मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, कात्तिक ६, २०८२
Fri, Oct 24, 2025
बिहीबार, कात्तिक ६, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
न्युनतम सेवा मापदण्ड अनुगमनमा भरतपुर अस्पताल देशकै पहिलो अस्पताल
मन्त्रालयले गरेको अनुगमनमा यो अस्पतालले हरेक वर्ष जसो आफूलाई स्तरवृद्धि गराउँदै आएको छ । मन्त्रालयका अनुसार २०७८ को अनुगमनमा ५२ प्रतिशत, २०७९ को अनुगमनमा ६२ प्रतिशत, २०८० को अनुगमनमा ६४ प्रतिशत, २०८१ को अनुगमनमा ७७ प्रतिशत र २०८२ को अनुगमनमा ८८ प्रतिशत अङ्क प्राप्त भएको मन्त्रालयले जनाएको छ।
आइतबार, जेठ ११, २०८२
गल्कोटमा पोषण सप्ताह : प्रदर्शनीका साथै विद्यार्थीको सृजनशीलता र जनचेतनामा जोड
यसरी विद्यालय र समुदायको सक्रिय सहभागितामा सम्पन्न पोषण सप्ताहजस्ता कार्यक्रमहरूले पोषणप्रति जनचेतना अभिवृद्धि गर्दै व्यवहार परिवर्तनमा समेत उल्लेखनीय टेवा पुर्याूउने विश्वास लिइएको छ। विद्यालयहरुले आगामी दिनहरूमा यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाउँदै पोषण सुधारको अभियानमा आफ्नो सक्रियता थप बलियो बनाउने आशा गरिएको छ।
आइतबार, जेठ ११, २०८२
युवराज भुसालको अध्यक्षतामा नेपाल फार्मेसी संघको २३ सदस्यीय नयाँ कार्यसमिति
काठमाडौँमा शनिबार सम्पन्न संघको तेस्रो राष्ट्रिय महाधिवेशनले भुसालको नेतृत्वमा २३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो। त्यसैगरी संघको उपाध्यक्षमा टेकबहादुर विक, मिना भट्ट र महेश्वर पोखरेल निर्वाचित भएका छन् भने महासचिवमा सुवर्णराज पन्त निर्वाचित भएका छन्।
आइतबार, जेठ ११, २०८२
डा भोला रिजालको अंगदान सम्बन्धी सन्देशमुलक गीत ‘मेरो मृत्यु पछि’ सार्वजनिक
यस शन्देशमुलक गीतमा न्ह्यु बजाचार्यले संगीत भरेका छन् भने प्रविण बेदवालले स्वर दिएका छन्। म्युजिक भिडियोमा भने डा रिजालसंगै, डा भगवान कोइराला, डा पुकारचन्द्र श्रेष्ठ, डा. रिता गुरुङ र डा जोतेन्द्र शर्माले अभिनय गरेका छन्।
आइतबार, जेठ ११, २०८२
नेपालमा मानसिक स्वास्थ्य अवस्था: समस्या, चुनौती र लुकेका कथाहरू
नेपालमा करिब १५-२०% मानिस कुनै न कुनै मानसिक स्वास्थ्य समस्याबाट प्रभावित छन्। तर, उपचार लिने दर भने निकै कम छ – करिब ९०% मानिसले आवश्यक मानसिक स्वास्थ्य सेवा लिएका छैनन्। नेपालमा देखिने मुख्य मानसिक रोगहरू: डिप्रेशन (उदासीपन), चिन्ता, बाइपोलार डिसअर्डर, पोस्ट-ट्राउमेटिक स्ट्रेस डिसअर्डर, लागुऔषध दुर्व्यसनी हुन्।
आइतबार, जेठ ११, २०८२
वैज्ञानिकहरूले मलेरिया रोकथामका लागि पत्ता लगाए नयाँ उपाय
'नेचर' नामक वैज्ञानिक पत्रिकामा प्रकाशित यस अनुसन्धानमा दुईवटा औषधिहरू उल्लेख गरिएका छन्, जसले १०० प्रतिशत परजीवीहरूलाई नष्ट गर्न सफल भए।
शनिबार, जेठ १०, २०८२
प्राडा विकास गौचनको नेतृत्वमा राष्ट्रिय चिकित्सक संघ नेपालको ४१ सदस्यीय कार्यसमिति
संघको उपाध्यक्षमा डा मिलन गैह्रे, डा महेश महासेठ र डा चण्डिका पण्डित निर्वाचित भएका छन्। यस्तै महासचिवमा डा सम्राट पराजुली निर्वाचित भएका छन् ।
शनिबार, जेठ १०, २०८२
सुदूरपश्चिमको स्वास्थ्य सेवा सुधारोन्मुख, थप प्रभाकारी बनाउन सक्रिय हुने सरोकारवालाको प्रतिबद्धता
‘बजेटको सीमितताका बीच स्वास्थ्य क्षेत्रमा केही सुधारको प्रयत्न गरिरहेका छौँ, दुर्गममा कसरी चिकित्सक पुर्याउने भनेर लागिपरेका छौँ,’ उनले भने, ‘केही सुधार भएको पनि छ । उपचारका लागि भारतको पलिया, लखनउको निर्भरता घटेको छ ।’ उपचारका लागि अन्यत्र जानुपर्ने अवस्था घट्नुमा निजी अस्पतालहरुको महत्वपूर्ण भूमिका रहेको उनले बताए ।
शनिबार, जेठ १०, २०८२
समयमै उपचार गरे पूर्ण लाभ मिल्छ, वैकल्पिक उपचार पद्धतिबाट
शनिबार, जेठ १०, २०८२
नेपाल डेन्टल एशोसिएसनको नयाँ कार्यसमितिका लागि आजदेखि निर्वाचन
- नेपाल डेन्टल एशोसिएसनको नयाँ कार्यसमितिका लागि आजदेखि निर्वाचन हुँदैछ। काठमाडौं बाहिर आज १० र काठमाडौंभित्र १७ गते सहसचिवबाहेका पदमा मतदान हुने तय भएको छ।
शनिबार, जेठ १०, २०८२
नेपाल विश्व स्वास्थ्य संगठनको कार्यकारी समितिको सदस्यमा चयन
नेपाल विश्व स्वास्थ्य संगठनको कार्यकारी समितिको सदस्यमा सर्वसम्मत निर्वाचित भएको छ। यसले नेपालका स्वास्थ्य सुधारका असल प्रयासहरुको विश्वव्यापी प्रसार अनि विश्वका राम्रा अभ्यासको अनुकरणका लागि अझ ठूलो सम्भावनाको ढोका उघारेको छ। सबै नेपालीलाई बधाई!´
शुक्रबार, जेठ ९, २०८२
राष्ट्रिय चिकित्सक संघ नेपालको तेस्रो राष्ट्रिय सम्मेलन चितवनमा सुरु
सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने तयारी छ। डा विकास गौचनलाई अध्यक्ष बनाउने आन्तरिक तयारी रहेको बुझिएको छ।
शुक्रबार, जेठ ९, २०८२
नेपाल मेडिकल कलेजमा इन्डोस्कोपिक कम्बाइन्ड इन्ट्रारेनल सर्जरीबाट निकालियाे मिर्गाैलाकाे पत्थरी
नेपाल मेडिकल कलेजमा इन्डोस्कोपीक प्रविधिमा मिर्गौला तथा मुत्राशयको पत्थरी निकाल्ने, प्रोस्टेटको अप्रेसन, पाठेघरको अप्रेसन लगायतका शल्यक्रियाहरु हुने गरेका छन्।
शुक्रबार, जेठ ९, २०८२
अमेरिकाकाे सहयोग कटौतीसँगै विश्वका ठूला स्वास्थ्य संस्थाहरूले थाले सहकार्यको तयारी
ग्लोबल फन्डका प्रमुख कार्यकारी अधिकृत पिटर स्यान्ड्सले भने, ‘अहिलेको संकटले हामीलाई यो संरचनालाई गहिरो रूपमा पुनर्विचार गर्न बाध्य पारेको छ।'
शुक्रबार, जेठ ९, २०८२
महिनावारीका बेला हुने पीडा र समाधान
२१ दिनदेखि ३७ दिनसम्मको मासिक चक्रलाई सामान्य र २१ दिनभन्दा कमकोलाई असामान्य मानिन्छ। यस्तै, महिनावारी हुँदा २ दिनभन्दा कम रगत आयो या ७ दिनभन्दा बढी लम्बियो भने असामान्य मानिन्छ। २ दिनभन्दा कम रगत आउने असामान्य अवस्थालाई ‘ओलीगोमेनोरिया’ भनिन्छ। कहिलेकाही रगतको ढिक्का या चोक्टा झर्नु पनि सामान्य होइन। यस्तै, तेस्रो दिनसम्म प्रत्येक दिन ५ वटाभन्दा बढी स्यानिटरी प्याड प्रयोग गर्ने अवस्था पनि सामान्य होइन।
शुक्रबार, जेठ ९, २०८२
नेपालमा सर्पदंशबाट वर्षेनी तीनहजार बढीको मृत्यु, १५ वर्ष मुनीका १५ सय बढी
नेपाल चिकित्सक संघ, रोटरी क्लब अफ काठमाडौं मिड–टाउन र विश्व स्वास्थ्य संगठनको सहकार्यमा आयोजित सर्पदंश रोकथाम सम्बन्धी कार्यक्रममा सार्वजनिक तथ्यांक अनुसार मृत्यु हुने तीन हजारमध्ये आधाजसो १५ वर्षभन्दा कम उमेरका बालबालिका रहेका छन्।
बिहीबार, जेठ ८, २०८२
जर्मन विकास बैंकद्वारा थानकोटमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ अस्पताल बनाउन प्रारम्भिक खाका स्वीकृत
चन्द्रागिरि नगरपालिका–४ स्थित थानकोटमा २५ श्ययाको प्रसूति तथा स्त्रीरोग विशेषज्ञ अस्पताल बनाउन प्रारम्भिक खाका स्वीकृत भएको छ। जर्मन सरकारको आर्थिक एवम् प्राविधिक सहयोगमा थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ‘स्याटेलाइट’ अस्पतालका रुपमा सो स्थानमा नयाँ अस्पताल बन्न लागेको हो।
बिहीबार, जेठ ८, २०८२
जेनेभाबाट फर्किएपछि स्वास्थ्यमन्त्री पौडेलले भने- नेपालले स्वास्थ्य क्षेत्रमा सुधार गरेको भान विश्वमा परेको छ
विश्व स्वास्थ्य सम्मेलनमा सहभागी भई बिहीबार स्वदेश फर्किएका स्वास्थ्यमन्त्री प्रदीप पौडेल त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै यस्तो बताएका हुन्। यसपटकको विश्व स्वास्थ्य संगठन महासभामा नेपालको सहभागिता केही फरक विषयवस्तुहरू सहित विगतका भन्दा फरक किसिमको रहेको मन्त्री पौडेलको दाबी छ।
बिहीबार, जेठ ८, २०८२
के हो बाइडेनलाई भएको मेटास्टेटिक प्रोस्टेट क्यान्सर?
बिनाइन (नफैलिएको) प्रोस्टेट क्यान्सर प्रायः प्रोस्टेटको शल्यक्रिया (प्रोस्टेक्टोमी) वा रेडिएसन थेरापी द्वारा उपचार गर्न सकिन्छ। तर, मेटास्टेटिक प्रोस्टेट क्यान्सरमा उपचारको उद्देश्य रोग निको पार्ने होइन, लक्षण कम गर्नु, क्यान्सर अझ फैलिनबाट रोक्नु र जीवनस्तर सुधार गर्नु हो।
बिहीबार, जेठ ८, २०८२
ग्रामिण समुदायमा चोटपटक व्यवस्थापनका चुनौतीहरु
दुर्गममा विशेषज्ञ चिकित्सक जान नमान्ने, आएका पनि लामो समय नटिक्ने परिस्थितिमा नेपाल सरकार सम्बन्धित निकाय तथा सरोकारवालाले विशेषज्ञ चिकित्सक सम्बन्धि नीति नियम परिमार्जन गर्न आवश्यक छ। समयमा स्तरोन्नतिको व्यवस्था, उचित पारिश्रमिक, काम गर्ने वातावरण, आवश्यक औजार उपकरण भएमा विशेषज्ञहरु दुर्गम जाने सम्भावना बढ्नेछ।
बिहीबार, जेठ ८, २०८२
दाजुको प्रेरणाले नर्स बनेकी जानकी
यो पेशा मानवीय संवेदनासँग जोडिएको पेशा भएको उनलाई लाग्छ । 'बच्चा, युवा जस्ता असामयिक मृत्युका घटनाले नर्सलाई अझै बढी संवेदनशील बनाउँछु,' उनले भनिन्, 'यस्ता घटनाले कति कतिबेला त जीवनदेखि नै खिन्न बनाइदिन्छ।’
बिहीबार, जेठ ८, २०८२
फार्मेसी अनुगमन टोलीमाथि आक्रमण गर्नेलाई कारबाहीको माग
नेपाल निजामती कर्मचारी युनियन, प्राथमिक कार्य समिति औषधि व्यवस्था विभागले फार्मेसी अनुगमन टोलीमाथि आक्रमण गर्ने व्यक्तिहरुलाई तुरुन्तै पक्राउ गरी हदै सम्मको कारबाही गर्न माग गरेको छ।
बुधबार, जेठ ७, २०८२
फार्मेसी अनुगमन टोलीमाथि आक्रमण गर्ने व्यक्तिलाई कानुनी दायरामा ल्याउन माग
'आक्रमणमा संलग्न व्यक्तिहरूको तत्काल पहिचान गरी कानूनी दायरामा ल्याउन हामी मन्त्रालय, जिल्ला प्रशासन कार्यालय रौतहट र नेपाल प्रहरी सँग जोडदार माग गर्दछौं,' विज्ञप्तिमा भनिएको छ, 'यदि राज्य एस घटनाका दोषीहरुलाई कानुनी कठघरामा ल्याउन तदारुकताका साथ नलागे हाम्रो एसोसिएसन कडा कदम चाल्न बाध्य हुने छ।'
बुधबार, जेठ ७, २०८२
ग्यास्ट्रोलोजिस्ट डा शर्मा र डा कार्कीले अल्फा केयरबाट पनि सेवा दिने
कोभिडदेखि अल्फा केयर फैलिँदै गएको हो। सुरुमा कोभिड १९ का लागि सेवा दिँदै ल्याब सेवाबाट ओपीडी सेवा दिन थालेको अस्पतालका निर्देशक डा कोइरालाले बताए। प्याथोलोजिस्ट समेत रहेका निर्देशक डा कोइरालाले भने, 'सम्पूर्ण ल्याब सेवाका साथै हामीले क्लिनिकल सेवा पनि दिइरहेका छौं।'
बुधबार, जेठ ७, २०८२
बेलायती उपमन्त्रीद्वारा नेपालको स्वास्थ्य सेवा सुधारको प्रशंसा
जेनेभास्थित विश्व स्वास्थ्य सम्मेलनका क्रममा भएको भेटका क्रममा मन्त्री पौडेलले नेपालको स्वस्थ्य क्षेत्रमा पुर्याएको सहयोगका लागि बेलायत सरकारलाई आभार प्रकट गरे। मन्त्री पौडेलले आधारभूत स्वास्थ्य सेवा सुदृढ पार्नका लागि बेलायत सरकारसँग सहकार्यका क्षेत्रबारे कुराकानी गरे। साथै अस्पताल सेवा सुधारका लागि समेत मन्त्री पौडेलले बेलायतसँग सहकार्यको प्रस्ताव गरे।
बुधबार, जेठ ७, २०८२
सडकमा प्रसव पीडाले छट्पटाएकी महिलालाई सुरक्षित प्रसूती गराउने प्रहरी पुरस्कृत
अस्थायी प्रहरी बिट खैराना कैलालीमा कार्यरत उनले कैलाली जिल्ला गोदावरी नगरपालिका १ चैतन्यपुरस्थित सडकमा प्रसव पीडाले छट्पटाएकी महिलालाई सुरक्षित रुपमा प्रसूती गराएकी थिइन्।
बुधबार, जेठ ७, २०८२
लैङ्गिक हिंसा सम्बन्धी सचेतना अभिवृद्धिका लागि युएनएफपिए र मनकामना दर्शन प्रालीबीच सहकार्य हुने
यस समझदारी मार्फत दुवै पक्षले आगामी दुई वर्षसम्म पैरवी र क्षमता अभिवृद्धिका क्षेत्रमा सहकार्य गर्दै महिला तथा किशोरीलाई सूचना प्रदान गर्ने र हिंसा प्रभावितका लागि पुनर्स्थापनाका अवसरहरू प्रदान गर्ने वातावरण निर्माण गर्ने उल्लेख छ।
बुधबार, जेठ ७, २०८२
विश्व स्वास्थ्य सम्मेलनमा स्वास्थ्य मन्त्री पौडेलको भने- स्वास्थ्यमा पहुँच बढाउन विश्वव्यापी सहकार्य आवश्यक
नेपालसामु बढिरहेको वृद्ध जनसंख्या, न्यून जन्मदर, आन्तरिक बसाईसराई तथा नसर्ने रोग र मानसिक रोगजस्ता स्वास्थ्य चुनौती खडा भएकाले यसको सामनाका लागि विश्व समुदायसँग सहकार्यका लागि आग्रह गरे। मन्त्री पौडेलले जलवायु परिवर्तनका कारण समेत नेपाली स्वास्थ्य क्षेत्र प्रभावित भएको प्रसँग उठाए।
बुधबार, जेठ ७, २०८२
सुर्तीजन्य पदार्थमा कर बढाउन किन आवश्यक?
उनले मन्त्री पौडेलले सुर्तीजन्य पदार्थको कर बढाउने विषयमा अर्थमन्त्री विष्णु पौडेलसँग छलफल गरेको जानकारी दिए। सुर्तीजन्य पदार्थसहित मदिरा र गुलियो पेय पदार्थमा कर बढेर आएपछि क्यान्सर लगायतका रोगसँगै स्वास्थ्य बीमा तथा अन्य जनस्वास्थ्यका क्षेत्रमा खर्च गर्ने योजना रहेको पनि उनले जानकारी दिए।
बुधबार, जेठ ७, २०८२
बागमती सेवा समाजद्वारा कोशी र मधेश प्रदेश जिल्ला कार्यक्रम संयोजकहरूका लागि दुई दिने क्षमता अभिवृद्धि कार्यक्रम
कार्यक्रममा डा. मुक्ति खनाल, नथुनी मण्डल र गोबिन्द माझी लगायतको विज्ञहरूद्वारा महत्वपूर्ण विषयमा प्रस्तुति दिइएको थियो। डा. खनालले क्षयरोग नियन्त्रणमा रणनीतिक योजनाको आवश्यकता र नीति निर्माणको पक्षमा जोड दिए भने, नथुनी मण्डलले समुदायमा पहुँच अभिवृद्धि र समावेशी कार्यान्वयनका पक्षमा आफ्नो विचार राख्नुभयो। यस्तै, गोविन्द माझीले कार्यक्रम व्यवस्थापन र अनुगमन प्रणालीमा आधारित प्रस्तुति दिए।
बुधबार, जेठ ७, २०८२
Previous
35
36
37
38
39
Next
सर्च गर्नुहोस्
×
Search