काठमाडौं- परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा आजदेखी इकोकार्डियोग्राफी सेवा सञ्चालनमा आएको छ। यो सेवा गर्भवती आमा र पेटमा रहेको बच्चाको मुटुको अवस्था थाहा पाउनका लागि उक्त सेवा शुरु गरिएको परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीले बताए ।
यसअघि उक्त सेवा लिनका लागि गंगालाल अस्पताल तथा अन्य निजी अस्पतालमा जानुपर्ने अवस्था भएकोमा आगामी दिनमा उक्त अवस्थाको अन्त्य भएको छ डा अधिकारीले बताए । आजदेखि बेलुका ५ बजेपछि इको कार्डियोग्राफी हुने छ भने यसको लागि टिकट भने ३ बजे खुल्नेछ डा अधिकारीले बताए ।
गर्भवती तथा अन्य महिलाको इको कार्डियोग्राफी आइतबार, मंगलबार र बिहीबार हुने छ भने गर्भमा रहेको शिशुको इको कार्डियोग्राफी सोमबार, बुधबार र शुक्रबार हुने छ।