Swasthya Khabarpatrika
सर्च नतिजा
एनएमए निर्वाचनमा १,००१ मत गणना सकिँदा डा रावल ५४ मतले अघि, महासचिवमा डा दवाडीलाई डा खत्रीले उछिने
एनएमए निर्वाचनमा १,००१ मत गणना सकिँदा डा रावल ५४ मतले अघि, महासचिवमा डा दवाडीलाई डा खत्रीले उछिने पछिल्लो मत परिणामअनुसार डा. रावलले ४६५ मत (४६.७३ प्रतिशत) प्राप्त गरेका छन्। डा. रिजालले ४०९ मत (४१.११ प्रतिशत) ल्याउँदै मतान्तर घटाउने क्रममा छन्। तेस्रो स्थानमा रहेका डा. नारायण प्रसाद भुसालले १२१ मत (१२.१६ प्रतिशत) पाएका छन्। वरिष्ठ उपाध्यक्षतर्फ कडा प्रतिस्पर्धा देखिएको छ। डा. किर्तिपाल सुवेदी ३९८ मतसहित अग्रस्थानमा रहँदा डा. संजीव तिवारी ३७८ मतसहित झिनो अन्तरमा पछ्याइरहेका छन्। महासचिव पदमा डा. कालु सिंह खत्री ३६५ मतसहित अगाडि छन् भने डा. बिश्वराज दवाडी ३३५ मतसहित दोस्रो स्थानमा छन्। आइतबार, वैशाख २०, २०८३
बयालपाटा प्रादेशिक अस्पतालमा एकै दिन ५ वटा सफल शल्यक्रिया, तुरुन्तै काममा फर्किने इच्छाले ६० वर्षीय बृद्धको रोजाइ बन्यो 'सर्जरी'
बयालपाटा प्रादेशिक अस्पतालमा एकै दिन ५ वटा सफल शल्यक्रिया, तुरुन्तै काममा फर्किने इच्छाले ६० वर्षीय बृद्धको रोजाइ बन्यो 'सर्जरी' बयालपाटा प्रादेशिक अस्पतालले यी उपचारलाई केवल प्राविधिक शल्यक्रियाका रूपमा मात्र नभई बिरामीलाई पुनः सामान्य जीवनमा फर्काउने माध्यमका रूपमा लिएको छ। डा. निरौलाका अनुसार, “हामीले हड्डी मात्र जोडिरहेका छैनौँ, हरेक बिरामीको जीवनलाई फेरि चलायमान बनाउने प्रयास गरिरहेका छौँ। बिरामीको मुहारमा खुशी ल्याउनु नै हाम्रो पहिलो धर्म हो।” एकै दिन पाँच जना बिरामीको सफल शल्यक्रियापछि बिरामी र तिनका आफन्तहरूको अनुहारमा खुशी छाएको छ। दुर्गम क्षेत्रमा असम्भवजस्तै मानिने जटिल शल्यक्रिया बयालपाटाले सफलतापूर्वक गर्दै आएको छ। आइतबार, वैशाख २०, २०८३
एन्ड्र्यूको कथा: जब पार्किन्सनको औषधिले परिवारलाई नै ध्वस्त बनायो
एन्ड्र्यूको कथा: जब पार्किन्सनको औषधिले परिवारलाई नै ध्वस्त बनायो एक दिन बिहान काममा पुगेकी उनकी पत्नी फ्रान्सेसलाई प्रहरीले एन्ड्र्यूलाई पक्राउ गरेको फोन आएपछि मात्र सबै खुलासा भएको थियो। उनीहरूको घरमा खानतलासी गरिएको थियो। एन्ड्र्यूको कार्यालय पहेँलो सुरक्षा पट्टीले घेरिएको थियो, कर्मचारीहरू स्तब्ध थिए, र कागजातहरू बाकसमा हालिँदै थिए। एक सम्मानित कानुन व्यवसायीको जीवन एकै दिनमा सार्वजनिक अपमानमा परिणत भयो। फ्रान्सेस पछि भनेकी थिइन्, “मानिसहरूले हामीसँग बोल्न चाहेनन्, र म त्यो बुझ्न सक्छु।” उनकी छोरी एलिसका अनुसार, “बुबाले आफूलाई कहिल्यै माफ गर्न सकेनन्।” शनिबार, वैशाख १९, २०८३
क्यान्सर उपचारसम्बन्धी गैरनाफामूलक संस्था 'बिनायतारा'ले नाइजेरियामा सेवा विस्तार गर्दै
क्यान्सर उपचारसम्बन्धी गैरनाफामूलक संस्था 'बिनायतारा'ले नाइजेरियामा सेवा विस्तार गर्दै बिनायताराका अध्यक्ष तथा सह–संस्थापक डा. बिनय शाहले भने, 'स्रोत अभाव भएका समुदायहरूमा क्यान्सर उपचारको पहुँच सुधार गर्ने हाम्रो लक्ष्यतर्फ यो सहकार्य अर्को महत्वपूर्ण कदम हो।' नाइजेरिया जस्तो देश, जहाँ स्वास्थ्य सेवा प्रणाली अझै सीमित छ, उक्त ठाउँ बिनायताराका लागि सेवा गर्ने ठूलो अवसर बनेको डा शाहले बताएका छन्। करिब २३० मिलियन जनसंख्या रहेको यस देशमा केवल ८० जना मात्र योग्य क्यान्सर विशेषज्ञ छन्। एक अस्पतालका अनुसार ५१ प्रतिशतभन्दा बढी बिरामीहरू चौथो चरणमा मात्र उपचारका लागि अस्पताल पुग्छन्, जुन अत्यन्त जटिल र जोखिमपूर्ण अवस्था हो। बिहीबार, वैशाख १७, २०८३