मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, माघ ९, २०८२
Fri, Jan 23, 2026
शुक्रबार, माघ ९, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
प्रकाशकीय : आधारभूत स्वास्थ्य सेवामा समर्पितलाई सलाम
त्यसैले आधारभूत स्वास्थ्य सेवाको अवधारणाबारे जनप्रतिनिधि, नीति निर्माता र सर्वसाधारणलाई स्पष्ट जानकारी दिन जरुरी छ। सबै पालिकामा नियमावलीले तोकेको नौवटा आधारभूत सेवा अनिवार्य कार्यान्वयन गर्न दबाब सिर्जना गर्नुपर्छ। स्वास्थ्यकर्मीको दरबन्दी र बजेटलाई संविधानअनुसार प्राथमिकता दिनुका साथै संघ, प्रदेश र स्थानीय तहबीच स्पष्ट समन्वय र जिम्मेवारी बाँडफाँड गर्नु अहिलेको टड्कारो आवश्यकता हो।
सोमबार, भदौ १६, २०८२
स्वास्थ्य सेवामा निरन्तर व्यावसायिक विकास: औचित्य र व्यवस्थापन
नेपालको सन्दर्भमा स्वास्थ्य सेवा/चिकित्सा सेवामा निरन्तर व्यावसायिक विकास (सीपीडी) को आवश्यकता अझै महत्त्वपूर्ण छ। नेपालमा रोगको ढाँचा, उपचार पद्धति, औषधि प्रयोग र स्वास्थ्य प्रविधिमा तीव्र परिवर्तन भइरहेको छ। ग्रामीण तथा शहरी क्षेत्रमा सेवा असमानता, स्रोत–साधनको कमी र स्वास्थ्यकर्मीहरूको अद्यावधिक ज्ञान/सीपमा कमी भएकाले सीपीडी अनिवार्य अभ्यास बनेको छ।
सोमबार, भदौ १६, २०८२
रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनमा रास्वपाका तर्फबाट न्युरोलोजिस्ट डा. लेखजंग थापा
उम्मेदवार चयनका लागि रास्वपाले भदौ १२ गते बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म अनलाइन प्राइमेरी इलेक्सन गरेको थियो। पार्टीका अनुसार, भोटिङमा सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवारलाई आधिकारिक उम्मेदवार घोषणा गरिएको हो।
आइतबार, भदौ १५, २०८२
डा. गोविन्द केसी फेरि अनसनमा, तीन दिन बस्ने
आइतबार, भदौ १५, २०८२
मेडिकल कलेजमा मेडिकल लाइब्रेरीको महत्व, चुनौती र समाधान उपायहरू
आजको युगमा मेडिकल कलेजमा पुस्तकालय बिना गुणस्तरीय शिक्षा र सक्षम स्वास्थ्यकर्मी तयार पार्न असम्भवप्रायः हुन्छ। पुस्तकालयले विद्यार्थीलाई गहिरो अध्ययन, अनुसन्धान, र व्यावहारिक ज्ञानमा सक्षम बनाउँछ। डिजिटल प्रविधिको विकाससँगै यसको महत्व अझै बढेको छ। स्रोतको कमी, वित्तीय अभाव, र प्राविधिक चुनौतीहरू समाधान गर्दै पुस्तकालयको प्रभावकारितालाई बढाउदै लैजानु आजको आवश्यता हो।
आइतबार, भदौ १५, २०८२
नेपालमा मुख स्वास्थ्य संकट : रोक्न सकिने दन्त रोग किन लाखौँ नेपालीलाई असर गर्दैछ?
तर नेपालमा मुख स्वास्थ्य अझैसम्म जीवनको प्राथमिकतामा परेको छैन। हामी प्रायः ज्वरो, मधुमेह, रगतचाप जस्ता दीर्घकालीन रोगलाई गम्भीर मान्छौं, तर दाँत किराले लाग्नु, मसूडा सुन्निनु, वा मुख दुर्गन्ध आउनु सामान्य ठान्छौं। यही कारणले धेरैले दन्त रोगलाई बेवास्ता गर्छन् र समयमै उपचार गराउँदैनन्।
शनिबार, भदौ १४, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो!
त्यसमध्ये खास बिरामीको संख्या थोरै मात्र हुन्छ, तर आएका सबैलाई नहेरी फर्काउन सकिँदैन। आयोजक संस्थालाई पनि कत्तिको स्तरीय सेवा प्रवाह भयो भन्नेमा खासै मतलब हुँदैन- “कति धेरै मानिसहरू दर्ताकिताबमा दर्ता भए, बस!” उनीहरूको चासो त्यत्तिमै सीमित देखिन्छ। आयोजकबाट पाइने सल्लाह यही हुन्छ- “जतिसक्दो चाँडो धेरैभन्दा धेरै बिरामी भ्याउनुहोस्, डाक्साप।”
शनिबार, भदौ १४, २०८२
सिट बढाउने निर्णयको स्वागत गर्दै एमबीबीएसमा १५० र बीडीएसमा १०० बनाउन निजी मेडिकल कलेजहरूको माग
संघका अध्यक्ष प्रा.डा. ज्ञानेन्द्र मान सिंह कार्कीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेपालका अधिकांश मेडिकल तथा डेन्टल कलेजहरूमा पर्याप्त भौतिक पूर्वाधार, उपकरण, दक्ष जनशक्ति र शैक्षिक वातावरण उपलब्ध भए पनि न्यूनतम १५० (एमबीबीएस) र १०० (बीडीएस) सिट तोकिए मात्र त्यसको पूर्ण उपयोग हुने अवस्था आउँछ।”
शुक्रबार, भदौ १३, २०८२
हैजा नियन्त्रण गर्न तीनै सुरक्षा निकायका स्वास्थ्यकर्मी परिचालित हुनेछन्: प्रधानमन्त्री ओली
स्वास्थ्य मन्त्रालयको समन्वयमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीमा कार्यरत स्वास्थ्यकर्मी, डाक्टरहरूलाई समेत परिचालन गर्ने शुक्रबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको उनले जानकारी दिए।
शुक्रबार, भदौ १३, २०८२
समावेशी स्वास्थ्य बीमाको बाटोमाः तीन पक्षको भूमिका, समस्या र समाधान
स्वास्थ्य बीमा बोर्डको आर्थिक वर्ष २०८०/८१ वार्षिक प्रतिवेदन अनुसार गुणस्तरीय स्वास्थ्य बिमा प्रणालीलाई व्यवस्थित ढंगबाट अगाडि बढाउन २०७४ मा स्वास्थ्य बीमा ऐन जारी भई हाल सम्ममा स्वास्थ्य बिमा कार्यक्रम ७७ जिल्लाका ७४९ वटा स्थानिय तहमा बिस्तार भई सकेको छ भने हाल १७ प्रतिशत जनसंख्या र २८ प्रतिशत घरपरिवार स्वास्थ्य बिमामा आबद्ध रहेका छन्। देशै भरीका प्राथमिक स्वास्थ्य केन्द्र देखि विशिष्टीकृत सरकारी तथा निजी अस्पतालहरू गरी ४८५ वटा सेवा प्रदायक स्वास्थ्य संस्था बोर्डमा सुचिकृत भई बिमित नागरिकलाई स्वास्थ्य सेवा प्रदान गरिरहेका छन्।
शुक्रबार, भदौ १३, २०८२
डा गोविन्द केसीले आइतबारदेखि अनसन सुरु गर्ने
चिकित्सा शिक्षा आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको आयोगको बैठकले निजी मेडिकल कलेजहरुको सिट संख्या थप्ने निर्णय गरेको विरोधमा डा केसीले अनसन सुरु गर्न लागेका हुन्।
बिहीबार, भदौ १२, २०८२
बयालपाटा प्रादेशिक अस्पतालमा मेसुको जिम्मेवारी डा जोशीलाई
सुदूरपश्चिम प्रदेश सरकार मातहत अस्पताल सञ्चालनमा आएसँगै तत्कालका लागि अस्पताल प्रमुखको जिम्मेवारी एमडिजिपी एन्ड इमरजेन्सी मेडिसिन विशेषज्ञ डाक्टर जोशीलाई प्रदान गरिएको हो।
बिहीबार, भदौ १२, २०८२
स्वर्णप्राशनबारे नेपाल आयुर्वेद चिकित्सक संघको धारणा : चार हजार वर्ष पुरानो प्रकिया, बालबालिका लागि लाभदायी
संघले जारी गरेको धारणा अनुसार, स्वर्णभस्म, ब्राह्मी घृत र शुद्ध महको निश्चित मात्राको मिश्रणलाई उमेर अनुसार १ देखि ४ थोपा बिन्दुरूपमा बालबालिकालाई दिने प्रावधान छ। यसमा प्रयोग गरिने स्वर्ण भस्म र ब्राह्मी घृत आयुर्वेद औषधि व्यवस्था विभागमा दर्ता भएको तथा शुद्ध मह नेपाल सरकारको खाद्य तथा गुण नियन्त्रण विभागबाट प्रमाणित हुने व्यवस्था गरिएको बताइएको छ।
बिहीबार, भदौ १२, २०८२
स्वर्णविन्दु प्राशनको फरक दृष्टिकोण
यस्तै स्वर्णप्राशनका विषयमा पनि "सुन सुरक्षित छैन" भन्ने प्रश्न उठाइन्छ । तर स्वर्ण भस्म निर्माणका विधि, त्यसपश्चात् गरिने विभिन्न परीक्षा (वरितर, अङ्गुलिपूर्णता, अपुनर्भव आदि) को अध्ययन गर्न जरुरी छ । ती परीक्षा पास गरेका भस्महरूले शरीरमा कस्तो metabolism र clearance गर्छन् भन्ने अनुसन्धान अझै आवश्यक छ ।
बिहीबार, भदौ १२, २०८२
हैजाको रोकथामदेखि उपचारसम्म: फार्मासिस्टको महत्त्वपूर्ण भूमिका
डाटा सङ्कलन र रिपोर्टिङ: फार्मासिस्टले हैजाको शङ्कास्पद घटनाहरूको रिपोर्ट सम्बन्धित स्वास्थ्य अधिकारीहरूलाई दिएर जनस्वास्थ्य निगरानीमा भूमिका खेल्न सक्छन् । प्रकोपको अनुगमन, स्वास्थ्य जनशक्तिको समन्वय र परिचालनका लागि यो डाटा र रिपोर्टिङ स्वास्थ्य अधिकारीहरूका लागि महत्त्वपूर्ण हुन्छ ।
बिहीबार, भदौ १२, २०८२
स्वास्थ्य बीमा नवीकरण समयमा नगरे थप शुल्क लाग्ने : स्वास्थ्य बीमा बोर्ड
बोर्डका अनुसार विगतमा स्वास्थ्य बीमा गरेका तर नवीकरण नगरेका सम्पूर्ण बीमितले वि.सं. २०८२ असोज मसान्तसम्म (२०८२/०६/३१) नवीकरण गरेमा एकपटकका लागि कुनै अतिरिक्त शुल्क नलाग्ने व्यवस्था मिलाइएको छ। बीमा नवीकरण गर्न ई–सेवा, कनेक्ट–आइपीएस, खल्ती वा दर्ता सहयोगीमार्फत सजिलै सकिनेछ।
बुधबार, भदौ ११, २०८२
हर्ट अट्याकबाट जटिल अवस्थामा पुगेका बिरामीको नेपाल मेडिकल कलेजमा सफल उपचार
लामो समयदेखि रक्सी तथा चुरोट सेवन गर्दै आइरहेका तामाङलाई साउन २६ गते अगाडिदेखि नै गाउँमा स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि काठमाडौं ल्याइएको थियो। सासप्रश्वास र मुटुमा समस्या देखिएपछि सुरुमा उनलाई पाटन अस्पताल लगिएको र त्यहाँ विद्युतीय झट्का दिएर अनियमित मुटुको धड्कनलाई सामान्य बनाउने कोशिष गरिएको थियो ।
बुधबार, भदौ ११, २०८२
ब्याडमिन्टन खेल्ने क्रममा लडेका केदार घिमिरे ‘माग्नेबुढा’को दायाँ कुममा चोट, चार हप्ता आराम गर्नुपर्ने
क्ल्याभिकल भनेको काँध र छातीलाई जोड्ने लामो हड्डी हो। यसको डिस्टल भाग काँधतर्फको छेउमा हुन्छ। सो भागमा सानो टुक्रा झर्ने वा चिरिने अवस्थालाई चिप फ्याक्चर भनिन्छ। सामान्यतया यस्तो चोट खेलकुद वा लडेपछिको चोटपटकका कारण हुने गर्छ।
बुधबार, भदौ ११, २०८२
स्वर्ण प्राशन: आयुर्वेदको प्राचीन अभ्यास र आधुनिक वैज्ञानिक आधार
स्वर्ण प्राशन आयुर्वेदको अनमोल उपहार हो, जसले बालबालिकाको स्वस्थ भविष्य निर्माणमा सहयोग गर्छ। स्वस्थ बच्चाहरूले स्वस्थ राष्ट्र निर्माण गर्छन्। यो प्रक्रिया चमत्कार नभई वैज्ञानिक स्वास्थ्य प्रवर्द्धन विधि हो, जसलाई नेपाल र भारतमा व्यापक रूपमा अपनाइएको छ। यसका मस्तिष्क, शारीरिक र रोग प्रतिरोधक लाभहरूको उचित दस्तावेजीकरणले यसको सफलता दर निर्धारण गर्न मद्दत गर्नेछ।
बुधबार, भदौ ११, २०८२
किन हामी बिहान ब्रेकफास्ट खान्छौं?
'ब्रेकफास्ट' को अर्थ: अंग्रेजी शब्द 'ब्रेकफास्ट' दुई शब्द मिलेर बनेको छ: 'ब्रेक' र 'फास्ट'। 'फास्ट' को अर्थ हो 'व्रत' वा 'उपवास'। हामी रातभर सुत्दा खाना खाँदैनौं, जसले गर्दा हाम्रो शरीर एक प्रकारको 'उपवास' वा 'फास्टिङ' मा हुन्छ। बिहान खाजा खाँदा हामी यस उपवासलाई 'तोड्छौं' वा 'ब्रेक' गर्छौं। त्यसैले, यसलाई 'ब्रेकफास्ट' भनिन्छ।
बुधबार, भदौ ११, २०८२
हैजा संक्रमणका कारण वीरगन्जका विद्यालयमा थप तीन दिन बिदा दिने निर्णय
महानगरले बिदा अवधिमा शिक्षक तथा कर्मचारीहरूको टोली बनाउने भएको छ। विद्यालय सेवा क्षेत्रभित्र रहेका समुदायमा हैजा नियन्त्रणसम्बन्धी जनचेतनामूलक कार्यहरू सञ्चालन गर्न शिक्षक तथा कर्मचारीलाई परिचालन गर्न लागिएको हो।
मंगलबार, भदौ १०, २०८२
जीपी कोइराला श्वासप्रश्वास केन्द्रमा ‘ई एम आर’ प्रणाली: मन्त्री पौडेलले गरे शुभारम्भ
जिपी अस्पतालमा ई एम आर प्रणाली स्थापनाका लागि विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सहयोग गरेको थियो। सो सहयोगका लागि मन्त्री पौडेलले विश्व स्वास्थ्य सङ्गठनप्रति आभार व्यक्त गरे।
मंगलबार, भदौ १०, २०८२
स्वस्थ जीवनका लागि सन्तुलित भोजन र व्यायाम
'स्वास्थ्य नै सम्पत्ति हो' भन्ने भनाइ आज पनि उत्तिकै सान्दर्भिक छ। हाम्रो शारीरिक, मानसिक, र सामाजिक समृद्धिको मूल आधार भनेकै हाम्रो स्वास्थ्य हो। स्वस्थ जीवनशैलीको मूलमा दुई आधारभूत तत्वहरू हुन्छन् – सन्तुलित भोजन र नियमित व्यायाम।
मंगलबार, भदौ १०, २०८२
गिजाको स्वास्थ्य : रोकथाम र उपचार- जनसाधारणका लागि बुझ्न सजिलो जानकारी
घरमै अपनाउन सकिने उपायहरूमा दिनमा दुईपटक नरम ब्रसले ब्रस गर्नु, हरेक दिन फ्लस वा ब्रस प्रयोग गरेर दाँतबीच सफा गर्नु, भिटामिन सी युक्त खानेकुरा खानु, एन्टिसेप्टिक माउथवास प्रयोग गर्नु, धूमपान छोड्नु, र नियमित रूपमा गिजाको विशेषज्ञलाई देखाउनु पर्दछ।
सोमबार, भदौ ९, २०८२
स्वास्थ्य मन्त्री पौडेल वीरगन्ज पुगेर भेटे हैजाको उपचार गराइरहेका बिरामी, उपचारमा कमी हुन नदिने आश्वासन
जिल्ला जनस्वास्थ्य कार्यालय, पर्साका अनुसार, हालसम्म वीरगन्जमा १६१ जनाको झाडापखालाका नमुना परीक्षण गरिँदा ७१ जनामा हैजा संक्रमण पुष्टि भएको छ। हैजा नियन्त्रणका लागि जनचेतना, सुरक्षित खानेपानी र तत्काल उपचार सेवा प्रभावकारी बनाउन सरकार सक्रिय रहेको कार्यालयले जनाएको छ।
सोमबार, भदौ ९, २०८२
तिजको महत्व र स्वास्थ्यसँगको सम्बन्ध
माइतीले चेली–बेटीलाई बोलाएर द्वितियाको दिन दर खुवाउने परम्परामा मौलिकता थियो। निराहार बस्ने ब्रतको स्वास्थ्यलाई ध्यानमा राख्दै बर्तालुहरूले मिठामिठा परिकार दरको रूपमा खाने र विशेष गरी माइती वा मावलीले आफ्ना चेली–बेटीलाई बोलाएर दर खुवाउने परम्परा मौलिक प्रचलन मानिन्थ्यो।
सोमबार, भदौ ९, २०८२
वीरगन्जका विभिन्न अस्पतालमा १ सय ६१ झाडापखाला तथा हैजाका बिरामी उपचाररत, ७१ जनामा हैजा पुष्टि
उनले भने, ‘वीरगञ्जमा देखिएको यो महामारीप्रति प्रदेश सरकार गम्भीर छ । सबै निकायलाई अलर्ट अवस्थामा राखेका छौं। बिरामीको उपचारमा कुनैपनि कमी वा लापरवाही हुन दिदैनौं । यसका लागि औषधि, उपकरण, जनशक्ति जे जे चाहिन्छ मधेस सरकार दिन तयार छ । पछि हट्दैन ।’
सोमबार, भदौ ९, २०८२
नेपालमा जनस्वास्थ्य अवस्था: समस्या, सम्भावना र समाधान
प्रारम्भमा प्राचीन सभ्यताहरू—मिस्र, भारत र ग्रीसमा सरसफाइ, पानीको व्यवस्थापन र रोग रोकथामका अभ्यासहरू जनस्वास्थ्यका आधारशिला बने। रोमन सभ्यताले ढल निकास प्रणाली, स्नानगृह र खानेपानी आपूर्ति प्रणाली विकास गरी सामुदायिक स्वास्थ्य सुधारमा योगदान गरेको देखिन्छ। मध्ययुगमा महामारीहरू (जस्तै– ब्ल्याक डेथ) ले जनस्वास्थ्यको महत्व झन् प्रष्ट गर्यो।
सोमबार, भदौ ९, २०८२
बालबालिकालाई स्वर्णभस्म खुवाउने सरकारी अभियानमा बाल रोग विशेषज्ञ समाजको असहमति, रोक्न आग्रह
सोसाइटीले शिशुहरूमा स्वर्णकल्प सेवनबाट प्रतिरक्षा प्रणाली बढ्छ भन्ने दाबीको वैज्ञानिक आधार नभएको र सो पदार्थमा हेभी मेटल (सुन) को सम्भावित जोखिम रहेको उल्लेख गरेको छ। साथै, नेपालमा गरिएका बजार सर्वेक्षणमा केही आयुर्वेदिक उत्पादनहरूमा सिसा (लेड), पारो (मर्क्युरी), आर्सेनिक जस्ता विषालु तत्व पाइएको तथ्य प्रस्तुत गर्दै यसले बाल स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउने चेतावनी दिएको छ।
सोमबार, भदौ ९, २०८२
विपद्मा स्वास्थ्य सेवा: के हो स्वास्थ्य मन्त्रालयले ल्याएको ‘वैकल्पिक उपचार क्षेत्र’?
निर्देशिका स्वीकृत गर्दै मन्त्री पौडेलले विपद्को जुनसुकै अवस्थामा समेत स्वास्थ्य सेवा अवरुद्ध नहोस् भन्ने उदेश्यले यसलाई व्यवस्थित गर्न खोजेको बताएका छन्। 'सम्भावित विपद्को समयमा अस्पताल आफैँ जोखिममा पर्दा पनि नागरिकले उपचारबाट वञ्चित नहुन् भनेर अस्पतालले आफ्नो विपद् प्रतिकार्य योजनामै वैकल्पिक उपचारको समेत तयारी गर्नुपर्ने प्रावधान राखिएको छ। यस व्यवस्थाले विपतको अफ्ठ्यारो परिस्थितिमा समेत नागरिकले सेवा प्राप्त गर्न सक्नेछन् र क्रमशः हाम्रो स्वास्थ्य प्रणालीलाई थप सबल र सुरक्षित बनाउन सघाउ पुग्नेछ,' मन्त्री पौडेलले भने।
आइतबार, भदौ ८, २०८२
Previous
36
37
38
39
40
Next
सर्च गर्नुहोस्
×
Search