काठमाडौं - एक्युट निमोनियाका कारण त्रिवि शिक्षण अस्पतालमा उपचाररत्त स्वास्थ्य सेवा विभागका महानिर्देशक डा टंक बाराकोटीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ।
डा बाराकोटी एक्युट निमोनियाको उपचारका लागि गत असार ३ गते अस्पताल भर्ना भएका थिए । स्वास्थ्यमा सुधार भएपछि ७ गते उनलाई आइसियुबाट वार्ड सारेर उपचार जारी राखिएको उपचार संलग्न वरिष्ठ छाती रोग विशेषज्ञ डा सन्त कुमार दासले स्वास्थ्यखबरलाई बताए ।
‘उहाँको स्वास्थ्य अवस्थामा सुधारोन्मुख छ, ‘हाल आइसियुबाट वार्डमा सारिएको छ, अक्सिजन चाहिएको छैन,’ डा दासले भने, ‘अझै थप उपचारका लागि २ दिन राख्नुपर्ने हुनसक्छ, उपचारका क्रममा एन्टिबायोटिक र अक्सिजन आवश्यक परेको थियो।’
एक्युट निमोनिया हुँदा जिउ दुख्ने, ज्वरो आउने र सास फेर्न गाह्रो हुने डा दास बताउँछन् । एक्युट निमोनियाको उपचारपश्चात् खासै समस्या नआउने डा दास बताउँछन्।