काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सोमबार नयाँ मन्त्री पाउँदैछ। जनता समाजवादी पार्टीका तर्फबाट प्रदीप यादव मन्त्रीका रुपमा मन्त्रालयमा आउँदैछन्।
मन्त्रीको स्वागतका लागि मन्त्रालय र मातहतका निकायमा कर्मचारीहरु मन्त्रालयमा लामबद्ध भएर बसेका छन्।
यसका साथै मन्त्रालयमा जसपाका कार्यकर्ताहरुको पनि बाक्लो उपस्थिति रहेको छ।
मन्त्री यादवले राष्ट्रपति कार्यालयबाट शपथ खाएर मन्त्रालयमा पदभारका लागि आउने कार्यक्रम रहेको छ।