मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, असार १६, २०८३
Tue, Jun 30, 2026
मंगलबार, असार १६, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
सीटीईभीटीले बढायो पीसीएल नर्सिङ, एचए र फार्मेसी असिस्टेन्टको शुल्क (के पढ्न कति?)
सीटीईभीटीले नयाँ शुल्कका विषयमा जानकारी दिन शुक्रबार सूचना प्रकाशित गरेको छ। सूचना अनुसार सीटीईभीटीले नर्सिङ तर्फ एक लाख ४९ हजार २३० रुपैँया, एचए तर्फ १ लाख १९ हजार रुपैयाँ र फार्मेसी तर्फ साढे ८६ हजार रुपैयाँ बढाएको छ।
शनिबार, असार ३०, २०८०
सहमतिपछि राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा सञ्चालन
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ११ वर्षीय बालकको मृत्युको घटनालाई लिएर बिरामीका आफन्तले ठप्प पारेको सेवा आजदेखि पुनः सञ्चालन भएको छ। अस्पताल प्रशासन र पीडित पक्षबीच सहमति भएपछि सेवा पुनः सञ्चालन गरिएको हो।
शनिबार, असार ३०, २०८०
बैतडीमा ५० प्रतिशत बढी खानेपानीका मुहानमा ‘कोलिफर्म’
बैतडीमा ५० प्रतिशत बढी खानेपानीका मुहानमा कोलिफर्म भेटिएको छ। यहाँका मुहान, संकलन गर्ने ट्यांकी र धाराहरुमा पानी परीक्षण गर्दा दिसामा हुने किटाणु कोलिफोम देखिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ।
शनिबार, असार ३०, २०८०
समलिंगी विवाहमा दुई अदालतको दुई आदेश: सर्वोच्च भन्छ- विवाह दर्ता गर्नु, दर्ता गर्न मिल्दैन- जिल्ला अदालत
पुरुष वा महिलाले विवाह दर्ता गर्न चाहेमा निवेदन दिन सक्ने कानुनी व्यवस्था रहेको तर फरक लिंगको नदेखिएको भन्दै विवाह दर्ता गराउन नमिल्ने आदेश गरेको हो।
शनिबार, असार ३०, २०८०
डाक्टरहरुले किन सेतो कोट लगाउँछन्?
यो कोट पाउन जति गाह्रो छ, यसको गरिमा जोगाउन अझ बढी मुस्किल। किनभने चिकित्सकले सेतो कोट पहिरिनुको वास्तविक अर्थ हुन्छ- सेतो रङजस्तै उसका प्रत्येक कर्म स्वच्छ, निर्मल, निष्कलंक र पवित्र होऊन्। कुनै पनि डाक्टरले जब यो कोट लगाउँछ तब उसको छाती गर्वले चौडा हुनुपर्छ।
शनिबार, असार ३०, २०८०
स्वास्थ्य सेवा निर्देशनालयसहित जिल्ला संरचना कायम राख्न माग
जनस्वास्थ्य सेवालाई विस्तार गर्ने भन्दा खुम्च्याउनु कार्यले नागरिकलाई नै प्रभाव पार्ने र स्वास्थ्य क्षेत्रको सुदृढ हुन नसक्ने प्रतिक्रिया दिए। जनस्वास्थ्यसँग सरोकार राख्ने सबै सङ्घ/सङ्गठनले सरकारलाई स्वास्थ्य सेवाका संरचना कायम राख्न ध्यानाकर्षण गराएका छन्।
शनिबार, असार ३०, २०८०
यौन स्वास्थ्य प्रश्नोत्तर–२: के लिंग फ्रयाक्चर हुन सक्छ? स्खलनपछि शरीर कमजोर हुन्छ?
पेनाइल फ्रयाक्चरको एकमात्र समाधान अपरेशन हो। यौन चिकित्सकका अनुसार अपरेशन पछि पुरुष फेरि सेक्स गर्न सक्षम हुन्छ। यदि समयमै औषधि गरिएन भने पछि यसले गम्भीर रुप पनि लिन सक्छ।
शनिबार, असार ३०, २०८०
म्याद सकिएपछि पनि एमबीबीएसमा आफूखुसी विद्यार्थी भर्ना गर्दै कलेज, आयोग भन्छ: कारबाही गर्छौं
आयोगले अन्तिम म्याचिङको नतिजाअनुसार असार २० गते नै भर्नासम्बन्धी काम सकिसकेको छ। तर म्याचिङको नतिजा अनुसार छनोट भएका विद्यार्थी भर्ना भइसकेपछि पनि केही कलेजहरुले नियमविपरित आफूखुसी विद्यार्थी भर्ना गरेको खुल्न आएको छ।
शनिबार, असार ३०, २०८०
डाक्टर वाइपी सिंहको 'क्यान्सर के, किन र कसरी?' पुस्तक लोकार्पण
वरिष्ठ क्यान्सर रोग विशेषज्ञ प्राडा योगेन्द्र प्रसाद सिंहद्वारा लिखित पुस्तक क्यान्सर के, किन र कसरी?' लोकार्पण भएको छ। राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले पुस्तकको लोकार्पण गरेका हुन्।
शुक्रबार, असार २९, २०८०
आत्महत्या दुरुत्साहन आरोपमा मनमोहन कार्डियोका प्रशासन अधिकृतसहित ४ जना पक्राउ
आत्महत्या दुरुत्साहनको कसुरमा किटानी जाहेरी परेपछि प्रशासन प्रमुख भोजकुमार बस्नेत, फार्मेसी इञ्चार्ज जुना स्थापित, फार्सेसी सहायक विष्णु पौडेल र कृष्ण पन्त पक्राउ परेका हुन्। पक्राउ परेका चारै जनालाई प्रहरी वृत्त महाराजगञ्जमा राखिएको प्रहरीले बताएको छ।
शुक्रबार, असार २९, २०८०
बालक मृत्यु घटनाः राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आकस्मिकसहितका सबै सेवा ठप्प
११ वर्षीय बालकलाई छारे रोगको लक्षणसहित बुधबार आकस्मिक कक्षमा ल्याइएको थियो। अस्पतालका प्रबन्ध निर्देशक डा रमेश कँडेल अनुसार बालकलाई आकस्मिक उपचारपछि पिआइसियुमा राखिएको थियो। बालकमा देखिएको छारे रोगको कारण पत्ता लगाउन बिहीबार एमआरआई गराउन लगिएको थियो।
शुक्रबार, असार २९, २०८०
औषधि हिनामिनामा भएको थियो छानबिन, सुसाइड नोटमा लेखे- मलाई फसाएर उम्कन खोज्नेको जय होस्
शुक्रबार बिहानै झुण्डिएको अवस्थामा पोखरेल मृत भेटिएका थिए। त्यसपछि घटनास्थल पुगेको प्रहरीले प्रक्रिया पुर्याएर शव उठाउन खोज्दा छानबिनको माग उठेपछि शव उठ्न नसकेको हो। मृत पोखरेलकी श्रीमती नर्स हुन्। उनी पनि सोही अस्पतालमा काम गर्छिन्।
शुक्रबार, असार २९, २०८०
सुर्तीजन्य पदार्थको कर ८० प्रतिशत क्यान्सर अस्पतालमा खर्च गर्नुपर्छः सांसद दाहाल
शुक्रबार राष्ट्रिय सभा बैठकमा आर्थिक विधेयक, २०८० माथि सुझाव राख्दै दाहालले सुर्तीजन्य पदार्थमा कर बढाउनुपर्ने बताए। उनले सुर्तीजन्य पदार्थबाट प्राप्त भएको करको ८० प्रतिशत रकम क्यान्सर अस्पताल वा स्वास्थ्य सेवामा खर्च गर्नुपर्ने बताए।
शुक्रबार, असार २९, २०८०
प्रदेश अस्पताल सुर्खेतमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण
देशको सातै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने नेपाल सरकारको नीति तथा कार्यक्रम अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्राविधिक सहयोगमा प्रदेश अस्पताल सुर्खेतमा दोस्रो मिर्गौला प्रत्यारोपण भएको छ।
शुक्रबार, असार २९, २०८०
मेचीनगरका एक सय ५९ ले पाए उपचार सुविधा
मेचीनगर नगरपालिकाका गम्भीर प्रकृतिको रोगका एक सय ५९ बिरामीले चालु आर्थिक वर्षमा एक लाखका दरले उपचार सुविधा पाएका छन्।
शुक्रबार, असार २९, २०८०
सुरु हुने भयो रामनाथ मुखियाको उपचार
करिब तीन बिघा जमिन र लाखौँ ऋण काडेर उपचार गर्दा पनि छोरालाई सञ्चो नभएपछि तनावमा रहनुभएका ७० वर्षीय बुबा उत्तिममानको आग्रहपछि इन्डो–नेपाल इन्डो फोरमले मुखियाको उपचारका लागि पहल गरेको हो।
शुक्रबार, असार २९, २०८०
इच्छाकामना गाउँपालिकाद्वारा मायाटारमा स्वास्थ्य केन्द्र स्थापना
बिहिबार एक कार्यक्रमको आयोजना गरि गाउँपालिकाका अध्यक्ष दान बहादुर गुरुङले स्वास्थ्य केन्द्रको नवनिर्मित भवन समुद्घाटन गर्दै सेवा सुभारम्भ गरिएको छ। स्वास्थ्य केन्द्रको शुभारम्भमा एक वृद्धाको स्वास्थ्य जाँच गरिएको थियो।
शुक्रबार, असार २९, २०८०
अजयमेरूमा वडाबाटै स्वास्थ्य बीमा निःशुल्क
डडेल्धुरा अजयमेरू गाउँपालिका–१ ले स्वास्थ्य बीमा निशुल्क गर्ने भएको छ। जिल्लाको अजयमेरु गाउँपालिका –१ ले वडाका अति विपन्न तथा गरिव नागरिकको निशुल्क स्वास्थ्य बिमा गरिदिने भएको छ। स्वास्थ्य बीमा निःशुल्क गराउने यो जिल्लामै पहिलो वडा हो।
शुक्रबार, असार २९, २०८०
प्रश्नपत्र आउट प्रकरणः प्रहरी अनुसन्धानपछि मात्रै नर्सिङ लाइसेन्स परीक्षाका विषयमा निर्णय हुने
गत शनिबार लिइएको लाइसेन्स परीक्षामा सिद्धार्थ बनस्थली स्कुलमा रहेको परीक्षा केन्द्रबाट प्रश्नपत्र आउट भएपछि सो विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
शुक्रबार, असार २९, २०८०
डेंगुविरुद्धको अभियान सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको पुनः आग्रह
मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारी दैनिकजसो पानी परेसँगै डेंगुको सङ्क्रमण बढ्न थालेपछि सबै कर्मचारीलाई आफ्नो कार्यालय वरिपरि डेंगु विरुद्धको सरसफाइ अभियानमा सहभागी हुन आग्रह गरिएको जानकारी दिए।
शुक्रबार, असार २९, २०८०
लामखुट्टेको लार्भा ‘खोज र नष्ट गर’ अभियानमा जुट्यो काठमाडौं महानगर
डेंगु रोग नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाले ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गर्ने भएको छ। नियमितरूपमा पानी परेसँगै लामखुट्टेको टोकाइबाट हुने डेंगु रोग फैलिन सक्ने भन्दै महानगरपालिकाले लार्भा खोज र नष्ट गर अभियान यसै सातादेखि सञ्चालन गर्न लागेको जनाएको छ।
शुक्रबार, असार २९, २०८०
महाराजगञ्जको मनमोहन कार्डियोथोरासिकमा फार्मेसी अधिकृत मृत भेटिए
महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एक फार्मेसी अधिकृत मृत भेटिएका छन् ।
शुक्रबार, असार २९, २०८०
कपाल झर्ने समस्यामा जलौका चिकित्सा पद्धतिको भूमिका
विशेषगरी पित्तज रोगसँग सम्बन्धित समस्याहरुमा जलौकाको प्रयोग गर्नुपर्ने बताईएको छ। आयुर्वेद अनुसार कपाल झर्ने समस्याको मुख्य कारण पित्त दोषको प्रकोपलाई मानिएको छ। अधिक पिरो अमिलो नुनिलो उष्ण आहार चिन्ता शोक आदि पित्त दोष प्रकोप गराऊने आहार बिहारहरु हुन्।
शुक्रबार, असार २९, २०८०
कुन अवस्थामा डेंगुले ज्यान लिन सक्छ?
मलेरिया, डेंगु, चिकेनगोनिया बालबालिकामा पनि देखिने गरेको छ। आज भोलि ज्वरोका साथ आउने धेरै जसो बालबालिकामा डेंगु जाँच गर्दा पोजेटीभ देखिन्छ।
शुक्रबार, असार २९, २०८०
कुलदेवतालाई धन्यवाद!
साच्ची मेरो हजुरबुवाले कसैलाई झारफुक गर्दा, देउता धेरै रिसाएका छन्, अस्पताल लानुपर्छ भन्नुभएन होला है। अहिले पनि गाउँ शहरमा भएका हरेक धामी, झाक्री, माताहरुलाई थर्मोमिटर चलाउन सिकाएर देउता धेरै रिसाए अस्पताल लानुपर्छ भनेर भन्दिन लगाउँदा कस्तो होला
शुक्रबार, असार २९, २०८०
औषधि व्यवस्था विभागगले तयार पार्यो औषधि बिक्रि-वितरण संहिता, १५ दिनभित्र सुझाव दिन सकिने [संहिताको पूर्णपाठसहित]
औषधिको बिक्रि वितरण कुशल रुपमा गरी उच्चतम प्रभावकारिता, जनसुरक्षितता एवं गुणस्तरीयता कायम गर्दै जनस्वास्थ्यमा टेवा पुर्याउने अभिप्रायले औषधि बिक्रि वितरण संहिता, २०८० ल्याउन लागिएको विभागले जनाएको छ।
बिहीबार, असार २८, २०८०
क्लिनिक वान र राष्ट्रिय बहिरा तथा सुस्त श्रवण संघबीच उपचारमा छुटसम्बन्धी सम्झौता
क्लिनिक वानमा दोभाषे व्यवस्था गरी क्लिनिकलाई श्रवणशक्ति नभएका, गुमाएका र सुस्त श्रवणशक्ति भएकाहरुलाई बहिरामैत्री बनाउने सम्बन्धी बिहीबार सम्झौता भएको हो।
बिहीबार, असार २८, २०८०
कालीकोटमा सञ्चालित सरुवा रोग अस्पताल बजेट अभावका कारण बन्द हुने अवस्थामा
प्रदेश सरकारले आगामी आवका लागि बजेट बिनियोजन नगर्दा अस्पताल बन्द हुने अवस्थामा आएको जिल्ला स्वास्थ्य सेवा कार्यालय कालीकोटले जनाएको छ।
बिहीबार, असार २८, २०८०
अङ्गदानमा पनि लैङ्गिक विभेद्: दान गर्ने महिला, लिने पुरुष
श्रीमानका लागि श्रीमती र श्रीमतीका लागि श्रीमान् वा बुबाआमाका लागि छोराछोरी र छोराछोरीका लागि बुबाआमा। यस्तो अवस्थामा घरका पुरुषहरु वा महिलाहरुमध्ये को पहिला अङ्गदानका लागि तयार हुन्छन् होला रु सामान्य अवस्थामा हेर्दा पुरुष र महिला भन्नै पर्दैन, सबैका लागि सबै तयार हुन्छन् भन्ने लाग्छ। तर तथ्याङ्कले त्यस्तो भन्दैन। अङ्गदानमा पनि व्यापक लैङ्गिक विभेद् देखिने गरेको छ।
बिहीबार, असार २८, २०८०
सुर्तीजन्य पदार्थबाट उठ्ने करको रकम स्वास्थ्य मन्त्रालयले प्राप्त गर्नुपर्छ: मन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सुर्तीजन्य पदार्थमा लाग्ने करबापत प्राप्त हुने सबै रकम स्वास्थ्य मन्त्रालयले प्राप्त गर्नुपर्ने बताएका छन्।
बिहीबार, असार २८, २०८०
Previous
345
346
347
348
349
Next
सर्च गर्नुहोस्
×
Search