काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सुर्तीजन्य वस्तुरुको आयात नियमन र नियन्त्रणमा सरकार कठोर बन्नुपर्ने बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित स्वास्थ्य सबैको सरोकार संवाद श्रृंखला कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले निगरानीमा कडाइ नगरेकै कारण पनि भेप लगायतका धुम्रपानजन्य सामग्रीहरुको आयात बढिरहेको बताए। उनले समाजमा विस्तारै परिवर्तन हुँदै गए पनि भनेजस्तो परिवर्तन हुन नसकेको जिकिर गरे।
उनले धुम्रपान र मद्यपानमा सरकारले लिएको नीतिमा थप कडाइ गर्न जरुरी रहेको बताए। सरकारले सुर्तीजन्य वस्तुका उत्पादकलाई बचाएर राख्नु नहुने उनको भनाइ थियो।