काठमाडौं- आर्थिक वर्ष २०८०/८१ मा मा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विपन्न नागरिक कोषबाट ४१ हजार ८ सय ४५ जना नागरिकले स्वास्थ्य सेवा लिएका छन्।
सरकारले प्रदान गर्दै आएको विपन्न नागरिक औषधि उपचार कार्यक्रमअन्तर्गत पछिल्लो वर्ष सबैभन्दा धेरै क्यान्सरका बिरामीले सेवा लिएका छन् । स्वास्थ्य सेवा विभागका अनुसार आर्थिक वर्ष २०८०/८१ मा २२ हजार १ शय ५३ जना क्यान्सरका बिरामीले सो सेवा लिएका छन् ।
सहुलियतमा उपचार गरिने आठ रोगमध्ये सबैभन्दा कम अल्जाइमर्सका बिरामी ३४ जना छन् । मिर्गोला बिरामीले ९ हजार १ शय ७६, मुटुसम्बन्धि रोगमा ६ हजार ९ शय २६ सीकलसेल एनिमियाका एक हजार ५शय ४४, स्पाइनल इन्जुरीका एक हजार १ शय ८१, हेड एन्जुरीका ७ शय ५२, र पार्किन्सन्सका ७९ जना बिरामीले सेवा लिएको विभागको तथ्यांक छ ।
सरकारले मुटु, क्यान्सर, मिर्गौला, अल्जाइमर्स, पार्किन्सन्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सीकलसेल एनिमियाको उपचार खर्चमा सरकारले सहुलियत दिँदै आएको छ।