मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज १४, २०८३
Thu, Oct 01, 2026
बुधबार, असोज १४, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
औषधिमा आत्मनिर्भर हुन निजी क्षेत्रलाई प्रोत्साहन गर्ने सरकारको नीति
सरकारले नेपाललाई औषधिमा आत्मनिर्भर हुने नीति लिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसदको संयुक्त बैठकमा सरकारो आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन्।
मंगलबार, जेठ १, २०८१
राष्ट्रपति पौडेलद्वारा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत [लाइभ]
सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक हुँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।
मंगलबार, जेठ १, २०८१
डा थपलिया कोशी र डा उपाध्याय लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको सचिव
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत रहेका राधिका थपलिया र वासुदेव उपाध्यायलाई प्रदेश सचिवको जिम्मेवारी दिइएको छ। सामान्य प्रशासन तथा संघीय मामिला मन्त्रालयले उनीहरुलाई उक्त जिम्मेवारीका लागि त्यहाँ पठाएको हो। लुम्बिनी प्रदेशका सचिव ८ जनार्दन पन्थी भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय फिर्ता भएका छन्। कोशी प्रदेश सचिव रहेकी डा सुधा देवकोटा पनि फिर्ता भएकी छिन्।
मंगलबार, जेठ १, २०८१
आइरनको फोक्सो: आधुनिक चिकित्सामा पलायन भएको पद्धति
वर्षको उमेरमा उनले ग्र्याजुएसन गरे, वकिल बने, ३० वर्षसम्म वकालत गरे। आफ्नो अनुभव समेटेको किताब लेखे र टिकटक स्टार बने। उनि मायामा परे। शारीरिक अस्वस्थताले गर्दा उनको प्रेम जीवन सफल हुन सकेन तर पनि उनले आफ्नो जीवन पूर्ण रुपले रमाए।
मंगलबार, जेठ १, २०८१
एक सय दुई वर्षीय वृद्धसहित एक सय ४३ जनाको शल्यक्रिया
गत वैशाख २९–३१ गतेसम्म सञ्चालन भएको शिविरमा दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माका सहरमान विश्वकर्मासहित एक सय ४३ जनाको मोतियाविन्दुको शल्यक्रिया र ३६ जनाको शल्यक्रिया गरिएको हो । चार वर्षदेखि पूर्ण रूपमा देख्न छाड्नुभएका विश्वकर्माले शल्यक्रियापछि पुनः दृष्टि प्राप्त गरेको राससलाई बताए।
मंगलबार, जेठ १, २०८१
प्रसूति गृहमा आजदेखि इको कार्डियोग्राफी सेवा सञ्चालनमा
यसअघि उक्त सेवा लिनका लागि गंगालाल अस्पताल तथा अन्य निजी अस्पतालमा जानुपर्ने अवस्था भएकोमा आगामी दिनमा उक्त अवस्थाको अन्त्य भएको छ डा अधिकारीले बताए । आजदेखि बेलुका ५ बजेपछि इको कार्डियोग्राफी हुने छ भने यसको लागि टिकट भने ३ बजे खुल्नेछ डा अधिकारीले बताए ।
मंगलबार, जेठ १, २०८१
प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको २३ लाखको रगत छुट्याउने उपकरण
रेडक्रस जिल्ला शाखाका सभापति जगन्नाथ आचार्यले मुख्य उपकरण आए पनि त्यसलाई सञ्चालन गर्न चाहिने सहयोगी उपकरण मन्त्रालयले नदिएको जानकारी दिए। 'थप उपकरण किन्न हामीसँग आर्थिक अभाव छ, उपकरण चलाउन प्राविधिक जनशक्ति पनि छैन”, उनले भने, 'अपुग रहेको उपकरण पटकपटक माग गर्दा पनि मन्त्रालयबाट कुनै सुनुवाइ हुन सकेको छैन।'
मंगलबार, जेठ १, २०८१
संघीय सरकारको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक हुँदै
सरकारको वार्षिक बजेट अघि सङ्घीय संसद्को दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास छ। सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, ९५ बमोजिम आज ३ बजे राष्ट्रपति पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयक्त बैठकलाई सम्बोधन गर्नुहुँदै नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्
मंगलबार, जेठ १, २०८१
स्वास्थ्य प्रदीप यादवको पहिलो निर्णय- वीर, ट्रमा लगायत १९ अस्पतालको जनशक्ति थप गर्ने
स्वास्थ्य मन्त्रीका रुपमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिए लगत्तै पदभारका लागि स्वास्थ्य मन्त्रालयमा पुगेका मन्त्री यादवले मन्त्रालयका तर्फबाट तयार पारिएको फाइलमा हस्ताक्षर गर्दै उक्त निर्णय गरेका हुन्।
सोमबार, वैशाख ३१, २०८१
स्वास्थ्य मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा प्रदीप यादव नियुक्त भएका छन्। जनता समाजवादी पार्टीका सचिव यादवलाई प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य मन्त्रीमा नियुक्त गरेका हुन्।
सोमबार, वैशाख ३१, २०८१
मन्त्रीको स्वागतका लागि स्वास्थ्य मन्त्रालयमा कर्मचारीहरु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सोमबार नयाँ मन्त्री पाउँदैछ। जनता समाजवादी पार्टीका तर्फबाट प्रदीप यादव मन्त्रीका रुपमा मन्त्रालयमा आउँदैछन्। मन्त्रीको स्वागतका लागि मन्त्रालय र मातहतका निकायमा कर्मचारीहरु मन्त्रालयमा लामबद्ध भएर बसेका छन्।
सोमबार, वैशाख ३१, २०८१
शपथका लागि राष्ट्रपति कार्यालय पुगे प्रदीप यादव
शपथका लागि ६ बजे बोलाइएको भन्दै उनी त्यही अनुसार शीतल निवास पुगेका हुन्। '६ बजेका लागि बोलाएकाले आएको छु। अब केहीबेरमा शपथ हुन्छ,' उनले भने।
सोमबार, वैशाख ३१, २०८१
गगन थापाको अगुवाईमा सुरु भएको स्वास्थ्य केन्द्रमा बीमा कार्यक्रम सुरु
काठमाडौं महानगरपालिका वडा ३० मा सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालनको दोस्रो वार्षिकोत्सवको अवसरमा थापा स्वास्थ्य मन्त्री हुँदा संसदमा पुगेको बीमा ऐन अनुसारकै बीमा कार्यक्रम पनि शनिबारदेखि शुभारम्भ भएको हो। थापाले सहरी स्वास्थ्य केन्द्रमा बीमा कार्यक्रमको औपचारिक रुपमा शुभारम्भ गरेका हुन्।
सोमबार, वैशाख ३१, २०८१
मिस नेपाल पिसमा सहभागी नर्सले गरे रक्तदान
'मिस नेपाल पिस २०२४' को प्रतिस्पर्धामा रहेका नर्सहरुले रक्तदान गरेका छन्। अन्तर्राष्ट्रिय नर्सिङ दिवसका अवसरमा आयोजित रक्तदान कार्यक्रममा नर्ससहित ९० जनाले रक्तदान गरेका हुन्।
सोमबार, वैशाख ३१, २०८१
स्वास्थ्य मन्त्रीमा प्रदीप यादव पठाउने जसपाको प्रस्ताव
पार्टीले पार्टी सचिव प्रदीप यादवलाई स्वास्थ्य मन्त्रीका रुपमा प्रस्ताव गरिएको एक नेताले जानकारी दिए। ती नेताका अनुसार स्वास्थ्य राज्यमन्त्रीमा हसिना खानलाई पठाउन लागिएको छ।
सोमबार, वैशाख ३१, २०८१
झापामा आठ लाखलाई हात्तीपाइले रोगविरुद्धको औषधि
झापामा आठ लाख चार हजार सात सय ३७ जनाले हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गरेका छन्। यही वैशाख १६ देखि ३० गतेसम्म भएको आम औषधि सेवन अभियानअन्तर्गत जिल्लाका १५ पालिकाका नागरिकलाई सो औषधि खुवाइएको हो।
सोमबार, वैशाख ३१, २०८१
जिपीलाई एसियाकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाइँदै
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको राजकीय भ्रमणको सिलसिलामा भारत सरकारसँग भएको सहमतिअनुसार उक्त केन्द्रलाई श्वासप्रश्वाससम्बन्धी अन्तर्राष्ट्रियस्तरको अस्पताल निर्माण गर्न लागिएको हो।
सोमबार, वैशाख ३१, २०८१
स्वास्थ्यमन्त्री यादवको ६५ दिने सत्तायात्रा, अमेरिका भ्रमणको अवसर
स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव ६५ दिनपछि सरकारबाट बाहिरिएका छन्। उपप्रधानमन्त्री सहितको वरियतामा मन्त्रालयका गत फागुन २७ गते प्रवेश गरेका यादव ६५ औं दिनमा आज सोमबार सरकारबाट बाहिरिएका हुन्।
सोमबार, वैशाख ३१, २०८१
सरकारबाट बाहिरियो जसपा, स्वास्थ्यमन्त्री यादव र राज्यमन्त्री कार्कीले दिए राजीनामा
जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएको छ। जसपाबाट सरकारमा सहभागी अध्यक्ष उपेन्द्र यादवले उपप्रधान तथा स्वास्थ्य मन्त्री पदबाट राजीनामा दिएका छन्।
सोमबार, वैशाख ३१, २०८१
अनुवांशिक रुपमा सुधारिएको सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका व्यक्तिको मृत्यु
आनुवंशिक रुपमा सुधारिएको सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका व्यक्तिको मृत्यु भएको छ। ६२ वर्षीय रिचार्ड रिक स्लेम्यानको शरीरमा दुई महिना अगाडि सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएको थियो।
सोमबार, वैशाख ३१, २०८१
एमबीबीएसका दुई विषयको प्रश्नपत्र आउट भएपछि पुन: परीक्षा लिँदै केयू
काठमाडौं विश्वविद्यालय (केयू)ले एमबीबीएसका दुई विषयको प्रश्नपत्र परीक्षा अगावै सार्वजनिक भएको भन्दै पुन: परीक्षा लिने भएको छ। केयू परीक्षा नियन्त्रण कार्यालयले अंग्रेजी क्यालेन्डर अनुसार मे ५ र १० मा लिएका दुई विषयको परीक्षा पुन:लिन लागेको जनाएको छ।
सोमबार, वैशाख ३१, २०८१
एशियन फर्माको 'भाल्प्रोट' र बहुराष्ट्रिय कम्पनीको औषधिको गुणस्तर समतुल्य
औषधि दिएपछि उनीहरुको शरीरबाट औषधि खाएको आधा घण्टापछि ७२ घण्टाभित्रमा १४ पटक रगत लिएर परीक्षण गरिएको थियो। सो क्रममा अध्ययनमा सहभागी व्यक्तिलाई २४ घण्टा अस्पतालमै र ७२ घण्टा चिकित्सकको निगरानीमा राखिएको थियो।
आइतबार, वैशाख ३०, २०८१
गैरकानुनी रुपमा शाखा विस्तार गर्दै वात्सल्य आईभीएफ, कारबाहीको तयारीमा मन्त्रालय
निसन्तान दम्पत्तीको उपचार गर्ने भन्दै सञ्चालनमा आएको वात्सल्य नेचुरल आईभीएफले गैरकानुनी रुपमा शाखा विस्तार गरेको खुल्न आएको छ। काठमाडौंको नक्सालका लागि मात्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वीकृति पाएको वात्सल्यले कानुनविपरित धमाधम शाखा विस्तार गरिरहेको फेला परेको हो।
आइतबार, वैशाख ३०, २०८१
बैतडी अस्पतालका चिकित्सकहरु आन्दोलित, आकस्मिक बाहेकका सेवा ठप्प
प्रदेश सरकार सुदूरपश्चिम सरकारले आफूहरुको मागको सुनुवाई नगरेको भन्दै सेवा ठप्प गर्नु परेको निमित मेसु हरिचन्द्र बिष्टले बताए। प्रदेश सरकार समाजिक विकास मन्त्रालयले आफूहरुले काम गरेको अतिरिक्त भत्ता नदिएको भन्दै चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलन थालेका हुन्।
आइतबार, वैशाख ३०, २०८१
कर्णालीमा ब्लड बैंक बनाउन एएनएमएफले एक करोड २० लाख सहयोग गर्ने
कर्णालीमा ब्लड बैंक नहुँदा उपचारका लागि आउने धेरै बिरामीलाई समस्या परिरहेको अवस्था छ। बिरामीको स्वास्थ्यलाई ख्याल गर्दै एएनएमएफले प्रतिष्ठानमा ब्लड बैंक स्थापना गर्न सहयोग गर्ने घोषणा गरेको हो।
आइतबार, वैशाख ३०, २०८१
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी
उनी पछिल्लो डेढ दशकदेखि हरेक दुई वर्षमा जीवनसंगिनीसँग नेपाल आइरहेका थिए र चहारिरहेका थिए कालीकोट, प्युठान, म्याग्दी जस्ता विकट जिल्लाका डाँडाकाँडा। उमेरजन्य समस्याका कारण पछिल्लो वर्षहरुमा उनी नेपाल आउन सकेका थिएनन्। ८६ वर्षको उमेरमा दुई दिनअघि मात्र दिवंगत भए।
आइतबार, वैशाख ३०, २०८१
नेपालको स्वास्थ्य क्षेत्रमा योगदान गरिरहेका जिम साइमन्सको निधन
गणितलाई नै प्रयोग गरेर उनले ४० वर्षको उमेरमा लगानी क्षेत्रमा पाइला राखेका थिए। त्यही सुत्रबाट वार्षिक ६६ प्रतिशतसम्म उनको कम्पनीले नाफा हासिल गरेको थियो। उनीसँग हाल ३१ अर्ब अमेरिकी डलरभन्दा बढी रहेको बताइएको छ।
आइतबार, वैशाख ३०, २०८१
मनन गरौं– नर्सहरु हाम्रा भविष्य हुन्
त्यस अवसरमा मधेस प्रदेशका गृह, कानुन तथा सञ्चार राज्यमन्त्री शारदादेवी थापाले आफू पनि जनता माविकै पूर्वविद्यार्थी भएकाले बर्दिवास हेल्पिङ ह्याण्डस्सँग भावनात्मक सम्बन्ध रहेको बताए। 'म पनि यो अभियानमा तपाईंहरुसँगै छु, सक्दो सहयोग गर्नेछु', राज्यमन्त्री थापाले भने, 'सबै लाग्यौँ भने सिबिसी उपकरण खरिद गर्न सक्नेछौँ।'
आइतबार, वैशाख ३०, २०८१
पीएचडी गरेका यी १२ जना नर्सहरु सम्मानित
नर्सिङ दिवसका अवसरमा २८ जना डाक्टर उपाधी पाएका नर्सहरु सम्मानित भएका छन्। नेपाल नर्सिङ संघले आयोजना गरेको कार्यक्रममा नर्सिङ विषयमा विद्यावारिधि (पीएचडी) गर्ने २८ जना नर्सलाई सम्मान गरिएको हो।
आइतबार, वैशाख ३०, २०८१
बयालपाटा अस्पतालमा ग्रामीण अर्थोपेडिक्स तथा ट्रमा केयर सम्मेलन–२०२४ सम्पन्न
ब्राउन विश्वविद्यालय अमेरिका, नेपाल अर्थोपेडिक एशोसिएशन, साइन फ्याक्चर केयर, नेपाल मेड र नेपाल अर्थोपेडिक एशोसिएशन सुदूरपश्चिम प्रदेश शाखासँगको सहकार्यमा सम्मेलन भएको हो।
आइतबार, वैशाख ३०, २०८१
Previous
254
255
256
257
258
Next
सर्च गर्नुहोस्
×
Search