मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, साउन २२, २०८३
Fri, Aug 07, 2026
शुक्रबार, साउन २२, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
३ वर्षीय बालकको आँखाबाट मस्तिष्कसम्म पुगेको काँटीको बीपी नेत्र अध्ययन केन्द्रमा दुर्लभ शल्यक्रिया
त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको बीपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रका चिकित्सकको टोलीले एक ३ वर्षीय बालकको आँखाको बाहिरी भागबाट मस्तिष्कसम्म पुगेको ३ इन्च लामो काँटीको दुर्लभ शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ।
बिहीबार, वैशाख १०, २०८३
नेशनल मेडिकल कलेजले पेशागत मर्यादा विपरीत बनाएको नियमप्रति चिकित्सक संघको आपत्ति
वीरगंजस्थित नेशनल मेडिकल कलेजले आवासीय चिकित्सकहरूमाथि कडा र अमर्यादित नियमहरू लादेको भन्दै नेपाल चिकित्सक संघले कडा आपत्ति जनाएको छ। संघले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै कलेजको प्रशासनले गरिरहेको व्यवहार पेशागत मर्यादा विपरीत भएको बताएको हो।
बिहीबार, वैशाख १०, २०८३
जुम्ला घटना: गल्ती स्विकार्दै 'अभियन्ता'ले मागे माफी, प्रतिष्ठानको सेवा सुचारु
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा देखिएको गतिरोध अन्ततः संवादमार्फत टुङ्गिएको छ। ड्युटीमा रहेका चिकित्सकमाथि अभद्र व्यवहार गर्ने युवा र पीडित पक्षबीच सहमति भएपछि बुधबार दिउँसोदेखि प्रतिष्ठानका सम्पूर्ण सेवाहरू सुचारु भएका छन्।
बिहीबार, वैशाख १०, २०८३
क्यान्सर अस्पतालमा अन्कोलोजी सम्मेलन: विश्वस्तरीय अनुसन्धानलाई स्थानीय अभ्याससँग जोड्ने मन्थन
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आयोजना गरिएको यस एकदिने कार्यक्रमले विश्वस्तरीय अनुसन्धान र स्थानीय क्लिनिकल अभ्यासबीचको खाडल पुर्ने प्रयास गरेको छ। देशभरका अन्कोलोजिस्ट, सर्जन तथा प्रशिक्षार्थीहरूको उत्साहजनक सहभागिता रहेको उक्त सम्मेलनमा द्रुत रूपमा विकसित भइरहेका वैज्ञानिक प्रमाणहरूलाई नेपाल जस्तो सीमित स्रोत भएको देशमा कसरी प्रभावकारी रूपमा लागू गर्ने भन्ने विषयमा गहन मन्थन भएको थियो।
बिहीबार, वैशाख १०, २०८३
सुरक्षाको माग गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका आकस्मिक बाहेकका सेवा ठप्प
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत कर्मचारी, शिक्षक तथा चिकित्सकहरूले कार्यस्थलमा असुरक्षा बढेको भन्दै आकस्मिक र अन्तरङ्ग सेवा बाहेकका सम्पूर्ण सेवाहरू बन्द गर्ने घोषणा गरेका छन्। प्रतिष्ठानको प्राङ्गणभित्रै छिरेर कर्मचारी र चिकित्सकमाथि ज्यान मार्ने धम्की र भौतिक आक्रमणको प्रयास भएपछि उनीहरू आन्दोलित भएका हुन्।
बिहीबार, वैशाख १०, २०८३
गर्मीमा छालाको स्याहार: यी हुन् छुटाउनै नहुने खानेकुरा
गर्मी मौसममा चर्को घाम, पसिना र धुलोका कारण छाला सुख्खा हुने, डन्डिफोर आउने र समयभन्दा अगावै चाउरी पर्ने जस्ता समस्याहरू देखिन्छन्। यस्तो अवस्थामा छालालाई स्वस्थ, चम्किलो र सुरक्षित राख्न बाह्य स्याहारका साथै खानपानमा विशेष ध्यान दिनु आवश्यक हुन्छ।
बिहीबार, वैशाख १०, २०८३
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकमाथि भएको दुर्व्यवहारप्रति नेपाल चिकित्सक संघको आपत्ति
स्वास्थ्य क्षेत्र जस्तो संवेदनशील क्षेत्रमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि बिना कारण तथ्यहीन आरोप लगाएर समाजमा भ्रम सिर्जना गर्ने कार्यको संघले कडा शब्दमा भर्त्सना गरेको छ। यस्ता अराजक गतिविधिले आम नागरिक र स्वास्थ्यकर्मीबीचको दूरी बढ्ने र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा समेत नकारात्मक असर पुग्ने विज्ञप्तिमा उल्लेख छ।
बिहीबार, वैशाख १०, २०८३
ओपीडी सेवा नखुम्च्याउन सरकारलाई पूर्व स्वास्थ्य मन्त्री पौडेलको आग्रह
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले केही समययता सार्वजनिक बिदाको समयमा सरकारी अस्पतालमा ओपीडी सेवा नपाउँदा बिरामीको बिजोग हुन थालेकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।
बिहीबार, वैशाख १०, २०८३
स्वास्थ्य मन्त्रीको प्रमुख विज्ञ सल्लाहकारमा प्रा.डा. मनोहर प्रधान
स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताको प्रमुख विज्ञ सल्लाहकारमा प्रा.डा. मनोहर प्रधानले जिम्मेवारी पाउने भएका छन्। चिकित्सा र प्राध्यापन क्षेत्रमा लामो अनुभव सँगालेका डा. प्रधानलाई मन्त्रालयको अवैतनिक विज्ञ सल्लाहकारको रूपमा नियुक्तिको पत्र दिन लागिएको छ।
बिहीबार, वैशाख १०, २०८३
स्वास्थ्य बीमा प्रणाली जोगाउने सूत्र : सूर्तिजन्य पदार्थ नियन्त्रण र करवृद्धि
डा. बम र डा चन्दले स्वास्थ्य, जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहता, संघीय संसदको स्वास्थ्य शिक्षा, सूचना तथा खेलकुद समितिकी संयोजक डा. ओजस्वी शेरचन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका अध्यक्ष रहबर अन्सारी तथा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनीता डंगोलसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।
बिहीबार, वैशाख १०, २०८३
डा. सुमन श्रेष्ठको नेतृत्वमा हेड एण्ड नेक क्यान्सरको सिएमई, उठ्यो साइक्लोट्रोन र क्यान्सर नीति सुधारको बहस
उनका अनुसार, आफू मन्त्री रहेका समयमा सचिवालयमार्फत “आणविक आविष्कार केन्द्र” भन्ने अवधारणाबारे पहिलो पटक जानकारी पाएको क्षण अझै स्मरणमा ताजा छ। त्यसबेला उनले तत्कालै सम्बन्धित विज्ञसँग भेट गर्न चाहेका थिए।
बुधबार, वैशाख ९, २०८३
वीर अस्पतालमा ल्याब परीक्षणका लागि स्वचालित रिपोर्ट मुद्रण प्रणाली सञ्चालनमा, लाइन बस्नुपर्ने बाध्यता हट्यो
‘ल्याब परीक्षणपछि रिपोर्ट लिनका लागि लामो लाइन बस्नुपर्ने बाध्यता थियो,’ निर्देशक डा. शर्माले भने, ‘त्यसलाई सहज बनाउन तथा भीड व्यवस्थापन गर्न गत हप्तादेखि स्वचालित रिपोर्ट मुद्रण प्रणाली लागू गरिएको हो।’
बुधबार, वैशाख ९, २०८३
स्वास्थ्यमा ९७४ पुल दरबन्दी थप गर्ने गृहकार्य
सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत रहने गरी विभिन्न विधामा ९७४ वटा 'पुल दरबन्दी' थप गर्ने प्रक्रिया अगाडि बढाएको छ। विशेषज्ञ चिकित्सक, मेडिकल अधिकृत, नर्स तथा अन्य स्वास्थ्यकर्मीलाई समेट्ने गरी संघीय मन्त्रालय मातहत रहने यी दरबन्दीका विषयमा अहिले स्वास्थ्य र अर्थ मन्त्रालयबीच सघन छलफल भइरहेको छ।
बुधबार, वैशाख ९, २०८३
बुटवलमा गर्भपतनका क्रममा महिलाको मृत्युकाे विषयमा छानबिनका लागि डा पराजुलीको नेतृत्वमा समिति गठन
बुधबार, वैशाख ९, २०८३
बुटवल घटना: मेडिकल काउन्सिलले विशेषज्ञ टोलीमार्फत छानबिन गर्ने
बुटवलमा गर्भपतनका क्रममा २९ वर्षीया गीता पाण्डेको मृत्यु भएको घटनालाई नेपाल मेडिकल काउन्सिलले गम्भीरतापूर्वक लिँदै उच्चस्तरीय छानबिन प्रक्रिया अगाडि बढाएको छ। उपचारमा संलग्न चिकित्सक र स्वास्थ्य संस्थाको लापरबाही औँल्याउँदै काउन्सिलमा टेलिफोनबाट जानकारी र सञ्चारमाध्यममा समाचार आएपछि छानबिन प्रक्रिया सुरु भएको हो।
बुधबार, वैशाख ९, २०८३
गर्भपतनका क्रममा महिलाको मृ त्यु प्रकरण: दुई चिकित्सक सुरक्षा खोज्दै प्रहरीकोमा
गर्भपतनका क्रममा पाल्पाकी २९ वर्षीया गीता पाण्डेको ज्यान गएको घटना जोडिएका उनीहरु असुरक्षित महसुस भएपछि आफैं प्रहरीको शरणमा पुगेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी निशान्त श्रीवास्तवले स्वास्थ्यखबरलाई बताए ।
बुधबार, वैशाख ९, २०८३
चितवनमा जापानीज इन्सेफलाइटिस विरुद्ध खोप अभियान
बुधबार, वैशाख ९, २०८३
अदालतको आदेशपछि डा. सिंह सह-प्राध्यापकमा प्रमाणीकरण: ११ महिना अघिकै मिति कायम
अदालतले डा. सिंहले प्राप्त गरेको अंक सह-प्राध्यापक पदका लागि पर्याप्त रहेको भन्दै आईओएमको पुरानो नतिजा बदर गरिदिएको थियो। सोही आदेशको पालना गर्दै आईओएम डीन कार्यालयले गत वैशाख ७ गते सूचना जारी गरी डा. सिंहलाई ११ महिना अगाडिकै मिति (२०८२ जेठ ११) बाट लागू हुने गरी सह-प्राध्यापक पदमा प्रमाणीकरण गरेको जानकारी दिएको छ।
बुधबार, वैशाख ९, २०८३
डाक्टर भगवान नेतृत्वको काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ युकेमा च्यारिटी
के–पाल्स यूकेकी ट्रष्टी तथा एनआरएनए आइसीसीकी सचिव प्रसुना कँडेलले कार्यक्रम सञ्चालन गरेकी थिइन्। नेपालमा सस्तो र सहज बाल स्वास्थ्य सेवा प्रवाहमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई सहयोग गर्ने लक्ष्यसहित के–पाल्स यूके स्थापना गरिएको उनले बताइन्।
बुधबार, वैशाख ९, २०८३
गहिरो निद्रा कसरी पाउने?
निद्राले थकाइ घटाउने, मनलाई शान्त बनाउने, शरीरलाई पुनर्ताजगी प्रदान गर्ने र रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउने काम गर्छ । साथै मानसिक कार्यक्षमता, जस्तै: स्मरण शक्ति, एकाग्रता, ध्यान र रचनात्मकतालाई बढावा दिन पनि निद्राको जरुरी हुन्छ ।
बुधबार, वैशाख ९, २०८३
सिंहदरबार वैद्यखानाद्वारा १०३ थरीका औषधि उत्पादन, जीएमपी मापदण्डमा उत्पादन गर्ने तयारी
वैद्यखानाबाट उत्पादन हुने आयुर्वेदिक औषधिलाई विश्व स्वास्थ्य संगठनको ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’ (जीएमपी) मापदण्डमा लैजाने तयारी गरिएको निर्देशक डा. केसीले बताए। यस वर्षदेखि शिलाजीत, मिमिया लगायतका औषधिलाई जीएमपी मापदण्डअनुसार उत्पादन गर्ने तयारी रहेको उनले जानकारी दिए। चूर्ण र ट्याब्लेटलाई पनि जीएमपी मापदण्डमा उत्पादन गर्ने तयारी भइरहेको उनले बताए।
मंगलबार, वैशाख ८, २०८३
केएमसी दुवाकोटमा मुटुको पहिलो सफल उपचार
पेट र मुटु दुख्ने समस्याले पिरोलिएका माकजूलाई उपचारका लागि अस्पताल ल्याइएको थियो। अस्पतालको अत्याधुनिक प्रविधिका साथ विशेषज्ञ टोली उनको उपचारमा तल्लीन भयो। मुटुरोग विशेषज्ञद्वय डा. सहदेव ढुंगाना र डा. पविन्द्र तामाङको टोलीले माकजूको मुटुको गहिरो परीक्षण गर्दै अस्पतालको अत्याधुनिक क्याथ ल्याबमा पहिलो पटक सफलतापूर्वक 'डाइग्नोस्टिक एन्जियोग्राम' सम्पन्न गर्यो।
मंगलबार, वैशाख ८, २०८३
टोखा चण्डेश्वरी अस्पतालमा कर्मचारी अभाव, भएका कर्मचारीले पनि ५ महिनादेखि तलब पाएनन्
अस्पतालका कर्मचारीहरूले कार्यालय प्रमुखलाई सम्बोधन गर्दै लेखेको पत्रमा अन्य विभागबाट तत्काल दुई जना कर्मचारी खटाई आकस्मिक सेवा निरन्तर सञ्चालनका लागि सहयोग गर्न अनुरोध गरेका छन्। आवश्यक जनशक्ति नपुगेमा आकस्मिक विभाग बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मात्र सञ्चालन गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिइएको छ।
मंगलबार, वैशाख ८, २०८३
नेपाली औषधि उद्योग: अर्थतन्त्रको बलियो खम्बा र सम्भावनाका पाटाहरू
नेपालमा हाल प्याकिङ उद्योगहरू खुल्न थाले पनि कच्चा पदार्थ (एपिआई) उत्पादन गर्ने उद्योगहरू आउन सकेका छैनन्। यदि सरकारले कन्ट्रयाक्ट म्यानुफ्याक्चरिङ र उपयुक्त औद्योगिक वातावरण सुनिश्चित गरिदिने हो भने भविष्यमा कच्चा पदार्थकै उद्योगहरू पनि स्थापना हुन सक्छन्। यसले नयाँ बजार र ठूलो मात्रामा रोजगारी सिर्जना गर्दै नेपाललाई औषधिमा आत्मनिर्भर मात्र बनाउने छैन, बरु वैदेशिक मुद्रा आर्जन गर्ने एक प्रमुख स्रोतका रूपमा स्थापित गर्नेछ।
मंगलबार, वैशाख ८, २०८३
अबिच्युअरी: नेपाली चिकित्साका लागि अविस्मरणीय डा दिनेशको देन
सबभन्दा ठूलो चुनौती एनेस्थेसियामा थियो । डा. भवानीभक्तसिंह प्रधान नामका एक्ला एनेस्थेसिस्ट थिए । उनी एकेडेमिकभन्दा पनि अनुभवी थिए । डा. दिनेश हप्तामा दुईपटक जनरल सर्जरी गर्थे । बिरामीको चाप भए पनि प्रशासनले हप्ताको एकपटक बनाइदियो । बिहान ८ बजेबाट सुरु भएको अपरेसन भोलिपल्ट बिहान २, ३ बजेसम्म चल्थ्यो । यस्तो बेलामा भवानीभक्तले निकै सहयोग गरेको स्मरण गर्छन् उनी । वीर अस्पतालको नयाँ भवन बनेपछि उनैको पहलमा हेड इन्जुरी वार्ड र न्युरोसर्जरी वार्ड सुरु भएको हो । न्युरोसर्जरी वार्डको उद्घाटन तत्कालीन प्रधानमन्त्री मरिचमान सिंहले गरेका थिए । त्यसपछि माथिल्लो तलामा न्युरोसर्जरी विङ नै खडा गरे । फोक्सो, मुटु र हाडजोर्नीको पनि अपरेसन गरे ।
मंगलबार, वैशाख ८, २०८३
स्वास्थ्य प्रणालीको यथार्थ: पहुँच बढ्यो, तर विश्वास किन घट्दैछ?
यसैबीच, नेपालमा स्वास्थ्य सेवामा व्यक्तिगत खर्च अझै उच्च रहेको छ, जुन राष्ट्रिय स्वास्थ्य लेखा अनुसार कुल स्वास्थ्य खर्चको ठूलो हिस्सा हो। बिरामी हुनु आफैंमा आर्थिक जोखिम बन्ने अवस्था विद्यमान छ, जहाँ औषधि, रोग पहिचान परीक्षण, यातायात र बसोबास लागत जोडिँदा धेरै परिवार ऋण लिन वा सम्पत्ति बेच्न बाध्य हुन्छन्। दीर्घरोग भएका बिरामीहरूका लागि नियमित औषधि र परीक्षणको खर्चले दीर्घकालीन आर्थिक दबाब सिर्जना गर्छ, जसले स्वास्थ्य–गरिबीको दुष्चक्रलाई थप गहिरो बनाउँछ।
मंगलबार, वैशाख ८, २०८३
नेपालमा न्युरोसर्जरीको सुरुवात गर्ने डा दिनेशनाथ गोंगलको निधन
नेपालमा न्युरोसर्जरी सेवाको सुरुवात गर्ने श्रेय पाएका वरिष्ठ चिकित्सक डा दिनेशनाथ गोंगलको ९२ वर्षको उमेरमा निधन भएको छ। उनको आफ्नै घरमा मंगलबार बिहान निधन भएको उनीसँग निकट रहेका न्युरोलोजिस्ट डा प्रकाश विष्टले जानकारी दिए।
मंगलबार, वैशाख ८, २०८३
आईभिएफ प्रक्रियामा पीजीटी: कस्ता व्यक्तिलाई आवश्यक पर्छ?
विशेषगरी, ३५ वर्ष भन्दा बढी उमेरका महिलालाई पीजीटी गर्न सुझाव दिइन्छ। यो उमेरमा गर्भधारण गर्दा र बच्चा जन्माउदा शिशूमा डाउनसिन्ड्रोम जस्ता अनुवंशिक समस्या आउनसक्छ। यस्तै परिवारमा कोही व्यक्तिमा थालेसेमियाको समस्या छ, परिवारभित्र नै सुत्केरी अवस्थामा मृत्यु भएको मेडिकल हिस्ट्री छ भने उनीहरुका लागि आईभिएफ प्रक्रियामा पीजीटी गराउनुपर्ने हुन्छ।
मंगलबार, वैशाख ८, २०८३
दीपकराज गिरीको रोचक अनुभव: मदनकृष्णको अनौठो सुझावले छुट्यो सूर्ती
सोमबार, वैशाख ७, २०८३
हामी अझै स्वास्थ्यका संरचना गन्ने हो, कि जीवन बचाउने प्रणाली बनाउने?
स्वास्थ्य सेवा कुनै विलासिता होइन, यो आधारभूत अधिकार हो। र अधिकार कहिल्यै “पछि” राखिने विषय हुँदैन। बाजुराको त्यो बसाइँले मलाई एउटा कुरा सिकायो, समस्या देख्नु सजिलो छ, महसुस गर्नु गाह्रो। तर जब महसुस हुन्छ, तब चुप लाग्न सकिँदैन। अब प्रश्न तपाईं, हामी र सबैसँग छ- हामी अझै संरचना गन्ने हो, कि जीवन बचाउने प्रणाली बनाउने?
सोमबार, वैशाख ७, २०८३
Previous
30
31
32
33
34
Next
सर्च गर्नुहोस्
×
Search