काठमाडौं- संयुक्त राष्ट्रसंघको यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी संस्था युएनएएफपिए र मनकामना दर्शन प्रालीले लैङ्गिक हिंसा सम्बन्धी सचेतना अभिवृद्धि र सरकारी निजी साझेदारी मार्फत समुदायको सुदृढीकरणका लागि सहयोग सम्झौता गरेका छन्।
लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यमा टेवा दिन पर्यटन क्षेत्रको एक अग्रणी संस्था मार्फत लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य सम्बन्धी सूचना सामग्री क्षमता तथा रोजगार सहयोगको क्षेत्रमा काम गर्ने सम्झौता भएको हो।
काठमाडौंमा जेठ ६ मा गरिएको उक्त सम्झौतामा युएनएएफपिएको तर्फबाट याेन याेङ हङ र मनकामना दर्शन प्रणालीका तर्फबाट एशू श्रेष्ठले हस्ताक्षर गरेका छन्।
यस समझदारी मार्फत दुवै पक्षले आगामी दुई वर्षसम्म पैरवी र क्षमता अभिवृद्धिका क्षेत्रमा सहकार्य गर्दै महिला तथा किशोरीलाई सूचना प्रदान गर्ने र हिंसा प्रभावितका लागि पुनर्स्थापनाका अवसरहरू प्रदान गर्ने वातावरण निर्माण गर्ने उल्लेख छ।