काठमाडौं– नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले इसिग्रेटलाई पूर्ण प्रतिवन्ध गर्नुपर्ने बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित स्वास्थ्य सबैको सरोकार संवाद श्रृंखला कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले देशलाई हानी हुने जानकारी हुँदाहुँदै राज्यले के फाइदाका आधारमा आयात गरिरहेको छ? भन्दै प्रश्न गरे। उनले स्वास्थ्यमा हानी पुर्याउयने कुनै पनि सामग्रीको आयातमा प्रतिबन्ध लगाउन जरुरी रहेको बताए।
उनले नेपाली नागरिकको स्वास्थ्य कसरी स्वस्थ राख्ने भन्ने बारेमा राज्यले विशेष चासो दिनुपर्ने बताए। युवाहरु मद्यपान र धुम्रपानमा बढी रुमल्लीरहेको अवस्थालाई नियन्त्रण गर्न कानुनबाटै निषेध गर्न जरुरी रहेको उनको भनाइ छ।
नेता पौडेलले कानूनबाटै कडा भएर अघि बढ्नसके धेरै समस्याहरु समाधान हुने जिकिर गरे।