काठमाडौं- त्रिवि शिक्षण अस्पतालमा कार्यरत कलेजो प्रत्यारोपण तथा ग्यास्ट्रो सर्जन प्राडा रमेशसिंह भण्डारीको नेतृत्वमा एचपीबी सर्जन्स अफ नेपाल (एजीएचएसएन) गठन भएको छ।
नेपालका विभिन्न अस्पतालमा कार्यरत ३५ जना सर्जनहरुको शुक्रबारको भेलाले डा भण्डारीको अध्यक्षतामा एकेडेमी अफ जीआई एण्ड एचपीबी सर्जन्स नेपाल गठन गरेको हो। एजीएचएसएन अध्ययन र अनुसन्धानका कार्यहरुमा केन्द्रीत रहेन छ।
एजीएचएसएनको कार्यसमितिको कार्यकाल दुई वर्षको रहने छ। शुक्रबारको भेलाले उपाध्यक्षमा डा शरद पोखरेल, महासचिवमा डा नारायण बेलावासे, कोषाध्यक्षमा डा विष्णु कँडेल, सह-सचिवमा डा निराजन सुवेदी र डा निशान्त कोइराला चयन गरेको छ।
यसैगरी, सदस्यहरुमा डा नरेन्द्र पण्डित, डा नवीन पोखरेल, डा सुरेन्द्र साह, डा राजेश मण्डल, डा कुनाल देव रहेका छन्। एकेडेमीको साइन्टिफिक चेयरमा भने डा पलेशवा जोशी लाखे छिन्।