मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असार १५, २०८३
Mon, Jun 29, 2026
सोमबार, असार १५, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
युनिभर्सल मेडिकल कलेजका विद्यार्थी २२ दिनदेखि आन्दोलित, ओपिडी सेवासमेत ठप्प पार्ने चेतावनी
चौथो वर्षमा अध्ययनरत्त विद्यार्थीहरुलाई १ वर्षका लागि ड्रेस कोड लागू गर्दा विद्यार्थीमा आर्थिक भार थपिने तर्कसहित कलेज प्रशासन सामु उक्त निर्णय फिर्ता लिनका विद्यार्थीहरुले कलेज प्रशासन सामु अनुरोध गरेका थिए।
मंगलबार, कात्तिक १४, २०८०
पोखरा विश्वविद्यालय शिक्षण अस्पतालले माग्यो उप-प्राध्यापकसहित २२ कर्मचारी
एक सूचना जारी गर्दे पोखरा शिक्षण अस्पतालले विभिन्न समूहका ७ जना उप-प्राध्यापक माग गरेको छ। यसैगरी १५ जना मेडिकल कर्मचारीसमेत माग गरिएको छ। इच्छुक व्यक्तिले मंसिर १३ गतेसम्म आवेदन दिन सक्नेछन्।
मंगलबार, कात्तिक १४, २०८०
चितवनमा रगत अभाव भएपछि रक्तदान गर्न रेडक्रसको अपिल
चितवनमा रगत अभाव भएपछि नेपाल रेडक्रस सोसाइटी चितवनले रक्तदान गर्न अपिल गरेको छ। चाडपर्वसँगै अस्पतालमा बिरामीको संख्या बढी तर रक्तदानका कार्यक्रम कम भएका कारण रगतको अभाव भएपछि रेडक्रसले सूचना प्रकाशित गरी रक्तदान गर्न अपिल गरेको हो।
मंगलबार, कात्तिक १४, २०८०
स्वास्थ्य मन्त्रालयले भन्यो- पेन्टर र सरसफाइकर्मीमा सिसाको मात्रा बढी
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रङ्रोगन गर्ने पेन्टरको रगतमा लेड (सिसा) अत्यधिक मात्रामा पाइएको जनाइएको छ। मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले अध्ययनले सरसफाइ र रङ्रोगन गर्ने पेन्टरको रगतमा लेड (सिसा) बढी भएको देखाएको बताए।
मंगलबार, कात्तिक १४, २०८०
पोखरामा रगत अभाव, रक्तदान गर्न आह्वान
गण्डकी प्रदेशको राजधानी पोखरामा बिरामीका लागि रगत अभाव भएको छ। प्रादेशिक रक्त सञ्चार केन्द्र पोखराले दसैँका समयमा नियमित तालिकाअनुसार रक्तदान कार्यक्रम नहुँदा रगत अभाव भएको जनाएको छ।
मंगलबार, कात्तिक १४, २०८०
इजरायलमा मारिएका सबै नेपालीको शव पहिचान
दक्षिणी इजरायलमा हमास समूहको आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीमध्ये थप दुईसहित सबै नेपालीको शव पहिचान भएको छ।
मंगलबार, कात्तिक १४, २०८०
गाजामा निरन्तर बम हमला, अस्पतालमा सयौं बिरामी 'अलपत्र'
यूएनआरडब्ल्यूएका टम ह्वाइटका अनुसार चिकित्सक र अन्य सहायता संस्थाहरूले उत्तरी गाजास्थित अल-कुद्सजस्ता अस्पतालबाट बिरामीलाई अन्यत्र लैजान नसिकने बताएका छन्।
मंगलबार, कात्तिक १४, २०८०
नेपाल एनसीडी एलायन्सले नसर्ने रोग विरुद्धको अभियानलाई थप गतिशील बनाउने
नेपाल एनसीडी एलायन्सले नसर्ने रोगविरुद्धको आफ्नो अभियानलाई थप गतिशील बनाउने भएको छ। सोमबार राजधानीमा भएको एलायन्सको दोस्रो बार्षिक साधारणसभालाई सम्वोधन गर्ने क्रममा अध्यक्ष डा प्रकाशराज रेग्मीले नसर्ने रोग विरुद्धको अभियानलाई थप गति दिने बताएका हुन्।
मंगलबार, कात्तिक १४, २०८०
जापानमा नेपालीको स्वास्थ्य- ४: १९-२० वर्षको बच्चाले यती धेरै बोझ कसरी बोक्न सक्छ?
दिनको २४ घन्टामा ४ घन्टा पढ्नुपर्छ। बाँकी समय पैसा कमाउन लागिन्छ। फेरि आफन्त साथीभाहरुका प्रश्न आइनै रहन्छन्- कहिले घर किन्ने ? घडेरी कहाँ हेर्ने ? हामी कमाउनतिरै थप जोड दिन्छौं। हप्तामा ७ दिनमा ६ दिन काम गर्नुपर्छ, एक दिन सुत्न खोजिन्छ। निन्द्रा लाग्दैन, के गरौं, कसो गरौं हुन्छ।
मंगलबार, कात्तिक १४, २०८०
रुकुम पश्चिम जिल्ला अस्पतालमा ब्लड बैंक स्थापना
जिल्ला अस्पताल रुकुम पश्चिममा ब्लड बैंक स्थापना भएको छ। विसं २०४५ मा स्थापना भएको अस्पतालमा ३५ वर्षपछि विभिन्न निकायको सहयोगमा ब्लड बैंक स्थापना गरिएको हो।
सोमबार, कात्तिक १३, २०८०
अस्पतालको शौचालयबाट भागेका व्यक्ति पक्राउ
सोमबार बिहान साढे ९ बजे उनलाई घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य चेक जाँचको लागि लगिएको थियो। शौचालय जाने भन्दै उनको हतकडी समेत खोलिएको थियो। पछि उनी प्रहरीलाई छलेर भागेका थिए।
सोमबार, कात्तिक १३, २०८०
गोली प्रहारबाट घाइते प्रधानाध्यापकको उपचारका क्रममा मृत्यु
गोली लागेर गम्भीर घाइते भएका स्वर्णकारलाई उपचारका लागि वीरगन्जको बयोधा अस्पताल पुर्याइएको थियो। अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले बताएको छ।
सोमबार, कात्तिक १३, २०८०
गौशाला घटना: पिके डायगोनिस्टिकका सञ्चालकमाथि आक्रमण गर्नेविरुद्ध १५ वर्ष कैद माग गर्दै मुद्दा दर्ता
पिके डायगोनिस्टिक प्रालिका सञ्चालक साबिर हुसेनमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका रौतहतको गढिमाई नगरपालिका–९ का ३७ वर्षीय सिकिल देव सहनी र सोही नगरपालिका ९ का ४७ वर्षीय चुतुर्गुन सहनीविरुद्ध मुद्दा दर्ता गरिएको हो।
सोमबार, कात्तिक १३, २०८०
स्वास्थ्य बीमा बोर्डको केन्द्रीय कार्यालय सर्ने
स्वास्थ्य बीमा बोर्डको केन्द्रीय कार्यालय सर्ने भएको छ। हाल संचालनमा रहेको स्थान टेकुबाट औषधि लिमिटेड बबरमहलमा सर्ने बोर्डले जनाएको छ।
सोमबार, कात्तिक १३, २०८०
स्वास्थ्य चौकी र बर्थिङ सेन्टरका लागि जग्गा दिएँ, मेरै जग्गामा वडा कार्यालय राख्न दिएँ
संकटकालमा मेरो जिम्मेवारी बुढापाका, अन्य पार्टीका कार्यकर्ताहरुलाई माओवादीमा आबद्ध गर्ने थियो। मैले उनीहरुलाई माओवादीमा ल्याउँथे। गाउँघरमा पनि मलाई राम्रो मान्थे। गाउँमा बनाएका जाँड फाल्थें, जुवातास खेल्नेलाई कारबाही गर्थें।
सोमबार, कात्तिक १३, २०८०
काभ्रेमा डेंगुको संक्रमण बढ्दै
जिल्लामा गत आवको अन्त्यसम्म छ सय ८० जना डेंगुबाट संक्रमित भएका थिए। डेंगुको उच्च जोखिमका रुपमा रहेको काभ्रेपलाञ्चोकमा केही महिनादेखि प्रत्येक शुक्रबार ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको थियो। डेंगुको उच्च जोखिम रहेको दस जिल्लामध्येमा काभ्रेपलाञ्चोक पनि समावेश छ।
सोमबार, कात्तिक १३, २०८०
उपचारका लागि राप्ती प्रतिष्ठान लगिएका चोरीका अभियुक्त शौचालय जान्छु भनेर फरार
नेपालीलाई तीन दिनअघि प्रहरीले पक्राउ गरेको थियो। स्वास्थ्य उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगेका बेला नेपाली फरार भएको प्रहरी उपरीक्षक केसीले जानकारी दिए।
सोमबार, कात्तिक १३, २०८०
नेपालमा जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउने महासचिव गुटेरेसको प्रतिबद्धता
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमालमा जलवायु परिवर्तनले पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।
सोमबार, कात्तिक १३, २०८०
लेक लागेका विदेशी पर्यटकको उद्धारमा समस्या
लेक लागेर बिरामी पर्नेमा स्वीजरल्याण्ड नागरिक सोल्भे सोफिया सिह्यूल र अमेरिकी नागरिक इरिक कोनेल ओलरज रहेका छन्। उनीहरुको उद्धारका लागि आवश्यक सबै प्रक्रिया पूरा भए पनि हेलिकप्टर उडानमा समस्या परेपछि उद्धार गर्न कठिनाइ भएको उनले बताए।
सोमबार, कात्तिक १३, २०८०
मिर्गौला प्रत्यारोपणका लागि अस्पताल गएका बिरामीको जब कलेजोसमेत फेल भएको पत्ता लाग्यो...
'विभिन्न व्यक्तिबाट प्राप्त भएको अनुदानले उपचार खर्च जुट्यो। किष्ट अस्पतालले पनि विभिन्न परीक्षणमा छुट गराएको छ। ५५ दिनको लामो अस्पताल बसाईपछि अस्पतालबाट डिस्चार्ज भएका छौं। सोचे भन्दा राम्रो उपचार सेवा किष्ट मेडिकल कलेजबाट पाएका छौं' उनी भन्छन्।
सोमबार, कात्तिक १३, २०८०
टोखा चण्डेश्वरी अस्पताललाई स्वास्थ्य उपकरण प्रदान
बागमती प्रदेशका स्वास्थ्यमन्त्री जोशीले कुनै पनि बिरामीले उपचारको लागि प्रादेशिक अस्पतालबाहेक अन्यत्र अस्पताल सकेसम्म जान नपर्ने गरी सेवा सुविधा दिन प्रदेश सरकार लागेको बताए। उनले सोही अवसरमा बागमती प्रदेश सरकारले १३ सामुदायिक अस्पतालमा डेङ्गु रोगको उपचारका लागि निःशुल्क व्यवस्था मिलाएको उल्लेख गरे।
सोमबार, कात्तिक १३, २०८०
जापानमा नेपालीको स्वास्थ्य–३ : व्यवस्थित प्रणाली, अव्यवस्थित नेपाली
जापानमा नेपाली समेटिने सामान्य तया दुई मोडेलका बीमामा हो, १. राष्ट्रिय स्वास्थ्य बीमा, २. कर्मचारी बीमा। जो कुनै निश्चित कम्पनीका लागि काम गरिरहेका छैनन्, उनीहरु यहाँ समेटिन्छन्। डा चालिसेका अनुसार आफ्नै रेस्टुरेन्ट गर्ने, सानोतिनो पसल चलाउने आदि यसमा पर्छन्। त्यसैगरी विदेशी विद्यार्थीहरूका लागि पनि यही बीमा लागू हुन्छ। बीमाको प्रक्रिया नगरपालिका कार्यालयमा गरिन्छ।
सोमबार, कात्तिक १३, २०८०
बजेट कटौती हुँदा थपियो चुनौती
पछिल्लो प्रतिवेदन अनुसार नेपालमा प्रति एक लाख जन्ममा १५१ आमाको मृत्यु हुने गरेको छ। १५१ जनाको आमाको मृत्यु हुनु पनि दुःखद कुरा हो। विगतका वर्षहरुसँग तुलना गरेर हेर्दा यो राम्रो सुधार हो। कुनै समयमा एक लाख जीवित जन्म हुँदा ५ सयभन्दा बढी आमाको मृत्यु भएको अवस्था थियो। त्यो संख्यासँग तुलना गरेर हेर्दा प्रगति भएको मान्नुपर्छ।
सोमबार, कात्तिक १३, २०८०
युवाहरूमा हृदयघात बढ्नुको ७ मुख्य कारणहरू
मुख्यतः हृदयघातलाई बुढेसकालको रोगका रूपमा लिइएपनि ,वर्तमान समयमा युवाहरूमा पनि यो समस्या बढदै गएको छ । युवा अवस्थामा हृदयघात हुनुको प्रमुख कारणहरु धूम्रपान, आलस्य/आसिन जीवनशैली, अत्यधिक तनाव, मोटोपन, जथाभावी खानपिन र कहिलेकाहीं अधिक व्यायाम पनि हुनसक्छ।
आइतबार, कात्तिक १२, २०८०
गजेन्द्र नारायण सिंह अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा अवधेश कुमार मिश्र
स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले कात्तिक १० गते मन्त्रिस्तरीय निर्णय गर्दै उनलाई नयाँ जिम्मेवारी दिएका हुन्। डा झा अधिकृत एघारौँ तहका प्रमुख कन्सलटेन्ट जनरल फिजिसियन हुन्।
आइतबार, कात्तिक १२, २०८०
लेबनानमा एक नेपाली शान्ति सैनिक घाइते, नाकुरास्थित अस्पतालमा उपचार हुँदै
नेपाली सैनिक रहेको संयुक्त राष्ट्रसङ्घीय पोष्ट ८–३३ नजिक सम्भावित इजरायली डिफेन्स फोर्स र हिजबुल्ला समूहबीचको आर्टिलरी/रकेट/मोर्टार प्रहारका क्रममा यही कात्तिक ११ गते राति ती हतियारको सेल खसेर ती सैनिक घाइते भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
आइतबार, कात्तिक १२, २०८०
बीपी प्रतिष्ठानमा अनियमितता-३ : कमिसन लिन भेन्टिलेटरका गुणस्तर जाँचै नगरी कानुन मिच्दै ९० प्रतिशत रकम भुक्तानी
प्रतिष्ठानका तत्कालिन (हाल निलम्बनमा) उपकुलपति डा ज्ञानेन्द्र गिरीले पदाधिकारी र कर्मचारीसँगको सेटिङमा एमबिएम सर्जिकल एन्ड डेन्टल हाउस प्रालीका निर्देशक संदिप राउतसँगको मिलेमतोमा ९ करोड ८६ लाख रुपैयाँमा खरिद गरेका २० वटा भेन्टिलेटरको गुणस्तर जाँच नै नगरी कानुन विपरित रकम भुक्तानी गरेका छन्।
आइतबार, कात्तिक १२, २०८०
डब्लुएचओको दक्षिण पूर्वी एसिया क्षेत्रीय बैठक भोलिदेखि, नयाँ क्षेत्रीय निर्देशक चयन गर्ने
बैठकका लागि स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेत, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका सचिव डा रोशन पोखरेल लगायत नेपाली टोली भारतको नयाँ दिल्ली प्रस्थान गरेको छ। बैठकले यस क्षेत्रका लागि नेतृत्व गर्न नयाँ क्षेत्रीय निर्देशक चयन गर्दैछ।
आइतबार, कात्तिक १२, २०८०
‘हामी सबै मिलेर काम गर्यौं भने पक्षाघातमाथि विजय गर्न सकिन्छ’
प्रत्येक वर्ष अक्टोबर २९ अर्थात् आजका दिन पक्षाघात दिवस मनाइने गरिन्छ। एक जटिल शारीरिक अवस्थाको रूपमा रहेको पक्षाघात मस्तिष्कको कुनै भागमा रक्तसञ्चार नभएमा हुने गर्दछ। मस्तिष्कमा अक्सिजन तथा पोषक तत्वको कमी भएमा रक्त धमनीमा रगत जम्मा भएर अवरोध हुँदा मष्तिष्कले आफ्नो नियन्त्रण गुमाउँछ। यसलाई नै पक्षाघात भनिन्छ।
आइतबार, कात्तिक १२, २०८०
नेपालगन्ज उपमहानगरपालिकावासीलाई निःशुल्क एम्बुलेन्स सेवा
उपमहानगरपालिकाले गत साउन १ गतेबाट सञ्चालन गरेको चौबीसै घण्टा निःशुल्क एम्बुलेन्स सेवा प्रभावकारी बनेको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा संयोजक रामबहादुर चन्दले बताए।
आइतबार, कात्तिक १२, २०८०
Previous
302
303
304
305
306
Next
सर्च गर्नुहोस्
×
Search