काठमाडौं- अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका सचिव प्रदीप यादव मन्त्रीको शपथका लागि राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन्।
शपथका लागि ६ बजे बोलाइएको भन्दै उनी त्यही अनुसार शीतल निवास पुगेका हुन्। '६ बजेका लागि बोलाएकाले आएको छु। अब केहीबेरमा शपथ हुन्छ,' उनले भने।
जसपाले यादवलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीका रुपमा नियुक्त गर्न प्रधानमन्त्रीलाई नाम पठाएको थियो।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले स्वास्थ्यमन्त्रीबाट राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मन्त्री पद रिक्त थियो।
यसैगरी, राज्यमन्त्रीको शपथका लागि हसिना खान पनि शितल निवास पुगेकी छिन्।