वैशाख १७, २०८३
सरकारी स्वास्थ्य सेवाभित्र आयुर्वेद सेवा: संरचना, अवस्था, चुनौती र सुधारका उपाय
अबको मूल प्रश्न भनेको - नेपाल सरकारले आयुर्वेद क्षेत्रलाई कसरी प्रभावकारी, वैज्ञानिक, विश्वसनीय र दिगो रूपमा सुदृढ बनाउन सक्छ भन्ने हो। यसका लागि केवल सामान्य सुधार होइन, दीर्घकालीन दृष्टिकोणसहितको संरचनात्मक पुनर्संरचना आवश्यक छ। तल प्रस्तुत रणनीतिहरू नीतिगत, प्राविधिक तथा संस्थागत सुधारका आधारस्तम्भका रूपमा लिन सकिन्छ।
बिहीबार, वैशाख १७, २०८३
मुख स्वास्थ्य सम्बन्धी तथ्य र भ्रमहरू
किराले खानेबित्तिकै दाँत निकाल्नुपर्छ भन्ने हुँदैन। सामान्य अवस्थामा 'फिलिङ' गरेर र अलि बढी असर गरेको भए 'आरसीटी' र 'पोस्ट-कोर' गरेर पनि दाँत जोगाउन सकिन्छ। यसरी उपचार गरेर बचाइएको प्राकृतिक दाँत पछि राखिने कृत्रिम दाँतभन्दा निकै सहज, बलियो र भरपर्दो हुन्छ।
बिहीबार, वैशाख १७, २०८३
संघीय निजामती सेवा ऐनमा स्वास्थ्य सेवा समावेश गर्न नेपाल जनस्वास्थ्य संघको माग
पत्रमा उल्लेख गरिएअनुसार हाल सार्वजनिक गरिएको मस्यौदामा संघीय निजामती सेवाको गठनसम्बन्धी व्यवस्थामा स्वास्थ्य सेवा समावेश नगरिएकोप्रति संघले गम्भीर ध्यानाकर्षण जनाएको छ। यसअघि पनि स्वास्थ्य सेवा निजामती सेवा ऐनभित्र समावेश गर्नुपर्ने विषयमा संघले सरकारलाई सुझाव दिँदै आएको जनाएको छ।
बुधबार, वैशाख १६, २०८३
'स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी' सहित तीन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस
मन्त्रिपरिषद्को बैठकले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी अध्यादेश’, ‘विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’ र ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’ जारी गर्नका लागि राष्ट्रपति कार्यालय पठाएको हो।
बुधबार, वैशाख १६, २०८३
'जनसंख्या घट्नुको कारण गर्भनिरोधक साधनहरूको प्रयोग नभई अन्य संरचनात्मक र सामाजिक कारण'
कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, परिवार योजना शाखा प्रमुख शर्मिला दाहालले विगतमा युएनएफपीएले ठूलो परिमाणमा परिवार नियोजनका साधन उपलब्ध गराउँदै आएको भए पनि पछिल्लो समय सहयोग घटेको जानकारी दिइन्। उनका अनुसार हाल वार्षिक करिब १७ करोड रुपैयाँ बराबरका साधन खरिद भइरहेको छ, तर आवश्यकताअनुसार यो रकम अझै अपर्याप्त रहेको छ।
बुधबार, वैशाख १६, २०८३
राप्ती प्रतिष्ठानको जग्गा अतिक्रमण: सुकुमवासीलाई नवलपुरमा घडेरी दिने सम्झौता
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वामित्वमा रहेको जग्गा अतिक्रमण गरी बसोबास गरिरहेका सुकुमवासीहरूको व्यवस्थापनका लागि नयाँ र ठोस पहल सुरु भएको छ। वर्षौँदेखि कायम जग्गा विवाद सुल्झाउन प्रतिष्ठान र नवलपुर बहुउद्देश्यीय सरोकार समितिबीच बुधबार 'पूरक सम्झौता' भएको छ।
बुधबार, वैशाख १६, २०८३
तिलोत्तमा नगरपालिकाले सञ्चालनमा ल्यायो ‘सुलभ फार्मेसी’
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नागरिकलाई ठूलो राहत दिने गरी ‘सुलभ फार्मेसी’ सञ्चालनमा ल्याएको छ। औषधिको अधिकतम खुद्रा मूल्य (एमआरपी) मा २५.१० प्रतिशत छुट दिने गरी नगरपालिकाले यो विशेष पहल सुरु गरेको हो।
बुधबार, वैशाख १६, २०८३
भेरी अस्पतालका चिकित्सकमाथि दुर्व्यवहार र आक्रमण प्रयासमा संलग्न एक व्यक्ति पक्राउ
नेपालगन्जस्थित भेरी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार र आक्रमण प्रयासमा संलग्न एक व्यक्ति पक्राउ परेका छन्। अस्पतालले बुधबार सार्वजनिक सूचना जारी गर्दै एक जना पक्राउ परेपछि अस्पतालका सेवा सुचारु गर्ने जनाएको छ। कानुनी प्रक्रिया अघि बढेको अवस्थामा स्वास्थ्यकर्मीहरू नियमित काममा फर्किन थालेको अस्पतालले जनाएको छ।
बुधबार, वैशाख १६, २०८३
सरकारी चिकित्सकको संख्या कति? अर्थमन्त्रीको श्वेतपत्रले बढायो अन्योल
अर्थमन्त्रीद्वारा जारी स्थितिपत्रमा वि.सं. २०७१ देखि हालसम्मको अवधिमा सरकारी डाक्टरको संख्या २,१५४ बाट बढेर ७,०३० पुगेको उल्लेख छ। यसले पछिल्ला वर्षमा सरकारी सेवामा रहेका चिकित्सकको संख्या साढे तीन गुणाभन्दा बढीले वृद्धि भएको देखाउँछ।
बुधबार, वैशाख १६, २०८३
चिकित्सकलाई धम्की : भेरी अस्पतालमा ओपिडी ठप्प
नेपालगन्जस्थित भेरी अस्पतालमा चिकित्सकमाथि ज्यान मार्ने धम्कीपछि स्वास्थ्य सेवा प्रभावित बनेको छ। धम्की र हातपात प्रयासको विरोध गर्दै चिकित्सकहरूले ओपिडी सेवा अनिश्चितकालका लागि बन्द गरेका छन्।
बुधबार, वैशाख १६, २०८३
राष्ट्रिय पोषण लेखाजोखा अभियान
यस अभियानबाट प्राप्त तथ्याङ्कले उच्च जोखिमयुक्त क्षेत्र पहिचान गरी लक्षित पोषण कार्यक्रम सञ्चालनका लागि ठोस आधार तयार गर्नेछ। साथै, नीति निर्माण तथा कार्यक्रम व्यवस्थापनका लागि अद्यावधिक र विश्वसनीय स्थानीय तथ्याङ्क उपलब्ध हुनेछ, जसले आगामी आर्थिक वर्षको बजेट तथा योजनामा प्राथमिकता निर्धारण गर्न सहयोग पुर्याउनेछ।
बुधबार, वैशाख १६, २०८३
मही : गर्मीमा स्वस्थकर तथा उपयोगी पेयपदार्थ
गर्मी मौसममा मही एक सरल, सस्तो र प्रभावकारी स्वास्थ्यवर्धक पेय हो। यसको नियमित सेवनले शरीरलाई ताजा, हाइड्रेटेड र स्वस्थ राख्न महत्त्वपूर्ण भूमिका खेल्छ।
बुधबार, वैशाख १६, २०८३
स्वदेशी उत्पादनलाई बढावा दिने खालको नीति ल्याउनुपर्छ
नेपालमा औषधि मात्र नभई धेरैजसो वस्तुमा परनिर्भरता बढ्दै गएको अवस्था छ। यस्तो अवस्थामा स्वदेशी उद्योगको विकासलाई प्राथमिकतामा राख्नु आवश्यक देखिन्छ। सरकारले उद्योग क्षेत्रलाई प्रोत्साहन गर्ने र स्वदेशी उत्पादनलाई बढावा दिने स्पष्ट तथा प्रभावकारी नीति ल्याउन सके देशको आर्थिक विकासमा पनि सकारात्मक प्रभाव पर्नेछ।
बुधबार, वैशाख १६, २०८३
स्वास्थ्य शिक्षा, अनुसन्धान र सेवा प्रणाली सुधारका लागि ‘बीपी प्रतिष्ठान मोडल’
नयाँ नेपाल निर्माणको हुटहुटी बोकेर जनताको झन्डै दुई तिहाइ मत पाएको यो सरकारलाई असफल हुने कुनै छुट छैन। त्यो सफलताको एक प्रमुख कडी सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पनि हो। त्यसको निम्ति बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको यो मोडल एउटा सशक्त विकल्प हुन सक्छ। यस विषयमा नेपाल सरकार लगायत सबै सरोकारवालाहरूको गम्भीर ध्यानाकर्षण होस्।
मंगलबार, वैशाख १५, २०८३
गम्भीर दुर्व्यवहारको आरोपमा कारबाहीमा परेका डा. कुँवरलाई पुनः 'एसोसिएट डिन'को जिम्मेवारी
काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेज (धुलिखेल अस्पताल) मा एक आवासीय चिकित्सकको आत्महत्या प्रयास र मानसिक यातनाको आरोपमा नेपाल मेडिकल काउन्सिलबाट कारबाहीमा परेका चिकित्सकलाई पुनः महत्वपूर्ण जिम्मेवारी दिइएको छ।
मंगलबार, वैशाख १५, २०८३
पिनासको प्राकृतिक चिकित्साद्वारा उपचार: के खाने, के नखाने?
पिनास सामान्य देखिए पनि लापरबाही गर्दा यो दीर्घकालीन समस्या बन्न सक्छ। प्राकृतिक चिकित्सा, योग, सन्तुलित आहार र जीवनशैलीमा सुधार गरेर यसलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न सकिन्छ। यदि १०–१४ दिनभन्दा बढी लक्षणहरू रहिरहेमा वा ज्वरो धेरै आएमा तुरुन्त चिकित्सकको परामर्श लिनु आवश्यक हुन्छ।
मंगलबार, वैशाख १५, २०८३
बीपी क्यान्सर अस्पतालमा अध्यक्षका लागि खुला प्रतिस्पर्धा: सात दिनभित्र आवेदन दिन मन्त्रालयको आह्वान
सरकारले चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष पदका लागि खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया सुरु गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक सार्वजनिक सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक चिकित्सकहरूलाई सात दिनभित्र आवेदन दिन आह्वान गरेको हो।
मंगलबार, वैशाख १५, २०८३
स्वदेशी औषधि उद्योग: राज्यको उपेक्षा र आत्मनिर्भरताको यात्रा
देशमा नयाँ निर्वाचनपछि नयाँ सरकारको बनेको अवस्था छ। हामी उद्योगीहरूको अपेक्षा धेरै ठूलो छैन- कम्तीमा नयाँ सरकारले विदेशी र स्वदेशी औषधिबीच समान व्यवहार गरोस्। यदि पुरानै प्रवृत्ति र पुरानै दलहरूको कार्यशैली दोहोरिने हो भने औषधि उद्योगको भविष्य अझै संकटपूर्ण देखिन्छ। अब सरकारले औषधि उद्योगलाई केवल एउटा व्यापारको रूपमा मात्र होइन, राष्ट्रिय सुरक्षा र आर्थिक समृद्धिको बलियो खम्बाको रूपमा बुझ्न जरुरी छ।
मंगलबार, वैशाख १५, २०८३
बिरामीमैत्री सेवाका लागि वीर अस्पतालले के-के सुधारका काम गरिरहेको छ?
वीर अस्पतालमा हाल सरसफाइमा जोड, टिकट काउन्टरलाई बढाएर पुरानो र नयाँ भवनका गरी १३ वटा पुर्याइएको, बैंकमा लाइन बस्नुपर्ने अवस्थाको अन्त्य गर्नका लागि क्यूआर प्रणालीको विकास तथा बैंक काउन्टर थप, अनलाइन प्रणालीबाटै ल्याब रिपोर्ट पाउन सक्ने व्यवस्था, स्वचालित रिपोर्ट मुद्रण प्रणाली, अनलाइन टिकटको व्यवस्था, बिरामी तथा आफन्तलाई अस्पतालमा आइसकेपछि बस्नका लागि कुर्सी थप गरिएको र फार्मेसी सेवालाई थप व्यवस्थित बनाउनका लागि जनशक्ति थप गरिएको उपकुलपति प्रा.डा. बस्नेत बताउँछन्।
मंगलबार, वैशाख १५, २०८३
किन देखिन्छ डरलाग्दो सपना?
अन्ततः डरलाग्दो सपना तपाईंको दिमागले केही कुरा समाधान गर्न खोज्दैछ भन्ने सङ्केत पनि हुन सक्छ। यदि यो बारम्बार हुन्छ भने, त्यसको कारण बुझेर समाधान गर्नु नै सबैभन्दा राम्रो उपाय हो।
मंगलबार, वैशाख १५, २०८३
भीआईपीको वैदेशिक उपचार खर्चमा सर्वोच्चको अंकुश: राज्यकोषबाट रकम नपाउने, कार्यविधि खारेज
राज्यकोषको दोहन गरी विदेशमा उपचार गराउने 'भीआईपी' संस्कृतिमाथि सर्वोच्च अदालतले अंकुश लगाइदिएको छ। सोमबार बसेको संवैधानिक इजलासले राज्यका पूर्व विशिष्ट व्यक्तिहरूले विदेशमा उपचार गराउँदा राज्यकोषबाट खर्च भराउन पाउने कानुनी व्यवस्थालाई खारेज गरिदिएको छ।
सोमबार, वैशाख १४, २०८३
स्वास्थ्य सूचकमा सुधार भए पनि सेवा गुणस्तरहीन र महँगो: अर्थमन्त्रीको आर्थिक स्थितिपत्र
श्वेतपत्रले स्वास्थ्य सेवा गुणस्तरीय र विश्वसनीय नहुँदा जटिल रोगको उपचारका लागि नेपालीहरू विदेश जाने प्रवृत्ति नरोकिएको र स्वास्थ्य सेवा दिनानुदिन महँगो हुँदै गएकोमा चिन्ता व्यक्त गरेको छ। आम नागरिकलाई सुलभ स्वास्थ्य सेवा पुर्याउन सुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रम आफैँ समस्यामा परेको श्वेतपत्रमा उल्लेख छ।
सोमबार, वैशाख १४, २०८३
उमेश अग्रवाल नेतृत्वको बायोमेडद्वारा मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी*
स्वास्थ्य सामग्री आपूर्तिको क्षेत्रमा पटक-पटक विवादमा मुछिँदै आएको यो कम्पनीले शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रसँग गरेको सम्झौता विपरित कम गुणस्तर र फरक 'स्पेसिफिकेसन'का सामग्री दिएपछि अस्पतालले सम्झौता रद्द गर्दै कालोसूचीमा राख्न पत्राचार गरेको छ।
सोमबार, वैशाख १४, २०८३
पूर्ण खोप दिगोपना र सुनिश्चितताका लागि बैशाखमा खोज र खोप अभियान
सरकारले निःशुल्क रूपमा सञ्चालनमा ल्याएको खोप कार्यक्रमबाट प्राप्त हुने खोपहरू बाहिरी रूपमा किनेर प्रयोगमा ल्याउन हामी नेपालीहरूको क्षमता भन्दा बाहिरको विषय भएकाले आफ्ना बालबालिकालाई यी १४ वटा घातक रोगबाट बचाउन, लुलो, लंगडो, सुस्त मनस्थिति तथा बौद्धिक कमजोरीबाट जोगाउन तथा बच्चाको शारीरिक, मानसिक, सामाजिक र भावनात्मक विकासमा असर नपरोस् भन्नका लागि यी महत्वपूर्ण खोपहरू नजिकको स्वास्थ्य संस्था वा खोप केन्द्रमा लगेर अनिवार्य रूपमा लगाऔं।
सोमबार, वैशाख १४, २०८३
औषधि उद्योगमा लगानीमैत्री वातावरण आवश्यक
जहाँसम्म औषधिको गुणस्तरको कुरा छ, नेपाली औषधि उद्योगले गुणस्तरमा कुनै पनि प्रकारको सम्झौता गरेको छैन। नेपालमा उत्पादित औषधिको गुणस्तर सुनिश्चित गर्न औषधि व्यवस्था विभागले कडाइका साथ परीक्षण गर्दै आएको छ।
सोमबार, वैशाख १४, २०८३
अस्पतालमा बिरामी अनुभव, विश्वास र गुणस्तरीय सेवा: किफायती स्वास्थ्य सेवाको आधार
आजको स्वास्थ्य सेवा व्यवस्थापनमा अस्पतालको सफलता तीनवटा पिलरमा टिकेको छ- उत्कृष्ट बिरामी अनुभव, विश्वासमा आधारित सम्बन्ध र गुणस्तरीय उपचारलाई किफायती बनाउने दृष्टिकोण। यी तीनवटै पक्षलाई सन्तुलित रूपमा विकास गर्न सके अस्पतालको छवि, सामाजिक स्वीकार्यता र संस्थागत स्थायित्व बलियो हुन्छ।
सोमबार, वैशाख १४, २०८३
गर्भावस्था: कुन समय यात्राका लागि सुरक्षित मानिन्छ?
गर्भावस्थाको दोस्रो चरण, अर्थात् १४ देखि २८ हप्ताको बीचमा यात्रा गर्नु उपयुक्त हुने प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. बालकृष्ण शाह बताउँछन्। यस अवधिमा बान्ता हुने र कमजोरी हुने समस्या कम हुने भएकाले यो चरण गर्भवती महिलाका लागि अन्य समयभन्दा सुरक्षित र सहज मानिन्छ।
सोमबार, वैशाख १४, २०८३
मेडिकल तथा ल्याब एक्स्पो वैशाख १७ देखि भृकुटीमण्डपमा आयोजना हुने
आयोजकका अनुसार एक्स्पोमा नेपालसहित भारत र अन्य विभिन्न देशका गरी २०० भन्दा बढी स्टल रहनेछन्। प्रदर्शनीमा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित अत्याधुनिक प्रविधि, उपकरण, उत्पादन र नवीन आविष्कारहरू प्रस्तुत गरिनेछ।
आइतबार, वैशाख १३, २०८३
Previous
28
29
30
31
32
Next
सर्च गर्नुहोस्
×
Search