मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज १६, २०८३
Fri, Oct 02, 2026
शुक्रबार, असोज १६, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
स्वास्थ्यको ६४ करोड ४१ लाख रुपैयाँ रकमान्तर, एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रम पनि संशोधन
पछिल्लो एक महिनामा सरकारी निकायबाट एक अर्ब ६३ करोड रकमान्तर गरी खर्च भएको छ। वर्षमान पुन नयाँ मन्त्री भएर आएपछि अर्थ मन्त्रालयले खर्च नभएको आयोजनाबाट रकमान्तर, कार्यक्रम संशोधन र विविध शीर्षकबाट खर्च बढाएको हो।
आइतबार, वैशाख २, २०८१
कर्णालीमा आगलागीबाट मानवीय क्षति बढ्दै, एक सातामै छ जनाको मृत्यु
हुम्लाको दक्षिणी क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका-८ रादेउमा एकजनाको जलेर मृत्यु भएको छ। गाउँभन्दा दुई घण्टाको दूरीमा रहेको कुरिल्ला लेखमास्थित आफ्नै भेडीगोठमा आगलागी हुँदा ५५ वर्षीय हर्के ऐडीको बिहीबार राति मृत्यु भएको हो।
आइतबार, वैशाख २, २०८१
चैत्राष्टामी मेलामा नेपाली सेनाको स्वास्थ्य सेवा केन्द्र
मेलामा आउने दर्शक तथा बागलुङ कालीका मन्दिरमा दर्शनको लागि पुग्ने दर्शनार्थीलाई लक्षित गरि स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याईएको श्रीमेहर गण बागलुङका गणपति प्रमुख सेनानी धन राना मगरले जानकारी दिए।
आइतबार, वैशाख २, २०८१
डा रमेशसिंह भण्डारीको अध्यक्षतामा एकेडेमी अफ जीआई एण्ड एचपीबी सर्जन्स अफ नेपाल गठन
नेपालका विभिन्न अस्पतालमा कार्यरत ३५ जना सर्जनहरुको शुक्रबारको भेलाले डा भण्डारीको अध्यक्षतामा एकेडेमी अफ जीआई एण्ड एचपीबी सर्जन्स नेपाल गठन गरेको हो। एजीएचएसएन अध्ययन र अनुसन्धानका कार्यहरुमा केन्द्रीत रहेन छ।
आइतबार, वैशाख २, २०८१
डा दिव्यश्वरीको उदाहरण दिँदै सांसद् डा कार्कीले भनिन्– स्वास्थ्यकर्मीको कामको मूल्यांकन भएन
यही सन्दर्भलाई जोड्दै उनले भनिन्, ‘स्वास्थ्यकर्मीको कामको रिकग्निसन भएन । जति कलाकारको हुन्छ। हाम्री अग्रज डा दिव्यश्री मल्लले आफ्नो लागि केही गर्नुभएन । जे जति गर्नुभयो, समाजकै लागि गर्नुभयो। तर समाज र राज्यले मूल्यांकन गर्न सकेन।’
आइतबार, वैशाख २, २०८१
स्वास्थ्य सेवाको गुणस्तर छैन भने दिनु र नदिनुको अर्थ एउटै हो : गगन थापा
स्वास्थ्यमा भइरहेको ‘ब्रेन ड्रेन’लाई लिएर भएको संवादमा उनले अहिले बहश सही कोणबाट नभएको उल्लेख गरे। उनले थपे, ‘स्वास्थ्यको जनशक्तिको कुरा गर्दा दिन खोजेको सेवा कस्तो हो ? भन्ने कोणबाट हेर्नुपर्छ । त्यसका लागि कति जनशक्ति चाहिन्छ? कस्तो जनशक्ति चाहिन्छ ? त्यही अनुसार उत्पादन हुनुपर्छ।’
आइतबार, वैशाख २, २०८१
मोदीको घोषणा पत्र : ७० वर्ष कटेका हरेकलाई पाँच लाख बराबरको उपचार निशुल्क
उनले भनेका छन्, 'अब हरेक ७० कटेकालाई आयुष्मान भारत योजनामा समेटिनेछ। बृद्ध अवस्थामा उपचारको चिन्ता हुन्छ । भाजपाले त्यसलाई दूर गर्नेछ। सवै वर्गका लागि यो सेवा उपलब्ध हुनेछ।'
आइतबार, वैशाख २, २०८१
हेटौंडा अस्पतालले विज्ञापन गर्दा पनि पाएन मुटुरोग विशेषज्ञ, एक करोडका उपकरण प्रयोगबिहिन
उनले भने, 'मुटुरोग विशेषज्ञको नियुक्तिका लागि गरिएको विज्ञापनमा एक जना चिकित्सकको आवेदन पर्यो तर उमेरका कारण उहाँलाई नियुक्ति दिन मिलेन । विज्ञापन भएका बेला निवेदन पर्दैनन् र परेका निवेदनमा पनि उमेर नपुग्ने, मापदण्ड पूरा नहुनेलगायत विविध समस्या आइलाग्छन्।'
आइतबार, वैशाख २, २०८१
डा सीमित सापकोटालाई प्रश्न: नेपालमा क्यान्सर उपचारका लागि के–कस्ता विधिको प्रयोग हुँदै आएको छ?
एउटै क्यान्सरको उपचारका लागि अनेक उपचार विधिहरुको प्रयोग हुने गरेका छन्। क्यान्सर उपचारमा रेडियोथेरापी, सर्जरी, सिस्टमिक थेरापी जस्ता विधिहरुको प्रयोग हुँदै आइरहेको पाइन्छ।
आइतबार, वैशाख २, २०८१
जापानको हरितगृह ग्यास उत्सर्जन कम
मन्त्रालयले कोभिड–१९ महामारीका कारण सङ्कटग्रस्त अर्थतन्त्रमा सुधारका लागि बढाइएका औद्योगिक गतिविधिका कारण आर्थिक वर्ष सन् २०२१ मा उत्सर्जन बढेको थियो तर हरित गृह उत्सर्जन नियन्त्रणका लागि निरन्तरको प्रयासपछि यसमा गिरावट आएको ह।
शनिबार, वैशाख १, २०८१
अस्ट्रेलियाको सिड्नीमा एक व्यक्तिले छुरा प्रहार गर्दा पाँचको मृत्यु, कयौं घाइते
बोन्डी जक्शनस्थित वेस्टफिल्ड मलभित्र आक्रमणको घटनासँगै मानिसहरूको भागाभाग भएको र प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिई व्यापक कारबाही गरेको छ । न्यू साउथ वेल्स एम्बुलेन्स सेवाले आक्रमणकारी ठानिएका एकजना व्यक्तिको प्रहरी कारबाहीमा मृत्यु भएको जनाएको छ ।
शनिबार, वैशाख १, २०८१
२०८० मा स्वास्थ्यः कलेजो प्रत्यारोपणदेखि चिकित्सा शिक्षा आयोगको प्रतिवेदनसम्म
गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न विश्व स्वास्थ्य सङ्गठनको मान्यताअनुसार कूल बजेटको १० प्रतिशत स्वास्थ्यका लागि बजेट छुट्याउनुपर्छ तर हाल बजेटको आकार हेर्ने हो भने स्वास्थ्य क्षेत्रलाई यो वर्ष ४ दशमलव ८ प्रतिशत मात्र विनियोजन गरिएको छ । स्वास्थ्यका सूचकलाई सुधार गर्ने हो भने बजेटको आकार बढाउनैपर्छ ।
शनिबार, वैशाख १, २०८१
पहिलो यौन उत्सव र मौसमको प्रभाव
विशेषगरी यौन जोडीको यौन सम्पर्क उपयुक्त समयमा भर पर्छ। मुख्यगरी सन्ध्याकालपछि (साँझ छिपिँदै गर्दा) र बिहान उज्यालो हुनुअघि यौन क्रियाकलाप गर्न रुचाइन्छ र त्यसै समयलाई नै उपयुक्त समय मानिन्छ। बिहानको समयको तुलनामा साँझपख यौन क्रियाकलाप लिने यौन जोडीको संख्या बढी पाइन्छ।
शनिबार, वैशाख १, २०८१
नयाँ वर्ष २०८१ को सुरुवातसँगै स्वस्थ रहन यी २० संकल्प गरौं
स-साना पाइलाबाटै स्वस्थ रहने संकल्प गर्न सकिन्छ। नयाँ वर्षको सुरुवातसँगै स्वस्थ रहन विभिन्न विज्ञहरूले दिएको सुझावका आधारमा यहाँ केही यस्ता संकल्पहरू प्रस्तुत गरिएका छन्, जो वास्तवमै हामीले व्यवहारमा लागू गर्न सक्छौँ अनि पूरा पनिः
शनिबार, वैशाख १, २०८१
गर्भावस्थामा हुने हर्मोनल असन्तुलन: आठ लक्षण र नियन्त्रण गर्ने उपाय
गर्भावस्थापछि शरीरमा हर्मोनल असन्तुलनबाट बच्न, राम्रो आहार र व्यायाम गर्नुपर्छ। स्वस्थ आहारले शरीरलाई रोगबाट बचाउन मद्दत गर्छ। गर्भावस्थामा महिलाको खानपान र शारीरिक क्रियाकलापलगायत धेरै कुराहरू परिवर्तन हुन्छन्। यसले शरीरमा प्रत्यक्ष असर गर्छ। गर्भावस्थापछि शरीरमा हर्मोन असंतुलन हुन सक्छ। यसबाट बच्न खानपान र जीवनशैलीमा विशेष ध्यान दिनुपर्छ।
शनिबार, वैशाख १, २०८१
स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको शिखर सम्मेलनमा १० विधामा अवार्ड प्रदान
तीन दिनसम्म चलेको सम्मेलन शुक्रबार सम्पन्न भएको हो। समापन कार्यक्रममा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, स्वास्थ्य सचिव डा रोशन पोखरेल र परिषद्का अध्यक्ष प्राडा गेहनाथ बरालले अवार्ड प्रदान गरेका हुन्।
शुक्रबार, चैत ३०, २०८०
हस्पिटलको ‘स्ट्यान्डर्ड’ तोकौं, त्यसअनुसार मूल्य लिने बनाउँ : स्वास्थ्यमन्त्री यादव
सरकारीसँग निजीको प्रतिष्पर्धा होइन, साझेदारी हुनुपर्ने उनले उल्लेख गरे। अस्पतालका अध्यक्ष आर एस भण्डारीले आफूहरुले अस्पतालमा सेवाका लागि लगानी गरेको बताए। नेपालमै उत्कृष्ट स्वास्थ्य सेवा दिने लक्ष्यका साथ अस्पताल खोलिएको र त्यसमा आफूहरु सफल भइरहेको उनको भनाइ छ।
शुक्रबार, चैत ३०, २०८०
अत्यावश्यक औषधि स्वदेशमा उत्पादनका लागि प्रक्रिया अघि बढाइएको छः उपप्रधानमन्त्री यादव
शुक्रबार राष्ट्रिय सभा बैठकमा पेश गरिएको ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चिता सम्बन्धी’ संकल्प प्रश्तावमाथिको छलफलमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन्।
शुक्रबार, चैत ३०, २०८०
निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चिता सम्बन्धी संकल्प प्रस्ताव पारित
बैठकमा सो प्रश्तावमाथि छलफल भई सर्वसम्मति पारित भएको हो। संकल्प प्रश्तावमा नागरिकले खर्चको अभावमा ज्यान गुमाउनु नपरोस् भनेर सरकारलाई सचेत गराइएको छ।
शुक्रबार, चैत ३०, २०८०
सुर्तीजन्य पदार्थलाई राजश्वको आम्दानीको बाटो बनाउनु हुँदैनः प्रमुख सचेतक बर्तौला
नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले सरकारले सुर्तिजन्य पदार्थलाई राजश्वको आम्दानीको बाटो बनाउनु नहुने बताएका छन्।
शुक्रबार, चैत ३०, २०८०
इसिग्रेटलाई पूर्ण प्रतिवन्ध गर्नुपर्छः सांसद पौडेल
नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले इसिग्रेटलाई पूर्ण प्रतिवन्ध गर्नुपर्ने बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित स्वास्थ्य सबैको सरोकार संवाद श्रृंखला कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
शुक्रबार, चैत ३०, २०८०
सुर्तीजन्य पदार्थको प्रयोग गर्न पूर्ण प्रतिबन्ध लगाउने दिशामा सोच्न जरुरीः सांसद सापकोटा
नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले सुर्तीजन्य पदार्थहरुको प्रयोग गर्न पूर्ण प्रतिवन्ध लगाउने दिशामा सोच्न जरुरी रहेको बताएका छन्।
शुक्रबार, चैत ३०, २०८०
सुर्तीजन्य वस्तुरुको आयात नियमन र नियन्त्रणमा सरकार कठोर बन्नुपर्छः सांसद झा
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सुर्तीजन्य वस्तुरुको आयात नियमन र नियन्त्रणमा सरकार कठोर बन्नुपर्ने बताएका छन्।
शुक्रबार, चैत ३०, २०८०
व्यापारिक प्रयोजनका निजी अस्पताललाई सरकारले नियन्त्रणमा लिनुपर्छः सांसद भट्ट
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद नारायणदत्त भट्टले उपचारको नाममा व्यापार गरिरहेका निजी अस्पताललाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेका छन्।
शुक्रबार, चैत ३०, २०८०
सरकारले तत्काल राष्ट्रिय स्वास्थ्य नीति पुनरावलोकन गर्नुपर्छः सांसद शाह
सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) की राष्ट्रियसभा सांसद मदनकुमारी शाह गरिमाले राष्ट्रिय स्वास्थ्य नीति तत्काल पुरावलोकन गर्न सरकारसँग माग गरेकी छन्।
शुक्रबार, चैत ३०, २०८०
सरकारले स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्न सकेको छैनः कांग्रेस सांसद ढुंगाना
स्वास्थ्य र शिक्षालाई संविधानमा मौलिक हकको रुपमा व्यवस्था गरे पनि सरकारले सो अनुसार काम गर्न नसकेको सांसद ढुंगानाको आरोप थियो। शुक्रबार राष्ट्रिय सभा बैठकमा पेस गरिएको ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चिता सम्बन्धि’ संकल्प प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले गरिब जनतासँग स्वास्थ्य बीमा गर्ने अवस्था नभएकाले त्यसतर्फ पनि सरकारले सोच्नुपर्ने आवश्यकता औंल्याए।
शुक्रबार, चैत ३०, २०८०
पर्वत अस्पतालमा १२ घण्टा ओपिडी सेवा सञ्चालन
पर्वतको एकमात्र जिल्ला अस्पतालका रुपमा रहेको पर्वत अस्पतालले १२ घण्टा बहिरंग (ओपिडी) सेवा सञ्चालन गर्ने भएको छ। उपचारका लागि आउने बिरामीको सहजताका लागि १२ घण्टा ओपिडी सेवा सञ्चालन गर्न लागिएको हो।
शुक्रबार, चैत ३०, २०८०
भौतिक पूर्वाधार नहुँदा महाकाली आयुर्वेद औषधालयमा सेवा प्रवाहमा समस्या
महेन्द्रनगरस्थित महाकाली आयुर्वेद औषधालयमा भौतिक संरचना र जनशक्ति अभावले सेवा प्रवाहमा समस्या भएको छ।
शुक्रबार, चैत ३०, २०८०
थाइल्यान्ड सरकारले दिने प्रिन्स महिडोल अवार्ड-२०२४का लागि आवेदन खुल्यो, कसरी दिने आवेदन?
परराष्ट्र मन्त्रालय मार्फत स्वास्थ्य मन्त्रालयमा आएको पत्र अनुसार अवार्डका लागि अंग्रेजी क्यालेन्डर अनुसार मे महिनाको ३१ तारिखसम्म आवेदन दिन सकिने छ। अवार्डका लागि आवेदन दिनेले आफ्नो वा संस्थाको परिचयसहित गरेका कमको संक्षिप्त विवरण उल्लेख गरेर पठाउनु पर्ने हुन्छ।
शुक्रबार, चैत ३०, २०८०
राष्ट्रिय सभामा ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चितता सम्बन्धी’ संकल्प प्रस्ताव पेस
राष्ट्रिय सभामा ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चितता सम्बन्धी’ संकल्प प्रस्ताव पेस भएको छ। शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा सांसद कमला पन्तले सो प्रस्ताव पेस गरेकी हुन्।
शुक्रबार, चैत ३०, २०८०
Previous
265
266
267
268
269
Next
सर्च गर्नुहोस्
×
Search